20 March, 2012

फेरि केही Google Search का ‘जादु’हरू !

गुगल वा google.com सूचना वा तथ्याङ्क खोजी गर्ने एउटा खोजी संयन्त्र मात्रै हैन्, त्यो भन्दा बढी अरू पनि धेरै नै छ्/ हो । फेरि झ्वाट्ट हेर्दा गुगलमा गएर कुनै पनि विषयको बारेमा खोजी गर्नु जत्ति सजिलो देखिन्छ , आफूले चाहेकै ठ्याक्कै सामाग्री भेट्नु त्यत्ति नै मुस्किल पनि हुन्छ । तर केही कि-वर्डको प्रयोग र केही ‘जुक्ति’ लगाएर गुगलबाट सामान्य अवस्थामा नभेटिने वा खोजैकै जस्तो एकदमै सटीक जानकारी लीन सकिन्छ। यसरी गुगलको बहु-उपयोग गर्ने बारेमा मैले धेरै अगाडि पनि एउटा पोस्ट लेखेको थिएँ । आजको पोस्टमा फेरि केही नयाँ जुक्तिहरू र गुगललाई अझै उपयोगी खोजी सहायक बनाउने बारेमा केही अरू सूत्रहरू दिँदैछु:

निश्चित साइटभित्र मात्रै खोज्नुस: कुनै एउटा डोमेन वा साइटभित्र मात्रै खोज्ने ‘जुक्ति’ धेरै काम लाग्ने र समय बचत गर्ने हुनसक्छ । उदाहरणको लागि तपाइँले केही समय वा वर्ष अगाडि कान्तिपुरमा अरूण तेस्रोको बारेमा कुनै रोचक खवर पढ्नु भएको थियो । अब तपाइँले गुगलमा गएर ‘अरूण ३’ वा ‘अरूण तेस्रो’ टाइप गरेर खोज्नु भयो भने तपाईको मोनिटरमा अरूण ३ सँग सम्बन्धित हजारौँ पेजहरूको लिन्क देखिनेछ । त्यसमा तपाइँले खोज्नु भएको पेज ठ्याक्कै भेट्नु भनेको समुद्रमा सियो खोज्नु जस्तै पनि हुनसक्छ। यस्तो अवस्थामा गुगलको सर्च बक्समा अलिकता जुक्तिको प्रयोग गर्दा खोजी केवल कान्तिपुरको पेजभीत्र मात्रै सिमित हुनेछ र तपाइँको पेजमा केवल कान्तिपुरका पेजमा छापिएका सो वारेका समाचारहरू मात्रै देखिनेछन् । यसको लागि गुगलको सर्चबक्समा ‘अरूण तेस्रो ‘लेख्नुस र एउटा स्पेस दिएर site:http://www.ekantipur.com टाइप गरि खोज्नुस। तपाइँको मोनिटरमा खाली कान्तिपुरमा छापिएका अरूण तेस्रो सम्बन्धि सामाग्री मात्रै देखिनेछन् । तलको चित्र हेर्नुस:

 

Arun 3

यस्तै गरि तपाईले सर्च बक्समा अरूण तेस्रो site:http://bbc.co.uk गर्नु भयो भने सो बारेमा बिबिसीमा छापिएका समाचार र High altitude site:http://dsc.discovery.com/ गर्नु भयो भने डिस्कवरी च्यानलको साइटमा भएको High altitude बारेका खोजमूलक लेख वा सामाग्री भेट्नु हुनेछ ।

निश्चित शब्द वा साइट बाहेकमा खोज्नुस: माथिको तरिकाले कुनै एउटा साइट विशेषमा खोजी गर्न साह्रै सजिलो हुन्छ । तर कहिलेकाहीँ स्थिति विपरीत पनि हुनसक्छ । तपाइँ कुनै संवेदनशील विषयको बारमा साँच्चै महत्वपूर्ण सामाग्रीको खोजी गर्दै हुनुहुन्छ । तर खोजीको रिजल्टमा भने बकम्फुसे साइट वा फेसबुकका विभीन्न ग्रुप वा पेजमा रहेका असम्बन्धित वा हल्का कुरा भेटिन सक्छ। त्यस्तो अवस्थामा ती असम्बन्धित शब्द वा साइट बाहेक अन्त मात्रै खोज्ने तरिका उपयोगी सिद्ध हुन्छ।

यसको लागि खोजी बक्स भित्र कुन कुन शब्द वा साइट हटाउने हो किटेर खोजी गर्न सकिन्छ। उदाहरणको लागि तपाइँले गुगलको सर्च बक्समा

साप्ताहिक पत्रिका -www.ekantipur.com/ टाइप गरेर खोज्नु भयो भने कान्तिपुरको साप्ताहिक बाहेकका अन्य साप्ताहिक पत्रिकाको बारेमा मात्रै खोजी केन्द्रित हुनेछ ।

हिमाल –खबरपत्रिका गरेर खोज्नुभयो भने हिमाल नाम गरेको पत्रिका हैन कि ‘हिमाल’ को बारेमा मात्रै खोजी हुनेछ । त्यस्तै

नेपाली चाड –दसैँ टाइप गरेर खोज्दा दसैँ बाहेकका नेपाली चाडको बारेमा जानकारी भेटिनेछन् ।

