07 June, 2009

के तपाईको ब्लग ईन्टरनेट एक्सप्लोररमा खुल्दैन ?

“Operation aborted” भन्ने मेसेजले हैरान हुनुहुन्छ ?

बिगत केहि दिन देखी प्राय: हामी सबैको (ब्लगरमा दर्ता गरिएको) ब्लग खोल्न लाग्दा एउटा इरर मेसेज आएर हैरान गर्ने गरेको छ। विशेष गरी ईन्टरनेट एक्सप्लोररको सबै भर्सनमा यो समस्या बढि देखिएको छ भने यदा कदा फायरफक्स वा क्रोमबाट पनि ब्लग पेज नखुलेको कुरा साथीहरु मार्फत ज्ञात हुन आएको छ।

म, यो वेबपेज र ब्लगरका कोडहरुको बारेमा एकदमै कम जान्ने भए पनि आफनै पेज पनि नखुलेकोले आज बिहान देखी यसको कारण खोज्न ‘छुक-छुक’ गर्न थालें । यस क्रममा ब्लगलाई केहि हप्ता अगाडि ‘घचेट्ने’ लगाएत आफ्नो पुरानो टेम्प्लेट रिस्टोर सम्म गरें । तर अन्य ब्राउजरबाट खुले पनि ईन्टरनेट एक्सप्लोररबाट भने मेरो व्यक्तिगत लागाएत कार्यालयको ब्लग पनि खुलेन र एउटै पुरानो :

“Internet Explorer cannot open the Internet site http://: .......blogspot.com.
Operation aborted”

भन्ने मेसेज मात्रै आईरह्‍यो।

त्यसपछि साईडबारमा रहेका कुनै widget वा Gadget ले गर्दा यो समस्या आएको हो कि भनेर पालै पालो एक–एक गर्दै साईडबारका अबयबहरु हटाउन शुरु गरें । हुन त मेरो ब्लगमा खासै धेरै थर्ड पार्टी Gadget राखिएका छैनन, तैपनि ती सबैलाई हटाएर हेर्दा पनि समस्या जस्ताको त्यस्तै रह्‍यो ।

अन्तमा ‘यो पनि गरेर हेरौं न त’ भन्ने लागेर गुगलका Gadget पनि पालै पालो हटाउन थालें । अचम्म !, गुगलको "Followers" हटाएपछि भने अहिले मेरो ब्लग ईन्टरनेट एक्सप्लोरर लगाएत सबै ब्राउजरबाट सजिलै खुल्ने भएको छ ।

Followers 1 स्मरणीय छ, केहि समय अघि मात्रै गुगलले आफ्नो ‘Followers’ widget लाई अझ बहुउपयोगी बनाउने क्रममा, मुख्य पेजबाटै सबै फलोअरहरु लाई एउटै पेजमा हेर्न मिल्ने गरी यो स्क्रिप्टलाई परिमार्जन गरी दायाँपट्टी एउटा क्लिक गर्न मिल्ने अनुप्रयोग राखेको थीयो । म, गलत पनि हुन सक्छु, तर करिव-करिव सोहि समय देखी ईन्टरनेट एक्सप्लोररमा यस्तो समस्या आउन थालेको जस्तो लागेर मैले आफ्नो कार्यलयको ब्लगबाट पनि ‘Followers’ widget हटाएँ। अहिले सो ब्लग पनि बिना समस्या खुल्न थालेको छ।

हाल मैले मेरो ब्लगमा सो ‘Followers’ widget हटाएकोले यो ब्लग अहिले तपाईरुको ईन्टरनेट एक्सप्लोरर बाट खुल्ने नखुल्ने हेर्नु होला। आफ्नो पेजमा पनि यो समस्या छ भने एकपटक ‘Followers’ widget हटाएर हेर्नु होला ।

मैले गुगल र ब्लगर हेल्प ग्रुपमा पनि यो समस्या र मेरो अनुभव भर्खरै राखेको छु, कुनै उपाए पत्ता लागेमा यहाँ अपडेट गर्ने नै छु ।

Happy Blogging!

