25 February, 2009

केहि नि:शुल्क तर उपयोगी र उत्कृष्ट सफ्टवेयरहरु ।

पैसा तिरेर किनेको चिज समेत राम्रो गुणस्तरको भेटन मुस्किल हुने समयमा कसैले तपाईलाई नि:शुल्क पाईने चिज पनि राम्रो हुन्छ भनेमा झट्ट विश्‍वास नहुनु स्वावाभिक नै हो । तर नि:शुल्क चिज सबै बेकाम हु्न्छन् भन्ने कुरा चाहि सधैं सहि हुँदैन ।

आउनुहोस, आजको यो टाँसोमा म त्यस्ता केहि नि:शुल्क सफ्टवेयरहरुको वारेमा चर्चा गर्दैछु, जुन नि:शुल्क हुनुको साथै उत्कृष्ट पनि छन । अझ यि सबै सफ्टवेयरहरु सबै 'वहनीय' अर्थात portable समेत भएकाले तपाईले आफ्नो कम्य्युटरमा यि सबै सफ्टवेयरहरु राख्दा कम्य्युटरको रजिष्ट्रीमा कुनै परिवर्तन हुने छैन भने, सिस्टममा कुनै अतिरिक्त भार नपर्नेगरी तपाई यिनलाई पेनड्राईभ, मेमोरी कार्ड वा अन्य कुनै फ्याल्स ड्राईभ आदिमा राखेर ईन्सटल नगरिकनै कुनै पनि कम्प्युटरमा सिधै चलाउन पनि सक्नुहुन्छ ।

आजकल यस्ता ईन्सटल नगरीकनै सिधै पेनड्राईव आदिबाट चलाउन मिल्ने portable software निकै लोकप्रिय हुँदैछन र तपाईले गुगल वा कुनै सर्च ईन्जिनमा गएर खोज्नु भयो भने फोटोसपको नविनतम अवतार देखि लिएर अफीस २००७ र लिनक्सका नविनतम अपरेटिङ सिस्टम देखि विन्डोज भिस्टा समेत भेटन सक्नु हुनेछ, तर म यो पोष्टमा केवल नि:शुल्क (मतलब कानुनन नि:शुल्क) संसाधनको मात्रै चर्चा गर्दैछु ।

Everything: नाम अनुसारकै काम गर्ने यो यौटा अत्यन्त उपयोगी सफ्टवेयर हो । यदि तपाईको कम्प्युटरमा धेरैको संख्यामा फाईल, फोल्डरहरु छन र कहिले काहि कुनै यौटा फाईल नभेटीएर वा हराएर तपाईको घण्टौंको समय नाश हुन्छ भने तपाईलाई यो सफ्टवेयर एकदमै काम लाग्ने छ। माथि बताईए जस्तै यो नि:शुल्क मात्रै नभई 'वहनीय' अर्थात portable समेत भएकोले तपाईले यसलाई कम्प्युटरमा ईन्सटल गरिरहनु पर्दैन । जम्मा २४७ के. बि. को यो सफ्टवेयर तपाईको सिष्टममा शुरुमै आउने "search" भन्दा धेरै गुना छिटो छ र तपाईले कुनै फाईल वा फोल्डरको शुरुका केहि अक्षरहरु (alphabet) टाईप गर्न नभ्याउँदैं ति अक्षरबाट शुरुहुने तपाईका कम्प्युटरमा बिद्यमान सबै फाईलहरु यसको डिस्प्लेमा देखिन थाल्नेछन । अझ यसले वाईल्डकार्ड (अर्थात तपाईलाई कुनै फाईलको नाम याद छैन भने त्यो फाईलको नामको सट्टा *.jpg, *.doc, *.xls गरेर पनि खोज्न मिल्ने) र नेपाली युनिकोड समेत सपोर्ट गर्ने भएकाले हामीहरुलाई यो पक्कै पनि उपयोगी हुन सक्ने छ ।

