16 February, 2013

साढे चार मुक्तक !

पीठो भनि बिकेको चोकर निक्लियो ।
हिरो हुँ भनि चम्केको जोकर निक्लियो ।
भन्न त भन्थ्यो सधैं, सबलाई मालिक बनाउँछु,
रहँदै गर्दा उ स्वयं पल्ला घरको नोकर निक्लियो ।

जो आदर्श नि छाँटछ, कुरा पनि ढाँट्छ, त्यो नेपाली नेता हुन्छ ।
जो सपना पनि बाँड्छ, नैतिकता नि छाड्छ, त्यो नेपाली नेता हुन्छ।
तीनका कुरा चमत्कारी, गौरवशाली हुन्छन् तर,
जो सम्मान पनि माग्छ, रछान पनि चाट्छ, त्यो नेपाली नेता हुन्छ ।

आफ्नै छानो डडाएर, आगो ताप्छौ तिमी ।
मुखले मात्रै हुने भए, आकाश पाताल नाप्छौ तिमी
नगर देशभक्तिका कुरा, नदेखाउ ढोगं इमानको,
देशै बेचेर नै सही, नोटै नोट छाप्छौ तिमी ।

उनका चपाउने एउटा र देखाउने दाँत हजार छन् ।
बोल्ने र बोली फेर्ने तीनका कला अपार छन् ।
राष्ट्रियता खोक्रो तीनका, दर्शन दुई पैसाको,
स्वदेश तिनका बेच्ने सामान, विदेश भने बजार छन् ।

…र यो पनि

उ भन्छ उसको देश त शत्रुले नै बिगारे रे,
सोच्दैछु म उसको देशमा, सायद कुनै नेता छैनन्।

5 comments:

  1. अर्धमुक्तक नै सबभन्दा खतरनाक छ दाइ ।

    नेताबिनाको देश कसरी बिग्रेला खै !

    ReplyDelete
  2. साँढे चारले माथिका चारवटैको कुरा बोल्दोरैछ ।

    ReplyDelete
  3. साह्रै चोटिला, समसामयिक मुक्तकहरु, पहिलो सबै भन्दा मन पर्‍यो मलाई :) 'हिरो हुँ भनि चम्केको जोकर निक्लियो ' so true :D

    ReplyDelete
  4. वाह! वाह!! साढे चारलाई मैले त नौ भन्दा बढी बुझें। वाह! वाह!!

    ReplyDelete