22 December, 2012

ट्वीटरका #वरिष्ठ, #कनिष्ठ र #कर्तव्य निष्ठहरू !!!

केही दिन अगाडि एकजना ट्वीटरबाट परिचित भएका साथीले मलाई डि.एम. गरेर ‘वरिष्ठ’ भनेको के वा को हो?’ भनेर सोधे । हुन पनि नेपालीमा ट्वीटर चलाउनेहरूले प्राय: ट्वीटरमा ‘वरिष्ठ’ भन्ने शब्द देखि रहन्छन् । विषय र प्रसङ्गले अर्को अर्थ नलागेमा यि कुनै विषयका ज्ञाता वा विशेषज्ञ हैन, प्राय: ट्वीटरकै मात्रै ‘वरिष्ठ’ हुन्छन् । मैले मित्रलाई १४३ अक्षर नबढाइ वरिष्ठको मोटामोटी जानकारी त दिएँ । तर उनले फेरि वरिष्ठ कसरी चिन्ने भनेर सोधे। अत: आजको पोष्टमा वरिष्ठ मात्रै हैन, ट्वीटरका कनिष्ठ र कर्तव्यनिष्ठ समेत कसरी चिन्ने भन्ने बारेमा लेख्दैछु। यो पढे’छि पक्कै पनि सबैले वरिष्ठ, कनिष्ठ र कर्तव्यनिष्ठको भेद था’पाउने छन् भन्ने हाम्लाई लाइरा’ च Party smile

ल हेरौँ कसरी चिन्ने त यिनलाई:

#वरिष्ठ

यिनका फलोअर र यिनले फलो गरेकाका सङ्ख्यामा दोब्बर जत्तिको अन्तर हुन्छन् ।

यिनका ट्वीटहरू भुईमा खस्न नपाउँदै रिट्वीट हुन्छन् ।

यिनीहरू आफ्ना सबै ट्वीटहरू रिट्वीट होस भन्ने चाहन्छन्,

..तर आफूले अरूका ट्वीट रिट्वीट गर्नु भनेको चाहिँ मानहानि हुने जस्तो ठान्छन् ।

सुनिन्छ यिनका आफ्नो नामका एक र फेक नामका अनेक आइडि हुन्छन् ।

कुनै ट्वीट ट्विट्टेको २-३ मिनेट सम्म रिट्वीट भएन भने यिनका फेक ह्याण्डलले धमाधम रिट्वीट हान्छन् ।

यिनीहरू प्राय: गम्भीर विषयमा मात्रै ट्वीट गर्छन् ...

...या त सामान्य विषयलाई पनि ट्वीटेर गम्भीर बनाइदिन्छन् ।

वरिष्ठहरू यदाकदा वरिष्ठताको गाम्भीर्यलाई ध्यान दिएर प्रोफाइल फोटो पनि श्वेत-श्याम, रेखाचित्र वा अमूर्त चित्र राख्ने गर्छन् । 

फलोअर बढाउन निक्कै लालायीत हुन्छन तर हत्तपत्त कसैलाई फलोव्याक दिँदैनन् ।

वरिष्ठता कायम राख्न यिनीहरू बेला बेलामा क्लिष्ट शब्दहरूको ट्वीट लेख्छन् (जुन सायद आफैँ पनि बुझ्दैनन्)

#कनिष्ठ

यिनका प्रोफाइल फोटोमा धेरैसम्म पनि “अण्डा” नै रहेका हुन्छन् ।

कसलाई फलो गर्ने र कसलाई नगर्ने निर्क्योल गर्न यिनलाई निक्कै गाह्रो हुन्छ ।

ट्वीटरमा फोटो र भिडियो अपलोड गर्न यिनलाई निकै धौ धौ पर्छ ...

... अनि फेसबुकमा फोटो हालेर त्यसको लिन्क ट्वीटरमा हाल्छन् ।

यिनीहरू ट्वीटरमा ‘लाइक’ बटन खोज्छन् र नभेट्दा गुगललाई गाली गर्छन् ।

वरिष्ठहरूले गरेका ट्वीट बुझ्दै नबुझे पनि यिनले त्यसलाई रिट्वीट गर्छन् ।

फलोव्याक पाउने आशमा जो-जसलाई पनि फलो गर्छन् .....,

फलोअर र रिट्वीट बढ्ने आशामा यिनीहरू छिन-छिनमा ट्वीटर ह्याण्डल परिवर्तन गर्न पछि पर्दैनन् ।

