13 January, 2012

ब्लगरले सुरु गर्‍यो Threaded Comment !

धेरै ब्लगरहरूले निकै समय अगाडि देखि खोजी रहेको र ब्लगरले सुधार गर्नु नै पर्ने एउटा अनुप्रयोग भर्खरै ब्लगरले सार्वजनिक गरेको छ । हो, ब्लगरले अबबाट थ्रेडेड कमेन्ट वा पाठकले लेखेको कमेन्टमा ब्लग सञ्चालकले सिधै उत्तर दिन मिल्ने सिस्टम सुरु गरेको छ ।

वर्डप्रेस लगाएत अन्य विभिन्न नि:शुल्क ब्लगस्पेस प्रदायककोमा यो सुविधा धेरै अगाडि देखि नै थियो र ब्लगरको सब-डोमेनमा ब्लग चलाउनेहरुले लामो समय देखि यसको पर्खाइमा थिए । ब्लगरले आफ्ना प्रयोगकर्ताहरू सँग विभिन्न समयमा लिने गरेको मत सर्वेक्षणमा पनि यो सुविधा सबैभन्दा बढि ब्लगरहरूले माग गरेको सुवीधामा पर्थ्यो। यसै कारण पनि ब्लगरले ढिला-चाँडो यो कमेन्ट सिस्टम चालु गर्नेमा करिब करिब पक्का नै थियो र मैले यसबारेमा मेरो यो पोस्टमा पनि लेखेको थिएँ।

हुन त Disqus लगाएत अन्य केही वेबवेस्ड सर्विस र ब्लगरको टेम्प्लेटमा केही थर्ड पार्टी स्क्रिप्ट वा कोडहरू थपेर पनि कमेन्ट सिस्टमलाई यस्तो बनाउन मिल्थ्यो। तर ब्लगर आफैँले यो सुविधा थपेपछि अब कुनै पनि तेस्रो ग्याजेट प्रदायक वा कोडको सहारा विना नै ब्लगर ब्लगमा यो थ्रेडेड कमेन्ट सुरु गर्न मिल्ने भएको छ ।

ब्लगरले Blog Feed ‘Full’ गरिएका र Embedded comment सक्रिय गराएका सबै ब्लगहरुमा यो थ्रेडेड कमेन्ट सुरु गरेको छ र यस्ता ब्लगहरूमा ब्लगरले आफ्ना पाठकले ब्लगमा उठाएका प्रश्नहरूको सिधा जबाफ दिन र पाठकहरू सँग अन्तरक्रिया गर्न अबका दिनमा पहिला भन्दा सजिलो भएको छ । (तलको चित्र हेर्नुस)

blogger Threaded Comment

यदि तपाईँले पनि आफ्नो ब्लगमा Blog Feed ‘Full’ गर्नु भएको छ र Embedded comment सक्रिय गराउनु भएको छ भने तपाईँको ब्लगमा स्वत: यो थ्रेडौड कमेन्ट देखिने छ । यदि छैन र आफ्नो ब्लगमा थ्रेडेड कमेन्ट देखाउन चाहनुहुन्छ भने यसो गर्नुस:

तपाईँ ब्लगरको नयाँ इन्टरफेस चलाउनुहुन्छ भने:

१ ब्लगरको ड्यासबोर्डबाट Settings >> Posts and comments >> हुँदै Comment Location ? भन्दा पछाडि रहेको ड्रप डाउन मेनुमा क्लिक गर्नुस र “Embedded” चयन गर्नुस ।

Comments

२ ब्लगरको ड्यासबोर्डबाट Settings >> Other >> हुँदै Allow Blog Feed ? भन्दा पछाडि रहेको ड्रप डाउन मेनुमा क्लिक गर्नुस र “Full” चयन गर्नुस ।

Feed

याद गर्नस यी दुबै सेटिङ्गमा परिवर्तन गरेपछि “Save Settings” मा क्लिक गर्न नभुल्नु होला

यदि तपाईँ ब्लगरको पुरानो इन्टरफेस चलाइ रहनु भएको छ भने यसो गर्नुस:

१ ड्यासबोर्डबाट Settings >> Comments >> हुँदै Comment Form Placement मा जानुस र त्यसको दायाँपट्टि रहेको “Embedded below post” चयन गर्नुस ।

Old comment

२ ड्यासबोर्डबाट Settings >> Site Feed >> हुँदै Allow Blog Feeds भन्दा दायाँपट्टि रहेको “Full” चयन गर्नुस ।

