tag:blogger.com,1999:blog-4092426210790828474.post1079255659521432429..comments2023-10-03T21:20:00.990+05:45Comments on चरैवेति ! चरैवेति !!: संविधान बनाउने भगवान, भत्ता खाने सभासद !Dilip Acharyahttp://www.blogger.com/profile/11725588223118021219noreply@blogger.comBlogger16125tag:blogger.com,1999:blog-4092426210790828474.post-81163595888047064762009-07-21T07:34:58.634+05:452009-07-21T07:34:58.634+05:45साह्रै सान्दर्भिक छ, ब्यंग्यभित्र नेपाल र नेपालीको...साह्रै सान्दर्भिक छ, ब्यंग्यभित्र नेपाल र नेपालीको सघन पिडा लुकेको छ।
हाम्रा दल र नेताहरु बेलैमा मूल काममा कहिल्यै लाग्दैनन्। सानातिना तुच्छ कुरामा अल्मलिएर समय बिताऊँछन्। अन्त्यमा आतेपाते स्वाहा गरेर लटरपटर पाराले काम सिध्याऊँछन्। संविधान बन्ने देखेको छु मैले, लोकलाजकै कारण भएपनि कुनै खोष्टो तयार पार्नेछन् हाम्रा दलहरुले। तर प्रश्न कस्तो संविधान बन्नेछ भन्ने हो।
प्रज्वलजीले भनेजस्तै अरु कसैले लेखिदिएको संविधानमा अलि-अलि फूलबुट्टा भरेर जारी हुने संभावना प्रवल छ। ब्यापक बहसविना आएको यस्तो संविधानले अहिलेका धेरै समस्याहरुलाई संबोधन नगर्ने निश्चित छ। अनि अहिलेको यो अराजकताको दुश्चक्र पनि जारी रहने निश्चित छ। यसरी 'अरु'ले लेखिदिएको संविधानमा हाम्रा छिमेकीहरु र अरु शक्ति-राष्ट्रहरुले आफूले चाहेका केहि बुँदाहरु पनि घुसाउन पाउनेछन् र हाम्रो देश सधैंभरि बलिया देशको फूटबल मैदान बनिरहनेछ।
खोटाङ्गका जनताले दिएको त्यस्तो सशक्त ब्यंग्यलाई पनि बुझ्न सकेनन् भने हाम्रा नेताहरु संवेदनहीन मूढा भईसके भनेर प्रमाणित भएको छ।Basantahttps://www.blogger.com/profile/00736262122360069167noreply@blogger.comtag:blogger.com,1999:blog-4092426210790828474.post-874900339158980532009-07-20T11:39:06.019+05:452009-07-20T11:39:06.019+05:45बि. जे. जी, समाचार पढेर रुने कि हाँस्ने खै, मैले त...बि. जे. जी, समाचार पढेर रुने कि हाँस्ने खै, मैले त सोच्नै सकेको छैन।

धाइबाजी, संविधान बन्दै नबन्ने त हैन तर यहि लथालिंगको हालमा कतैबाट बनिबनाउ दस्ताबेज ल्याएर पारीत हुने हो की भन्ने डर हो । सो कुराको अलिकता अनौपचारिक नै भए पनि भनक भने प्रज्वलजीको कमेण्टमा पनि छ ।

सिकारुजी, माओबादिको यज्ञ र पूजाको त के कुरा गर्नु तर साधारण जनमानसमा भने यिनले केहि गर्न सक्दैनन् भन्ने भाव प्रष्ट देखिएको छ ।

हावा ब्रो, ल न, त्यो समुहको बारेमा हामी दुई दाजुभाई मात्रै मिलेर भएपनि यसको खोजबीन गर्ने हो की....अरु बिस्तारमा केही थाहा छ भने मेरो गोप्य ईमेलमा खबर गरौं न !

दुर्जेयजी,तपाईको एउटा वाक्यमा मेरो डर मिस्रीत समानता छ, मलाई पनि लाग्दैछ कि यहाँ केही ‘उथुल-पुथुल’ हुनै बाँकी छ की !

