13 May, 2009

फेसबुकको नाता- बुद्ध, गान्धी र ओबामा अंकल।

सानै हुँदा सुनिन्थ्यो नेपालको राजनीतिको पहिलो तरंग नया सडकको पीपलबोटबाट शुरु हुन्छ । त्यसताका राजधानीबाट नीसक्ने सबै पत्रीकाको ‘मण्डी’ त्यहि भएकोले त्यो कुरा धेरै हदसम्म साँचो पनि थियो ।

अहिले समय बदलीएको छ, कागजका छापामा एकदमै नयाँ वा तात्तातो खबर अबका दिनमा भेटिन्न भन्दा पनि हुन्छ । हरेक नयाँ घटना कुनै न कुनै रुपमा ‘अफलाईन-कागजे पत्रीका’ मा छापीनु पुर्व नै भिन्न भिन्न अनलाईन माध्यमद्वारा सार्बजनिक भैसकेका हुन्छन आजकल । कुरा अझ प्रष्ट गर्दा अनलाईन पत्रीकामा छापीनु पूर्व पनि धेरै जसो ‘ब्रकिङ न्यून’ फेसबुकमा टाँसीईसकेका हुन्छन ।

फेसबुक अब ईण्टरनेटको पाना भन्दा पनि अलिकता ‘एक्टिभ’ हुनेकोलागी ईमेल ठेगाना जस्तै आधारभूत आवश्यक्ता भैसक्यो भन्दा अत्युक्ति नहोला सायद । अनी त्यहि हिसाबमा हेर्दा यो सामाजिक सञ्जालको माध्यम सशक्त सुचनाको माध्यम पनि भैसकेको छ। तर कहिलेकाहि यो सञ्जाले तपाईसंग ठट्टा पनि गर्छ । कहिले नाम नै नसुनेको मान्छे तपाईको मित्र वा परिवार सदश्‍य बन्छ भने कहिले भिन्न भिन्न बिचार राख्‍नेरुको बिचमा राजनैतीक वा अन्य कुनै बहसमा दोहोरी खेल्ने मञ्च पनि।

आउनुहोस, आज फेसबुकमा मैले भेटेका केहि मजाकहरुका स्क्रीनशटहरु लाई जस्ताको त्यस्तै सार्बजनीक गरौं (हुन त फेशबुक आफैंमा सार्बजनीक सञ्जाल हो र यसमा राखीएका सामाग्रीहरु जो कसैले पनि आफैं हेर्न सक्छन, तैपनि यस पोष्ट मार्फत कुनै व्यक्ती, वाद वा बिचारको खिल्ली उडाउनु भने मेरो आशय हैन)

कुरा शुरु गरौं भर्खरैको नेपालको तातो खबरबाट। मलाई गएको हप्ता एकै दिन दुइ जना भिन्न मित्रहरुबाट एकदमै बिपरीत र पूर्ण पृथक दुईवटा समुहमा सामेल  हुन निम्ता आयो:

(स्क्रिनशटलाई ठूलो बनाएर हेर्न त्यसैमा क्लिक गर्नुहोला)

love n hate ती दुई समुहमा कुनमा जाने भन्ने निधो गर्न भ्याएको थिईन सायद निम्ता गर्नेहरु प्रतिक्षा गर्न अधिर भएछन क्यार झन एक कदम अगाडि र कडा यस्तो समुहमा सरीक हुन निम्ता आयो :

More straightखोजी पसेमा यो भन्द कडा शब्द भएका अरु धेरै समर्थन र बिरोधका पेजहरु पनि भेटिनेछन । यसै क्रममा फेशबुक चलाउन थाले देखी अहिले सम्मकै हिसाब गर्ने हो भने पूर्व राजा देखी हालका राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री लगाएत गिरिजा कोईराला र जंगलमा ध्यानस्थ रामबहादुर बम्जनको समेतको साथी बन्न आएको मेसेजको एक झलक पनि राख्दैछु :

all

रमाईलो कुरा के भने, यी सबै नक्कली भए पनि सबैसंग कोहि न कोहि साझा साथीहरु पनि छन ।

त्यो बाहेक केहि रमाईलो समुह वा फ्यान कल्बका झलकहरु:

पहिला; करिब करिब एकै समयमा शुरु भएका यी दुई ग्रुप:

Buddha dispute

यो:

ls

र यो पनि:

 gandhi

यी त भए मानिसहरु आफैले बनाएका समुह र क्लबहरु। तर कहिलेकाही फेसबुक आफैं पनि बहुलाउँदो रहेछ। नपत्याए तलको स्क्रिनशट हेर्नुस त:

crazy र अन्तमा यो पनि :

uncle obama

अमेरिकाका राष्ट्रपति आफ्नो काका भएको मात्रै हैन उताबाट सो कुराको पुष्टी समेत भएको र यस्तै खाले मेसेजहरु तपाईहरुले पनि पाउनु भएको हुनुपर्छ।