तपाई यसको बारेमा अरु जानकारी लिन चाहनुहुन्छ भने यहाँ र सिधै डाउनलोड गर्न यहाँ जान सक्नुहुन्छ ।

Great News: यो पनि नामबाटै काम थाहा हुने सफ्टवेयर हो । यदी तपाईलाई कुनै पनि ब्लगमा नया पोष्ट राखिने बित्तीक्कै सो ब्लगमा नगईकन हेर्न, आफ्नो ब्लगमा कसैले कमेण्ट पोष्ट गर्ने बित्तीकै तुरुन्तै जानकारी पाउन र फाएरफक्स वा ईण्टरनेट एक्सप्लोरर आदी नखोलिकनै कुनै ई-मेल क्लाईण्ट बाट ईमेल खोले जस्तै लोकल कम्प्युटरबाटै ब्लग पोष्ट र कमेण्टहरु हेर्न र चाहेको बेलामा अफलाईन हेर्न मिल्ने गरि सुरक्षीत गर्न चाहनुहुन्छ भने यो संसाधन उपयोगी हुन सक्छ । ब्लग बाहेक यसले RSS सपोर्ट गर्ने कुनै पनि अनलाईन पत्रिकाको समाचार पनि तान्ने भएकोले कुनै पनि समाचार सो पत्रिकाको साईटमा हाल्ने बित्तीकै तपाईले हेर्न सक्नु हुन्छ र नया समाचारको लागी ति साईटहरु पटक-पटक खोल्नु पर्ने झन्झटबाट पनि मुक्त हुनु हुनेछ । यो नि:शुल्क सफ्टवेयरको बारेमा बिस्तृत विबरण यहाँ छ र सिधै डाउनलोड गर्न यहाँ जानुहोस ।

यो पनि एकदमै सानो अर्थात जम्मा ९०० जम्मा के. बि. को छ र यसले पनि नेपाली युनिकोड सपोर्ट गर्छ ।

Converber: १ के.जि. मा कति पाउण्ड हुन्छ?, ११ स्कवाएर फिट भनेको कति स्कवाएर मिटर हुन्छ ? वा २५ हर्स पावर भनेको कति किलोवाट हुन्छ?। तपाईलाई कार्यालयको काम वा आफ्नै घरायसी कार्य वा पढाईको सिलसिलामा दुरी, आयतन, आकार, तौल देखि लिएर कम्प्युटरको मापक परिमाण, गती अनी करेन्ट, तापक्रम, देखी लिएर मुद्रा रुपान्तरण समेत गर्नु पर्छ भने यो ज्यादैनै उपयोगी हुनेछ । साथै यसमा भएका डाटा सम्पादन गर्न मिल्ने र नया डाटा समेत थप्न मिल्ने भएकाले एकचोटी नया डाटा थपेपछि तपाई स्क्वाएर फिटलाई रोपनी र रोपनिलाई एकडमा पनि रुपान्तरन गर्न सक्नुहुन्छ ।

अत्यन्तै सानो आकार अर्थात जम्मा २५३ के. बि. को यो सफ्टवेयरको बारेमा जानकारी यहाँ र स्क्रीनशट यहाँ छ अनी सिधै डाउनलोड गर्ने धागो यो वा यो हो ।

Screamer Radio: हो, यो अनलाईन रेडीयो प्लेएर हो। तपाई, यदी म जस्तै कम्प्युटरमा काम गर्दै अनलाईन रेडियोबाट समाचार वा संगीत सुन्न रुचि राख्‍नु हुन्छ भने यो सफ्टवेयर तपाईलाई प्रिय लाग्न सक्छ । यसमा २-३ वटा नेपाली एफ. एम. सहित अंग्रेजी, हिन्दी र सैयौंको संख्यामा अन्य रेडियो स्टेसनहरु शुरुमै सेटअप भएर आउने छन भने अन्य नयाँ स्टेसनकोलागि तपाईले बेला बेलामा अपडेट गर्न सक्नुहुन्छ ।