प्रज्वलजी, तपाईले भनेजस्तै Constitutional expert को टिमले बनाए त सायद राम्रै पनि होला, मलाई भने सीमापारीबाट रेडिमेड बनेर आउला भन्ने डर छ ।

दाई, वर्डफ्लोज र खुल्लामञ्च जी, नेता भनेर छानेका सबै जोक्कर परे जस्तो छ, त्यसैले राष्ट्रको जटिल समस्यलाई पनि यत्ती हल्का पाराले लिदैंछन हाम्रा नेताहरु। साँच्चै हो चुनाव भएको यत्रो समय भईसक्दा समेत शान्ति सुरक्षा त कायम हुन सकेको छैन के बनाउलान यिनले आफ्नै बुताले संविधान ।

बेदनाथजी, साँच्चै यस्तो गम्भीर बिषयलाई मजाक नै बनाए जिक्करहरुले ।

दिनेशजी, कृष्णजी, अब साँच्चै यि कुशाकहरुभन्दा भिमसेन गाथामै कल्याण होला जस्तो लाग्छ ।

मिलनजी, प्रोफिट शेयरको राम्रो कुरा सम्झाउनु भयो, अब ईश्रकै भरोसामा बस्नु परेपछि, बरु यो शेयर गर्नेमा लाग्नु भन्दा सबैलाई सामुहिक खोसुवा गरेर मन्दिर, मस्जिद, चर्च र गुम्बामा सो लगानी गर्दा सहि होला जस्तो लाग्छ ।

दिपेन्द्रजी, आपत्तै परेपछि जुर्मुराउने बानी त पुरानै हो, तर यस्तो जटिल र गम्भिर बिषयमा पनि यस्तो गर्दा समस्या समधान हुने भन्दा झन नयाँ नयाँ समस्या पैदा होलान जस्तो लाग्छ ।

अरुलाई “हाम्रो” संविधान बनाउन लगाउँदा हाम्रो संविधान अर्कैको हातमा जाला भन्ने डर मात्रै हो ।

टिप्पणीको लागि सबैमा हार्दिक आभार !Dilip Acharyahttps://www.blogger.com/profile/11725588223118021219noreply@blogger.comtag:blogger.com,1999:blog-4092426210790828474.post-50202125158013915772009-07-20T06:21:27.942+05:452009-07-20T06:21:27.942+05:45A very well written post!
We don't do anythi...A very well written post!

We don't do anything till the last moment but suddenly become 'very active' to finish things off and meet the 'deadline'. Like Prajwol ji has suspected, there seems no alternate to hiring some foreign experts to write 'our' constitution :-)Anonymousnoreply@blogger.comtag:blogger.com,1999:blog-4092426210790828474.post-30634239626847864652009-07-20T03:25:34.023+05:452009-07-20T03:25:34.023+05:45अहिलेको स्थिति हेर्दा लाग्छ ... दुइ बर्ष भित्र संब...अहिलेको स्थिति हेर्दा लाग्छ ... दुइ बर्ष भित्र संबिधान निर्माणको एक चौथाई काम सकिन पनि भगवान जप्नु देखि बाहेक अरु केहि बिकल्प छैन | बरु सभासदको तलबको निश्चित प्रतिशत रकम पूजाको लागि दिने भनेर बजेट मै घोषणा गरेको भए राम्रो हुन्थ्यो होला...प्रोफिट शेयरिंग हुनु पर्यो नि |

समय सान्दर्भिक बिषय उठाउनु भएको रहेछ... धन्यबाद है..Anonymousnoreply@blogger.comtag:blogger.com,1999:blog-4092426210790828474.post-8906986926818785292009-07-20T02:40:21.627+05:452009-07-20T02:40:21.627+05:45नया संविधान? अब यी राजनेताहरुको पारा देखि हालियों,...नया संविधान? अब यी राजनेताहरुको पारा देखि हालियों, भाग बंडा टपक्क टपकाउने र त्यस्कै लागी ङ्यारङ्यार ङुरङुर गर्ने बाहेक इनको बुद्धि क्षमता र तागत एकसुको छैन भन्ने, बुझिसके पछि भीमसेन नगुहारेर के गरुन त बिचाराहरु?

