21 August, 2013

यात्रा लुम्बिनीको !

म धेरै पटक पुगेको, तर जत्ति पटक पुगे पनि मलाई फेरि-फेरि जान मनलाग्ने नेपालको कुनै ठाउँ छ भने त्यो लुम्बिनी हो । सुरूमा भगवान बुद्धको जन्मस्थल अर्थात मायादेवी मन्दिर नै त्यस क्षेत्रको मुख्य आकर्षण हुन्थ्यो भने हाल भने करिब ६ किलोमिटर लम्बाइ र २ किलोमिटर चौडाइको विशाल क्षेत्रलाई छुट्याएर त्यहाँ विभिन्न देशले आ-आफ्नै शैलीमा मन्दिर, चैत्य आदि निर्माण गरेपछि लुम्बिनीको सुन्दरतामा नयाँ आयाम थपिएको छ।

कामको व्यस्तताको बीच अगिल्लो हप्ता फेरि मलाई सो पवित्र क्षेत्रको भ्रमण गर्ने मौका मिल्यो । सीमित समय भएकोले सोचे जत्ति मन्दिरहरू हेर्ने मौका मिलेन तर पनि आजको पोस्टमा दर्शन गरेका मध्येका केही मन्दिर र लुम्बिनीको तस्विरहरू बाँड्दै छु । (तस्विर ठूलो आकारमा हेर्न कुनै पनि तस्विरमा क्लिक गर्नुहोला । सो तस्विर आफैँ अर्को पेजमा ठूलो आकारमा खुल्ने छ )

Lumbini (20)

(मायादेवी मन्दिर—जहाँ भगवान बुद्धको जन्म भएको मानिन्छ)

 

Lumbini (16)

(यो ऐतिहासिक पिपलको रूख र पवित्र कुण्डको पनि विशेष महत्व छ )

Lumbini (1)

(यो चिनीया मन्दिर—छैन त चिन नै पुगे जस्तो !)

Lumbini (8)

(…अनि यो कलात्मक जर्मनी मन्दिर)

Lumbini (4)

(यो अमेरिकन मन्दिर पनि हेर्न लायक नै छ)

Lumbini (7)

(अमेरिकन मन्दिर बाहिरबाट देखिने यो मनोरम दृश्य)

Lumbini (10)

(जर्मनी मन्दिर बाहिर रहेको बुद्ध भगवानको महा-परिनिर्वाणको प्रतिरूप)

Lumbini (18)

(“हिदे बुदे जाते”—अर्थात बुद्ध यहाँ जन्मिएका हुन—प्रसिद्ध अशोक स्तम्भ)

Lumbini (11)

(मायादेवीले सपनामा सेतो हात्ति देखेको प्रतिकात्मक प्रतिरूप—जर्मनी मन्दिर भित्र कै अर्को छेउ)

Lumbini (21)

(शान्ति दीप)

Lumbini (13)

(जर्मनी मन्दिर बाहिर बाट देखिने सुन्दर दृश्य)

12 comments:

  1. २ बर्ष अघि लुम्बिनी भ्रमण गरेको थिएँ | त्यो याद अहिले सम्म ताजा छ | यी फोटो हेरेपछि त्यो याद झन ताजा भो |

    ReplyDelete
  2. RAMRO CHHA DAI LEKH

    ReplyDelete
  3. Sir, Nowadays, no update?

    ReplyDelete
    Replies
    1. धेरै भयो अल्छि गरेको ... खै के भन्नु :)

      Delete
  4. धन्यबाद दिलिप दाइ .. निक्कै पछी तपाइको ब्लगमा पाइला राख्न आइपुगेछु ! तर पवित्र भूमिमा टेके जस्तै भयो ... ठ्याक्कै पोस्ट पनि सुन्दर र पवित्र स्थलको परेछ !
    मलाई नि एक पटक जाउ जाउ लाग्यो ... समय मिलेछ भने पक्कै पनि गइन्छ !

    ReplyDelete
  5. yah ma pani 1 week ago gako thiea ramro xa

    ReplyDelete
  6. gautam buddha was born in nepal.. :D

    ReplyDelete
  7. बुध्द वाज बर्न इन नेपाल को जात्रा र यत्तिका देशहरुले निर्माण गरेको स्तुपा बीच केही सम्बन्ध छैन कि के ?

    ReplyDelete
  8. Yatra Lumbhini ko Lekh Eakdumai Manparyo. Yestai lekh ko lagi dherai dhanyabaad. ra kunai pani travel garna wa garauna chha vane https://marketsewa.com/search-results/?cat_id=624 ma aaunu hola. marketsewa for the best travel and entertainment in nepal

    ReplyDelete