07 September, 2012

के तपाई कम्प्युटरमा नेपाली बाटै लेख्न चाहनुहुन्छ ?

केही दिन अगाडि फेसबुकमा एकजना विदेशमा रहनु भएका भाइसँग च्याटबक्समा कुरा गर्दै थिएँ । उनि रोमनमा लेख्दै थिए भने म नेपाली युनिकोडको प्रयोग गर्दै थिएँ । एकैछिनमा उनले मलाई अनौठो प्रश्न गरे: “दाइ, तपाई त कति छिटो लेखेर कपि-पेस्ट गर्न सक्नु हुँदो रहेछ ?” । मैले कुरा बुझिन र सोधेँ । उनले बताएपछि मैले बल्ल उनको कुरा बुझेँ । उनि मैले फेसबुकको च्याटबक्समा सिधै नेपालीमा लेखेको देखेर र त्यो पनि त्यति छिटो भएको देखेर अचम्ममा परेका रहेछन् । अनि मैले सायद कुनै अनलाइन कन्भर्टरमा रोमनमा लेख्दै त्यसपछि त्यहाँ रुपान्तरण हुने नेपाली यनिकोडलाई कपि गरेर फेरि च्याटबक्समा पेस्ट गर्दै छु भनेर सोच्दै रहेछन् ।

नेपाली यनिकोड सुरू भएको यत्तिका वर्ष भइसक्दा र धेरै साथीहरूले यस बारेमा लेखिसक्दा पनि अझै नेपालीहरूको ठूलै जमातलाई यसको बारेमा थाहा रनहेछ । नेपाली युनिकोडको प्रयोग गरेर माइक्रोसफ्ट अफिसका ‘वर्ड, एक्सेल, पावर प्वाइन्ट जस्ता कुनैपनि एप्लिकेशनमा मात्रै हैन, कुनै पनि अनलाइन पोर्टल, च्याटबक्स आदि अनि याहू, गुगल टक वा अन्य कुनै पनि मेसेन्जरमा आफ्नो कम्प्युटरबाट सिधै नेपालीमै टाइप गर्न मिल्छ भनेर अझै पनि धेरैलाई थाहा नभएको र थाहा हुनेलाई पनि यसरी नेपालीमा टाइप गर्न ‘पहाड नै उचाल्नु पर्छ’ भन्ने भ्रम रहेकोले आजको पोस्टमा नेपाली युनिकोड आफ्नो कम्प्युटरमा कसरी स्थापना गर्ने र कसरी प्रयोग गर्ने भन्ने बारेमा लेख्दैछु ।

भ्रमको निवारण: माथि भनेजस्तै नेपाली भाषामा वर्ड, एक्सेल, पावर प्वाइन्ट, नोट प्याड, वर्डप्याड मा मात्रै हैन् अन्य विभिन्न एप्लिकेसनमा लेख्नलाई अनलाइन कन्भर्टरको जरूरत पर्दैन र सिधै कम्प्युटरको किवोर्डमा टाइप गरेर नेपालीमा लेख्न मिल्छ । यसरी सिधै लेखेर फेसबुक, ट्वीटर जस्ता सामाजिक सञ्जालमा स्टाटस राख्ने र च्याट गर्ने मात्रै हैन्, याहू, गुगल टक वा अन्य कुनै पनि मेसेन्जरमा समेत सिधै नेपाली वर्णमालाका अक्षरहरू प्रविष्ट गरेर कुरा गर्न मिल्छ ।

यसमा सबैभन्दा मुख्य कुरा, यसरी नेपालीमै लेख्न कम्प्युटरमा विज्ञ हुनु वा कम्प्युटर सिस्टमको बारेमा पारङ्गत हुनु जरुरी छैन् । यो एकदमै सरल प्रक्रिया हो र अँग्रेजीमा टाइप गर्न जान्ने जो कसैले पनि नेपालीमा लेख्न जान्छ (गति बढाउन भने केही समय लाग्न सक्छ) ।

सामान्य जानकारी: वस्तुतः: विण्डोजका एक्सपि र त्यसपछिका संस्करणहरूबाट मात्रै यो नेपाली युनिकोडको प्रयोगले लेख्न मिल्छ त्यसैले यो पोस्टमा विण्डोज एक्सपि र विण्डोज ७ मा कसरी यो युनिकोड स्थापना गर्ने भन्ने बारेमा लेखिएको छ ।

