23 September, 2011

Facebook को नयाँ Timeline प्रयोग गर्नुस--अहिले नै !

फेसबुकले भर्खरै आफ्नो अनुहार पूर्ण रूपमा परिवर्तन गर्ने काम सुरु गरेको छ । सामाजिक सञ्जालको भिडमा करिब करिब नम्बर एक नै रहेको फेसबुकलाई केही समय अगि रिलिज भएको गुगलप्लस र अन्य पुराना साइटहरूको पनि चुनौती दह्रै छ। ईन्टरनेटको खुल्ला आकाशमा आफूलाई अरूभन्दा भिन्नै र बढि उपयोगी बनाउने होडमा प्राय: सबैजसो सामाजिक सञ्जाल लागेका छन् र यसैको निरन्तरता स्वरूप फेसबुकले पनि आफ्नो पुरै ईन्टरफेस परिवर्तन गर्दैछ । (नयाँ टाइमलाइन को झलक तलको स्क्रिनशटमा हेर्नुस । नयाँ टाइमलाईन सक्रिय गरेपछि पुरै पेजको स्वरूप कस्तो देखिन्छ हेर्न यहाँ क्लिक गर्नुस् ।

FB Timeline

केही सिमित प्रयोगकर्ता र डेभलपरहरू बीच मात्रै सार्बजनिक गरिएको यो नयाँ ईनट्रफेस र टाइमलाईन केही समय पछि सबैकोमा सार्वजनिक हुनेनै छ । तर यदि तपाईँ लाई हत्तार छ वा छिट्टै यो नयाँ इन्टरफेसको प्रयोग गर्न र यसबारे अभ्यस्त हुन चाहनुहुन्छ भने एउटा सजिलो तरिका अपनाएर तपाईँ तुरुन्तै यो नयाँ ईन्टरफेस चलाउन सक्नुहुन्छ।

तपाई तुरुन्तै फेसबुकको यो नयाँ टाइमलाईन चलाउन चाहनु हुन्छ ? । हो भने यसो गर्नुस:

१) फेसबुकमा लगइन भएको बेलामा https://developers.facebook.com/apps मा जानुस वा फेसबुकको Search ma “Developer” टाइप गरेर चित्रमा देखिएको जस्तै पहिलो आइकनमा क्लिक गर्नुस् ।

Facebook Timeline

पहिलो प्रयोगमा तपाईँले Developer लाई आफ्नो फेसबुकको डाटा वा सूचना access गर्ने अनुमति दिनु पर्ने हुन्छ । यस अबस्थामा खुल्ने पेजमा "Allow" गरेर अर्को स्टेपमा जानुस।

२) अब खुल्ने पेजको दायाँपट्टि माथि भएको + Create New App मा क्लिक गर्नुस।

2

३) अब "New App" भन्ने नयाँ पेज बक्स खुल्ने छ । यसमा रहेको App Display Name मा कुनै नाम राख्नुस। App Namespace मा पनि त्यस्तै कुनै नाम दिनुहोस । याद गर्नुस यो App Namespace मा भने स्पेस र स्पेसल क्यारेक्टर आदि राख्न मिल्दैन र कुनै पनि ईमेल ठेगाना जस्तै यो दोहोरिनु पनि हुँदैन् । हामी अहिले कुनै एप्लिकेसन बनाउन नलागेकोले यहा स्पेस रहित कुनैपनि अक्षर समूह राख्दा हुन्छ ।

3
तपाईले टाइप गरेको नाम कसैले लिइ सकेको भए त्यो स्विकारीदेँन र तपाईले अरू कुनै नाम राखेर दयाँपट्टी "Available"  देखेपछि मात्रै "I Agree to the Platform Privacy Policy" मा चेकमार्क लगाएर "Continue" मा क्लिक गर्नुस ।

5"Security Check" का लागि काप्चा आदि आएमा त्यसमा भएका अक्षर टाइप गरेर अगाडि बढ्नुस ।

४) अब खुल्ने पेजको वायाँपट्टी भएको "Facebook DEVELOPERS" भन्दा मुनि रहेको  "Open Graph" मा क्लिक गर्नुस । (बायाँपट्टिको चित्रमा हेर्नुस) ।

याद गर्नुस यो, यो भन्दा अगाडिका र पछाडि खुल्ने पेजमा पनि धेरै थरिका अप्सन, ट्याब र सूचना आदि हुनेछन् । तर हामी कुनै एप्लिकेसन बनाउन हैन केबल फेसबुकको नयाँ इन्टरफेस सक्रिय गराउन मात्रै यो प्रोसेसमा लागेकोले ती ट्याब, लिन्क वा अनुप्रयोगलाई हामीले ध्यान दिनु जरूरी छैन् ।