यिनका फलोअर २० जना नि नहुँदा यिनले भने ३५० जनालाई फलो गरि सकेका हुन्छन् ।

यिनीहरू एकैदिनमा ३०-४० सम्म वरिष्ठका ट्वीटलाई रिट्वीट गर्दै बस्छन्।

आफ्नो ट्वीटले ‘रिट्वीट’ नपाएको झोकमा यि ५-७ दिन ट्वीटर चलाउँदैनन् र आफ्नै पासवर्ड बिर्सन्छन् ।

#कर्तव्य-निष्ठ

यिनीहरू हरेक घटना र हरेक समाचारलाई ब्रेकिङ्ग न्यूज बनाउनै ट्वीटरमा बस्छन् ।

खाना खान भुल्छन तर अहिले कति बजेको छ भन्ने ट्वीट गर्न भने भुल्दैनन्

यीनमा कोही सत्ताधारी प्रति त कोही विपक्षी प्रति निष्ठ हुन्छन् ।

सत्ताधारीका कर्तव्य निष्ठ बहालवाला सरकारका सदस्यलाई ‘महाराजा’ नै देख्छन् ।

विपक्षीका ट्वीटे भने भाउ नै घटेको कुरालाई नि ‘षडयन्त्र’ भनेर लेख्छन् ।

यि दिन रात २४ घन्टै ट्वीटरमै भेटिन्छन् (कसरी भ्याउँछन?, कि एउटै ह्यान्डल २-४ जनाले चलाउँछन्)

विहान “शुभ प्रभात !” भन्दै ट्वीटरमै उदाउँछन्, राति ‘शुभ रात्री’ भन्दै ट्वीटर मै अस्ताउँछन् ...

....म त सोच्छु यि अलि बढी ‘स्पेस’ किनेर सर्भर मै निदाउँछन् ।

यिनलाइ ट्वीटरमा नदेख्दा इन्टरनेटकै कनेक्शनमा शङ्का हुन्छ ।

आफ्नै बाबालाई बिर्सन्छन तर ट्विटरका काकालाई सधैं प्रणाम गर्छन् ।

ठट्टा र व्यङ्ग्य आफ्नै ठाउँमा, तर जे होस् हामी नेपालीमा ट्वीटीनेको पनि एउटा विशाल समूह बनिसकेको छ र यस्तै भर्च्युअल समूहले केही राम्रा कामहरू पनि गरेका छन् । ट्वीटर सूचना, सन्देश र मनोरञ्जनको पनि एउटा छुटाउनै नसकिने माध्यम बनि सकेको छ । यसले कमसेकम समाजमा चेतनाको स्तर वृद्धि गर्न भने कुनै न कुनै रूपमा योगदान दिएकै छ । त्यसैले मेरो सर्कलमा पर्नु भएका, नपरेका र भविष्यमा पर्ने सबै ट्वीटेहरूलाई हार्दिक अभिनन्दन ।

Happy Tweeting !!!


बाँकी यता हेर्नुस: ट्वीटरका #अर्ध वरिष्ठ, #भु्क्का टुरिष्ट र #अति विशिष्टहरू

…अनि यो पनि हेर्नुस: ट्वीटेका ट्वीट र नट्वीट्टीएका भावहरु !

39 comments:

  1. LOL!

    यिनीहरुलाई फलो अनफलो गर्दाको फाईदा र बेफाईदा के के होलान त ?

    ReplyDelete
  2. @ Nabin KM

    त्यस बारेमा अर्को छुट्टै पोस्ट लेख्नु पर्छ होला :पि

    ReplyDelete
  3. A fantab write...:) And thank you for giving adequate information about the Tweeters category :P

    ReplyDelete
  4. रमाइलो लाग्यो । :)

    ReplyDelete
  5. "आफ्नै बाबालाई बिर्सन्छन तर ट्विटरका काकालाई सधैं प्रणाम गर्छन् । "

    ReplyDelete
  6. रमाइलो छ तर मलाई त आफ्नो क्याटेगोरी छुट्याउनै अप्ठेरो पर्यो :P

    ReplyDelete
  7. "यिनीहरू ट्वीटरमा ‘लाइक’ बटन खोज्छन् र नभेट्दा गुगललाई गाली गर्छन् ।"

    ReplyDelete
  8. एकदम राम्रो लग्यो

    ReplyDelete
  9. @Prakash Aryal,
    अरू क्याटागोरी आउनै बाँकी छ नि :) ....सबै आएपछि पढ्ने जत्ति सबैले आ-आफ्नो क्याटागोरी थाहा पाउँछन् :पि

    ReplyDelete
  10. हाहा तपाइँको बर्गीकरण हेर्दा बरिस्ठमा परिएछ जस्तो लाग्यो

    ReplyDelete
  11. क्या दम दिया आपको सलाम है ....!!