तर माथीको Dilip Acharya wrote at ‘tomorrow’  भने हत्तपत्त भेट्न गाह्रै होला।

जे होस फेसबुक कहिले न्युरोडको पिपलबोट हुन्छ त कहिले फेशबुक कै कुनै खबर वा ‘एलर्ट’ले तपाई अकमक्क पनि पर्न सक्नु हुन्छ ।

कहिले काहि आउने यस्ता बेतुकका खबरलाई ध्यान नदिने हो भने फेशबुक वा यस्तै सामाजिक सञ्जाल साँच्चै सामाजिक हितमा प्रयोग हुनसक्ने धेरै सम्भाव्यता म पनि यसमा पाउँछु । अन्तमा जत्ती मजाक गरेपनि अहिले मलाई त्यहि फेसबुक खोल्न फेरी हत्तार भैसककेको छ, त्यसैले आजलाई यत्ती ।

11 comments:

  1. हो दिलीप जी, आजकल यो फेसबुक नामक डिजिटल चौतारीमा के के सुनिन्छ केके देखिन्छ, साथी हरुसंग संपर्कमा रहीरहन मात्र नभै अन्य धेरै रमाइला क्रियाकलाप देखन र सहभागी हुन सकिने खूब मजाको नेट्वर्किंग साईट । वास्तविक कुरो मैले पनि फेसबुकको नेटवर्क ब्लॉग मार्फ़त तपाईको यो साझा चौतारीमा पाइला टेकेको हो र तपाई लाइ चिन्ने अवसर पनि जुरेको हो। थ्यांक्स फेसबुक ! फेसबुककी जय !

    ReplyDelete
  2. फेसबुको रमाइलो चाखिरहेको 'मनुखे'लाई त्यसैबारेको चटनी पाउँदा त देउतै फेला परे जस्तो काइदा लाग्यो ।
    फेसबुक फेसनको रूपमा नेपाली सहरिया जीवनशैलीको अभिन्न पाटो बन्दै गरेको बेला म भने यसको दुरुपयोगको गाईजात्रे लीला पनि देक्दैछु है ! हुन त प्रविधि र साधन उपयोग गर्नैलाई हो, तर यसको सीमा र शक्ति नजान्दा लिनसक्ने फाइदा असुल्नबाट वञ्चित भइरहेका हुन सक्छन् कतिजना, कतिजनालाई भने जानीबुझि टहलिने मेलो मात्र हुन्छ । सामाजिक सञ्जाल फेसबुक पनि हुन त टहलिने खुला गोरेटो नै हो । जुन कुराको जति प्रयोग बढ्यो त्यसमा त्यति नै नानाथरी कुरा निस्कँदै जाने न हुन् । फेसबुकको 'फेस' पनि त्यस्तै डण्डीफोरले ग्रस्त नभइरहन कसरी पो सक्थ्यो र ?
    मज्जा चखाउनुभएकोमा धन्यवादको फुर्को त यहाँ राख्‍नैपर्‍यो ।

    ReplyDelete
  3. रमाइलो लाग्यो!

    ReplyDelete
  4. फेसबुक को असर नै यस्तै छ ! निकै रमाइलो लाग्यो ।

    ReplyDelete
  5. hijo aaja marketing ra advertisement ko baliyo madham baneko chha social networking site haru. tehi bhayera pani yesta site haru dherai nai badhi raheka chaan. yauta kura chai sacho ho its join the people of similar thought

    ReplyDelete
  6. sachai dilip ji jhan malai ta became a fan ma "we hate to became a fan" ko request aayeko thiyo

    ReplyDelete
  7. मैले पहिलो पटक फेसबुकको प्रयोग 'पेरूकी केटी'को कारणले गरेको थिएँ | 'how you express your feeling' भनेर मैले सोध्दा उसले भनेकी थीई 'we use facebook' | मैले त्यै दिन फेसबुक एकाउन्ट खोलें | केही अघि सम्म त फेसबुकमा उ मेरी साथी नै थीई | अहिले भने केही कारण बस ऊ फेसबुकमा छैन |

    फेसबुकमा जोडिए यता मैले थुप्रै साथीहरु पाएको छू | मेरो लागी यसको प्रयोग दिन प्रतिदिन बढ्दै छ | मेरो गूगल क्रोम ब्राउजरमा अहिले यो जीमेल, ब्लगस्पट, माईसंसार, यू-ट्यूब र हाई फाइव पछि ६ नम्बरमा छ |

    ReplyDelete
  8. रमाइलो लाग्यो ल मलाई त। कहिले काही त अचम्मै पार्छ तनी।

    ReplyDelete
  9. सार्है रमाइलो compilation

    ReplyDelete
  10. दिलिप जी अतिनै राम्रो लाग्यो।
    अरु भन्दा पनि गान्धिलाई
    नेपाली धाका टोपीले कती सुहाएको होकी?
    वा वा दिलिप जी, क्या मजा अयो हेर्न र पढ्नलाई।

    ReplyDelete
  11. Ramaailo paksha haru sametnu bhayeccha . Tara yo pani lat lagepachhi churot rakshi jasto hurukkai banauchha tyo chahi Ali dar lagdo paksh ho hai

    ReplyDelete