कम्प्युटरमा स्थापना पूर्व एउटा महत्वपुर्ण कुरा । कम्प्युटरमा नेपाली यनिकोड अक्षर प्रविष्ट गर्ने वा नेपाली युनिकोडमा लेख्ने दुई तरिका छन् ।

रोमनाइज्ड विधि: नेपाली युनिकोड प्रविष्ट गर्न अत्याधिक प्रयोग भएको विधि हो यो । र कोही नयाँ व्यक्ति नेपाली युनिकोड टाइप गर्न सिक्दै हुनुहुन्छ भने म यही विधि अपनाउन सल्लाह दिन्छु । यसमा हामीले किबोर्डमा अँग्रेजीका कि थिचेर (रोमनमा) लेख्दा अक्षर र शब्दहरू नेपालीमा प्रविष्ट हुन्छन् । अर्थात ‘s’ बाट स, ‘l’ बाट ल, ‘m’ बाट म, ‘n’ बाट न, ‘b’ बाट ब, ‘p’ बाट प र ‘t’ बाट त आदि ।

केही समय अभ्यास गरेपछि यो विधिबाट एकदमै छिटो र सरल तरिकाले नेपाली लेख्न सकिन्छ त्यसैले मलाई व्यक्तिगत रूपमा पनि यही विधि मनपर्छ ।

ट्रेडिशनल विधि: यो विधि अनुसार टाइप गर्दा क्रमश: a s d f g र ; l k j h ले ब क मा न र स पि व ज प्रविष्ट गर्छ । अर्थात र्टाइप राइटरमा हात बसेका वा प्रीती वा कान्तिपुर आदि फन्टमा टाइप गर्न बानी परेकाहरूलाई यो विधि सजिलो लाग्न सक्छ ।

कम्प्युटरमा स्थापना: अब आउनुस, कम्प्युटरमा कसरी नेपाली युनिकोड स्थापना गर्ने भन्ने बारेमा । माथि लेखे जस्तै पहिला आफूले कुन विधिबाट (ट्रेडिसनल वा रोमनाइज्ड) नेपाली लेख्ने हो चयन गर्नुस । (म फेरि पनि दोस्रो अर्थात रोमनाइज्ड विधि चयन गर्न सल्लाह दिन्छु) । आफुलाई मनपर्ने वा सरल लाग्ने विधि चयन पश्चात् र सोही अनुसारको इनपुट सिस्टम कम्प्युटरमा स्थापना गर्नु पर्दछ । प्रत्येकको विधि क्रमैसँग तल दिइएको छ:

रोमनाइज्ड विधिबाट नेपाली टाइप गर्न:

  • सुरुमा यो फाइल  वा यो फाईल डाउनलोड गर्नुस र आफ्नो डेस्कटपमा (वा कुनै सजिलो स्थानमा) सेभ गर्नुस ।
  • अब सो फाइलमा डबल क्लिक गर्नुस र ‘नेक्स्ट’, ‘नेक्स्ट’ मा क्लिक गर्दै सामान्य स्थापना विधिबाट त्यसलाई कम्प्युटरमा स्थापना गर्नुस् ।

अब विण्डोज एक्सपि प्रयोग गर्नुहुन्छ भने:

१) Control Panel>>Regional and Language Options हुँदै Languages मा जानुस् । (Regional and Language Options मा एकैचोटि पुग्न Start>>Run.. गरेर खालि ठाउँमा intl.cpl टाइप गरेर इन्टर दवाउन पनि सक्नुहुन्छ)

२) अब त्यस भन्दा मुनि रहेको "Details..." मा क्लिक गर्नुस् ।

३) अब खुल्ने विण्डोमा Settings भन्दा मुनि "Add..." मा क्लिक गर्नुस् र...

