28 May, 2012

संविधान बन्न नसक्नुको गोप्य कारण— गोप्य दस्ताबेज सहित !

करिब ९ अरब भन्दा बढि रकम र ४ वर्षको समय खर्चेर ६०१ जना सदस्य छानेर बनाउन खोजिएको गणतन्त्र नेपालको संविधान अन्तत: बन्न सकेन् । २०६९ सालको जेष्ठ महिनाको १४ गतेको पनि रातको करिब ८-९ बजे मात्रै अत्यन्त अन्योलका बीच संविधान नबन्ने पक्का भएको थियो ।

त्यसको लगत्तै रेडियो टि.भी. अनि अनलाइन र अफलाइनका खबर सञ्जालमा यो संविधान सभा असफल हुनुको कारणहरूको बारेमा अनेक टीका-टिप्पणी र ज्ञात-अज्ञात सूत्रहरूको खुफिया हवाला दिँदै थरी थरीका समाचार आउन थाले ।

कसैले देशमा निक्लिएको जातीय राज्य मान्ने र जातीय राज्य अमान्य हुने दुई घटकका अन्तर्द्वन्द्व लाइ यसको कारक माने भने कसैले कुनै दल विशेषको हठ वा अडानमा प्रमुख दोष देखे। कसैले यो सबै समस्याको जड नेपालीहरूमा विद्यमान अशिक्षा र गरिबी भएको ठम्याए भने कसैले भने यो सब विदेशी चलखेलका कारण भएको ठहर गरे ।

अनेकानेक टिका-टिप्पणी, खोज र चर्चा परिचर्चाका बीच यस ब्लगरको हातमा एउटा अत्यन्त गोप्य दस्तावेज परेको छ । जसको अध्ययनबाट यो ९ अरब रुपैयाँको अपव्यय र ४ वर्षे समयको दुरुपयोग को एउटै र सटीक कारण अत्यन्तै प्रस्ट हुन्छ ।

ल हेर्नुस सो गोप्य दस्ताबेजको पहिलो पन्ना:

sec jpg b

केही बुझ्नु भएन ? । मैले पनि बुझिनँ । यो कागज सायद मदिरा बेच-बिखन रोक्नु अगि नै वानेश्वर क्षेत्रमा कुनै ठूलै मान्छेले बोतल बेरेर लग्दा खसेकोले बीच बीचका अक्षरहरू रक्सीका थोपाले धूमिल भएका छन् । ...तर दोस्रो पेज भने सग्लै भेटिएको छ यो हेर्नुस:

Secret Document 2

हो, बीच सडकमा नाङ्गै भइसकेपछि पनि र विश्वसामु असक्षम र नालायक साबित भइसक्दा पनि हाम्रा भातमारा नेताहरूले पहिलो पेजको जस्तै गोल-मटोल वा एक अर्कालाई आरोप प्रत्यारोप गरेर शब्दजालबाट बच्ने अनेक तर्क गर्न सक्छन् । तर सत्य भनेको दोस्रो पेजको दुई हरफ नै हुन।

संवीधान बन्न नसकेको एउटै कारण दुई लाइनमा राख्दा बटम लाइन यत्ति हो:

“......यी सबका बाबजुद पनि संविधान बन्न सक्थ्यो तर बनेन। किनकी हाम्रा सभासदहरू अयोग्य थिए। दलका नेताहरू निकम्मा र शीर्ष नेताहरू नालायक थिए ।“

कुरा बुझीहाल्नु भो … त्यसैले मैले भेट्टाएको दस्ताबेजको स्रोत भने गोप्य नै राखौँ है त.. Winking smile

16 comments:

  1. Tito bhaye pani satya aakhir yehi nai ho. Khattamai banaune bhaye desh lai. aru bhanda pani ab to desh kata jane ho. Ye pashupatinath rakshya garnuhosh.

    ReplyDelete
  2. कुरो बुझियो । :)

    ReplyDelete
  3. निकम्मा नै हुन्, नो डाउट !!!

    ReplyDelete
  4. jhadi hai hun saab chor neta !

    ReplyDelete
  5. ब्यर्थ मा आरोप प्रत्यारोप ! बल्ल खाटी कुरो बुझियो ! :-)

    ReplyDelete
  6. शत्रु पालेपछि धोका पाइयो भनेर वा गल्ति गरे भनेर अरुलाई सुनाउनु पनि बेकार छ. तर फेरी तिनैले चुनाव जित्छन अनि फेरी माथि जान्छन, अनि फेरी हामी येस्तै कमेन्ट गर्नु पर्छ.

    ReplyDelete
  7. सरले पाठकको दिमाग कसरी खानु हुन्छ भन्ने यो बलियो प्रमाण हो । उल्लु बनाउनु भो :(

    ReplyDelete
  8. sapana sabi udaya neta lay nautanki matra gara gaya

    ReplyDelete
  9. हाम्रा नेता जस्तै पाठकलाई निकम्मा ठान्नु भयो त लेखक ज्यु, तपाईंबाट यस्तो अपेक्षा थिएन !

    ReplyDelete
  10. Oh ! Kuro Yasto po Rahexa!!!

    ReplyDelete
  11. संविधान नबन्दा सायद एउटा तार पनि चुडिएछ की कसो सर ।

    किनकी यि सबै गोप्य भनिएका कुरा त खुलम्खुला तपाइँ हामी सामुन्ने नै थिए । तैपनि के हामीसँग यि नालायकहरूको विकल्प छ र ?

    ReplyDelete
  12. jpt...................spasta rakhda k hunthyo yo dastabejjj.....

    ReplyDelete
  13. हेर्दाहेर्दै यी अमुल्य चार बर्षहरु र अरबौं रकम त खोला खोलै बगी हाल्यो । यी निकम्मा चोर डाका फटाहाहरुलाइ पनि त्यसै गरि खोलाखोलै बगाई दिन मन लागेको छ ।

    ReplyDelete
  14. दाइ मैले एउटा Facebook status मा भेटेको थिए कि politicians and Dyppers are to be changed in a regular interval..

    ReplyDelete