    ReplyDelete
  12. LOL दह्रो मेहनत गर्नुभएछ, Loved :)

    ReplyDelete
  13. wonderful !!!! Really great work... And great post... :)

    ReplyDelete
  14. Hahahaha... Too much comic :) Very nice analysis :) :)

    ReplyDelete
  15. हा हा हा हा ,
    रमाइलो लाग्यो
    "यिनीहरू ट्वीटरमा ‘लाइक’ बटन खोज्छन् र नभेट्दा गुगललाई गाली गर्छन् ।"

    ReplyDelete
  16. जय होस प्रभु, जानेर धन्ए भइयो . जय होस,जय होस

    ReplyDelete
  17. ट्वीटेका बारेमा सही आँकलन

    ReplyDelete
  18. क्या चित्त बुझ्यो !

    ReplyDelete
  19. दिलिप दाइ मलाइ पनि चित्त बुझ्यो !

    ReplyDelete
  20. अरु क्याटगोरी नि अझै थप्नुपर्यो! :)

    ReplyDelete
  21. Ramailo lagyo padhera...

    ReplyDelete
  22. वरिष्ठ, कनिष्ठ र कर्तव्यनिष्ठ तीनैटाका केही विशेषता मसँग जोडियो । कन्फ्युज के मा परियो परियो

    ReplyDelete
  23. shuphal kafel24/12/12 4:17 PM

    वरिष्ठ, कनिष्ठ र कर्तव्यनिष्ठ तीनैटाका केही विशेषता मसँग जोडियो । कन्फ्युज के मा परियो परियो ??

    ReplyDelete
  24. हाहा, धेरै रमाइलो लग्यो दिलिप दाई तपाईंको पोष्ट पढेर :)मैले आफुलाई पनि यो पोष्टमा खोजे तर भेटिन! म आफुले आफैलाई परिभाषित गरिदिन्छु है त -

    #भुक्काटुरिष्ट
    यी प्रयोगकर्ताले ट्वीटरमा प्रोफाइल त बनाएका हुन्छन् तर हप्तामा एक दुई पटक की कहिलेकहिँ त महिना मै एक पटक मात्र ट्वीटरमा आउँछन्! ट्वीट गर्ने सामग्री केहि हुदैन तर गृहपृष्ठमा भएका ट्वीट स्क्रोल नगरी हेर्ने अनि आफुले चिनेको कसैले ट्वीट गर्या देखियो भने यसो रिप्लाई दिएर एकछिन गफ् लडाउने :P

    ReplyDelete
  25. "आफ्नो ट्वीटले ‘रिट्वीट’ नपाएको झोकमा यि ५-७ दिन ट्वीटर चलाउँदैनन् र आफ्नै पासवर्ड बिर्सन्छन् । " LOL :D

    ReplyDelete
  26. Lol..really funny..maja aayo padna..hahaha some of your lines are really funny..a laughter piece.thank u ;-)

    ReplyDelete
  27. jhyammai lagne khalko raichha...:P

    ReplyDelete
  28. "आफ्नै बाबालाई बिर्सन्छन तर ट्विटरका काकालाई सधैं प्रणाम गर्छन् ।" घत लाग्यो :D :D

    ReplyDelete
  29. खै कता परियो परियो । अलि क्याटागोरी बढाएर हाम्लाई पनि छिराउनु पर्यो :)

    ReplyDelete
  30. ब्लग यस्तो होस कि दिनमै दोहोर्याइ दोहोर्याई पढ्न मन लागोस् । धेरै राम्रो ।

    ReplyDelete
  31. हा हा हा गज्जप !

    ReplyDelete
  32. ramailo lagyo padhna......:)

    ReplyDelete
  33. Sabin Adhikari8/1/13 3:05 PM

    वरिष्ठमा परियो आफु त !

    ReplyDelete
  34. Afu ta katai na katai !!

    ReplyDelete
  35. एक छिन घोतल्लिए म कुन प्रकारको ट्वीटे भनेर । सही आँकलन गरिएको छ ।

    ReplyDelete