४) “Add Input Language” को “Input Language:” मुनिको ड्रपडाउन मेनुबाट "Nepali (Nepal) र “Keyboard layout/IME:” मा “Nepali Unicode Romanized Layout” चयन गर्नुहोस् । (तलको चित्रमा हेर्नुस—चित्र ठुलो पार्न त्यसैमा क्लिक गर्नुहोला)

Nepali Unicode Win xp

विण्डोज सेभेन प्रयोग गर्नुहुन्छ भने:

१) कम्प्युटरको Control Panel बाट Region and Language>>Keyboards and language मा जानुहोस् । (Regional and Language Options मा एकैचोटि पुग्न Start बाट सर्च बक्समा intl.cpl टाइप गरेर इन्टर दवाउन पनि सक्नुहुन्छ)

२) त्यसको मुनि रहेको “Change Keyboards...” मा क्लिक गर्नुहोस र अब खुल्ने विण्डोमा “Add...” मा क्लिक गर्नुस् ।

३) अब “Add Input Language” भन्दा मुनि स्क्रोल गरेर Nepali (Nepal) को अगाडिको प्लसमार्क (+) मा क्लिक गर्नुस् अनि ‘Keyboard’ अगाडिको प्लसमार्क (+) मा क्लिक गरी “Nepali Unicode Romanized Layout” चयन गर्नुहोस् । (तलको चित्रमा हेर्नुस)

Windows 7 Nepali Unicode

४) अन्तमा Ok>>Apply>>Ok गरेर बाहिरिनुहोस् ।

ट्रेडिशनल विधिबाट नेपाली टाइप गर्न:

माथि बताईएजस्तै यदि तपाईँ र्टाइप राइटरमा वा प्रीती वा कान्तिपुर आदि फन्टमा टाइप गर्न अभ्यस्त हुनुहुन्छ र सोही तरिकाबाट नेपाली युनिकोड चलाउन चाहनुहुन्छ भने यो प्रविष्टि विधि अपनाउन सक्नुहुन्छ । यसको लागि

  • सुरुमा यो फाइल वा यो फाईल डाउनलोड गर्नुस र आफ्नो डेस्कटपमा (वा कुनै सजिलो स्थानमा) सेभ गर्नुस ।
  • अब सो फाइलमा डबल क्लिक गर्नुस र ‘नेक्स्ट’, ‘नेक्स्ट’ मा क्लिक गर्दै सामान्य स्थापना विधिबाट त्यसलाई कम्प्युटरमा स्थापना गर्नुस् ।

यो विधिबाट नेपाली टाइप गर्ने सेटिङ्ग सक्रिय गराउन विण्डोज एक्सपि र विण्डोज सेभेनका तरिका माथिका जस्तै गरेर क्रमैसँग मिलाउन सकिन्छ ।

खालि अन्तमा विण्डोज एक्सपि छ भने “Keyboard layout/IME:” मा “Nepali” र विण्डोज सेभेनमा हो भने ‘Keyboard’ अगाडिको प्लसमार्क (+) क्लिक गरेपछि “Nepali” चयन गर्नुहोस् । र अन्तमा Ok>>Apply>>Ok गरेर बाहिरिनुहोस् ।

बस्, अब तपाईले कुनैपनि वर्ड प्रोसेसर वा ब्राउजर खोल्दा कम्प्टुटरको नोटिफिकेशन यरियामा भाषा चयन गर्ने अप्सन देखिनेछ । त्यसलाई “EN” (अर्थात अँग्रेजी) र “NE” (अर्थात नेपाली) बनाएर दुबै भाषामा लेख्न सकिन्छ । प्रविष्टि परिवर्तन गर्न Alt + Shift कि पनि प्रयोग गर्न सक्नुहुन्छ ।

अन्तमा नेपाली युनिकोड रोमनाइज्डबाट टाइप गर्दा, अँग्रेजीका कुन कि थिच्दा कुन नेपाली अक्षर बन्छ त्यसको एउटा ले-आउट चित्र:

Nepali Romanized Keyboard Layout

र यो नेपाली युनिकोड ट्रेडिशनलको ले-आउट चित्र:

Nepali Traditional Keyboard layout

अनि नेपाली युनिकोड (रोमनाइज्ड)मा लेख्न असजिलो हुने केही अक्षर र शब्दहरू प्रविष्ट गर्ने तरिका:

ज्ञ = j/Y

ड = x

ढ = X

त्र = t/r

ऋ = Z

शंकर = SMkr

ष = z

व = v

गएँ = g]V

स = s

द्ध ‍= d/D

ऐना = }na

श = S

ण = N

पर्‍यो = pr/=yo

साथै द्म लेख्न d/m प्रविष्ट गर्न सक्नुहुन्छ ।

Happy Writing Smile !