Old Site feed

यहाँ पनि यी दुबै सेटिङ्गमा परिवर्तन गरेपछि “SAVE SETTINGS” मा क्लिक गर्न नभुल्नु होला ।

थपथाप:

यदि तपाईँ ब्लगरको आफ्नै टेम्प्लेट प्रयोग गर्नुहुन्न वा ब्लगरकै टेम्प्लेटमा Heavy Customization गरेर प्रयोग गरिरहनु भएको छ भने यो थ्रेडेड कमेन्ट स्वतः: नदेखिन पनि सक्छ। यदि माथिको सेटिङ्गहरू मिलाइ सकेपछि पनि तपाईँको ब्लगमा थ्रेडेड कमेन्ट देखिएन भने यसलाई देखिने बनाउन निम्न तरिकाहरू छन्:

१ Revert widget templates to default: यो तरिका सजिलो छ र केही क्लिक मै यसले ब्लगमा थ्रेडेड कमेन्ट सक्रिय गराउँछ। यसको लागि:-

ब्लगरको नयाँ इन्टरफेस चलाउनुहुन्छ भने:

Dashboard>> Template>>Edit HTML>> (Proceed) "Revert widget templates to default" मा क्लिक गर्नुस र,

पुरानो इन्टरफेस चलाउनुहुन्छ भने:

Dashboard>> Design>>Edit HTML गरेर पेजको पुछारतिर भएको "Revert widget templates to default" मा क्लिक गर्नुस।

Light bulbतर याद गर्नुस तपाईले यदि आफ्नो ब्लग टेम्प्लेटको धेरै नै सम्पादन गर्नु भएको छ भने यो विधि द्वारा थ्रेडेड कमेन्ट सक्रिय गराउँदा बीचमा गरिएका केही ह्याक वा ग्याजेटले काम नगर्न सक्छ । त्यसैले यो विधि अपनाउनु अगाडि ब्लगरको नयाँ इन्टरफेस चलाउनुहुन्छ भने:

Dashboard>>Template>>Edit HTML>> (Proceed) "Save template" र

पुरानो इन्टरफेस चलाउनुहुन्छ भने:

Dashboard>>Design>>Edit HTML>> "SAVE TEMPLATE"

गरेर पुरानो टेम्प्लेट र सेटीङ्गको व्याकअप राख्नुहोस् ।

२ टेम्प्लेटको सम्पादन: यदि तपाईको ब्लगमा स्वत: थ्रेडेड कमेन्ट देखिएन र तपाईँ Revert widget templates to default: गरेर ब्लगमा प्रयुक्त थर्ड पार्टी कोड वा पुराना संरचना हराउन पनि चाहनुहुन्न भने यसो गर्नुस:

नयाँ इन्टरफेस चलाउनुहुन्छ भने, Dashboard>>Template>>Edit HTML>> (Proceed) गर्नुस ।

पुरानो इन्टरफेस चलाउनुहुन्छ भने, Dashboard>>Design>>Edit HTML मा जानुस र टेम्प्लेट कोड बक्समा निम्न कोड ग्रुप खोज्नुस:

<b:include data='post' name='comments'/>

यो कोडग्रुप टेम्प्लेटमा तीन वटा सम्म हुनसक्छ । अब भेटिएका हरेक कोडग्रुप लाई तलको कोडले विस्तापित गर्नुस: (माथिको कोड हटाएर यो कोड कपि पेस्ट गर्नुस)

<b:if cond='data:post.showThreadedComments'>
<b:include data='post' name='threaded_comments'/>
<b:else/>
<b:include data='post' name='comments'/>
</b:if>

अब "Save template" गर्नुस्, तपाईँको ब्लगमा थ्रेडेड कमेन्ट देखिनेछ Laughing out loud

Happy Blogging !

11 comments:

  1. This is a nice feature. I wonder what happened with all the suggestions Blogger took from the people.
    Thanks for sharing.
    :)

    ReplyDelete
    Replies
    1. दाई मेरोमा HTML छेडछाड गरेर ‘रिप्लाई’ देखियो तर पाठकले धेरै शब्दमा कमेन्ट लेखेको ठाउँमा अक्षरहरुका Leading line थोरै देखियो अर्थात् अक्षरहरु कोचरियो । सम्पादका लागि कमेन्टको कोड हेरेँ तर कहाँ के थप्ने, लेख्ने अलमल्लमा परेँ, कृपया बताइदिनुहोला ।
      Mero Comment codes yasto 6a.....
      ------------------------------------
      #comments h4 {
      margin:1em 0;
      font-weight: bold;
      line-height: 1.4em;
      text-transform:uppercase;
      letter-spacing:.01em;
      color: $sidebarcolor;
      }

