22 July, 2012

चर्केको बाल्टिन, फुटेको टुटी र हाम्रो ‘हरिब’ व्यवस्थापन !

हामी गरिब छौं, तर गरिब मात्रै हैन् हामी हरिब पनि छौं । अझ साँच्चिकै भन्ने हो भने हामी गरिब भन्दा हरिब बढी छौं । त्यसो त स्रोत र संसाधन हुँदा हुँदै पनि गरिब हुनु पर्नु पनि एउटा लज्जास्पद कुरो नै हो । तर मलाई लाग्छ, गरिब हुनु मात्रै त्यति लज्जास्पद हुँदैन जत्ति हरिब हुँदा इज्जत लिलाम हुन्छ ।

प्रसङ्ग हाम्रा इज्जतको प्रतिनिधित्व गर्ने देशका २ मुख्य विमानस्थलका हुन् । काम विशेषले बेला-बेलामा बाहिर निस्कनु पर्दा यी दुई विमानस्थलमा केही समय रहनु पर्छ मलाई । पहिलो हो देशको राजधानी र सान रहेको शहर काठमाण्डौ र दोस्रो देशको प्रमुख पर्यटकिय गन्तव्य वा देशको पर्यटकिय राजधानी पोखराको ।

यी दुई राजधानीका विमानस्थलका कमी कमजोरीका कुराको फेहरिस्त लगाएर लेख्ने हो भने एउटा सानो पोस्टमा ती कुराहरू अटाउने सम्भावना नै छैन् र कुनै पनि यात्रु विमान स्थलमा छिरिसकेपछि ‘किन मैले विमान चढेर यात्रा गर्नु पर्छ’ भनेर पक्कै पछुताउँछन् होला । कामको चटारो, हतार र अन्य विविध कारणवश बाटोबाट हिँड्न नभ्याई आकाशमार्गबाट यात्रा गर्नु पर्ने मजबूरीमा विमानस्थल छिरेका जो कोहीलाई पनि त्यहाँको बेहाल व्यवस्थापनका कारण आफ्नो देशको इज्जत लिलाम भइ रहेकोमा चिन्ता लाग्छ होला ।

दैनिक सैयौको सङ्ख्यामा यात्रुको ओहोर-दोहोर हुने यी दुबै विमानस्थलका शौचालय छिर्नु परेमा जो कोहीलाई पनि माथी मैले सुरूमै लेखेको वाक्य याद आउँछ :- “हामी गरिब भन्दा हरिब बढी छौं”

ल हेर्नुस, हामी किन र कसरी हरिब रहेछौं त !:-

Broken Bucket

(यो मैलो र बिट फुटेको बाल्टिन र त्यसका वरिपरि घुम्ने साङ्लाहरू पनि त्यहाँ सामान्य नै हुन)

Broken Plunger

(यो प्लाष्टिकको भाँच्चिएको हेण्डलमा काठ थपरे अनि रबरले बानेर अडाइएको plunger ले त्यहाँको शोभा बढाएको पनि निकै भइसक्यो)

Broken tap

(विमानस्थलमा सद्दे कुरा त के नै छ होला र – यो भाँच्चिएको टुटी इन्सेकमा हेर्नुस)

Airport Tax

(…र अन्तमा यो पनि-- प्रत्येक यात्रुले विमानस्थल प्रयोग गरे बापत पटक्कै पिच्छे तिर्नु पर्ने कर)

मलाई लाग्छ, दिनमा सैयौंको सङ्ख्यामा यात्रुले तिर्ने यो पैसा मध्ये २ जनाले तिरेको पैसा मात्रै प्रयोग गर्दा पनि यो बेइज्जती पुर्ण अवस्थाको अन्त्य हुन्छ ।

देशका यी दुई राजधानीका विमानस्थलबाट दिनमा साँच्चै सैयौंको सङ्ख्यामा विदेशी पर्यटकहरू पनि आवत-जावत गर्छन् ....तिनले नेपालबारे के विचार लिएर आएका होलान र कस्तो प्रभाव लिएर जालान ? । कुरो विदेशी पर्यटकको मात्रै भने हैन्, माथि चित्रमा देखाए जस्तै हरेक नेपालीले पनि प्रत्येक पटक विमानस्थल प्रयोग गर्दा त्यो दुई सय रुपैयाँको भुक्तानी गर्नु नै पर्छ । तर त्यही दुई जनाले तिरेको दुई सय रुपैयाँ खर्च गर्दा रोकिने देशको इज्जत लिलामीको मामिला रोक्न पनि त्यहाँको व्यवस्थापनलाई फुर्सद छैन् । यो गरिब हुनुको परिणाम हैन, हरिब हुनुको पिडा हो । अनि जबसम्म यस्ता मानसिक रूपले हरिब रहेका व्यक्तित्वहरू व्यवस्थापनमा रहि रहन्छन् तबसम्म हामी धन नै भए पनि गरिब रहि रहने छौँ ।

7 comments:

  1. हरिपहरुले airport मा गर्ने गरिब ब्यबस्थापन-कथा को लामो फेरहस्ती हुन्छ |
    तिनीहरुले देशका विमानस्थल हेर्दा लाज लाग्नुपर्ने हो |

    हैन, tax को पैसा चाही कहा जाँदो रैछ ?

    ReplyDelete
  2. लाजै मर्दो छ नि सर।। के कुरा गर्नु। फोन गर्ने ठाउँ भनेरे साइनबोर्ड राखेको छ तर टेलिफोन नै हुदैन। यस्तै फोटोहरु मैले पनि केही समय अगाडि राखेको थिए त्यहाँको। राम्रो कुरा उठाउनु भयो। कतै कसैले देख्छन् की । बरु बाबुरामको फेसबुकको वालमा ईमेल गरेर पठाउनु पर्ला जस्तो छ। लौ हेर तिमीले गर्ने गफ र काम भनेर..

    ReplyDelete
  3. यस्तो देख्दा आफू नेपाली भएकोमा पनि लाज लाग्छ!

    ReplyDelete
  4. tapaiko lekha ko marm saro chha.

    seo in nepal

    ReplyDelete
  5. आफूले केही गर्न पनि नसकिने यो विषयमा ! तर साह्रै खत्तम हुँदै गइरहेको'छ सबै कुरा ! :/

    ReplyDelete
  6. अब देशभित्रका सबै बिमानस्थल बिदेशीलाई जिम्मा लगाइदिए भै गो नि । जवाफ पनि दिनु नपर्ने , उता छिमेकीलाई खुशी पनि राख्न सकिने । बिमानस्थलका कर्मचारीको काम भनेको सामान पास गराउने र बिभिन्न निहुँमा यात्रीहरुलाई दुख दिएर पैसा असुल्ने । सबै यही काममै ब्यस्त हुन्छन ।

    ReplyDelete
  7. म भित्र पसेको त छैन तर यो लेख पढेर त्यहाँको हालत देखेर दुख लाग्यो

    ReplyDelete