यो पनि हेर्नुस:

83 comments:

  1. दीलिप दाई डाउनलोड लिंकले काम गरेन जस्तो लाग्यो ? एकचोटी चेक गर्नुहोस् । मेरोमा मात्र त यस्तो नहुनेपर्ने हो । CHECK THIS ONCE

    ReplyDelete
  2. युनिकोड सिक्न चाहनेहरूका लागि काम लाग्ने सामाग्रीका धन्यवाद। एउटा कुरा थप्न चाहान्छु: अपरेटिङ सिस्टम Windows 7 छ भने युनिकोड Install गरेपछि अटोमेटिक यो सक्रिय हुन्छ। यसको लागि ल्याङ्ग्वेज सेटिङ्मा गइरहनु पर्दैन। धन्यवाद

    ReplyDelete
    Replies
    1. तनाव ग्रस्त थिए मा ठूलो कुरा सिक्न पाइयो धन्यबाद दै हजुर

      Delete
  3. पवन भाइ,
    धन्यवाद् लिङ्क गडबड भएको रहेछ ... अहिले सच्याएँ ।
    अनन्त जी,
    हो, Windows 7 मा त सायद नेपाली ट्रेडिशनल त बन्डल नै भएर आउँछ जस्तो लाग्छ । मैले विशेष गरेर ट्रेडिशनल र रोमनाइज्डमा पनि कन्फ्लिक्ट नहोस भनेर नि त्यसरी लेखेको हो । धन्यवाद ।

    ReplyDelete
  4. नेपाली युनिकोड (रोमनाइज्ड) बाट लेख्दा 'अ' लेख्न सकिएन त खाली आधी ' ा' यस्तो मात्र आउंछ 'अ' लेख्ने के गर्नु पर्ला?

    ReplyDelete
  5. सुरज भाइ,

    रोमनाइज्ड बाट "अ" लेख्न किबोर्डमा भएको "H" (क्यापिटल एच)दबाउनुस् :)

    ReplyDelete
  6. गजप्प लाग्यो पोष्ट । मेरो त उद्दारै गर्नु भयो । धन्यवाद सर ।

    ReplyDelete
  7. धेरै धेरै धन्यबाद दाजु ।

    ReplyDelete
  8. @ अनन्त,
    विन्डोज ७ मा पनि 'कि बोर्ड' सेटिङ त गर्नैपर्छ । 'किबोर्ड सेट' गर्न भाषा सेटिङमा जानुपर्छ भन्ने मेरो ठम्याइ छ । (नयाँ केही त्यस्तो अटोमेटिक हुने सुविधा थपिएको भए चाँहि थाहा भएन है)

    ReplyDelete
    Replies
    1. हो भाषा सेटिङमा जानु सबै कुरा गरेपछि shortcut keys bata different language ma jana sakinx tesko lagi alt+shift press garnu parchha

      Delete
  9. नेपाली मा यस्तै लेख हरुको खाचो छ।

    ReplyDelete
  10. yesh lai feri hatauna k garnu parcha Dilip Ji?

    ReplyDelete
  11. रामो़ (रामरो) कसरि लेख्ने होला दाइ?

    ReplyDelete
  12. राम्रो लेख्न ram/ro टाइप गर्नुस् ।

    ReplyDelete
  13. thank you Dilip daju .

    ReplyDelete
  14. mac or osx maa kasari use garne jaankaari paauna

    ReplyDelete
  15. mac or osx maa kasari use garne jaankaari paauna

    ReplyDelete
  16. दाजु म युनिकोड नेपालीमा टाइप गर्दा सिधै ट्रेडिसनल तरीकाले टाइप गर्छु तर ′आ′ टाइप गर्न भने मिल्दैन । अरू अक्षरमा ′ ा′ कार टाइप हुन्छ तर ′अ′ मा भने यसले काम गर्दैन । सिधा टाइप गर्दा मेरो आ यस्तो बन्न पुग्छ - अा । यसको कुनै समाधान छ ? मैले त कपि पेस्ट मै काम चलाइरहेको छु ।

