मैले मेरा अघिल्ला केही पोस्टहरूमा पनि लेखिसकेको छु । कोडहरूको सामान्य सम्पादनबाट ब्लगरको रूप-रेखालाई धेरै हदसम्म परिवर्तन गर्न सकिन्छ र यहि लचकताका कारण म पनि अन्य निःशुल्क प्रदायकको बदला ब्लगरमै ब्लग लेख्ने गर्छु । हुन त पहिला पहिला यसरी कोडहरू परिवर्तन गरेर मात्रै लीन सकिने केही सुविधाहरू हाल ब्लगरले सहज रूपमै उपलब्ध गराइ सकेको छ आज कोडहरू ह्याक गरेर गरिने परिवर्तन पनि भोलिको दिनमा सहज उपलब्ध होलान्। तैपनि आजको पोस्टमा म ब्लगरको रूप-रेखा परिवर्तन गरेर यसलाई अझ सहज बनाउने केही टिप्सहरू राख्दै छु ।
कमेन्ट बक्सको साइज बडाउनुस: हुन त ब्लगरको कमेन्ट सिस्टममै व्यापक परिवर्तनको जरुरत छ र प्रविधिसँग चल्न रुचाउने धेरै साथीहरुले यसको डिफल्ट कमेन्ट सिस्टमको सट्टा अरू बहु उपयोगी कमेन्ट सिस्टम प्रयोग गर्नु भएको छ। तर यो पोस्टमा कमेन्ट सिस्टम हैन् कमेन्ट बक्सको आकार मात्रै परिवर्तन गर्ने जोरजाम गरिदैं छ ।
सामान्यतया ब्लगरको डिफल्ट टेम्प्लेटहरूमा कमेन्टको साइज निकै सानो हुने गर्छन् र त्यसमा केही लामो कुरा लेख्ने हो भने सफासँग हेर्न असजिलो हुन्छ वा स्क्रोल गरिरहनु पर्छ । तर एउटा सानो कोडको परिवर्तन गरेर तपाई ब्लगरको कमेन्ट बक्सलाई चौडा र सफा बनाउन सक्नुहुन्छ । अतः यदि तपाईँ ब्लगरको कमेन्ट बक्सलाई चौडा बनाउन चाहनुहुन्छ भने यसो गर्नुस:
१) आफ्नो ब्लगरको Dashboard मा जानुहोस् अनी Design हुँदैं Edit HTML मा।
२) अब “Expand Widget Templates” मा चेकमार्क लगाउनुहोस् र निम्न कोडहरू खोज्नुहोस्: (कोड खोज्न CTRL+F key थीचेर search गर्नु भयो भने छिटो र सजिलै भेटिनेछन्)।यदि तपाइँ Updated blogger Interface प्रयोग गर्नुहुन्छ भने ड्यासबोर्डबाट Templates>> Edit HTML मा जानुस र “Expand Widget Templates” मा चेकमार्क लागाउनुस् ।
<iframe allowtransparency='true' class='blogger-iframe-colorize blogger-comment-from-post' frameborder='0' height='410' id='comment-editor' name='comment-editor' src='' style='display: none' width='100%'/>
यदि तपाईँले ब्लगरको डिफल्ट टेम्प्लेट प्रयोग गर्नु भएको छैन वा टेम्प्लेटमा केही तोड-मरोड गरिसक्नु भएको छ भने यो कोड ग्रुप केही भिन्न हुन सक्छ। त्यस्तो अवस्थामा तपाईँ
<iframe allowtransparency='true' class='blogger-iframe-colorize' भएको कोड ग्रुप खोज्न सक्नुहुन्छ र यसमा मुख्य चाहिने कोड भनेको अन्तको width='100%' हो ।
३) अब सो कोडग्रुपमा भएको width='100%' लाई width='550px'/> वा आफ्नो टेम्प्लेटको साइज अनुसार अलिकता घटाएर वा बढाएर ‘प्रिभ्यू’मा हेर्नुस् ।
४) आफुलाई चित्त बुझ्ने साइज मिलेपछि “SAVE TEMPLATE” मा क्लिक गर्नुस ।
एउटा कुरा याद गर्नुस: यहाँ बकसको साइज pixel मा निर्धारण हुन्छ र यो बक्सको साइज तपाईँको टेम्प्लेटको main-wrapper भन्दा केही सानो हुनुपर्छ ।
Go to bottom वा तल जानुहोस्: अघिल्लो पोस्टमा मैले पाठकको सुविधाको लागि कुनै पनि पेजको माथिल्लो भागमा एकै क्लिकमा पुर्याउने Back to Top बटन बनाउने तरिकाको बारेमा लेखेको थिएँ । यस पटक भने त्यसको ठ्याक्कै उल्टो विधिबारे लेख्दैछु ।
यसको उपयोगिता के हुनसक्छ भन्ने बारेमा आ-आफ्नै धारणाहरू होलान् । तर कुनै पनि पेज ब्राउज गरिरहँदा सो पेजको पुछार वा सबैभन्दा तलको भागमा एकै पटक पुर्याउनको लागि यो उपयोगी हुन्छ । (यहि पेजको वायाँपट्टी माथिल्लो भागमा रहेको आइकनबाट यसको प्रयोग गरेर हेर्नुस
)