अपडेट:

भर्खरै ब्लगर हेल्प ग्रुप बाट मलाई यो समस्याको स्थाई निराकरणको प्रयाश भै रहेको र ‘Followers’ widget लाई साईडबारको केहि तल राख्दा पनि समस्या समाधान हुन सक्ने जबाफ आएको छ । साथै तलको लिन्कमा हेर्दै गर्न सुझाब दिईएको छ:

http://tinyurl.com/pcu966

कुनै कुनै ब्लगमा भने inline comment बाट popup comment मा परिवर्तन गर्दा पनि समस्या समाधान भएको बताईएको छ। तर ब्लगर आफैं यो समस्या समाधान गर्न लागी परेकोले यी सबै अस्थाई समाधान भन्दा राम्रो र स्थाई समाधान छिट्टै आउने आशा गर्न सकिन्छ । तलको लिन्क पनि हेर्नु होला:

Internet Explorer and "Operation Aborted" - May 2009

16 comments:

  1. फायरफक्सबाट खोल्दा यस्तो समस्या मैले नि भोगेको छु। अब फेरी पनि दोहोरिएमा तपाईले अपनाउनुभएकै विधि अपनाउनु पर्ला। जानकारीको लागि धेरै धन्यवाद दीलिपजीलाई।

    ReplyDelete
  2. मैले भने हिजो मात्रै एकचोटि यो समस्या ताहा रूपमा भोगेँ । IE मा बढ्ता यो समस्या भयो होला जस्तो लाग्यो । हिजो विमलजीको ब्लगमा कमेन्ट गर्ने यो चेतावनीले कायल बनायो । समस्या यस्तो पो रहेछ । प्राविधिक कुरा अलिकता कसरमसर भयो कि त गडबड भइहाल्छ । लाग्छ- यो समस्या अल्पकालीन हो, गुगलकै प्राविधिक खराबीले यस्तो भएको होला ।

    धन्यवाद दाइ सुल्झाइको लागि,
    अहिलेसम्म मेरो ब्लग हेराइमा कठिनाइ आएको मित्रजनबाट पुष्‍टि भएको छैन, नत्र भने दाइकै अनुसरण गरेर 'Followers'लाई गायब पार्नुपर्ला ।

    ReplyDelete
  3. मलाई अहिले दिलीपजीको यो टाँसो पर्खनु पर्ने रहेछ भन्ने लागीरहेको छ । थाहा पनि भएन यो टाँसो नै आउँछ भनेर नत्र यही समस्याको पोको ईमेलमा दिलीपजी सामु फुकाउनु पर्थेन कि ?

    केहि दिन देखि हैन निक्कै दिन देखि म हैरान छु यो समस्याबाट । फ्लोअर राखेकै भएपनि आफ्नो ब्लग खुल्ने गर्छ । दिलीपजीको ब्लगमा अहिलेसम्म यो समस्या आएन । अन्य धेरैमा यो समस्या परेर हायल कायल बनाईरहेको थियो । कतिपय ब्लगहरु खोलेर पढ्नै नपाईने । कतिपयमा भने ब्लग पढिसकेर कमेण्ट लेख्दा यो समस्या देखिएर कमेण्ट नै नजाने पनि भै रहेको छ । भर्खरै विमलजीको सिलिचुङमा नयाँ टाँसोमा भएको गीत हेरि/सुनिसकेर कमेण्ट लेख्न खोज्दा असफल भएँ । धाईबाजीको क्याफेमा पनि (धाईबाजी , मैले मेरो कम्प्युटरमा नै समस्या होला भनेर नभनेको) यो समस्या देखिएको थियो तर क्याफेमा कुनैबेला देखिने कुनैबेला नदेखिने गर्छ । (अनि फायरफक्स र एक्स्प्लोरर कुनै बाँकी राखेन मेरोमा त )


