16 December, 2008

फ्लिम नगरीमा एक दिन!

करिव २ बर्ष देखी दक्षिण भारतमा बसेर पनि म यहाको प्रसिद्ध फ्लिम नगरी, “रामोजी फ्लिम सिटि” मा भने गएको थिईन । यसको बारेमा चर्चा-परिचर्चा सधैं सुने पनि, आफुलाई फ्लिमप्रति खासै आकर्षण नभएकोले म त्यहा नगएको हो। हालसालै यसले विश्‍वको सबैभन्दा ठुलो चलचित्र निर्माण कम्प्लेक्सको रुपमा Guinness World Records मा नाम दर्ता गराईसकेको कुरा पनि प्रामाणिक रुमपा थाहा भएपछि भने म पनि लागें एक दिनको घुमघाममा ।

आन्ध्र प्रदेशको राजधानि हैदराबादबाट करिब २५ कि‍ मि जत्ति टाडा रहेको यो फ्लिम सिटि १६६६ एकडको क्षेत्रफलमा फैलीएको छ र यहा भीत्र यसको नाम जस्तै यौटा शहरमा हुनुपर्ने सबै कुरा (असली वा नक्कली) छ।

फ्लिमको छाँयाङ्कन देखी, ईडिटिङ, डबिङ, साउण्ड मिक्सिङ, रेकर्डीङ लगाएत सम्पूर्ण सुबिधा युक्त यो फ्लिम नगरी १९९६ देखी खुला भएको हो । हाल यसलाई फ्लिम निर्माण साथै पर्यटनस्थलको रुपमा पनि बिकास गरीएको छ र दैनिक हजारौंको संख्यामा दर्शकहरु आउने गर्छन ।

यहाभित्र छाँयाङ्कनकोलागी चाहिने नक्कली जेल, अदालत, पुलिस स्टेसन, ताल देखी लिएर रेलवे स्टेसन, हस्पिटल र एयरपोर्ट सम्म छन । केहि ढाँचाहरु पक्कि पनि छन भने अधिकाशं भवन, गाँउ वा कोलोनीहरु प्लाईउड र कार्डबोर्ड आदी सामाग्री प्रयोग गरेर आकार मात्रै दीएर राखिएका छन जुन चलचित्रमा हेर्दा हामिलाई नक्कली भएको भनक समेत मिल्दैन। त्यसमा पनि यौटै घरमा चार तर्फ ढोका हालेर चार वटा घरजस्तो देखिने गरी प्रयोगमा ल्याईएकोछ । यसरी यौटे घरलाई चार जनाको घर बनाएर देखाउन सकिन्छ।

आउनुहोस यो पोष्टको तस्विरहरहको माध्यमबाट तपाईहरुलाई पनि म यो फ्लिम नगरी घुमाउने कोशिस गर्दै छु:

Japanese templeहिन्दि फ्लिममा देखाईने जापनिज् /चाईनिज मन्दिर: जुन न जापानमा हुन्छ न चाईनाम, यहि हैदराबादमा छ।

आर्कोपाली कुनै फ्लीममा गोबिन्दा र रानी मुखर्जी युरोपको बाटोमा नाचेको देखेमा याद गर्नुस, त्यो पनि यहि प्लाईउडका ढाँचा मात्रै हुन सक्छन ।

यो ढाँचा आवश्यक्ता अनुशार कहिले जेल त कहिले माथिल्लो भागमा यौटा क्रश टाँगेर चर्च बन्दो रहेछ ।

Hospital यो चाहि मुन्नाभाई MBBSको हस्पिटलको ढाँचा रहेछ, जसलाई कहिले काहि होस्टेल त कहिले कुनै ठुलो कार्यालयको रुपमा देखाईन्छ ।

Khali mandir 

अनी यो मन्दिर! जहा तपाई दर्शन वा पूजाको लागी जानुभयो भने पूजा सामाग्रीसंगै यौटा मुर्ती पनि आफै लिएर जानु पर्छ । किनकि यो खाली मन्दिर हो र कथाको माग अनुशार जुन जुन देउताको मुर्ती चाहिन्छ त्यहि देउता राखीन्छ ।

Mughal garden मुगल शैलीको यौटा उपवन (यो ढाँचा भने नक्कली हैन है!)

अनी यो कहिले अदालत, कहिले मन्त्रालय त कहिले कार्यालय । 

Western Western type colony (जुन पुरै प्लाई र बोर्डबाट बनेको छ) ‍र....

Nakkali ghar ....त्यस भित्रको यौटा नक्कली घर

Disposable building फ्लिममा कुनै कारखाना, ठुलो भवन वा होटेल आदी बिस्फोट गराएको दृश्य देखाउनु परेमा यो ढाँचा बाहिर प्लाई र बोर्डले घेरेर घरको जस्तो रुप बनाएर पडकाईदो रहेछ। यो चाहि कुनै होटेल पडकाएर बाँकि रहेको च्यानल र एंगलहरुको ढाँचा, जसलाई पटक पटक चाहिएको आकार दिएर बाहिरि भाग मात्र जल्ने गरि पडकाईन्छ ।

Europian colony यो घर देखेर नसोच्नुहोस कि यो कुनै युरोपको कोलोनि हो, यो केबल प्लाईउडमा रंगले देखाएको कमाल मात्रै हो । (पुरा नक्कली घर)

7 comments:

  1. साह्रो गज्जब पो लाग्यो त है ।
    अझै छ भने, राखौँ न, फोटो हेर्दा पनि निकै रमाइलो भै'राछ ।

    ReplyDelete
  2. अझै फोटो थपौँ न दिलिप दाइ !!!!!!!!

    ReplyDelete
  3. सारै बुझ्नुपर्ने कुराको जानकारि दिनुभएकोमा धन्यबाद र अझै नयाँ कुराको अपेक्षा ।

    ReplyDelete
  4. गज्जब छ। रमाइलो लाग्यो। हाम्रा फिल्म मेकर र कम्पनिहरुले पो सिको गर्नुपर्ने कुरा रहेछ त यो। के थाहा अबको नयाँ नेपालमा सरकारसँग यस्तै कामको लागि जग्गा मागीहाल्छन् कि त?

    ReplyDelete
  5. दिलीप जी ले सधै- खूब मिठो ! मिठो !खीर खुवाउनु हुन्छ । त्यसमध्येको यो पनी एक हो ।

    ReplyDelete
  6. Really beautiful pictures! and thanks for the associated info. Your post refreshed my memories of the trip to 'Film city, Mumbai' few years back. sadly, I could not take good pictures as it rained whole day and sky was gloomy!

    ReplyDelete
  7. दामी रहेछ! संसारका धेरै देशमा यस्ता फिल्म-सिटी देखिन्छन्। खासमा एउटा गतिलो उद्योग हो यो। हाम्रो सरकारले पनि यस्तै एउटा फिल्म-सिटीको लागि राम्रो योजना ल्याए हुन्थ्यो।

    ReplyDelete