    ReplyDelete
  17. suruko file download hun6 , run vayra next next hundaenata

    ReplyDelete
  18. दाई Google transliteration IME download गरेर Shift+Alt गर्दै लेख्दा पनि हुन्छ offline मा पनि ... http://www.google.com/ime/transliteration

    ReplyDelete
  19. बलराम पराजुली जी,
    Mac मा मैले आफँले भने चलाएको छैन् , तर चलाउन भने मिल्छ। एक पटकयो पेजमा हेर्नुहोला

    ReplyDelete
  20. वसन्त भाइ, 'आ' टाइप गर्न सिधै A मात्रै दबाए पुग्छ । याद गर्नुस यो क्यापिटल A हो ।

    ReplyDelete
    Replies
    1. A दबाउँदा त ब पाे अाउँछ दाजु, अा कसरी निकाल्ने थाहा भएन । काे टाइप गर्दा अताेमेतिक के हुन जान्छ कसरी हाेला । दीर्ङ इ कार पनि टाइप गर्न सकिएन Tradional मा, सहयाेग पाउन सर ।

      Delete
  21. माथि नाम नलेख्नुहुने साथी, डाउनलोड भएर इन्स्टल हुनुपर्छ । त्यसमा समस्या नआउनु पर्ने हो। यदि त्यस्तै केहि भएको भए यो पेज बाट डाउनलोड गरेर हेर्नुस त !

    हो पेशल भाइ,
    Google transliteration बाट पनि अफलाईन टाइप गर्न मिल्छ । तर बानि परेको हो कि मदन पुरस्कारक पुस्तकालयले बनाएको बढी उपयोगी भएको हो , मलाई त त्यही नै मनपर्छ :)

    ReplyDelete
  22. फोटोसप, पेजमेकर, InDesign, Freehand ले युनिकोड सपोर्ट गरेन । के गर्ने सर ?

    ReplyDelete
  23. म युनिकोड नेपालीमा टाइप गर्दा सिधै ट्रेडिसनल तरीकाले टाइप गर्छु तर ′आ′ टाइप गर्न भने मिल्दैन । अरू अक्षरमा ′ ा′ कार टाइप हुन्छ तर ′अ′ मा भने यसले काम गर्दैन । सिधा टाइप गर्दा मेरो आ यस्तो बन्न पुग्छ - अा ।

    ReplyDelete
  24. दाजु म युनिकोड नेपालीमा टाइप गर्दा सिधै ट्रेडिसनल तरीकाले टाइप गर्छु तर ′आ′ टाइप गर्न भने मिल्दैन । अरू अक्षरमा ′ ा′ कार टाइप हुन्छ तर ′अ′ मा भने यसले काम गर्दैन । सिधा टाइप गर्दा मेरो आ यस्तो बन्न पुग्छ - अा ।

    ReplyDelete
  25. म पनि अब नेपालीमा लेखन सके ।

    ReplyDelete
  26. दाइ म माइक्रोसफ्ट विन्डोजकै नेपाली ट्रेडिसनल कि वोर्ड प्रयोग गर्छु । सबै लेख्न सहज छ तर अा , एै, अो, अाै र ाै (अउकार) लेख्न का लागी मुस्किल पर्छ । मदन पुरस्कारको हलन्त र अजन्तको तरीकामा पनि साह्रै झँझट छ । अन्य कुनै उपाय छ र ? मेरै नाम लेख्नका लागी समेत ल्याङवेजबारमा हिन्दी ट्रेडिसनल, नेपाली र EN राखेको छु । हिन्दी ट्रेडिसनलबाट आकार औकार र बाँकीका अक्षर हरू लेख्ने गरेको छु र यति गर्दा पनि र्याल आदी शब्द हरू लेख्न अझै असहज नै छन । कुनै सरल उपाय वा युनिकोड राइटन नै उपलब्ध छ होला ?