ब्लग भिजिटरले आफूले हेरिरहेको पेजको अन्तमा वा पुछारमा के रहेछ भनेर हेर्न खोजेमा लामो पेजलाई स्क्रोल नगरि एकै क्लिकमा पेजको अन्तमा पुर्याउन यो अनुप्रयोग सहयोगी हुन्छ ।
यदि तपाईँ पनि आफ्नो ब्लगमा Go to bottom को बटन राख्न चाहनुहुन्छ भने आफ्नो ब्लगरको Dashboard बाट Design मा जानुहोस र Add a Gadget मा क्लिक गर्नुहोस। (यदि तपाइँ Updated blogger Interface प्रयोग गर्नुहुन्छ भने ड्यासबोर्डबाट Layout>> Add a Gadget मा) ।अब खुल्ने पेजमा HTML/JavaScript
मा थिच्नुहोस् । अब खुल्ने विण्डोमा Title खाली नै राखेर Content मा भने तलको कोड कपि गरेर पेस्ट गर्नुस । अन्तमा SAVE मा क्लिक गर्नुस ।
कोड:
<a style="display:scroll;position:fixed;top:10px;left:5px;" href="#footer" title="Go to Bottom "><img src="https://lh5.googleusercontent.com/-RegpqlJjA5A/Tsdf6GcV53I/AAAAAAAADHY/PKc5rZ1AZeQ/s32/Go%252520to%252520buttom%252520%2525282%252529.png"/></a>
यदि तपाईँ Go to Bottom को सट्टामा “तल”, "Down" वा अरु कुनै शब्द राख्न चाहनु हुन्छ भने माथिको कोडमा रहेको शब्द परिवर्तन गर्नुहोस । साथै तपाईँ यो बटनको लागि आफ्नै कुनै चित्र प्रयोग गर्न चाहनुहुन्छ भने रातो रङ्गको इमेज लिन्कको सट्टा आफ्नै चित्रको लिन्क राख्न सक्नु हुन्छ ।
ब्गलर प्रोफाइल लाई गुगलप्लसको प्रोफाइले विस्थापित गर्नुहोस् : सामान्यतया ब्लगरको “About me” वा ब्लगरको प्रोफाइलमा क्लिक गर्दा ब्लग भिजिटर सो ब्लगका एडमीन वा ब्लगरको प्रोफाइल पेजमा पुग्छन । यो प्रोफाइलमा ब्लगरको सामान्य परिचय र फोटो आदि राख्न मिल्छ तर सो पेजबाट पाठक र ब्लगर बीच प्रतक्ष अन्तरक्रिया भने त्यति सरल हुँदैन् । यदि तपाई ब्लगरको प्लेटफार्ममा ब्लग चलाउनुहुन्छ र तपाईँले गुगलप्लस पनि सक्रिय गराउनु भएको छ भने तपाईँ आफ्नो प्रोफाइललाई गुगलप्लसको प्रोफाइलमा जोडन सक्नुहुन्छ ।
यदि तपाईँ आफ्नो ब्लगर प्रोफाइलमा क्लिक गर्दा वा अन्य ब्लगमा कमेन्ट गर्दा बन्ने तपाईँको नामको लिन्कमा क्लिक गर्दा पाठकलाई सिधै तपाईँको गुगलप्लसको प्रोफाइल पेजमा पुर्याउन चाहनुहुन्छ भने यसो गर्नुस:
सुरुमा यो पेजमा जानुहोस र पेज स्क्रोल गरेर तल जानुस् ।
अब अन्ततिर भएको “I've read the above ...........Google+ profile on Blogger.” भन्दा अगाडि चेकमार्क लगाउनुस् र “SWITCH NOW “ मा क्लिक गर्नुस। यति बेला तपाईँले पुन: एक पटक आफ्नो जिमेलको पासवर्ड प्रविष्ट गर्नुपर्ने हुनसक्छ । पासवर्ड प्रविष्टिको पेज खुलेमा आफ्नो पासवर्ड हाल्नुस र अगाडि बढ्नुस् । अब तपाईँको ब्लगमा रहेको प्रोफाइल लिन्क वा तपाईँले अन्य ब्लगमा गरको कमेन्टको लिन्कमा क्लिक गर्दा भिजिटरहरू सिधै तपाईँको गुगलप्लसको प्रोफाइल पेजमा पुग्नेछन् ।
Happy Bloggging!




साह्रै उपयोगी टिप्स। सारै मन पर्यो। यती धेरै मिहेनत गरेर बनाउनु भएको यो लेख पक्कै पनि नयाँ तथा पुरानो ब्लगर हरुलाइ निकै नि सहयोग पुग्छ जस्तो लाग्यो। नयाँ टिप्स पस्कनु भएकोमा दिलिप सरलाइ धेरै धेरै धन्यवाद।
ReplyDeleteसाँच्चिकै लोभलाग्दो उपयोगी टिप्स रहेछ । मलाई पनि अति मन पर्यो। दिलिपजीलाई धेरै धेरै धन्यवाद।
ReplyDeleteThanks dilip dai... Liked It .. Will try..
ReplyDeletethanks dilip dada..........
ReplyDeleteDherai dherai dhanyabad sir
ReplyDeleteधन्यबाद दिलिप जी , तपाइको ब्लग जस्तै कमेन्ट सिस्टम बनाउनलाइ चाही के गर्नुपर्ला? यस बारेमा पनि लेखि दिनु भए आभारी हुने थिए |
ReplyDelete