यसरी कुनै शब्द वा साइटलाई माइनस गर्दा १ वा सो भन्दा बढी शब्द वा साइट अनि शब्द र साइटको मिश्रित समूहलाई पनि जोड्न मिल्छ ।

जस्तै: बुद्ध -बम्जन -www.facebook.com । यसो गर्दा बुद्धको बारेमा फेसबुक बाहेकका साइटमा भएका र (रामकुमार) बम्जन बाहेकका सामाग्रीहरू मात्रै देखिनेछन् । तलको चित्र हेर्नुस्:

बुद्ध -बम्जन -www

लिङ्क गरिएका साइट वा पेज खोज्नुस: कुनै एउटा महत्वपूर्ण समाचार वा घटनाको पेजलाई कति ओटा अन्य पेजहरूले आफ्नो साइटमा लिङ्क राखेका होलान ? । भर्खरै सुरु भएको कुनै पत्रिकालाई कतिवटा साइटमा लिङ्क हुने भाग्य मिलेको होला ?। वा तपाइँको आफ्नै ब्लगलाई कति वटा साइटले लिङ्क गरेको छ होला ? । जान्न चाहनुहुन्छ भने गुगल सर्चबक्समा link: टाइप गर्नुस र सँगै कुन साइटको लिङ्क खोज्ने हो त्यो साइटको ठेगाना टाइप गरेर इन्टर थिच्नुस । तपाइँको मोनिटरमा तपाइँले खोज्नु भएको साइटको लिङ्क राखिएको पेजहरू मात्रै देखिनेछन् । उदाहरणको लागि:

link: http://dacharya.blogspot.com गरेर खोज्यो भने मेरो यही ब्लग कस-सकले लिङ्क गरेका छन ती सबै पेजहरूको सूचि देखिनेछ । तलको चित्र हेर्नुस्:

2012-03-20 09-13-16_link_ http___dacharya

सूर्योदय र सूर्यास्तको समय थाहा पाउनुस: अघिल्लो पोस्टमा कुनै पनि सहरको तत्कालको स्थानिय समय र मौसमी विवरण थाहा पाउन सकिने टिप्सको चर्चा गरिएको थियो भने यस पोस्टमा कुनै पनि सहरको सूर्योदय र सूर्यास्तको समय गुगल बाटै थाहा पाउने सजिलो तरिकाको दिइँदैछ:।

तपाइँलाई कुनै सहरमा कतिबजे सूर्योदय र कतिबजे सूर्यास्त हुन्छ जान्नु छ भने गुगलको सर्च बक्समा जानुस र सिधै सहरको नाम टाइप गरि त्यसको पछाडि स्पेस दिएर Sunrise  वा Sunset टाइप गरेर इन्टर दबाउनुस्। तपाइँको ब्राउजरमा तुरुन्तै सो सहरको सूर्योदय र सूर्यास्तको समय देखिनेछ । (तलको चित्र हेर्नुस)

Kathmandu Sunrise

(काठमाण्डौको सूर्योदयको समय)

Sunset Kathmandu

(…र यो सूर्यास्तको समय)

यो बाहेक अरू केही द्रुत खोजीका ट्रिकहरू:

  • कुनै फ्लाइट नम्बर सिधै सर्च बक्समा टाइप गरेर सो फ्लाइटको डिटेल हेर्न सक्नुहुन्छ:

Flight detail 

  • कुनै शब्द वा वाक्यांश बिर्सिएमा सोको सट्टा asterisk (*) टाइप गरेर पनि खोजी जारी राख्न सक्नुहुन्छ। जस्तै नेपाल * गोलले विजयी (तलको चित्र हेर्नुस)

Unknown woprd search

  • कुनै साइट ब्लक गरिएको ठाउँमा सो साइट पुरै खोल्न नमिले पनि cache: अनि साइटको ठेगाना टाइप गरेर सो साइटमा रहेको केही सूचनाहरू हेर्न सकिन्छ । उदाहरण cache:astalavista.net ।

गुगल सर्चका यस्ता जुक्ति र जादु अरु पनि छन् । आजलाई भने यत्ति !

Happy Searching ! Happy Surfing !!


यो पनि हेर्नुस:  के तपाईँलाई गुगलका यी ‘जादूहरु’ को बारेमा थाहा छ ?

8 comments:

  1. उपयोगी टाँसो । एकपल्ट सबैको 'Test Drive' गरेँ!!!
    Link को कुरो चैँ अलि बुझिन मैले ।

    ReplyDelete
  2. dada ko post ma yo link bata herdai k k garcha garcha google le: http://dacharya.blogspot.co.uk/2012/03/google-search.html

    @Ashesh : link use garera kaha kaha tyo site ko link available (click or nonclickable) bhanne herne ho, kaso Dilip dada ?

    ReplyDelete
  3. another useful tips... thank you...

    ReplyDelete
  4. एकदमै उपयोगी रहेछ दिलिप सर। वास्तबमै उपयोगी..

    ReplyDelete
  5. उपयोगी पोष्ट। धन्यबाद

    ReplyDelete
  6. धेरै उपयोगी टिप्सहरु, धेरै धेरै धन्यबाद !

    ReplyDelete
  7. THank you very much such a useful TIPs.

    ReplyDelete
  8. Nikai gazabko post garnubhayo dilip dai...thanks for sharing information...I like it!

    ReplyDelete