27 September, 2008

अब श्राद्ध पनि अनलाईन…

ण्टरनेटको व्यापकता र हर क्षेत्रमा प्रयोग बढ्दै गएको कुरालाई ध्यानमा राखी, केहि समय पहिला vaartaलहडै लहडमा मैले यौटा लघुकथा लेखेको थिएँ । कुनै दिन हाम्रा कर्मकाण्ड पनि अनलाईन हुन सक्ने अनुमान गरी मैले यहि ब्लगमा टाँसेको त्यो लघुकथा यहाँ छ ।

हिजो दक्षीण भारबाट प्रकाशित हुने यौटा पत्रिका 'स्वतन्त्र वार्ता' को समाचार पढ्दा भने लाग्यो त्यो अब केवल कोरा कल्पना मात्र रहेन ।

 

(यो समाचार जस्ताको त्यस्तै पढ्न माथिको पत्रिकाको टुक्रामा थिच्नु होला।)

कुरा के भने, जयपुर र अन्य केहि शहरका 'हाई-टेक-पुरोहित' हरुले विदेशमा रहेका व्यक्तिहरुलाई पितृको श्राद्ध गर्न घर फर्कन पर्ने र ठुलो धनराशि खर्च गर्नु पर्ने समस्याबाट मुक्ति दिन, मेरो कथामा उल्लेख भएजस्तै गरी ईण्टरनेट, वेबक्याम र फोनको माध्यमबाट 'साईवर श्राद्ध' बाट अनलाईन तर्पण गरी जजमानलाई 'हाइ-टेक' सेवा दिने कार्य शुरु गरेका छन ।

यसरी श्राद्ध गराए पछि दक्षीणाको रुपमा जजमानले पुरोहितको खातामा विदेशबाटै रकम अंतरण गरिदिने व्यबस्था छ, जुन रकम पुरोहितको स्थानीय बैंक खातामा लोकल करेन्सीको रुपमा जम्मा हुन्छ ।

केहि पुराना विचारधाराका व्यक्तिहरु यसलाई धर्म-संगत नभएको विचार व्यक्त गर्छन भने यसै विच साईवर श्राद्धलाई समयको माग भएको र विज्ञानले परम्परा धान्न मद्दत पुर्‍याउने भएकोले यसलाई जायज मान्नु पर्ने तर्क पनि अघि सरेका छन ।

त्यसो त महान वैज्ञानिक अल्वर्ट आईन्स्टाईण्टले कतै भनेका छन : "Science without religion is lame. Religion without science is blind" अर्थात: धर्महिन विज्ञान लंगडो र विज्ञान विनाको धर्म अन्धो हुन्छ । अनि यो अनलाईन श्राद्धले धर्म र विज्ञानलाई यौटै कडिमा जोडेको छ ।

शास्त्रमा तिर्थको छेउमा गर्नु पर्ने भनिएको श्राद्ध यहि हिसावको चलन चल्दै गएमा कुनै दिन साईवर क्याफेबाट हुन नसक्ला भन्न सकिन्न । तर विज्ञानको चमत्कारलाई धर्म-संस्कृतिको संरक्षण र सम्बर्धन गर्न सहयोग पुग्ने गरी शुरु गरीएको यो तरिकालाई मैले भने सकारात्मक रुपमै लिऐको छु।

5 comments:

  1. यो पनि राम्रो कुरै त हो, कम्ति मा सँस्कृति त हराउँदैन !

    ReplyDelete
  2. Probably, we should take it in the right spirit. At least, we are able to protect our cultural values, which are quite important in our life.
    I hope you will like to read a related post at my blog:
    http://hellobirgunj.blogspot.com/2008/09/urbanization-emotional-pollution-issue.html

    ReplyDelete
  3. नहुनु मामा भन्दा कानो मामा जाती भनिन्छ क्यारे त्यस्तै त होला विदेशमा बसेर पुरोहित पंडित नपाउंदा अनलाईननै कर्मकाण्ड गराउन पाउँदा पनि फल उस्तै नै मिल्नेहोला ।

    ReplyDelete
  4. aakar,deependra, ra dipak g sabaile online karm kand lai positive linu bhaarahe6 , saskriti naharaune , ani kaano mama nai jaati bhane jastai malai pani thikai lagyo ..... abako harek samaya ma aaune new kuraharu achamm lagne6n kinbhane yo digital prabidhiko jamanaa ho ni ta........ra ramroo jankariko lagi dilip g lai dherai dherai dhanyabad...yestai naya naya kura liyer aaunus hai

    ReplyDelete
  5. कुरो ठिकै हो! उसैपनि हाम्रा कर्मकाण्डहरुमा श्रद्धा कम र देखावटीपना-ढोंग बढी हुन्छ, त्यसैले जसरी गरेपनि कुरो उही हो।

    ReplyDelete