 

५) माथि भने जस्तै हामी केवल फेसबुक Timeline सक्रिय गर्ने प्रयोजनको लागि लागेकोले अब खुल्ने पेजको "People can" र  "a" भन्दा पछाडिको भागमा कुनै शब्द राख्नुस र  "Get Started" मा क्लिक गर्नुस। तलको चित्र हेर्नुस:

8

बस, तपाईको प्रोसेस सकियो । अब अर्को पेज वा ट्याबमा आफ्नो फेसबुक प्रोफाइल खोल्नुस। त्यहाँ तपाईँले "Introducing Timeline- a New Kind of Profile" भन्ने तलको चित्रको जस्तै सूचना देख्नु हुनेछ । त्यसमा भएको "Get It Now" मा क्लिक गर्नुस र फेसबुकको नयाँ टाईमलाइन प्रयोग गर्न सुरु गर्नुस।

Happy Facebooking Open-mouthed smile

32 comments:

  1. पागल नै पार्ने खालको रहेछ नि त !

    ReplyDelete
  2. garna chai gario khai bhayo ki bhayena pachi bujhaula!!! :) Thanks

    ReplyDelete
  3. बिहानै अर्को पेज नखोलेर "फेसबुक" भैएछ नि .

    ReplyDelete
  4. झन्जटिलो लागयो गुरु बा। बरु एक छिन प्रतिक्षा गर्नु नै बेस लाग्यो मलाइ त।
    धन्यवाद दिलिप सर।

    ReplyDelete
  5. Great tip. Thanks for sharing :-)
    Ujjwal

    ReplyDelete
  6. काप्चा टाईप गरिसकेपछि मलाई चैं फोन नम्बर वा क्रेडिट कार्ड नम्बर मागेको थियो भेरिफाई कि कुन्नि के जाति गर्न रे ! फोन नम्बर लेखेको त टेक्ट्स मेसेजमा कोड पठाएको छ त्यो लेख्नु भन्ने आदेश आउने रहेछ । आफुले भने टेक्ट्स मेसेजले फोनको बिल चौगुना पारेर टेक्ट्सको आउने जाने दुबै मुख बुच्याएको थिएँ त्यसैले अगाडि बढिंन । क्रेडिट कार्ड नम्बर दिउँ जस्तो चैं लागेन । होस् बरु यो टाईमलाइन चाहिएन । यत्तिकै पनि ठिकै छ ।

    ReplyDelete
  7. प्रोक्सीबाट छिरेकोले होला मेरो एकाउन्ट नै फेक भनिदियो । त्यही भर चुप लागेर बसेको छु ।

    ReplyDelete
  8. कमेन्टका लागि सबैमा धन्यवाद ।
    धाइबा जी, टइमलाइनको पेज केही अलमल्याने खाले नै छ :)

    लक्ष्मण भाइ, हुन त जे गरे पनि त्यही 'कसले मह काड्यो, कसले हात चाट्यो' भन्ने खबर हेर्ने नै हो... कुर्नुस, २-४ हप्तामा सायद आफैँ खुल्ला होला ।

    दीपक जी, मैले आफैँले ३ वटा एकाउन्टमा प्रयोग गरेँ भने हरु ५-७ जना साथीहरुले पनि यो चलाउँदा क्रेडिट कार्ड मागेको छैन् र माग्नु नपर्ने हो । माग्दा दिनु भएनछ --ठीकै हो। त्यसैपनि अनलाइनमा क्रेडिटकार्डको बारेमा चनाखो हुनु ठिकै हो तैपनि यो टाइमलाइन केही समय पछि यसैपनि सार्वजनिक भैहाल्छ नै :)

    परेश जी, रहरै लागे पछि डाइरेक्ट एक्सेस भएको बेलामा खोलौला नि कसो ?

    ReplyDelete
  9. धन्यवाद दिलीप दाजु...तर केही केही स्लो भएजस्तो लाग्यो मलाई त ..एउटा फोटो अपलोड गर्न लागेको झण्डै ६ मिनेट भैसक्यो....अनी कभर इमेज पनि आफूले चाहेको साइजमा राख्न नसकिने रैछ...आशा छ फेसबुकले त्यो कुरा सुधार्र्ला...तर पहिले भन्दा निकै राम्रो वनाएको छ...

