21 January, 2012

के तपाईँको इन्टरनेटको गति कम छ?

Speedtest 1सामान्यतया यो प्रश्नको जबाफ ‘हो’ वा ‘छ’ मा नै आउँछ । किनकी इन्टरनेटको महासागर र आजकलको इन्टरनेटमय जीवन शैलीमा जत्ति नै स्पिड भए पनि त्यो कम नै जस्तो लाग्छ। मेरो आफ्नै अनुभवको कुरा गर्ने हो भने पनि 56 kbps देखि 2 MBps सम्मको गतिमा इन्टरनेट चलाउँछु ... तर कामको प्रकृति वा उपयोगको आधारमा हेर्दा अझै अलिकता फास्ट भए’नि हुन्थ्यो भन्ने मनस्थिति सधैँ रहन्छ । त्यसैले आजको पोस्टमा उपलब्ध इन्टरनेटको गतिलाई कसरी अधिकतम उपयोग गर्ने भन्नेमा यो पोस्ट केन्द्रित गरेको छु ।

यथार्थको स्विकार

पहिलो कुरा पहिलै भन्दा सही हुन्छ । कुरा के भने तपाईले जुन गतिको इन्टरनेट सेवा उपयोग गरिरहनु भएको छ त्यसलाई तोकिएको गति भन्दा बढाउने कुनै उपाए छैन् । यदि तपाईँ इन्टरनेटको ‘स्पिड’ बढाउने कुनै सफ्टवेयरको खोजीमा हुनुहुन्छ वा त्यस्ता नारा दिने कुनै सफ्टवेयरको प्रयोग गर्नुहुन्छ भने त्यो ९९% हौवा मात्र हुन्छ। त्यसैले सबैभन्दा पहिला कुनै सफ्टवेयर प्रयोग गरेर इन्टरनेटको गति बढाउने कल्पनालाई छाड्नुस् । कुरा सामान्य छ, १५-२० हजार पर्ने एउटा अपरेटिङ्ग सिस्टम बनाउने कम्पनीले आफ्नो अपरेटिङ्ग सिस्टमा २०-२५ डलरमा बजारमा पाईने सफ्टवेरयले दावा गर्ने जस्तो ‘स्पिड बुस्टर’ बनाउन नसकेर नहाल्ने पक्कै पनि होइन ।

ऊपाए के त ?

अब कुनै पनि सफ्टवेरयले इन्टरनेटको गति बढाउन सक्दैन भने के गर्न सकिन्छ त ? । यहाँनेर, ‘पैसा कमाउने भन्दा पैसा जोगाउने’ तरिकाले मान्छे धनी हुन्छन् भन्ने अर्थशास्त्रको जस्तै नियम लागु हुन्छ । हो, तपाईँ आफ्नो ISP (Internet Service provider) ले दिएको भन्दा बढि गति पाउन सक्नुहुन्न तर थाहा भएर वा नभएर खेर गएको व्यान्डविड्थ वा इन्टरनेट संसाधनलाई भने जोगाउन सक्नुहुन्छ । साथै अन्य केही सामान्य ‘अक्कल’ लगाएर उपलब्ध संसाधनको अधिकतम उपयोग गर्न सक्नुहुन्छ ।

अब के गर्ने त ?

माथि नै लेखि सकिएको छ कि ईन्टरनेट सेवा प्रदायकले (ISP) दिएको भन्दा बढि गति पाउनु असम्भव छ। तर निम्न कुराहरूमा ध्यान पुर्‍याएमा उपलब्ध संसाधनको अधिकतम उपयोग भने गर्न सकिन्छ र तपाईँको ईन्टरनेटको गतिमा पक्कै सुधार आउने छ ।

१) अटो अपडेटलाई बन्द गर्नुस: साधारणतया विण्डोजका अपरेटिङ्ग सिस्टमहरू, एण्टी भाइरस र हाम्रा कम्प्युटरमा स्थापना गरिएका विभिन्न सफ्टवेयरहरू इन्टनेटमा जोडिएको बेलामा स्वचालित रूपमा अपडेट हुने गरी बनाइएका हुन्छन् । तपाईँले प्रयोग गर्ने अपरेटिङ्ग सिस्टम र एण्टि भाइरस आदिका विविधता र भिन्नताका कारण कुन कुन भर्सनमा कसरी यो अपडेटलाई बन्द गर्ने भन्ने ठ्याक्कै बताउन त सकिन्न। तर विण्डोज, एण्टिबाइरस आदिलाई अटोमेटिक हैन, म्यानुअल अपडेट गर्ने सेटिङमा राख्दा इन्टरनेटको गतिमा उल्लेख्य सुधार आउँछ ।

