Showing posts with label अतिथि कलम. Show all posts
Showing posts with label अतिथि कलम. Show all posts

12 January, 2013

त्यसै भा छ लोडसेडिङ्ग !!!

 

लोडसेडिङ्ग, लोडसेडिङ्ग मात्रै नभइ हाम्रो जीवन शैलीको एक अभिन्न अङ्ग पनि भइ सकेको छ । हरेक कार्यकलाप गर्नु अगाडि साइत भन्दा पहिला लोडसेडिङ्गको तालिका हेर्नुपर्ने बाध्यतामा बाँचेको नेपाली  समाजलाई कुनै पनि हालतमा लोडसेडिङ्गको अभिशाप बाट मुक्त गरेर वा भिन्न राखेर हेर्न वा सोच्नै पनि मुस्किल छ। यसले हाम्रो सामाजिक र वैचारिक धरातलमा समेत प्रतक्ष् असर गरेको छ। पोहोर साल यहि विख्यात लोडसेडिङ्गले मलाइ पनि कवि बनाएको थियो भने यसपाला फेरि अर्का ब्लगर साथी रमेश वान्तबा यसैको असरले कवि हुनु भएको छ। आजको अतिथि कलममा प्रस्तुत छ वहाँकै कविता:

त्यसै भा छ लोडसेडिङ्ग 

                                         लेखक: रमेश वान्तबा


प्राधिकरण  भन्छ  मुहान सुकेर ।
बुद्धिजीवी भन्छन् बढी खपत भर ।
तर म भन्छु त्यसो हैन साथी हो ,
देश विकाश गर्ने यो नया उपाय हो ।

कुनै जमानामा  विदेशमा नि यस्तै बिजुली गा थ्यो रे ।
एकै वर्षमा त्यहाँको जनसङ्ख्या दोब्बर भा थ्यो रे ।
अनि धेरै मान्छे, धेरै काम,
भो रे विकाश धमाधम ।

त्यै भर त यो कुरा मुख्य समाचारमा आको रे ।     
यसैलाई मूल मन्त्र मानेर
एउटा उत्तम उपाय ठानेर,
लौ जनसंख्या बढाउ भनेर ।
यो त   गरेकै  हो कुरा जानेर ।

अनि पो भो हुन्छ देशको अप-ग्रेडिंग 
नेपालीलाई उपहार १८ घन्टे लोडसेडिङ्ग
त्यसै भा छ लोडसेडिङ्ग ।

15 November, 2011

इन्टरनेट चैँ चलेकै छ है....

लेखक: रमेश बान्तवा

Internets

इन्टरनेट आजको जमानामा विलासीताको वस्तु हैन, अत्यावश्यक सेवा भइ सकेको छ । मनोरञ्जन वा अद्ययनको लागि मात्रै हैन, सामान्य दैनिक जीवनमा पनि हरेक क्षेत्र र हरेक समयमा यसको उपयोग जरुरी जस्तै नै भइ सकेको छ ।

तर यही इन्टरनेट पनि जोड्न र चलाउनको लागि कहिलेकाहिँ पहाड चढ्ने जत्ति नै मेहनत गर्नु पर्दो रहेछ । यस पटक पुन: अतिथि कलम अन्तर्गत श्री रमेश बान्तवा जीको वास्तविक जीवनमा घटेको एउटा समसामयीक तर रोचक घटना प्रस्तुत गर्दैछु । पोस्ट उपलब्ध गराइदिनु भएकोमा वान्तबाजीलाई धेरे धेरै धन्यावाद् ।

इन्टरनेट चैँ चलेकै छ है....

यो कथा वास्तविक हो । कुरा मैले इन्टरनेट जोड्दाको हो। छोरी विदेशमा भएकोले कुरा गर्न सजिलो हुन्छ भन्ने लागेर, यस बारे बुझ्दा सस्तो र तुरुन्तै उपलब्ध हुनेमा युटिएल पर्‍यो र त्यही नै लिएँ ।

लिँदा खेरिनै “यो अलि ढिलो छ, तर पछि छिटो हुन्छ” भनेकोले म ढुक्क भै उनीहरूले भनेको मोडियम लिएर घर आएँ । सबै गर्दा चार हजार भन्दा बढी पर्‍यो । बल्ल तल्ल जोडियो तर काम चैँ रकेट युगमा गोरु गाडाको गतिमा चल्ने पो भयो! । कारण चार जनालाई पुग्ने सेवा चालीस जनालाई बाँडेको रहेछ, त्यसपछि त दूधमा जत्ति पानी हाले पनि सेतै देखिए जस्तै ‘चलेन’ भन्न नि नमिल्ने तर राम्ररी चलाउन नि नमिल्ने थियो कनेक्शन।

23 October, 2011

लोडसेडिङ्ग कम गर्ने केहि सुझावहरु

आज ब्लगमा, केही समय यता इन्टरनेटको माध्यम बाट परिचित हुनु भएका श्री रमेश बान्तवा जीको पोस्ट प्रस्तुत गर्दैछु । आजको पोस्ट मेरो ब्लगको पहिलो ‘अतिथि कलम’ पनि हो । प्रस्तुत छ, केही साल यता देखि विकराल समस्या बन्दै गएको लोडसेडिङगको समस्या लाई कसरी कम गर्न सकिन्छ भन्ने बारेमा रमेश जीले तयार गर्नु भएको यो पोस्ट:

(आफ्नो विचारपूर्ण लेख उपलव्ध गराइदिनु भएकोमा रमेश जीलाई धेरै धेरै धन्यवाद्)

लोडसेडिङ्ग कम गर्ने केहि सुझावहरु

     लेखक: रमेश बान्तवा

Loadsheddingअहिले लोडसेडिङ्गको ब्यापक मारमा सबै नेपालीहरू ग्रस्त छन् । विद्युत् प्राधिकरणले लोडसेडिङ्ग लाई ७ भागमा विभाजित गरि लागु गरेको छ । जस अनुसार १६ घण्टा सम्म पनि बत्ति बन्द हुन्छ । यसै प्रसङ्गमा, नया ऊर्जा उत्पादन नगरीकन पनि रहेको ऊर्जाको सहि व्यवस्थापन गर्न सके मात्रै पनि हाल भएको र हुने गरेको लोडसेडिंङ्गको विकराल समस्यालाई केही हद सम्म भए पनि कम गर्न सकिन्छ ।

भनिन्छ ऊर्जा जोगाउनु पनि ऊर्जा एक किसिमले उत्पादन गर्नु जस्तै नै हो । त्यसैले नयाँ उर्जा उत्पादनको साथसाथै, रहेका ऊर्जाको बचत र व्यबस्थापन   गर्नु पनि एकदमै महत्वपूरण कुरा हो। यसको लागि मैले यहाँ केही सुझावहरू प्रस्तुत गरेको छु ।