यसमा तपाईले देसको नाम, भाषा वा संगीतको वर्गीकरणको आधारमा स्टेसनहरु रोज्न सक्नुहुन्छ र अझ रमाईलो कुरा सुन्दा सुन्दै कुनै गित, संगित मन परेमा त्यसलाई आफ्नो कम्प्युटरमा रेकर्ड समेत गर्न सक्नु हुन्छ ।

करिब 1.8 एम. बि. को यो सफ्वेयरको वारेमा जानकारी यहाँ छ । तपाई विन्डोज एक्सपि वा भिस्टा चलाउनुहुन्छ भने सो कोलागि सिधै यहाँ बाट यो सफ्टवेयर डाउनलोड गर्न सक्नुहुन्छ र अन्य अपरेटिङ सिस्टमकोलागी यहाँ गएर आफुलाई मिल्ने भर्सन छान्नु होला ।

Traybar: यदि तपाईलाई कुनै फोल्डर, फाईल वा प्रोग्राम आदी बराबर चलाउनु पर्छ र ति फोल्डर, फाईल वा प्रोग्रामहरु डेस्कटप वा स्टार्ट मेनुमा छैनन वा राख्‍न मिल्दैन भने तपाइ यो सफ्टवेयर प्रयोग गर्न सक्नुहु्छ । यो तपाईको Taskbar मा सानो ठाँउ लिएर बस्छ र यसमा तपाईले अनगिन्ति फोल्डर, फाईल वा प्रोग्रामहरुको सर्टकट राख्‍न सक्नुहुन्छ ।यसले करिब करिब दोस्रो स्टार्ट मेनुको काम गर्ने छ। यसकोलागी यसको Option मा गएर "Shell context menus" मा गएर check mark लगाउनुहोस। अब तपाईले कुनै पनि फोल्डर, फाईल वा प्रोग्राममा क्लिक गर्ने बित्तिकै राईट क्लिक मेनुमा "Add to traybar" देखीने छ र तपाई कुनै पनि फोल्डर, फाईल वा प्रोग्रामलाई एकै क्लिकमा खोल्न मिल्ने गरी यसमा राख्‍न सक्नुहुन्छ ।

यसको बारेमा जानाकारी लिन यहाँ जानुहोस । कम्प्युटरमा ईन्सटल गरि प्रयोग गर्न यहाँ र सिधै 'वहनीय' रुपमा प्रयोग गर्न यहाँ जानुहोस ।

Use legally free software and enjoy!

19 comments:

  1. Thank you Dilip ji for an informative post...

    ReplyDelete
  2. informative posts dai !!!

    ReplyDelete
  3. उपयोगि मुलक जानकारिको लागि धन्यबाद दिलिप जी ।

    ReplyDelete
  4. सारै उपयोगी जानकारी

    ReplyDelete
  5. सार्है उपयोगी पोस्ट । आजकाल जमाना नै open source software हरु को छ, परे सम्म पैसा खर्च नै नगरि काम चल्छ । हुन त Online यि सबै कुरा हरु गर्न मिल्छ, तर बत्ती वा इन्टरनेट को ठेगान नभएको बेला यि झन सार्है उपयोगी हुन्छन ।

    FYI मेरो open source सफ्टवेरहरु को repository यो site हो www.sourceforge.net
    यसमा धेरै फ्री उपयोगी सफ्टवेरहरु भेटिन्छन्

    ReplyDelete
  6. very informative post. thanks!

    ReplyDelete
  7. Very informative. Thank you!

    ReplyDelete
  8. तपाईँको ज्ञानको ज्योतिले त असाध्यै पोषण पो दियो सबैलाई । म पनि यी सफ्टवेयरमा रत्तिनेछु ।
    यति जोरजामको निम्ति सादर धन्यवाद !