    ReplyDelete
  27. sir mero net slow cha k gar na ho la

    ReplyDelete
  28. @ परेश जोगी,
    अरूमा त थाहा छैन, फोटोसपको नयाँ भर्सनमा भने पहिला भन्दा अलि राम्रो भा'छ । तैपनि यी सबैमा 'फुल सपोर्ट' हुने दिन भने अझै आएको छैन् । सायद अझै केहि समय कुर्नु पर्छ कि यसको लागि :)

    @ योग राजन,
    ट्रेडिसनलमा मैले पनि ट्राइ गरेको थिइन, अहिले भर्खर ट्राइ गरेको 'आ' लेख्न मुस्किल नै छ जस्तो छ । अरू कोही साथीलाई थाहा छ भने लेख्नुहोला ...।वा यसको तरिका थाहा भएपछि म पनि अपडेट गर्नेछु ।

    @ विशाल भाइ,

    हो, नेपाली युनिकोडमा अझै धेरै कुरा सुधार गर्न बाँकी छ र यसमा सुधार होला भन्ने अपेक्षा छ।

    माथि पोस्टमा पनि मैले लेखेको छु, ट्रेडिसनल भन्दा रोमनाइज्डमा लेख्न सजिलो र छिटो हुन्छ । Zero Width Joining character अक्षरहरू लेख्न अलिक बेर लाग्छ तर रोमनाइज्डमा भने लेख्न नमिल्ने कुनै पनि शब्द छन् जस्तो मलाई लाग्दैन् ।

    अहिलेसम्ममा मैले देखेकोमा मदन पुरस्कारको नेपाली रोमनाइज्ड नै सबैभन्दा राम्रो हो ।

    सबैमा सहभागिता र कमेन्टको लागि धन्यवाद !

    ReplyDelete
  29. बिदुर जी,

    एक चोटि मेरो यो पोस्ट हेर्नुहोला:

    के तपाईँको इन्टरनेटको गति कम छ?

    ReplyDelete
  30. एप्पल को Macbook pro मा नेपाली मा लेख्ने सुबिधा मिलाउन सकिएला ???

    ReplyDelete
  31. माथि नाम नलेख्नु हुने मित्र,
    म आफैंले चलाएको त छैन तर तपाई लाई यो पेजमा भएको जानकारीले सहयोग गर्ला !

    ReplyDelete
  32. यो हामीले ङ मा क कसरी राख्ने? जस्तै मुल्याङ्कन मा ङ मा क तल कसरी राख्न सकिन्छ?

    ReplyDelete
  33. I don't know how I came here but just to let you know you can simply download Google transliterate IME. Its the most simple thing. You can easily toggle between languages as well. Madan Puraskar is kind of outdated.

    ReplyDelete
  34. dai khusi lagyo. yo lekh padhera.

    ReplyDelete
  35. दिलिप दाई आधा अक्षर कसरि लेखने जस्तो लेख्न को बिचको आधा ख

    ReplyDelete
  36. @ Sailesh Karmacharya,

    ङ मा क राख्ने कुरा यनिकोड भन्दा पनि अपरेटिङ सिस्टमसँग बढी रिलेटेड छ जस्तो लाग्छ मलाई । एउटै कि कम्बिनेशनको कुरा विण्डोज एक्सपिमा देखिन्छ भने विण्डोज ७ मा देखिन्न ।

    @ Pankaj Pokharel,

    I do know about the Google transliterate IME, but as it is simple to use, it has also some shortcomings too. Users can type a word the way it sounds in GTI and different user(every user) might have their own transliteration 'spelling'. thus I personally feel that it's not as user friendly as that of MPP one. MPP is old but it is somehow 'fixed'

    @ Dipak Gurung,

    आधा अक्षर लेख्न कुनै पनि अक्षर लेखिसकेपछि "/" कि दबाउनुस। जस्तै 'कर्म' लेख्न kr/m, 'लेख्न' लेख्न leK/n , 'भन्न' लेख्न Bn/n आदि ।

    ReplyDelete
  37. दिलीप सर नमस्कार !
    नेपमली युनिकोड टाईप गर्न भनेर यो सफ्टवेर डाउनलोड गरे स्टल पनी गरे स्टल पनि भयो । तर नेपाली टाईप गर्न मलाई त झन गाह्रो भो । (प्रिति) फन्ट बढी चलाउने भएकोले ट्राडिसनल विधि बाट प्रयास गरे त्यति सजिलो भएन । फेरि रोमनाईज बाट गर्न खोज्दा पनि गाह्रो लाग्यो ।
    जस्तै ः आधा अक्षरहरु लेख्ने सन्दर्भमा मलाई दुुवै विधि बाट मुस्किल भयो ।
    यसो हुदाँ म यि फन्टहरु लाई Remove हटायन चाहान्छु कसरी हटाउने होला Control Pannel िबाट त प्रयास गरे भएन र स्टल गर्ने विधि अनुसार Remove भन्ने बटम बाट पनि प्रयास गरे भएन कसरि होला अलिक सजिलो उपाए पाए आभरी हुने थिए ।