२) अनावश्यक Add-on, Plugin, Extension निष्क्रिय गर्नुस: विण्डोजमा बण्डल भएर आउने इन्टरनेट एक्सप्लोरर होस वा गुगल क्रोम वा फायरफक्स कुनै पनि ब्राउजर हाम्रो भिन्न भिन्न कार्यविधि वा चाखका लागि पर्याप्त हुँदैनन् । त्यसपछि सुरु हुन्छ आफ्ना चाहना अनुसारका विविध Add-on र Extension आदि जोड्ने क्रम। यसरी जोडिएका वा थपिएका Add-on र Extension हरूले ब्राउजरलाई विविधता दिन्छन् र धेरै कामहरु सरल पनि हुन्छन् । तर ब्राउजर खुल्ने बित्तिकै खुल्ने यस्ता Add-on र Extension हरूले नै इन्टरनेटको संसाधन व्यय गर्छन र ईन्टरनेटको गति कम हुन थाल्छ । अत: आवश्यक बाहेकका अन्य Add-on र Extension हरूलाई disable वा निष्क्रिय गराएर राख्दा पनि इन्टरनेटको गतिमा सुधार आउँछ ।

३) History र Browser Cache लाई सीमित गर्नुस: तपाईँले चाहे जुनसकै ब्राउजर प्रयोग गर्नुस । सबैले नै एक पटक हेरिसकेको पेजलाई निश्चित फोल्डरमा अटो सेभ गरेर राख्ने गर्छन् । कहिलेकाही “अफलाइन भ्यू” को लागि यो काम लागे पनि तपाईँको कम्प्युटरमा रहने यस्ता फाइलहरूले समयको अन्तरालमा इन्टरनेटको गति कम गर्न थाल्छन् । अत: निश्चित समय पछाडि ब्राउजरको History र Browser Cache ‘क्लिएर’ गर्नुस् ।

४) राउटरको कनेक्शन र स्थान: एडिएसएल, ब्रोडव्याण्ड वा अन्य कुनै राउटर वा मोडेमको प्रयोग गर्नुहुन्छ भने त्यसमा रहेको कनेक्शनलाई सफा राख्नुस र धुलो वा खियाबाट जोगाउनुस् । एडिएसएल राउटर प्रयोग गर्नुहुन्छ भने टेलिफोनको लाईन सुरूमा एडिएसल राउटरमा छिराएपछि मात्रै फोनमा जाने व्यबस्था गर्नुस् र राउटरमा प्रवेश गर्नु अगाडि कतैबाट पनि फोनसँग कनेक्शन नगर्नुस् ।

टेलीफोनको तार वा लान केबल ओस वा पानीले भिजेको छ भने पनि त्यसले इन्टरनेटको गतिमा निकै प्रतिकूल असर गर्छ । त्यसैले तारहरू सुख्खा रहेन व्यबस्था गर्नुस ।

राउटरलाई टेबुल मुनि, घर्रा वा अन्य बन्द स्थानमा नराख्नुस र सकेसम्म खुल्ला स्थानमा राख्ने गर्नुस । राउटरलाई अन्य कुनै विद्युतिय उपकरणभन्दा पर राख्नुस र सकेसम्म उपयोग गरिने कम्प्युटरसँग धेरै अग्लो, होचो वा टाढा नहुने गरी राख्नुस् ।

५) ब्राउजर र अन्य सम्बन्धित फाइलको अपडेट: तपाईँ कुनै पनि ब्राउजर प्रयोग गर्नुस, समय समयमा तिनलाई सुधार गरेर उपलब्ध गराइएका नयाँ-नयाँ संस्करणहरू सार्वजनिक भएका हुन्छन् । अत: समय समयमा आफ्नो ब्राउजर अपडेट गर्नुस् । साथै आजकलका विविधता भएका पेजहरू हेर्न आवश्यक Flash Player, Java, Shockwave Player र आफूले प्रयोग गर्ने Add-on र Extension हरूलाई पनि समय समयमा अपडेट गर्नुस् ।

६) नेटवर्क सेरिङ्ग र छिमेकी बाट सुरक्षा: आजकल कार्यालयहरूमा मात्रै हैन्, एउटै घरमा पनि २ वा सो भन्दा बढी कम्प्युटर हुनु भनेको विस्तारै सामान्य बन्दै गएको छ । यस्तो अवस्थामा सजिलोको लगि प्राय: वायरलेस राउटरको प्रयोग गरेर इन्टरनेट कनेकशन सेरिङ्ग गरिन्छ । वायरलेस सेरिङ्ग सजिलो र झन्झट रहित तरिका भए पनि कहिलेकाही यसको प्रयोग गर्दा सुरक्षामा ध्यान दिइएन भने इन्टरनेट कनेक्शन अनधिकृत व्यक्तिद्वारा प्रयोग हुन सक्ने सम्भावना रहन्छ । अत: वायरलेस राउटर प्रयोग गर्नुहुन्छ भने त्यसमा पासवर्ड राख्नुस् ।