बरु हामी नि गाउने की भीमसेन गाथा

हे रक्षाकर्ता
हे बिघ्नहर्ता
हे बलिया बांगा
अब तिमी नै छौ एक सहारा
संविधान छिट्टै बनाइदेउ जय भीमसेन !कृष्णपक्षhttps://www.blogger.com/profile/11443226977236302372noreply@blogger.comtag:blogger.com,1999:blog-4092426210790828474.post-28309689983255992792009-07-19T21:55:19.400+05:452009-07-19T21:55:19.400+05:45दिलिप जि ,
गाँठी कुरो पत्ता लगाउनु भयो ।" कु...दिलिप जि ,
गाँठी कुरो पत्ता लगाउनु भयो ।" कुशासकहरुको राजबाट वाक्क भएपछि जनताहरु हरेक अप्राकृतिक कुरामा पनि विश्वास गर्न बाध्य हुँदा रहेछन ।"दिनेश राजhttps://www.blogger.com/profile/08202193589171614071noreply@blogger.comtag:blogger.com,1999:blog-4092426210790828474.post-52769097824310344842009-07-19T15:10:30.233+05:452009-07-19T15:10:30.233+05:45त्यस्तै हो - दिलीप सर ! धेरै जान्नेहरु बसेको समाज ...त्यस्तै हो - दिलीप सर ! धेरै जान्नेहरु बसेको समाज | भनिन्छ नि 'धेरै जान्ने हुनु पनी नजाती रे ! " हो त्यस्तै भैरहेछ |

अनि हिजो आज संविधान र नेपालको राजनीति जिस्कने र फगतको मज्जाक खेल भैरहेछ जून - आफैले आफैलाई आफु कति सम्म हरकत गर्न सक्षम छू भन्ने कुरा मात्र हो - अनि त्यसैको एउटा उदाहरण हो जस्तो लाग्छ -'भिमशेन पूजा' |

कहिले सम्म हामी खराब कारणहरु अरुलाई मात्र थोपरेर - यस्तै मज्जाक गर्दै बस्ने हो त्यो त थाहा छैन ....!!! अनि यही रहेछ नेपालीहरुको अर्को अदितीय पहिचान |Yumesh Pulamihttps://www.blogger.com/profile/07955057711538361408noreply@blogger.comtag:blogger.com,1999:blog-4092426210790828474.post-46343194621954370462009-07-18T05:51:56.352+05:452009-07-18T05:51:56.352+05:45"सतिले सरापेको देश", नेपाल । सत्य, अस्ति..."सतिले सरापेको देश", नेपाल । सत्य, अस्तित्व र मान्यताहरु दिनानुदिन हराउदै गैरहेको मुलुक, नेपाल । २५० जनाले जनाटकओ रगत चुसेर पुगेन । ६०१ जना चुसुवाहरु केबल 'चुस्न' आएका रहेछन, हाम्रो पसिनाको गौरब । अत: जनताको सुरक्षा जस्तो सानो काम गर्न नसक्नेहरुबाट राज्य चल्ने संबिधान बन्ला भन्नु त "साँढेको फल झर्ला र खाम्ला" भने जस्तै हो ।
सान्दर्भिक लेख, दिलिप दाजु । जसको लागि धन्यवाद ।Anonymoushttps://www.blogger.com/profile/09453967471815379583noreply@blogger.comtag:blogger.com,1999:blog-4092426210790828474.post-66957869158691318852009-07-17T08:17:57.388+05:452009-07-17T08:17:57.388+05:45संबिधान बनाउने हाम्रो नेताहरुले, यो भन्दा अर्को दा...संबिधान बनाउने हाम्रो नेताहरुले, यो भन्दा अर्को दामि jokes कुन होला?wordflowshttps://www.blogger.com/profile/11559130059420489484noreply@blogger.comtag:blogger.com,1999:blog-4092426210790828474.post-30219956658505591322009-07-16T21:10:15.552+05:452009-07-16T21:10:15.552+05:45very nice!
यौटा आर्को interesting लेख ...
http://...very nice!

यौटा आर्को interesting लेख ...
http://chapagain.blogspot.com/2008/11/blog-post_18.htmldaihttp://nabinkm.comnoreply@blogger.comtag:blogger.com,1999:blog-4092426210790828474.post-48208791280027841452009-07-16T18:10:07.232+05:452009-07-16T18:10:07.232+05:45मैले १ बर्ष अघी नेपालबाट आएका एक UN का कर्मचारी सं...मैले १ बर्ष अघी नेपालबाट आएका एक UN का कर्मचारी संग कुरा गरेको थिएं । उनको अनुसार एउटा Constitutional expert को टिमलाई UN ले भत्ता खुवाएर संविधान बनाउन लागाइ रहेको छ अरे । ति expert को नाम त थ्यक्कै आएन मलाई, तर धेरै जस्तो द्वन्धग्रस्त देशको संविधान बनाउन उनले नै मद्दत गरेका हुन रे । त्यसैले उनको टिमले ३-४ वटा संविधान को template बनंउछन रे (after extensive research of Nepal's geo-political and social situation) त्यसै माथि हाम्रा ६०१ "संविधानविधले" फुलबुट्टा भर्ने वा modification हरु गर्ने, वा केही हरफ हरुलाई completely rewrite गर्ने रे ।

