06 August, 2011

विपरीतको आकर्षण (लघुकथा)

उनीहरू दुई जनाको अक्सर बाटोको त्यही मोडमा सधैं भेट हुने गर्थ्यो । आपसी चिनाजान नभए पनि किन हो कुन्नि  भेटेको बेलामा दुबै एक-अर्कलाई निक्कै गहिरिएर र उत्सुक दृष्टिले हेर्ने गर्थे । दुबै जना अधबैँसे उमेरका थिए र परिपक्व वा विचारवान् जस्तै देखिन्थे।

फरक यत्ति थियो कि, उनीहरूको जम्काभेट हुने बेलामा एकजना मन्दिरबाट फर्कि रहेका हुन्थे भने अर्को व्यक्ति चर्चतिर जान लागेका हुन्थे । हरेक दिन जम्काभेट हुँदा दुबै जना अर्को व्यक्ति प्रति विचित्र भावले दृष्टि गोचर गर्ने गर्थे ।

मन्दिरबाट फर्कने सज्जनलाई चर्चतर्फ जान लागेका व्यक्तिको शुभ्र वस्त्र, सौम्य भाव र घाँटीमा लट्केको क्रसमा अपूर्व शान्ति लुकेको आभास हुन्थ्यो भने चर्चतर्फ जान लागेका महाशयलाई पनि मन्दिर बाट फर्केका व्यक्तिको निधारको त्रिपुण्डक, गलाको रुद्राक्ष र निधारको टीकामा अद्भुत आभाको महसुस हुन्थ्यो ।

समय बित्दै जाँदा दुबैजनालाई अर्कोपक्षको आचरण, समर्पण, चरित्र र व्यक्तित्वमा झन् झन् ओज, उर्जा, पवित्रता र उपलब्धिताको बोध हुन थाल्यो । दुबैको मन्दिर र चर्चको आवागमन जारी नै रह्यो भने प्रत्येक जम्काभेटमा एक-अर्का प्रतिको आकर्षण, झुकाव र कौतुहलता झन् झन् बढ्न थाल्यो ।

केही दिन उनीहरू दुबैजनाको जम्काभेट हुने स्थानमा उनीहरू देखिएनन् ।

आज फेरि अचानक दुबैजनाको पुरानै मोडमा जम्काभेट भयो । दुबैजना एकदम अच्चमित र आश्चर्यचकित भए । दुबैजनाले बाटोमा टक्क उभिए र एक-अर्कालाइ विस्फारित लोचनले हेर्न थाले। सधैं मन्दिर बाट फर्कने र रुद्राक्ष धारण गर्ने व्यक्तिको गलामा आज क्रस लट्किएको थीयो र उनी श्वेत वस्त्र धारण गरेर हातमा बाइबल लिएर हिँड्दै थिए भने दिनदिनै चर्च जाने व्यक्ति आज त्रिपुण्डक धारण गरेर, गेरुवा वस्त्रमा हातमा गीता लिएर हिँड्दै थिए ! ।

9 comments:

  1. निकै मार्मिक छ कथा.. यो कथाको सीधासाधा रिमिक्स गर्न मन लाग्यो.. शिर्षक चाहीँ : "१२ बर्ष पछि खोला पनि फर्कन्छ"

    अन्तिम प्याराग्राफमा फेरि दोह्रोराएर यो राख्न मन लाग्यो....

    समय बित्तै जादा, फेरि केही बर्ष उनीहरू दुबैजनाको जम्काभेट हुने स्थानमा उनीहरू देखिएनन् ।
    आज फेरि अचानक दुबैजनाको पुरानै मोडमा जम्काभेट भयो । दुबैजना एकदम अच्चमित र आश्चर्यचकित भए । दुबैजनाले बाटोमा टक्क उभिए र एक-अर्कालाइ विस्फारित लोचनले हेर्न थाले। सधैं मन्दिर बाट फर्कने र रुद्राक्ष धारण गर्ने व्यक्तिको गलामा आज क्रस लट्किएको थीयो र उनी श्वेत वस्त्र धारण गरेर हातमा बाइबल लिएर हिँड्दै थिए भने दिनदिनै चर्च जाने व्यक्ति आज त्रिपुण्डक धारण गरेर, गेरुवा वस्त्रमा हातमा गीता लिएर हिँड्दै थिए ! ।

    संदेश:
    " आज हामी बिचलित छौ, तर यथार्थ र सत्यको अनुभव एक दिन सबैलाई हुनेछ। सबैले आ-आफ्नो संकारको पालना गर्नु नै सबैको कर्तब्य हुने छ"

    लौ है माफ गर्नुहोला... मलाई यसो गरे कस्तो होला जस्तो लाग्यो हाहा

    ReplyDelete
  2. ha ha .. bhane pachi jaslaai pani aru ko kura ramro lagecha. aafno laai paribartan garnu bhanda kina tesko barema chintan gardainan manche haru. Naa sakine bhayo Manche haru laai..

    aashish @ Nepali FM

    ReplyDelete
  3. गज्जबको लघु कथा ! मन पर्यो .
    कथा जत्तिकै दूर्जय जी को कमेन्ट पनि मन पर्यो !
    ( शन्देश ग्रहण गरे पछी ( सिधा भन्नु पर्दा रुची लागेर पढे पछी ) ' धन्यबाद ' या राम्रो या केहि भनेर रिटर्न गर्नु पर्छ भन्ने हाम्लाई लाग्छ )
    धन्यबाद तपाईहरुलाई .

    ReplyDelete
  4. संधै अरुलाई मात्र सुखी देख्ने मनोवृत्तिको परिणाम! एकदमै राम्रो लाग्यो|

    ReplyDelete
  5. गजबको लघुकथा ।

    ReplyDelete
  6. राम्रो लघुकथा ...

    ReplyDelete
  7. रमाइलो कथा!

    ReplyDelete
  8. उनीहरू दुई जनाको अक्सर बाटोको त्यही मोडमा सधैं भेट हुने गर्थ्यो । आपसी चिनाजान नभए पनि किन हो कुन्नि भेटेको बेलामा दुबै एक-अर्कलाई निक्कै गहिरिएर र उत्सुक दृष्टिले हेर्ने गर्थे । दुबै जना अधबैँसे उमेरका थिए र परिपक्व वा विचारवान् जस्तै देखिन्थे।

    ReplyDelete