७) QoS को सम्पादन: विण्डोज एक्सपि र त्यस पछिका विण्डोजका भर्सनहरुमा करिव २० प्रतिशत व्याण्डविड्थ वा इन्टरनेट संसाधन ‘उच्च प्राथमिकताका केही आन्तरिक प्रोग्रामका लागि संचित गरिएको मानिन्छ। यस बारेमा प्रयोगकर्ताहरूको मत भिन्न भिन्न भएपनि विन्डोजको एउटा सानो सेटिङ्गमा सामान्य परिवर्तन गर्दा इन्टरनेटको गतिमा उलेख्य सुधार आउने विश्वास गरिन्छ । त्यसैले यसलाई पनि प्रयोग गरेर हेर्न सकिन्छ।

यसको लागि आफ्नो कम्प्युटरबाट START>Run गरेर कमाण्ड बक्समा gpedit.msc टाइप गर्नुस्। अब खुल्ने पेजमा Local Computer Policy भन्दा मुनि रहेको Administrative Templates > Network > QOS Packet Scheduler मा क्लिक गर्नुस् । अब पेजको दायाँपट्टी रहेको “Limit reservable bandwidth” मा डबल क्लिक गर्नुस् र त्यसलाई “Enable” गर्नुस् । Bandwidth limit (%) मा ० (शुन्य) गरेर Apply>>OK गर्नुस् । (तलको चित्र हेर्नुस):

    विण्डोज एक्सपिको लागि:                        एक्सपि पछिका भर्सनका लागि:

Reserve Bandwidth XPLimit reservable bandwidth win 7

(चित्र ठुलो गरेर हेर्न सोही चित्रमा क्लिक गर्नुहोला, चित्र आफैँ अर्को पेजमा ठुलो आकारमा खुल्नेछ)

बाँकी पछि ।

Happy Surfing !

18 comments:

  1. सारै काम लाग्ने टिप्स पस्कनु भएकोमा दिलिप सरलाइ मुरी मुरी धन्यवाद! दिन चाहान्छु।

    ReplyDelete
  2. निक्कै दिन अघिदेखि खोजिरहेको कुरा थियो । पाइयो । धन्यवाद ।

    ReplyDelete
  3. Thanks Dilip sir for very useful article. Could u pls give to care MAC too? Does mac keeper helps to protect Mac please? And could you tell us how to format a computer please?
    Thanks for nice blog

    ReplyDelete
    Replies
    1. Rijal Ji, thank you very much for visiting my blog and for the comment too. Unfortunately I rarely use MAC and I'm not as familiar as windows to it to give tips and tweaks about it.

      Well, concerning to formatting ... I'll try to write later sometime.

      Delete
  4. मेरो पिसी मा Local Computer Policy (gpedit.msc) खुल्न मान्दैन "Window Can't Fond 'gpedit.msc' . make sure that .............. भन्ने म्यासेज अाउछ मेन्युल्ली कसरी खोल्ने Local Computer Policy ?

    ReplyDelete
    Replies
    1. तपाईँ सायद विण्डोज ७ नै चलाउनुहुन्छ होला । जहाँसम्म मलाइ लाग्छ, विण्डोजका Ultimate, Professional र Enterprise editions मा यो Group Policy Editor (Gpedit.msc) सुरूमै हुन्छ भने Home Premium, Home Basic and Starter Editions मा भने यो प्रोग्राम नै हुँदैन । त्यसैले एक पटक आफ्नो विण्डोज कुन edition को हो चेक गर्नुस।

      वा सजिलोको लागि यो पनि ट्राइ गर्नुस्:
      आफ्नो डेस्कटपमा एउटा नयाँ फोल्डर बनाउनुस र सो फोल्डरको नाम परिवर्तन गरेर GodMode.{ED7BA470-8E54-465E-825C-99712043E01C} राख्नुस।

      अब त्यसमा डबल क्लिक गरेर हेर्नुस्।

      तपाईँको सिस्टममा छ भने Administrative Tools भन्दा मुनि Edit group policy देखिने छ ।

      अन्तमा, केही व्यक्तिहरूले सपोर्ट नगर्ने विण्डोजको Editions मा पनि काम गर्ने इन्स्टलर बनाएका छन् । यो मैले ट्राइ गरेको त छैन, तर यदि तपाईँको कम्प्युटरमा यो Group Policy Editor छैन भने यहाँबाट यो सानो इन्स्टलर डाउनलोड गरेर हाल्न सक्नुहुन्छ ।

      Delete
  5. दिलिप जी, उपयोगी टिप्स को लागी धन्यबाद । मेरो laptop मा windows7 छ र यसमा windows can't find "gpedit.msc" भन्ने जवाफ आउँछ। यसको अरु कुनै उपाय होला?

