28 March, 2012

अब आयो Microsoft को सामाजिक सञ्जाल - Socl -

पृष्ठभूमी:
इन्टरनेटमा सामाजिक सञ्जालको बाहुल्य बढ्दै जाँदा र एक अर्कासँग जोडिन मात्रै हैन, विस्तारै समाचार, अध्ययन र अन्य विभिन्न सामाजिक र शैक्षिक अनि विविध कार्यमा समेत यस्ता सञ्जालले महत्वपूर्ण भूमिका खेल्न थालेपछि विगतमा इमेल प्रदायक र सर्च इन्जिनको रूपमा रहेका सबै विस्तारै आ-आफ्नै सामाजिक सञ्जाल चलाउन अग्रसर भएका छन् ।
गुगलले आफ्नो छुट्टै सामाजिक सञ्जालको साइट ‘गुगल प्लस’ चलाएको केही समय नबित्दै अब Microsoft ले पनि FUSE Labs को नामबाट आफ्नै सञ्जाल सुरु गरेको छ। विशेष गरी विद्यार्थीहरूको लागि सामाजिक सञ्जाल र खोजीको लागी उपयुक्त हुने भनि डिजाइन गरिएको यो सामाजिक सञ्जाल केही निश्चित प्रयोगकर्ता माझ सुरू भैसकेको छ । सोसल वा So.cl (उच्चारण "social" हुने) यो सामाजिक सञ्जालले केही समय अगाडि मलाई पनि सुरुवाती प्रयोगकर्ताको निम्तो दिएकोले यसको प्रारम्भिक प्रयोगको अनुभव बारे केही लेख्दै छु ।
ढाँचा र साजसज्जा:
हुन त यो सञ्जाल अहिले प्रारम्भिक वा अपरिष्कृत संस्करणमा नै छ। तर झ्वाट्ट हेर्दा धेरै हदसम्म गुगलप्लसको जस्तै इन्टरफेस देखिन्छ । समष्टिमा फेसबुक वा गुललप्लस चलाइसकेका प्रयोगकर्तालाई यसको इन्टरफेस र प्रयोग बुझ्न खासै घोरीनु पर्ने देखिन्न । (तलका स्क्रिनशटहरू हेर्नुस:-चित्र ठुलो पारेर हेर्न कुनैपनि चित्रमा क्लिक गर्नुस । सो चित्र स्वत: ठुलो आकारमा अर्को पेजमा खुल्नेछ)
so.cl -Dilip Acharya
यो ढाँचा हाल चलेका अन्य सामाजिक सञ्जालको भन्दा फरक नभएको मात्रै हैन, हुबहु उस्तै छ भन्दा पनि फरक नपर्ला। हाललाई नोटिफिकेसनका सेटिङ्स भने अन्य सामाजिक सञ्जालमा भन्दा अलिक सरल रहेको महशुस हुन्छ:

Dilip Acharya - So1
So.cl- noticeविशेष गरि, तिन कोलममा देखिने पेजको बीच भागमा स्टाटस र विभिन्न सूचना सन्देश देखिने र  दायाँ र वायाँ भागमा करिब करिब गुगलप्लस वा फेसबुकको जस्तै अनुप्रयोग र सम्बन्धित भिडियो, विज्ञापन आदि देखिँदा सोसिएलको मौलिकता के हो भन्ने सोच्ने पर्ने स्थिति छ ।
देब्रेतिर रहेको विभिन्न अनुप्रयोग, प्रयोगकर्ताको प्रोफाइल तस्विर र दायाँतर्फको माथिल्लो भागमा हुने सेटिङ्ग अनि नोटिस काउन्ट देखाउने आइकन र सेटिङ्गको गिएर आइकनले नचाहँदा नचाहँदै पनि गुगलप्लसको याद दिलाउँछ । 

सन्देश र खोजी: स्टाटस अपडेट र ‘सर्च’ एउटै बक्सबाट हुने गरि डिजाइन गर्दा प्रयोगमा अलिकता सरलता आए पनि स्टाटस कस-कसले देख्ने र नदेखने बनाउने तरिका पनि परम्परागत नै छ:

सोसिएल
एक चोटी लेखि सकेको सन्देश वा स्टाटसलाई पुन: सम्पादन गर्न मिल्ने सुविधा यसमा पनि छ। तर यही ढाँचा पनि गुगलप्लसबाट प्रेरित भएको भन्ने आरोप नलाग्ला भन्न पनि सकिन्न्:

सोसिएल सन्देश
प्रयोग:
माइक्रोसफ्टले सोसिएललाइ अध्ययन र खोजीको लागि भने विशेष डिजाइन गरेको भने पनि अन्तत यसको प्रयोग पनि फेसबुककै जस्तो हुनेमा सुरुमै शङ्का नलिँदा हुन्छ । हुन त अहिलेसम्म यो नेटवर्कमा मेरो आफ्नो फलोअर र आफैले फलो गरेको साथीहरू छैनन् भन्दा पनि हुन्छ । तैपनि अमिलेसम्मको यस भित्रका प्रयोगकर्ताहरूको प्रयोगात्मक ताना-बाना हेर्दा यो पनि सन्देश र फोटो बाँढ्ने र लिन्क आदि सेयर गर्ने माध्यम भन्दा बढी केही बन्दैन भन्दा फरक नपर्ला ।

फेसबुकसँगको सहकार्य:

सोसिएल सञ्जाल
फेसबुक एकाउन्टबाट दर्ता गर्न मिल्ने र एक पटक दर्ता भएपछि फेसबुकमा लगइन हुँदा सिधै यसमा पनि लगइन हुन मिल्ने गरी बनाएर माइक्रोसफ्टले फेसबुकसँगको सहकार्यको झलक दिएको छ । त्यसो त फेसबुकबाट लगइन गर्न मिल्ने भएपनि हाललाई भने फेसबुकमा राखिएको स्टाटस आफैँ सोसिएलमा र सोसिएलमा राखिएको सन्देश फेसबुकमा भने जाँदैन । तर भविष्यमा यस्ता कुनै अनुप्रयोग बने वा यी दुइ नेटवर्कमा अन्तर-सम्बन्ध बनेछ भने अचम्म नमान्दा हुन्छ ।
के छ त यसमा नयाँ
धेरै कुरा हेर्न र प्रयोग गर्नै बाँकी छ । तर सुरूवाति नजरमा देखिएका केही कुराहरू यस्ता छन् :

खोजी र खोजको सूचना सेयर:
यस भित्र गरिएका सर्च वा खोजी व्यक्तिगत रहँदैनन् र यो अरू प्रयोगकर्ताहरूले देख्न सक्छन् । उदाहरणको लागि तपाइँले सोसिएलको सर्चबक्सबाट ‘नेपालि ब्लग’ लेखेर खोजी गर्नु भयो र भेटिएका कुने लिन्मा क्लिक गर्नु भयो भने यो खोजीको विवरण स्वत: तपाइँको कन्ट्याक्टमा भएका सबैले पनि देख्न सक्ने छन् । तलको चित्र हेर्नुस र खोजी गर्दा होशीयार समेत रहनुस Smile with tongue out
Social Search
Video party: भिडियो खोज्ने र सेयर गर्ने सामाजिक सञ्जाल धेरैछन् । हाल चलेका प्राय: सबै सञ्जालमा यो सुविधा छ र सबैमा युट्युब वा अन्य कुनै माध्यमबाट भिडयो सेयर गर्न र हेर्न मिल्छ । तर यसमा बने अनलाइन रहेको सबैले Video party मा सरिक हुने व्यवस्था छ। यसको मतलव कुनै निश्चित चाखको भिडयो वा भिडयो क्लिपहरू अनलाइन रहेको सबैजनाले साथ-साथै हेर्न मिल्छ । 

Video Parties
सन्देश ट्यागिङ: फेसबुक वा गुगलप्लसमा रहेको कुने व्यक्ति वा ग्रुप विशेषलाइ ट्याग गर्ने भन्दा पनि करिव करिव ट्वीटरको Hash tag जस्तो किसिमको ट्याग सुरुमै सन्देशमा राख्ने व्यवस्था छ:
So.cl सोसिएल

कसरी सरिक हुने त ?

