14 November, 2012

भोदीप बह्मरूप….! - - तिहारको दीपको कुरा !!

तिहार, अर्थात उज्यालो चाड, फूलको चाड र दीपको चाड। हिन्दूहरूको प्राचीनतम र सनातन यस चाडमा दीप वा उज्यालोको विशेष महत्व छ । यम पञ्चकका पाँचै दिन र त्यसमा पनि लक्ष्मी पूजाको रातमा घर-घर दीप प्रज्वलित गरेर माता लक्ष्मीको आह्वान गरिन्छ ।

वैदिक वाङ्मयको एउटा मान्यता अनुसार कार्तिक अमावस्याको दिन समुद्र-मंथन बाट भगवती लक्ष्मी प्रकटहुनु भएको थियो र यो तिथि लक्ष्मी-पूजा को पर्व बन्यो । मान्यता अनुसार यस पर्वमा नित्य दीप दान गर्नेको घरलाई माता लक्ष्मीले कहिल्यै नत्याग्ने र यसरी दीप दान गर्नेलाई अकाल मृत्युको डर पनि नहुने उल्लेख छ ।

शास्त्रमा दीप दान गर्दा पढिने विभिन्न मन्त्रहरूको उल्लेख छ । भिन्न भिन्न अभिप्राय र उपलब्धिको लागि भिन्दा भिन्दै मन्त्र पढिए पनि दीपको महत्व भने सबै अवस्थामा समान छ । मलाई मन पर्ने श्लोक भने यस्तो छ :

भोदीप बह्मरूपस्त्वंह्यन्धकारविनाशक:।
गृहाणमयाकृतांपूजांओजस्तेज:प्रवर्धय॥

अर्थात:

हे दीप! तपाई अन्धकार लाई नाश गरने ब्रह्मस्वरूप हुनुहुन्छ। कृपया मेरो पूजा ग्रहण गर्नुस र मेरो ओज एवं तेज वृद्धि गर्नुस।

यस पटकको तिहार घरमा यसै अनुरूप सामान्य रुपमा मनाईयो। आजको पोस्टमा यसै तिहारका केही दीप र ज्योति :

Image1015

(एउटै दीप काफि हुन्छ अध्यारो हटाउनको लागि)

Image1012

(दीपमा रङ्ग मिल्दा सुनमा सुगन्ध नै हुन्छ)

Image1014

(मोबाइलको क्यामरा बाट पनि यत्तिसम्म त आउँदो रहेछ)

Image1046

(यो चाहिँ पोहोर सालको स्टक पटाका हो है Smile - - धन्न ओसिएको रहेनछ)

100_3796

( मोबाइल बाटै ‘चमत्कार’ गर्न खोजेको के लाग्थ्यो - - यस्तो पो आयो त !)

100_3793

( लोडसेडिङ्ग नहुने हो भने त काठमाण्डौ पनि उज्यालो हुने रहेछ नि Winking smile)

शु दीपाली !!!

3 comments:

  1. Happy Dipawali Daju !

    ReplyDelete
  2. मोबाइल ले नि बबाल नै गर्नु भएछ त ...

    ReplyDelete
  3. Some Time i Miss Tihar When i am Out of Nepal....

    ReplyDelete