    ReplyDelete
    Replies
    1. विण्डोज ७ मा पनि Ultimate, Professional र Enterprise editions मा यो Group Policy Editor (Gpedit.msc) सुरूमै हुन्छ भने Home Premium, Home Basic and Starter Editions मा भने यो प्रोग्राम नै हुँदैन । त्यसैले एक पटक आफ्नो विण्डोज कुन edition को हो चेक गर्नुस।

      वा सजिलोको लागि यो पनि ट्राइ गर्नुस्:
      आफ्नो डेस्कटपमा एउटा नयाँ फोल्डर बनाउनुस र सो फोल्डरको नाम परिवर्तन गरेर GodMode.{ED7BA470-8E54-465E-825C-99712043E01C} राख्नुस।

      अब त्यसमा डबल क्लिक गरेर हेर्नुस्।

      तपाईँको सिस्टममा छ भने Administrative Tools भन्दा मुनि Edit group policy देखिने छ ।

      साथै, केही व्यक्तिहरूले सपोर्ट नगर्ने विण्डोजको Editions मा पनि काम गर्ने इन्स्टलर बनाएका छन् । यो मैले ट्राइ गरेको त छैन, तर यदि तपाईँको कम्प्युटरमा यो Group Policy Editor छैन भने यहाँबाट यो सानो इन्स्टलर डाउनलोड गरेर हाल्न सक्नुहुन्छ ।

      Delete
    2. दिलिप जी,सुझाव को धन्यबाद ,तर कुनै पनी उपाय ले काम गरेन के भएको हो?

      Delete
    3. I hope your Windows edition supports this. BTW, virus, malware and some other corrupted system files also may cause this.
      I think in that case you can try fixing it by some anti virus tools or 'fix' mentioned in this page

      Delete
  6. अत्यन्तै उपयोगी पोष्टको लागि यहाँलाई धन्यबाद ! यो बेला बेलामा आइपर्ने समस्या हो | यी उपायहरु बेजोड छन् भन्ने विश्वास गर्छु |

    ReplyDelete
  7. राम्रा उपायहरु। सबै भन्दा नि बढी antivirus सफ्टवयर बढी जान्ने भएर निकै दुःख दिएको चाहिँ पक्कै हो।

    ReplyDelete
  8. दाजु, इन्टरनेटको स्पिड जति भए पनि चित्त नबुझ्ने रहेछ, एक बर्ष अगाडिसम्म 8 MBPS को स्पिड मा इन्टरनेट चलाउथे, त्यो कम नै लाग्थ्यो, अहिले 30 MBPS को डाउनलोड स्पिड छ, त्यो पनि कहिले काहीं कम नै लाग्छ, बिसेष गरि HD भिडियो अनलाइनमा हेर्दा, अर्को महिनाबाट मेरो ISP ले 50 MBPS को सभिर्स दिन्छु भनेको छ, हेरौ त्यसको अनुभब कस्तो हुन्छ; नम्बर ७ को उपाय अप्लाई गरेर हेरे; केही फरक महसुस भएको पक्कै हो, समग्र लेखको लागि धेरै धन्यबाद |

    ReplyDelete
  9. उपयोगी टिप्स को लागि धन्यवाद !म सँग windos 7 को home premium छ, भने अनुसार फोल्डर बनाइयो तर Administrative Tools भन्दा मुनि Edit group policy भेट्दिन त ?

    ReplyDelete
    Replies
    1. मैले माथि कमेन्टमा पनि लेखि सकेको छु । windos 7 को home premium मा यो Group Policy Editor (Gpedit.msc) हुँदैन् । एक पटक यो सानो प्रोग्राम हालेर हेर्नुस त भै'हाल्छ कि :)

      Delete
  10. Thank u so much dilip sir!

    ReplyDelete
  11. Dheri ramro 6 sir Thank u very much

    ReplyDelete
  12. दिलीप सर मेरो कम्प्युटरमा इन्टरनेट मात्र होइन इन्टरनेट नचलाएको बखत पनि कम्प्युटर slow चल्छ । के यसको समाधान को उपाए छ त ? छ भने मलाइ उद्दार गरिदिनु पर्यो सर ।

    ReplyDelete