13 March, 2012

पत्रिकाको समाचार र मनको भाव !

Advertisements... contain the only truths to be relied on in a newspaper. :~Thomas Jefferson

त्यसो त “पत्रिकामा विश्वास योग्य कुरा विज्ञापन मात्रै हुन्छन्” भनेर धेरै पहिले नै भनिए पनि  आजको समयमा पुग्दा यो वाक्य झन् झन् समसामयिक र सटीक भएका छन् । पत्रिकाहरूमा समाचार हैन। प्राय: हावा गफ, अडकल र हौवा छापिन्छन् । अनि अर्को उदेक लाग्ने कुरा के भने तीनै हावा गफ र हौवाहरू पनि बारम्बार दोहरिन्छन्, तेहरिन्छन्, चौरिन्छन् । र सायद विज्ञापन मात्रै विश्वास योग्य होलान् ।

यस्ता सम्म समाचार वा खबर पत्रिकामा छापिन्छन् कि तीनको विषयवस्तु वा सारको त कुरै छाडौं, शीर्षक मात्रै पढ्दा समेत सामान्य मानिसको अडकलले यो हावा गफ भनेर थाहा पाउँछ, भने किन यस्ता कुराले पत्रिकाको पन्ना भरिन्छन् भन्ने सोच समेत सबैमा पलाउँछ । यस बारेमा यो भन्दा पहिलेको अर्को पोस्टमा लेखि सकेकोले आज यसकै विस्तारमा नजाउँ । आजको पोस्टमा समाचार सार वा समाचार विस्तार हैन् , खबरको शीर्षक मात्रै पढ्दा पनि सामान्य अवस्थामा कस्तो सोच आउँछ भन्नेतिर लाग्दैछु ।

माथि नै लेखिसके, बकम्फुसे गफ पनि हामीले एक पटक दुई दुईपटक हैन्, एउटै पत्रिकामा समेत पटक पटक पढने गर्छौँ। लेखिनु पर्ने हुनाले वा छापिनु पर्ने हुनाले ती गफहरू लेखिएलान् र छापिएलान । तर यस्ता बारम्बार पुनरुक्त खबर वा गफको शीर्षक देख्दा पाठकको मनमा सुरुमै कस्तो भावना जन्मेलान त ? । अर्काको ठेक्का निलिउँ, मेरो मनमा भने प्राय: यस्ता खबर पढ्दा निम्न भावहरू उठ्छन् । त्यसैले आजको पोस्टमा केही दिन यता छापिएका समाचार शीर्षक र ती शिर्षक पढ्दा मेरो मनमा उठेको भाव जस्ताको त्यस्तै :

पत्रिकाको समाचार शीर्षक

शीर्षक पढ्दा उठेको भाव

नेपाल टेलिकमले एक करोड लाइन थप्ने अब कसैले कसैलाई फोन नगरे भो Smile with tongue out
तीन दलको बैठक उपलब्धिविहीन  के अचम्म भो त ? ((यो कसरी समाचार भो ?)
गोकर्ण रिसोर्टमा तीन दल वार्ता आज फेरि बिना काम सरकारी खर्चमा ऐस गर्ने भए
भोलिको बैठक पनि गोकर्ण रिसोर्ट मै हुने यिनीहरु सिंह दरबारमा किन अट्दैनन् ?Hot smile
नदी किनारका अतिक्रमित बस्ती साताभित्र हटाइने

गफै त हो !

मन्त्रिपरिषदको बैठक आज बस्ने फेरि के अनिष्ट हुने हो
ग्यास एक सिलिन्डरमै ५६३ रुपैयाँ घाटा बोनस बर्कारार रहे त भै’गो नि !
शिक्षा मन्त्रीले भने- परिणाम राम्रो हुँदैन

कहिलेकाही त शुभ बोल !

लोडसेडिङ घट्दै जान्छः ऊर्जा मन्त्री पानी परेको त मैले नि देख्या हो Smile
जेठ १४ सम्म नबने ०४७ कै संविधान लागू : देउवा

सल्लाह भैसक्या हो ?

हराएका जहाजका पांग्रा दिल्लीमा भेटिए  पाङ्ग्रा समेत त उतै तानिने रहेछन् नेता किन नजाउन
वित्तीय अपराध रोक्ने कानुन पास हुन सकेन  आफैले खनेको खाल्डोमा आफै परिएला भन्ने पिरलोले होला
प्रमुख तीन दलको बैठक बस्दै नबसी स्थगित 

धन्न खाजा खर्च जोगिएछ !

भाले किचेर मारेको विरोधमा चक्काजाम 

लैङ्गिक समानता कायम गर्न अब पोथी मार्दा नि बन्द हुने भो !

सरकारको नेतृत्वमा कङ्ग्रेसको पालो : एमाले अध्यक्ष खनाल

टोकन कहिले बाँडिएको रहेछ ?

दुई हप्ताभित्रै सेना समायोजन भएर नयाँ सरकार हुन्छ हा हा हा हा हा !
गाउँलेले चितुवा समाते चितुवाले गाउँले समात्या भे’पो अचम्म त !
आफ्ना कार्यकर्ताको हत्या भएको भन्दै एमाले सभासद्द्वारा संसद अवरुद्ध

अर्काको कार्यकर्ता भा’ भे के मतलब ?

मैले कुर्सी छाडे झन् समस्या बल्झन्छ : प्रम 

पहिलाका पनि त्यसै भनेर बस्या भे तपाईँको पालो नै आउँदैनथ्यो

कार्यतालिका संशोधन गर्न तीन दल सहमत कार्यताकिका संशोधन र म्याद बढाउने मै त होनि सहमति हुने
जेपी गुप्तामाथिको कारबाही 'बेमौसमको बाजा' : उपराष्ट्रपति परमानन्द झा

मौसमी बाजा बजाउनेलाई मात्रै थाहा हुने कुरो रै’छ

यो बिगत केहि दिनमा छापिएका खबरका शीर्षक देख्दा मेरो मनमा उब्जेका भावहरू हुन्…छुटपुट थप्दै जानु होला Open-mouthed smile


यो पनि हेर्नुस: ओझेल परेका समाचार र खबर बनेका गँजडी गफ !

4 comments:

  1. हा हा हा, मात्र भन्छु !

    ReplyDelete
  2. गजब भावहरु ! बेसरी हँसाएर स्वास्थ्यलाई फाइदा पुर्याउने हुनाले यहाँलाई धन्यबाद !

    ReplyDelete
  3. majja aayo tesai pani lukhasta sarkar haina ta dada :)

    ReplyDelete
  4. hahahahha.....

    ReplyDelete