21 June, 2012

द्वैत चरित्र (लघुकथा)

Dual Characterहरमा अचानक एकजना दाताको निकै चर्चा-परिचर्चा हुन थालेको थियो । ती दाता दिल अनि मुठ्ठी दुबै खोलेर सामाजिक कार्यमा सहयोग गर्न तत्पर देखिन्थे ।

केही समय अगाडि तीनले एउटा क्यान्सर रोग विरुद्ध जागरूकता जगाउने र सो रोगको रोकथाममा क्रियाशिल एउटा संस्थालाई ठूलै धनराशि सहयोग गरेका थिए । त्यसको केही समय पश्चात् तीनले एउटा मुटु रोग सम्बन्धी अस्पताललाई पनि दिल खोलेर आर्थिक सहयोग गरे। धुमपान र मद्यपानका कारण बाबु आमाको अकाल मृत्युका कारण टुहुरा भएका बालबालिका प्रतिपनि तिनको विशेष दृष्टि र कारुणिक भावना देखिन्थ्यो ।

शहरवासी र विशेषगरी समाचार माध्यममा तिनको नाम खुबै छाउन थाले । तिनि छोटो समयमै दानवीर दाता, निःस्वार्थ समाज सेवी र सामाजिक आस्थाका प्रतीक बन्न थालेका थिए । राजनीति वा अन्य क्षेत्रमा कतै नदेखिने र कुनै सरकारी वा अर्ध सरकारी संस्था आदिसँग पनि सम्बद्ध नभएकाले समाज सेवी र दाता बाहकेका तीनको विस्तृत परिचय र निजी पहिचान भने खासै खुलेको थिएन ।

उनी सधैँजसो, रोगी, असहाय र दु:खीको सेवामा हुने कार्यक्रमहरूमा मात्रै देखिन्थे । तर उनले गर्ने आर्थिक सहयोग, विरामीलाई वितरण गर्ने औषधिमुलो र टुहुरालाई दिने नगदी र जिन्सी सहायता निकै देखिन थालेपछि सहयोग, चन्दा वा दान नै भए पनि विस्तारै तिनले गर्ने खर्चको श्रोतको खोजी हुन थाल्यो ।

विस्तारै उनका अर्थोपार्जनका स्रोतहरू पनि सबै सामु खुला भए । वास्तवमा उनका २-३ मदिरा उद्योग र एउटा ठुलो चुरोट कारखाना रहेछन् । अनि विदेशबाट आयात हुने प्राय: सबै खैनी, सूर्ती लगायतका बढी चल्ने सबै विदेशी रक्सी-चुरोटका उनि देश भरका लागि आधिकारिक वितरक पनि रहेछन् ।

7 comments:

  1. Usle kun chahi kaam nagarnu parne hola ta?

    ReplyDelete
  2. This comment has been removed by the author.

    ReplyDelete
  3. राम्रो लाग्यो ।

    ReplyDelete
  4. सटिक र सत्य कथा , समाजमा यस्तै भैरहेको छ |

    ReplyDelete
  5. आफैं बोक्सी आफैं झाक्री भनेझै पो भो यो त ....वास्तविकताको धरातलमा रही लेखिएको कथा निकै राम्रो लाग्यो मलाई ...यो कलिमा यस्तैको नै नाम र दाम हुदो रहेछ...सोझोको त चामल पनि नबिक्ने |

    ReplyDelete