    ReplyDelete
  9. for unit conversion one can use google search.
    Such as 1 kg in pound will give you the value of 1 kilogram = 2.20462262 pounds.

    However, your tools may be valuable for offline use.

    ReplyDelete
  10. मैले चैं कुनै दिन यहाँ भएका कुराहरुको खाँचो पर्न गएछ भने यहाँ छ भन्ने हेक्का सम्म राखेँ है अहिलेलाई ।

    ReplyDelete
  11. its very good ....thanks for that ..Dilip Ji

    ReplyDelete
  12. nice info dilip dai....

    ReplyDelete
  13. धन्यवाद छ निसुल्क उपलब्ध भएका यस्ता सफ्टवेरहरुको बारेमा जानिकारी गराइदिनु भएको मा

    ReplyDelete
  14. sir thank'ss for this infromation,

    ReplyDelete
  15. really good information for me and another persion
    thanks for information..

    ReplyDelete
  16. मैले Everything अनजिप गरेर चलाएँ , यसले मैले सोचेको भन्दा धेरै छिटो काम गर्यो । धन्यवाद दिलीप सर ।

    ReplyDelete
  17. डाँडाबजारआएपछि मैले बस छाडिदिएँ र त्यहीँ बसें । केदार भाइले होटलमा खानाको इन्तिजाम गरेका रहेछन् ज्यादै पीरो । त्यसपछि मैले परानो साथी छत्र याखाको खोजी गर्नतिर लागें । उनी गाविसमा कर्मचारी रहेछन् । केहीबेर घाममा बसेर कुराकानी भयो । डाडाँबजार गाविसमा मानिसहरु कम्प्युटर गरिरहेका थिए इमेल पनि चलाइरहेका थिए । मलाई अचम्म लागेर सोधें कुन सिस्टम हो यहाँको इन्टरनेटको छानामा एउटा सानो छाता थियो वार्दलीमा एउटा डिभाइस झुण्ड्याएको थियो । छत्र जीले एउटा काफ्ले भाइ आउँछ यसैलाई थाहा छ यो प्रविधिका बारेमा भनेर जवाफ दिनुभयो । पछि ती भाइ आइपुगे । दुब्लो किशोर नाम पनि किशोर काफ्ले । घरमा बाबैले दुईटि आमा ल्याएका छन् रे सधैंको किचलो । तर उनी प्रतिभाशाली रहेछन् । प्रथम श्रेणीमा एुएलसी उनी ११ मा पढ्दै गरेका । एक अमेरिकी कम्पनीसित मिलेर हुलाक सेवा विभागले यो वायरलेस इमेल-इन्टरनेट प्रविधि नेपालमा भित्र्याएको रहेछ । धनकुटामा पाखि्रवास भेडेटर र डाँडाबजारमा यो प्रविधि रहेछ । डिभाइसको माध्यमबाट मजाले इमेल-इन्टरनेट चलाउन सकिने । गाउँमा कम्प्युटर सिक्ने र इमेल इन्टरनेट चलाउने अनि सिक्नेको भीड । आइटी भनेपछि हुरुक्कै हुने किशोर सबैका गुरु रहेछन् । गाउँमा रहेका यस्ता किशोरजस्ता प्रतिभालाई टेक्निकल विषयमा अध्ययन गर्न विदेश पठाउन सके देशलाई नै फाइदा हुने थियो । किशोर र डाडाबजारको सो प्रविधिका बारेमा म छुट्टै शीषर्कमा लेख्नेछु ।

    ReplyDelete
  18. दिलिप सर जी
    मलाइ त यो साइट धेरै राम्रो लाग्छ । अझ यो निशुल्क पाइने सफ्टवयरको बारेमा जान्न पाउँदा त झन आभारी भएँ ।
    धन्यबाद दाइ ।

    ReplyDelete
  19. great computer tips
    Dilip daai

    ReplyDelete