    ReplyDelete
  38. http://writenepali.blogspot.com यो तरिका बाट गर्न मिल्ने भएको भए साह्रै राम्रो हुन्थ्यो । होला

    ReplyDelete
  39. इनपुट डिसेवल मात्रै गर्ने हो भने:
    १) कम्प्युटरको Control Panel बाट Region and Language>>Keyboards and language मा जानुहोस् । (Regional and Language Options मा एकैचोटि पुग्न Start बाट सर्च बक्समा intl.cpl टाइप गरेर इन्टर दवाउन पनि सक्नुहुन्छ)
    २) त्यसको मुनि रहेको “Change Keyboards...” मा क्लिक गर्नुहोस र अब खुल्ने विण्डोमा आफुले हटाउन चाहेको भाषालाई हाइलाइट गर्नुस र दायाँतर्प भएको “Remove” अनि Apply>>Ok गर्नुस्

    हैन सिस्टम बाटै हटाउने हो भने

    "Run..." मा गएर "appwiz.cpl" टाइप गर्नुस र अब खुल्ने ठाउँबाट नेपाली युनिकोड अनइन्स्टल गर्नुस ।

    ReplyDelete
  40. aafno blog kholne kasri ho sir

    ReplyDelete
  41. @ Dhaulagirifm Ram,

    फुर्सदमा एक चोटी मेरो यो पोस्ट र त्यसमा उल्लेख गरिएको अर्को दुइ'टा पोस्ट हेर्नु होला !

    ReplyDelete
  42. ms word ma aayena sir... aru ma bhane aayo type garna ali garo hune raichha suru suru ma bhayera hola..

    ReplyDelete
  43. सारै उपयोगी पोस्ट धेरै को खोजी को बीसय हो जस्तो मलाई लाग्छ यता पनि एक नगर लगाएर सल्लाह सुझाब दिनु भए आभारी हुने थीए ...........................भर्खर सुरुवात हो

    ReplyDelete
  44. whats the process for windows 8 bro

    ReplyDelete
  45. मेरो मोबाइलमा युनिकोडको अछरहरु बाकस जस्तो मात्र आउछ त्यसको लागि के गर्नु पर्ला

    ReplyDelete
  46. Shalik R जी,
    मोबाईलको बन्डल्ड ब्राउजरले नेपाली अक्षर सफा नदेखाएमा ओपेरा मिनी हाल्नुस् । विस्तृत जानाकारीको लागि मेरो के तपाईँको मोबाईल ब्राउजरमा नेपाली अक्षर देखीदैँन ? भन्ने पोस्ट हेर्नुस् ।

    ReplyDelete
    Replies
    1. Thanks i will try this one

      Delete
  47. nepali unicode le junsukai website ma copy paste garna sakyo tara ms word ma nepali unicode le kam gar6 ki gardaina ?
    ani ms word ma kasari sakinchha ?

    ReplyDelete
  48. आदि त र फेरी त जोड्दा त्त भयो यस्को अर्को त कसरि लेख्ने होला ? ट्रेडिशन मा जस्तो
    सिफ्ट थिचेर क्यु थिच्दा हुने जस्ते हुने त कसरि हुन्छ

    ReplyDelete
  49. क ख ग घ ङ
    च छ ज झ ञ
    ट ठ ड ढ ण
    त थ द ध न
    प फ ब भ म
    य र ल व स ष श ह
    मा़त्र लेख्न आयो ारु. कसरी लेख्नु होला

    ReplyDelete
  50. दिलीप सर मेरो कम्प्युटरमा अनलाइन पत्रिका पढन पनि गाह्रो भयो । कसरी सच्याउने होला । समस्या के छ भने रस्व इकार ( ि) भएका अक्षर दीर्घ भएर आउछन र अाधा अक्षर भएका अक्षरहरु पनि हलन्त भएर देखिन्छन् । यो के कारणले गर्दा हुन्छ । कृपया, मेरो समस्या समाधान गर्न के गर्नु पर्छ भनि दिनु होस् है त ।

    ReplyDelete
  51. Sir windows 8.1 ma panic hunchha ?