    मलाई चैं लौ जा मेरो कम्प्युटर पो खत्तम भएछ भाइरसले भन्ने परेको थियो । त्यसैले नयाँ कम्प्युटर धरी किनेर ल्याएँ तर समस्या जस्ताको तस्तै अनि कतै मेरो डीएसएल ईन्टरनेट (महिना दिन अघिसम्म केबल ईन्टरनेट चलाउँदैथिएँ ।)
    सेवामा पो खराबी हो कि ? , क्षमता पुगेन कि भनेर (अलास्का कम्युनिकेशन सिस्टमको ) सेवा पनि ३ गुणा छरितो/राम्रो हुने गरेर थपेर हेरेँ (पैसाको नास) र पनि अझै यो समस्या ज्युँ का त्युँ छ । त्यसैले त हो आजै दिलीपजीलाई ईमेल गरेरै गुहार्न सम्म पुगेको ।

    कतिपय फ्लोअरहरु भएका ( आफ्नै समेत ) ब्लगहरु राम्रै खुल्छन् तर पनि समस्या त्यै हो भने ( हो भने पनि होईन भने पनि ) अब तुरुन्तै आफ्नोबाट चैं हटाईदिने बिचार गरेँ । हुनपनि यो ढुङ्ग्रीमाथी बुलाकी चाहिने पनि होईन नि ।

    ReplyDelete
  4. खै, यस्तो चाँहि भै'हालेको छैन तर पनि बेला बेला मा कतै कतै ब्लग खुलेन भनेर गुनासो आउने भने गरेको छ ।

    ReplyDelete
  5. http://kuwaitspandan.blogspot.com/7/6/09 3:11 PM

    Tapain afai master hunuhunccha.... petroleum bare malai kehi pani sodhnu hos, jawab dine chhu tara blog/ Internet sambandhi janakari nikai thorai nai chha...

    Tapain ko blogma mahabharat jastai sabai ayam ra vishaya haru shamil bahye jasto lagyo.

    Tapain ko blog ko ma fan bhayen sathai Sujanjeu ko pani... India janda bhetne prayash garne chhu.
    Brilliant Nepali couple.....!

    ReplyDelete
  6. ए समस्या यहानेर पो रहेछ बल्ल पो थाहा भयो, म पनि दीपकजीले जस्तै मेरै कम्प्युटरको खराबी होला भन्दै थिए, मलाइ चाहि विशेष गरि अन्य लिंक बाट जोडिएर वेब साइट खोल्दा (जस्तो फेसबुक वा ब्लगरोलको लिंकबाट साइट खोल्दा )त्यस्तो समस्या देखिएको थियो भने ब्राउजरमा डाइरेक्ट ठेगाना टाइप गरेर हेर्दाचाहि खुलेको थियो । जानकारी मुलक टासोको लागि धेरै धन्यवाद !

    ReplyDelete
  7. धन्यबाद दिलिप दाइ!

    यो सप्ताहान्तमा कच्याक-कुचुक ब्लग चलाईरहेकै छु, तर मैले चाहिँ त्यो समस्या भोगेको छैन अझै। IE मा हेरेको छैन, Firefox मा भने ठिक छ।

    ReplyDelete
  8. मैले चैँ क्रोमको जन्म भएदेखि नै क्रोम चलाउन थालेँ । एक्स्प्लोरर त सौताको छोरो नै भएको छ मेरा लागि । त्यहि भएर त्यसको समस्यासँग त्यति जानकार छैन म । भोलि यो समस्या नआउला भन्न सक्दिनथेँ । त्यहि भएर धेरै धन्यवाद दाइ यो टाँसोको लागि ।

    अनि मैले धेरै ब्लगमा फलो गरेँ तर फलोमा मेरो नाम नै देखाउँदैन । के भाको होला यस्तो ??

    ReplyDelete
  9. सायद ३ हप्ता भयो होला मलाई पनि यस्तो समस्याले सताएको त्यहा देखि म त गूगल क्रोमे नै use गर्छु कुनै समस्या छैन |
    मैले त २ वटै एक्स्प्लोरर प्रयोग गर्ने गरेको छू | नत्र त पढ्न नै नमिल्ने - ब्लगहरु |
    तर सबैको समस्यालाई उठाउनु भएको रहेछ - राम्रो प्रयास को लागी धन्यबाद !