कुरा सहि हो या होइन त म थ्याक्कै भन्न सक्दिन, तर सहि हो भने केही आश लागेको छ । हुन त बिदेशी ले संविधान लेख्न मद्घत गर्दै छन भन्दा आङ सिरिङ्ग हुनु त स्वभाविकै हो, तर हाम्रा ६०१ बिद्वानहरुले दफा १ देखी नै झगडा गर्दै पुरै संविधन कहिले पुरा गर्लान भन्ने डर बाट भने अलि शान्ती मिलेको छ । आफैं पुरै scratch बाट पूर्ण संविधान लेख्न त यि ६०१ ले दुई बर्षमा गर्या-गरै हो ।Prajwolhttp://kamaladi.com/noreply@blogger.comtag:blogger.com,1999:blog-4092426210790828474.post-84659109953027204802009-07-16T17:40:53.115+05:452009-07-16T17:40:53.115+05:45सवाल संबिधान समयमा बन्ने नबन्ने हैन। अब हालको राजन...सवाल संबिधान समयमा बन्ने नबन्ने हैन। अब हालको राजनैतिक चलखेल र यथार्थतालाई गहन बिचार गर्ने हो भने एउटा कुरा हामीले बिर्सनु हुदैन। म सबै जनालाई एउटा प्रश्न गर्न चाहन्छु। हाल रहेका सबै राजनैतिक दल मध्य बन्न गहिरहेको संबिधान कसको निति र सिध्दान्त बिपरित हुने छ? राज्यको सबै भन्दा बलियो शक्तिकै कुरा गर्ने हो भने पनि, उसले चाहेको संबिधान अन्य दल वा शक्तीले चाहे जस्तो हो वा हैन अथवा हुने छ वा छैन? उस्ले चाहेको समाज र यस्को परिवर्तनको खाका अन्य दल वा शक्तीले चाहे जस्तो हो वा हैन? जब हामी यसको उत्तर खोज्छौ तब प्रष्ट हुन्छकी समयमा संबिधान बनाउन कस्ले चाहदैन। म त भन्छुकी ठूलो उथलपुथल हुन बाँकी छ अझै शायद यही संबिधान समयमा नबनेको नाममा। लक्षण ठीक छैन र अन्तिम अबस्थामा भएपनि बन्छ भन्ने कुरामा म सहमत छु तर ।। तर।। के हतारमा र अन्तिम अबस्थामा बानाईएको दस्ताबेजले काम गर्ला? सबै मुद्दामा यसले आफूलाई खरो उतार्ला? के बनाउनका लागि मात्र बनाउने हो संबिधान? यतिबेला त राज्यमा एउटा गहन चर्चा र छलफलको बिषय हुनु पर्ने थियो यो कुरा। सिमित बर्गले र केही सिमित तप्काबाट उठाईएको सुझाबले के यो नाम मात्रको दस्ताबेज हुने तयारी गरेको छैन? बिरेन्द्र क्याम्पसका प्राध्यापकको अन्तरबार्ता पठेको थिए की उनिले त थाहनै पाएनन् रे सुझाब कहिले लिइयो्। उनी मात्र हैन कयौ शिक्षकले यसो भन्दै थिए। कस्तो र कोसंगबाट सुझाब लिएर बनाईदै छ। कतै तयार भइसकेको संबिधानको लागी नाटक मन्चन त भएको हैन? नहोस यस्तो। जटिल बन्दै छ हाम्रो समय। जे होस सबैको जय होस र सबै जनालाई यो कुराको हेक्का रहे हुन्थ्यो। दिलिपजिले उठाउनु भएको कुरा यही हो जस्तो लाग्छ। धन्यबाद राम्रो बिबेचना गर्नु भएको मा।दूर्जेय चेतनाhttps://www.blogger.com/profile/17194392784429305908noreply@blogger.comtag:blogger.com,1999:blog-4092426210790828474.post-32544352503883734772009-07-16T16:37:41.128+05:452009-07-16T16:37:41.128+05:45हैन दिलिप ब्रो, इटली हो कि कता हो भ्रस्टाचारी नेता...हैन दिलिप ब्रो, इटली हो कि कता हो भ्रस्टाचारी नेता र कर्मचारीलाई छानी छानी गोली हान्ने समुह थियो अरे नेपाल मा पनि अब तेस्तै होला जस्तो छHAWAhttps://www.blogger.com/profile/05591585431361640166noreply@blogger.comtag:blogger.com,1999:blog-4092426210790828474.post-16090042699017510932009-07-16T14:52:09.511+05:452009-07-16T14:52:09.511+05:45चुनाव पछिको यो लामो समयमा पनि संबिधानले पूर्णता नप...चुनाव पछिको यो लामो समयमा पनि संबिधानले पूर्णता नपाउनु त छदैछ यस्मा पनि जम्बो सभामण्डलीमा बसेर देशको सम्पतिमा पोषीत भै राज गर्नेहरुले पटक-पटक मितिलाई लम्ब्याएर झारा टार्ने काम गर्नु लाजमर्दो कुरा नै हो ।