    ReplyDelete
  52. Sir mero computer ma Unicode Download bayana ne k garnu parla ?

    ReplyDelete
  53. मेराेमा 'प्र' लेख्नमा समस्या अाकाे छ यसकाे समस्या कसरी समाधान गर्ने हाेला ?

    ReplyDelete
  54. window 8 ma kasari garne ho

    ReplyDelete
  55. Sabai process gare but Ms word ma uicode aayena ni k garene aba sir??

    ReplyDelete
  56. मेराे MS Word 2007 मा unicode मा लेख्दा ाै लेख्न सकिएन। जस्तै माैन लेख्दा मे मात्र अाउँछ । कसरी समाधान गनेर्हाेला ?

    ReplyDelete
    Replies
    1. go on office button and word option
      and advance
      scroll down go on general
      check on confirm file format conversion on open and you can use in any Unicode font like mangal or akshar etc
      remember : you most change language in Regional and language option

      Delete
    2. Very helpful Rajendra ji,

      I was trying to resolve this issue for a quite some time - you helped me to come out. Cheers

      Delete
  57. Daaju Namaste
    Thank you very much for useful tips but,
    i want to use it in winxp sp 2 , ms office 2007 so i am unable to do this please how to do but in winxp sp3 it works. i am using sp2 coz my program did not support other then sp2 how to use it please help me?

    ReplyDelete
  58. एडमिन जी मेरोमा google input method unicode download गरेको छ; romanised unicode एउतै हो ? कृपया बताईदिनु न

    ReplyDelete
  59. चाैर कसरी लेख्रनेहाेला अनि अा पनि लेख्न कठिन भयाे सल्लाह पाउँ न

    ReplyDelete
  60. द मा व झुण्डिएको द्वन्द कसरी लेख्ने होला ?

    ReplyDelete
  61. विन्डोज 8.1 मा नेपाली किबोर्ड सेटिङ गरेपनी धेरै रह्स्व दिर्ग अक्षर आउदैन, केही उपाय छ कि ??

    ReplyDelete
    Replies
    1. windows 8.1 ma setting melauni kasarii ho

      Delete
  62. HELLO DAI AADA aacher kasari lekhne hola.

    ReplyDelete
    Replies
    1. अक्षर लेखेर खुट्टा काट्नुस् । मतलब 'व्यस्त' लेख्न v/ys/t टाइप गर्नुस् ।

      Delete
  63. pra lekhana sakiyana plz help me

    ReplyDelete
  64. mero office 2016 ma half word lekhna melana k garni hola/yesko reason ??

    ReplyDelete
  65. WORD FILE MA काे लेख्न खाेज्दा के वा का मात्र हुन्छ के भएर हाेला। अाेकार लेख्दा े वा ा मात्र हुन्छ ाे हुदैन किन हाेला

    ReplyDelete
  66. औकार कसरि लेख्ने भन्ने प्रश्नको जवाफ यहा अझै भेटिएको छैन किन होला?

    ReplyDelete
  67. त्त कसरी लेख्ने सर

    ReplyDelete
  68. म मंगलम फन्ट चलाउदा ाे र ाै टाइप गर्न भने मिल्दैन । यसमा खाली नभै जाेडिएर अाउन ′अाे अाै के गर्नु पर्ला र । उपाय भए बताइदिनु न ।

    ReplyDelete
  69. यसमा डड डड थाेपला कसरि आउछ होला

    ReplyDelete
  70. कालीमाटी मा

    ReplyDelete
  71. अादर्श22/6/23 10:47 AM

    ′आ′ टाइप गर्न Capital A थिच्दा ′ब्′ लेखिन्छ । कसरी ′आ′ टाइप गर्न सकिन्छ हाेला ?

    ReplyDelete
    Replies
    1. 'आ' टाइप गर्ने Capital A बाट नै हो। यदि अझै 'ब्; आउँछ भने कि त युनिकोड राम्ररी स्थापना भएन कि?। कि त युनिकोड फन्ट इन्सटल भएको छैन् । तपाईले टाइप गर्दा कुन फन्ट एक्टिभ भको हुन्छ?। एक पटक हेर्नुस् त !

      Delete