    ReplyDelete
  10. विष्णु भाइ,
    टाइमलाइनको पेज केही स्लो भएकै हो । खासगरी 'कबर फोटो' डिस्प्ले हुन अलि बढी नै समय लाग्छ.....सायद पछि सुधार होला।

    फोटो आफूले चाहेको साइजमा राख्न मिल्दैन तर 'क्रप', 'ड्याग' गर्न मिल्ने भएको र कुनै ईमेज ईडिटरबाट फोटो 'रि-साइज' गरेर राख्ने मिल्ने भएकोले त्यो भने ठुलो कुरा हैन जस्तो लाग्छ :)

    ReplyDelete
  11. दिलिप जी खै त तपाईको जस्तो पेज देखिएन त । प्रोसेस चाहिँ पूरा गरियो तर पेज चाहिँ पुरानै रूपको खुल्यो त हजुर ।

    ReplyDelete
  12. नारायण जी, प्रोसेस पुरै भएको भए पक्कै देखिन्छ । प्रोसेस सक्केपछि फेसबुकको दायाँ माथिपट्टी भएको 'नाम' मा क्लिक गर्नु भयो ? । (एकचोटी प्रोसेस पनि 'रि-चेक' गर्ने कि ?)

    ReplyDelete
  13. Worked for me. Thanks daju.

    ReplyDelete
  14. गुगल प्लसलाई माथ गर्न निकै चमकझमक गर्न खोजे जस्तो लाग्यो फेसबुकले | रमाइलो पोष्टको लागि यहाँलाई धेरै धेरै धन्यबाद !

    ReplyDelete
  15. जानकारीको लागि धन्यबाद दाइ! मौका मिल्दा हुँदी प्रयोग गरेर हेर्नुपर्ला।

    ReplyDelete
  16. Nice one sir Thanks for Advance info.

    ReplyDelete
  17. Nice, Thanks for sharing

    ReplyDelete
  18. दयाँपट्टी "Available" देखेपछि मात्रै "I Agree to the Platform Privacy Policy" मा चेकमार्क लगाएर "Continue" मा क्लिक गर्नु पर्ने फर्म भन्दा माथि यस्तो Notice आउछ। “Your account must be verified before you can take this action. Please verify your account by adding your mobile phone or credit card.” यो Notice लाई वास्ता नगरि continue मा क्लिक गरेर "Security Check" का लागि काप्चा टाईप गरेपछी फेरी त्यही फर्म दोहोरिन्छ। अगाडि बढ्नलाई मोबाईल नम्बर राखेर verified गर्नु पर्छ कि क्या हो?

    ReplyDelete
  19. मोबाईल नम्बर verify गर्न कुनै समस्या देख्दिन म :)

    ReplyDelete
  20. जे होस मलाई त एकदम मन पर्‍यो त्यो FACEBOOK को TIMELINE......

    ReplyDelete
  21. यसरी जन्मदेखि अहिलेसम्मका सबै कुराहरु एउटै पेजमा भेट्न पाउँदा म खुशी भएको छु । जति हेरै पनि चित्त नै बुझेन मलाई त कस्तो मोहनी पो लगाईदियो यो टाईमलाइनले । :)

    ReplyDelete
  22. दाई creat new app बाट अगाडी बढ्दा यस्तो म्यासेज Your account must be verified before you can take this action. Please verify your account by adding your mobile phone or credit card.
    म के गरुँ
    टाईमलाईन बनाउने मेरो सपना अधुरो रह्यो

    ReplyDelete
  23. credit card चाहिँ हैन् mobile phone बाट account verify गर्दा कुनै समस्या हुँदैन् । यसमा केवल तपाईले आफ्नो मोबाइल नम्बर दिनु पर्छ र एकैछिनमा तपाईँको नम्बरमा एउटा कोड आउँछ, अनि सो कोडलाई इन्ट्री गर्ने मात्रै हो :)

    mobile phone बाट account verify गर्नुस र टाईमलाईन चलाउनुस ।

    ReplyDelete
  24. thanks daju sahrai ramro lagyo...aru pani yastai aafusanga bhayako gyan lai baddai garnuhola.....

    ReplyDelete
  25. दाजु अनी फेसबूकमा पहिला कै Profile फेरी हेर्न लाई के गर्नु पर्छ....

    ReplyDelete
  26. im very very sorry for that maile mero blog maa copy gare but tapaiko mane lekhna bhule 6u dhilai bhaye ni aba lekh6u hai ?

    ReplyDelete
  27. I did as u said n every was completed ,it didn"t ask any account or credit card no. but the new look not appeared ,will u pls tell me what is the problem?

    ReplyDelete
  28. Hi I've written another one. Check http://www.techgaun.com/2011/12/how-to-get-timeline-in-your-facebook.html

    ReplyDelete
  29. जानकारीको लागि धन्यबाद!

    ReplyDelete
  30. मैले त मेरा बाको बिहा देखेँ आज यो टाइमलाइन बनाउने चक्कर्मा ।

    ReplyDelete