20 December, 2011

चीनका उज्याला रातहरू ….

केही दिन देखि कामको सिलसिलामा चीनमा छु । एकदम छोटो समयको अन्तरालमा आउँदा पनि एकदम ठूलै भिन्नता देखिनु चीनको लागि सायद सामान्य कुरा भइसकेको छ, त्यसैले केही महिनाको फरकमा आइ पुग्दा देखिएका सुधार वा विकासका प्रकटनहरू यहाँ देख्दा भने अचम्म लाग्न छाडेको छ आजकल ।

यस अघि पनि चिनमा आउँदा यताका अनुभवका बारेमा पोस्ट लेख्ने वा तस्बिरहरू बाँड्ने नगरेको हैन्, तर यस पाला भने चीनको रात्रि दृश्यहरू मात्रै समेटेर केही तस्बिरहरू पोस्ट गर्न मन लाग्यो ।

यसैपनि लोडसेडिङगको चपेटामा परेका हामीलाई रातिको झिलिमिलीले मन तान्छ नै, त्यसमा पनि चीनका प्राय: सबै सहर र ठूला ठूला संरचनाका डिजाइन गर्दा आजकल रात्रि दृश्यलाई पनि ध्यानमा राखेर गरिएको हुन्छ, त्यसैले यहाँको रात, दिन जस्तै मात्रै हैन, करिब करिब दिन भन्दा उज्यालो हुन्छ भन्दा पनि फरक पर्दैन ।

आउनुस्, आज केही तस्बिर मार्फत चीनको उज्यालो रात्री जीवन हेरौँ:

IMG116

(सानसि प्रान्तको एउटा सानो टाउन- हानचुङ्ग, जसलाई स्थानीयवासीहरू ‘गाउँ’ भन्ने गर्छन्)

IMG123

(चीनको पुरानो राजधानी र हाल सानसि प्रान्तको मुख्यालय रहेको सिआनको नगर पर्खाल)

DSCF8323

(साङ्गहाईको Oriental Pearl Tower नजिकका संरचनाहरू)

DSCF8338

(अनि आकाश छेड्न लम्केका यी भिमकाय ‘दाजुभाइ’)

DSCF8363

(वीश्वको तेस्रो र एशियाको सबैभन्दा अग्लो Oriental Pearl Tower, जुन १५३६ फिट अग्लो छ)

DSCF8350

(तलबाट हेर्दा भिमकाय देखिने गगनचुम्बी भवन, टावर माथी चडेर हेर्दा त फुच्चे हुँदा रहेछन्)

DSCF8376

(Huangpu River वारी अर्थात वाईथान 外滩 बाट देखिने नदि पारीको दृश्य)

बाँकी पछि ….

7 comments:

  1. Thanks for sharing these wonderful pictures. Have a nice time there.

    ReplyDelete
  2. सुन्दर तस्बीरहरुका माध्यमबाट हामीलाई पनि डुलाउनुभएकोमा हार्दिक धन्यबाद!

    ReplyDelete
  3. यहाँलाई धन्यबाद! तस्वीरहरुले सम्झनाको अन्तर कुन्तरमा बसेको पर्ल टावरलाई फेरी जीवन्त बनाए |धेरै बर्ष अघि साँझमा त्यहाँ पुगेको हुनाले टावर चाहिं चढ्न पाइएन | नजिकैको जलाशय हेरियो र त्यसको किनारको लामो पेटी (पिंढी ) ४/५ पल्ट फन्का मारियो | तस्वीरहरुले घरहरुको जंगल पनि राम्रै सम्झाए | बेइजिंगभन्दा शान्घाई धेरै नै राम्रो लाग्यो |

    ReplyDelete
  4. साह्रै गजबका तश्विरहरु रहेछन्। रात्री फोटोहरु राम्रा अनि रात्री जीवन कस्तो रहेछ त्यो पनि कुनै बेला लेख्नु होला है

    ReplyDelete
  5. आपूई ! कति अत्यास लाग्दो !

    ReplyDelete
  6. भिसा बिना नै चाइनाको भ्रमण गराइदिनु भयो दिलीप सर:) सुन्दर तस्विरहरु सेयर गर्नु भएकोमा धन्यबाद !!

    ReplyDelete
  7. चीनका शहरहरु रातमा बढी सुन्दर देखिदा रहेछन् । तस्वीरहरु निक्कै राम्रो लाग्यो ।

    ReplyDelete