माथि नै लेखिसकेँ, हाललाई यो आमन्त्रित वा निम्तो पठाइएकाहरूका बीचमा मात्रै सार्वजनिक भएको छ । तर http://www.so.cl/ मा गएर फेसबुक वा विन्डोज लाइवको आइडिबाट दर्ता प्रक्रिया सुरू गरेर निम्तो पर्खन सक्नुहुन्छ वा कुनै सक्रिय प्रयोगकर्ताबाट निम्तो लिएर यसमा जोडिन सक्नुहुन्छ । यसमा जोडिइ सकेकाले स्क्रिनको दायाँपट्टी रहेको “Invite friends” मा क्लिक गरेर कसैलाई पनि निम्तो दिन सक्छन् । निम्तो कुनै पनि इमेल ठेगानामा पठाउन सकिए पनि निम्ता स्विकार्ने ले भने निम्ता आइको ईमेलमा रहेको लिन्कमा क्लिक गरेर दर्ता प्रक्रिया सुरू गर्दा फेसबुक वा विन्डोज लाइव मेल वा हटमेल बाट मात्रै यसमा जोडिन सक्छन्।

socl invitation
भविष्य:
तत्कालको र त्यो पनि अपरिष्कृत संस्करणमा मात्रै उपलब्ध रहेकोले यसमा भोलिका दिनमा के कस्ता सेवा र सुविधा जोडिन्छन् भन्न सकिने अवस्था छैन् । तर अहिलेकै जस्तै मात्रै प्रयोगात्मक सुविधा रहने हो भने माइक्रोसफ्टको सोसिएल सामाजिक सञ्जालमा एउटा नाम थप्नेमा मात्रै सिमित रहने छ भन्ने मेरो पूर्वानुमान छ । तैपनि यसको प्रयोग गर्न चाहनुहुन्छ भने मेरो यहि पोस्टको कमेन्टबाट वा अन्य माध्यमबाट मलाई आफ्नो इमेल ठेगाना उपलब्ध गराउन सक्नुहुन्छ । मेरो बचेको करिब ८-९ ओटा निम्तो पहिलो ८-९ जनाले पाउनेछन् Smile

9 comments:

  1. फेसबुक गुगल को युद्धको फाईदा त आखिर हामी प्रयोगकर्तालाई नै त हो नि अब यो अर्को सामाजिक सञ्जालमा पनि छिरी हेरौं न त ।

    ReplyDelete
  2. दाजुको ब्लगमा सधै नया नया प्रविधिका कुराहरुका साथै उपयोगी र जानकारीमुलक सामाग्रीका बारेमा छिटो पढ्न पाइन्छ । अरु त्यस्तै हो, यसको प्रयोगले हामीलाई धेरै फाइदा होस्, माइक्रोसफ्टको नया सामाजिक संजाललाइ पनि बधाई छ ।

    ReplyDelete
  3. दादा मलाई पनि invite गर्नु है मैले तपाईंलाई मेल गरेको छु !

    ReplyDelete
  4. @Poshan Basnet,

    निम्तो पठाएको छु । इमेल चेक गर्नु होला ।

    FUSE Labs on behalf of Dilip Acharya(fuselabs@hotmail.com).......

    लेखिएको इमेल आउनेछ। त्यसमा भएको "Accept" मा क्लिक गरेर अगि बढ्नुस्। तर पोस्टमा लेखिएजस्तै विन्डोज लाइव मेल वा फेसबुकबाट मात्रै दर्ता प्रोसेस गर्न सकिन्छ :)

    ReplyDelete
  5. Every post on your blog are interesting ,Thank you for your every post.. . hope you will also send me invite on so.cl

    ReplyDelete
  6. rajan2758@yahoo.com

    ReplyDelete
  7. दाइ मैले नेपाली क्यालेन्डर download गर्न सकिन हजुर संग केहि उपाय भय मलाई सहयोग हुने थियो |



    ReplyDelete
  8. Really Mr.Dilip your all blogs are meaningful and useful, Thank you!!!

    ReplyDelete
  9. I think this social web site will be as popular as FB!!!

    ReplyDelete