11 September, 2011

प्रविधिका मजाकहरू !

प्रविधिले पनि कहिलेकाहीँ ठट्टा गर्छ । वा कुरालाई अझ सरल बनाउने हो भने कम्प्युटर अनि कम्प्युटर सफ्टवेयर वा एप्लीकेसनले कहिलेकहीँ गज्जबको मजाक गर्छ भन्दा सही हुन्छ ।

मान्छेले नै बनाएको भएर सायद यो पनि कहिलेकाहीँ झुकिन्छ, कहिलेकाहीँ मात्तिन्छ र कहिलेकाहीँ यसले प्रयोगकर्तालाई समेत झुक्याउँछ । पत्याउनुहुन्न ? । आजको पोस्टमा भएको मैले जम्मा पारेका केही स्क्रिनशट हेर्नुस्: (यी सबै स्क्रीनशटहरू मैले कम्प्युटर चलाउँदा बेला-बखतमा जम्मा गरेको हो र यसमा कुनै चलाखी गरिएको छैन, मतलब सबै तस्बिरहरू वास्तविक हुन र यसलाई कुने इमेज इडिटरले म्यानुपुलेट गरिएको छैन ).

यो हेर्नुस मलाई मेरो कम्प्युटरले गरेको पहिलो मजाक:

Computer Fun

बुझिएन ? । यो धेरै अगाडि लिईएको एउटा स्क्रिनशट हो । मेरो घरमा त्यतिबेला १२८ केबिपिएस को इन्टरनेट स्पिड थियो । तर यहाँ 64.3 MB/sec देखिन्छ । अर्को मजाक त्यत्रो स्पिडमा १० एमबी डाउनलोड गर्न केही सेकेन्ड लाग्छ त Hot smile

तल फेरि अर्को गज्जबको ठट्टा छ । यो पनि धेरै अगाडिकै हो । एक चोटी कुनचाहीँ भिजिटर काउन्टर राम्रो हुन्छ हेर्नु पर्‍यो भनेर एकै पटक दुइटा काउन्टर ग्याजेट ब्लगमा हालेको थिएँ । त्यसको रिजल्ट यस्तो देखियो :

Computer Fun 2

एउटै समयमा एउटा ग्याजेटले ३ जना र अर्कोले २ जना भिजिटर देखाएपछि एकछीन त रनभुल्ल परियो । पछि भने दुई मध्ये कुनै एकले मजाक गरेको ठानेर हासेँ । अहिले सोच्दैछु सायद दुइैटैले पो मजाक गरेका थिए कि Angel

भिजिटर काउन्टरकै कुरा गर्दा माथिको भन्दा पनि भद्दा मजाक पनि मलाई गरेको छ यो काउन्टर ग्याजेटले । त्यसैले नै मैले माथिको क्याप्सनमा लेखेको हो :"सायद दुईटैले पो मजाक गरेका थिए कि" भनेर । ल हेर्नुस यो भद्दा मजाकको स्क्रिनशट:

Computer Fun 3

यस्तो पनि कहीँ हुन्छ त? । कुनै पनि भिजिटरले सो पेज हेरेको बेलामा 'शुन्य भिजिटर' देखिनु प्राविधिक रूपमा असम्भव हो । तर मेरै ब्लगमा यस्तो भयो । ए बाबा ! अरू कसैले नहेरे पनि त्यतिबेला मैले त हेरिरा' थेँ नि यो पेज। कसैले नहेरे यो काउन्टर नै देखिन्न । अनि कसैले यो काउन्टर देख्छ भने कमसेकम एकजना भिजिटर त देखिनु पर्ने नि Green with envy

काउन्टरले मात्रै हैन, फेसबुकले पनि मसँग धेरै पटक मजाक गरेको छ । फेसबुकले कसरी मजाक गर्ला र भन्ने सोच्दै हुनुहुन्छ भने तलको स्क्रिनशट हेर्नुस:

Computer Fun 4

"लाइक गर्नेमा २ जनाको नाम छ तर माथि भने जम्मा १ जना मात्रै देखाइएको छ । यो भने फेसबुकको एप्लिकेसन झुक्कीएको हो कि उसले मलाई झुक्याएको हो मलाई अझै थाहा छैन Thinking smile

त्यसो त फेसबुकले आजकल अलि बढी नै मजाक गर्छ । छिन छीनमा अफलाइन भएको मानिसलाई "अनलाईन" देखाउँछ भने कहिले "अनलाइन" लाई पनि नदेखाइदिएर च्याट विण्डो पुरै खाली देखाउँछ । तर जाँदा जाँदै केहि दिन अगाडि मैले फोटो अपलोड गर्दा फेसबुकको फोटो रिकगनिसन वा तस्बिर पहिचान गर्ने एप्लिकेसनले गरेको एउटा अर्को मजाक:

Computer Fun 6

ल हेर्नुस् । एउटा फोटोमा मलाई ने नचिनेर Ujjwal Acharya भन्दैछ भने अर्कोमा मेरो एकजना चाइनिज साथीको मंगोल-फेस देख्ने बित्तिकै ठाडै ' बेदनाथ भाइ ' भनेर ट्याग गर्न खोज्दै छ ।

आजलाई यत्ति । कम्प्युटरले गरेका मजाकका तस्बिरहरू अरु पनि छन् । केही त अर्कोपालीको लागि पनि त जोगाउनु पर्‍यो नि कसो ? Winking smile

7 comments:

  1. dilip dajulai chai sachhai prabidhile majak nai garecha hai

    ReplyDelete
  2. प्रविधिमै एकतमास डुलीरहने मान्छेलाई कहिलेकाहीं रमाइलो पनि गर्दिनु पर्यो भनेर आएका उपहार होलान, यी मजाकहरु !

    ReplyDelete
  3. रमाइलो :)

    ReplyDelete
  4. dada hajurlaai nai po chinena cha, really funny

    ReplyDelete
  5. hahaha....really nice post..Sometime computer tries to fool us...

    ReplyDelete
  6. i tried to send an article in your blog but i could n"t.

    ReplyDelete
  7. Ramesh Ji, send it to dacharya@facebook.com or acharyadilip@indiatimes.com

    ReplyDelete