    ReplyDelete
  10. प्रवेशजी, सायद यो समस्या IE मा मात्रै देखीएकोले पनि गुगल (ब्लगर) नतातेको हुन सक्छ ।

    तपाईले फलो गरेको ब्लगमा तपाई नदेखिनुको कारण भने anonymously follow भएको हुनसक्छ।

    त्यसको लागी एक चोटी http://www.blogger.com/manage-blogs-following.g मा जानुहोस (लगईन गर्नु भएको छैन युजर नेम र पासवर्ड हाल्नु पर्छ)

    तपाई "Manage Blogs I'm Following" भन्ने पेजमा पुग्नु हुन्छ । त्यहाँ तपाईले फलो गर्नु भएको ब्लग 'Public' वा 'Anonymous' के छ देखिने छ। अब 'Anonymous' फलो भएको ब्लगको पछाडि रहेको 'Settings' मा क्लिक गर्नुस अनी 'You are following anonymously'मा क्लिक गरी फेरी "Follow Publicly" मा चेक मार्क लगाउनु होला।

    ReplyDelete
  11. दिलिपजी को अघिल्लो पोस्टमा पनि मैले यो कुराको हल्का जानकारि गराएको थिए कम्मेन्ट बक्स मार्फत । मलाई पनि मेरोमा मात्रै होला भनि भान भैरहेको थियो तर धेरै साथिहरुमा रहेछ । बसन्त जीको ब्लगमा प्रतिकृया लेख्न धेरै पटक प्रयास गरे तर यहि समस्याले गर्दा असमर्थ भए धेरै पटक । यस्तै बिमल् जी र दिलिप जी तपाइको आफ्नैमा पनि एक् दुइ पटक् यस्तो भयो। सल्लाह बमोजिम क्रोमबाट चलाउन थालेको छु । तर अहिले त IE बाट पनि खुलिरहेको छ । यदि समस्याले सताउन थाल्यो भने हटाउनु पर्ला followers । बिस्तृत जानकारिको लागि धन्यबाद दिलिप जी ।

    ReplyDelete
  12. मैले अरू मित्रहरूको ब्लगमा भने होइन, आकारजी को ब्लगमा प्रवेश गर्दा भने किन हो यो समस्या भोगेको छु | मेरो आफ्नै ब्लग त भर्खर सुरुवातमा छ | यो सही नै हुन सक्छ ,पछी समस्या आए विचार नगरी नहोला | जानकारीका लागि दिलिपजी लाई धन्यबाद छ |

    ReplyDelete
  13. गुगल क्रोम को फ्यान भएर होला .. मलाई चाहिं यो समस्या ले छोएन |

    यो बारेमा अरुभाषा क ब्लग मा हिजो अस्ति नै चर्चा देखेको थिएँ | यो पोष्ट देखे पछी भने इन्टरनेट एक्स प्लोरर खोजेर मैले नि ट्रा ई मारें ... तर अचम्म मेरो ब्रा उजर मा भने ब्लगर को सबै पेज हरु दना दन खुलिरहेको छ ... सबै साथि हरुले यो पोष्ट पढेर अघि नै कुरो मिलाउनु भो कि क्या हो ?

    जे होस् दाइको समय मै अनुसन्धान र प्रयोग गर्ने कुरा ले चाहिं मलाई कायल नै परेको छ |

    ReplyDelete
  14. अहिले सम्म त मैले यो समस्या भोगेको छैन। आयो भने हेर्नुपर्ला

    ReplyDelete
  15. this problam is cause by java coding in your template some IE do not undestand java coding and resut this types of activities. May be you are right and you can say that by removing Flowers we can reduce this type of problem

    ReplyDelete
  16. My Blog (Prabin ji!)

    Welcome, and thanks for your comment.

    It is indeed problem of java, that IE is not able to understand and handle properly.

    As I have already mentioned in this post that, after the recent enchantments in followers widget,IE is not able to handle it correctly.

    As, Blogger Engineers are aware about this and are working to resolve it, I hope this will be solved soon.

    ReplyDelete