निमुखा जनताहरुले अब बिकल्पको रुपमा मठ-मन्दिर समेत धाउन थालीसके तर यो ईश्वरीय अस्तित्वबाट टाढै रहने माओबादीका सभासदले पनि भिमसेन पूजा गर्नुको मतलव आफ्नै पार्टीबाट बिस्वास हटेर हो की?

बिचारको यो गम्भिर टाँसोको लागि धन्यबाद दिलिप जी ।डीआर न्यौपाने'सूर्य'https://www.blogger.com/profile/11552762998204904474noreply@blogger.comtag:blogger.com,1999:blog-4092426210790828474.post-138469760636919452009-07-16T12:41:37.779+05:452009-07-16T12:41:37.779+05:45जिम्मेवारी दिएका/भरोसा गरेकाहरूले नगरिदिएपछि उपायन...जिम्मेवारी दिएका/भरोसा गरेकाहरूले नगरिदिएपछि उपायनास्ती भएर त बसिँदैन, अन्तिम उपाय केही अबलम्बन गरिन्छ । जस्तै हुतीहाराले पनि विकल्प खोज्छु अप्ठेरोमा ।

विगतमा आन्दोलनको मुस्लो छुटाउने, विपत्तै परिवर्तन ल्याउने जनता त हुतीहारा होइनन्, पछिल्लो समयमा अलि हतास भने पक्कै छन् जति गरे पनि कसैमा सद्बुद्धि नपलाएको देखेर र देश झन् भड्खालो पर्दै गएको देखेर । त्यही हतासपनले जनता अहिले देशकै खाका कोर्ने मूल कानुन संविधान बनाउने कुरामा पनि राजनीतिक दलको गैरजिम्मेवार खेल देखेर सुस्ताएका छन् ।

कतै भने आफ्नै तवरबाट बलि-पूजाआजाबाट गाँठो फुकाउने भर खोज्दैछन् सर्वसाधारण । कति दयनीय र लाजमर्दो कुरा ! सामयिक भद्रगोल पाटोमा सही कुरा उठाउनुभयो दाइले ।

तर मलाई भने जसरी पनि समय अलि थोरै लम्बिए पनि संविधान बन्छ जस्तो लाग्छ । जुन कुरा पनि लगन खुस्किन लागेपछि रातारात गर्ने तातो बानी हाम्रा नेताहरूलाई लागेको छ । संविधान लेखनमा पनि यही रोग देखिन्छ । तर संविधान भने कस्तो आउला र राम्रो संविधान आएपनि त्यसपछिको राष्ट्रिय नेतृत्व र अराजक नागरिक जमात कुन रुपमा देखिन्छ, बाटो बिराएकाहरूले राज्कयमा सुव्सयवस्था कायम गर्न कसलाई कुन तवरबाट अनुशासन र नीति-नियममा बसाउँछ,त्यो सबै हेर्न भने कुर्नैपर्छ ।जोतारे धाइबा (Jotare Dhaiba)http://www.clickdhaiba.blogspot.com/noreply@blogger.comtag:blogger.com,1999:blog-4092426210790828474.post-53283244178347807982009-07-16T12:39:37.086+05:452009-07-16T12:39:37.086+05:45हैन हौ दिलिप जी, धरैनै गजबको को टाँसो प्रस्तुत गर्...हैन हौ दिलिप जी, धरैनै गजबको को टाँसो प्रस्तुत गर्नु भयो मलाई त शिर्ष्क देखीनै हाँसो उठयो अनि पढ्दै गएँ झनै खोटाङको चमत्कारी पूजाले त झनै ROFL बनायो लहै धन्यबाद दिलिप जी यो गजबको टाँसोको लागी।Anonymoushttps://www.blogger.com/profile/16176364247144994016noreply@blogger.com