      #comments-block {
      margin:1em 0 1.5em;
      line-height:1.3em;
      }
      #comments-block .comment-author {
      margin:.5em 0;
      }
      #comments-block .comment-body {
      margin:.25em 0 0;
      }
      #comments-block .comment-footer {
      margin:-.25em 0 2em;
      line-height: 1.4em;
      text-transform:uppercase;
      letter-spacing:.01em;
      }
      #comments-block .comment-body p {
      margin:0 0 .75em;
      }
      .deleted-comment {
      font-style:italic;
      color:gray;
      }

      #blog-pager-newer-link {
      float: $startSide;
      }

      #blog-pager-older-link {
      float: $endSide;
      }

      #blog-pager {
      text-align: center;
      }

      .feed-links {
      clear: both;
      line-height: 2.5em;
      }

      /* Main Content
      ----------------------------------------------- */
      .main .widget {
      border-bottom:1px dotted $bordercolor;
      margin:0 0 0.5em;
      padding:0 0 0.5em;
      }

      .main .Blog {
      border-bottom-width: 0;
      }

      Delete
    2. Nabin sir, I think, with this (threaded comment system)most voted top 3 'demands' has been addressed :).

      But, of course, there were several 'cool features ideas'. Hope those ideas will also be addressed soon.

      Delete
    3. राजेश भाइ, हुन त पुरै कोड राम्ररी नहेरी केही भन्न गाह्रै हुन्छ। तैपनि अहिले तपाईँले दिनु भएको कोड सरसर्ती हेर्दा लाइन हाटइ अलिकता बढाउँदा समस्या समाधान हुन्छ कि जस्तो देखिन्छ । एकचोटी यस्तो गरेर हेर्नुस त:

      तपाईँको कोड-ग्रुपमा भएको line-height:1.3em; लाई

      line-height:1.6em;

      बनाउनुस् । त्यसपछि भए-नभएको यहाँ लेख्नुस् है :)

      Delete
    4. भएन दाई, त्यो शब्दावली भएको कमेन्टसँग सम्बन्धित सबैमा उपरोक्त अंक सच्याइ हेरेँ र पनि भएन । हजुरको फुसर्दमा यसो कोड हेरिदिनुहालो । (यो भाइले सधैँ हजुरको टाउको दुखाउँछ है । माफी पाउँ :p)

      Delete
    5. राजेश भाइ,

      हुन त मैले पनि राम्री हेर्न भ्याएको छैन्। तर थ्रेडेड कमेन्टको CSS

      <b:includable id='threaded_comment_css'>


      </b:includable>

      भित्र छन् । त्यसैले बरु सुरुको
      .comments {
      clear: both;
      margin-top: 10px;
      margin-bottom: 0px;
      line-height: 1em;
      }

      मा भएको line-height: 1em; लाई line-height: 1.5em; वा तल माथि गरेर हेर्नुस् त :)

      Delete
  2. दिलिपजी, लेखको लागि धन्यवाद तर यस्को उपयोग गर्न सकिएन ? लेख अनुसरण गर्दा पनि केही शिप लागेन । यो ग्याजेट मैले पनि धेरै अगाडि देखी खोजेको हो । यदी केही अन्य उपाय छ भने जवाफ लेखनु होला ।

    ReplyDelete
    Replies
    1. मैले भर्खर तपाईँको ब्लगमा हेरेँ र कमेन्ट पनि लेखेँ। तपाईँकोमा थ्रेडेड कमेन्टले काम गरिरहेको छ :)। कुनै समस्या छैन् र कुनै उपाए पनि खोज्नु पर्दैन :)

      तपाईँको यो पोस्ट हेर्नुस् त !

      Happy Blogging !!

      Delete
  3. दिलिप जी उपयोगी जानकारी को लागी धन्यबाद। कृपया मेरो ब्लग मा एक नजर लगाउनु होला। तपाई हरु को सल्लाह र सुझाव को प्रतिक्षा मा छु।

    ReplyDelete
  4. Threaded Comment यो ले पनि गर्नु गर्यो दीलिप दाई । पहिला कमेन्टबक्सका कोडहरुमा धेरै नै परिवर्तन गरिएको रहेछ । अहिले यसले सबै भत्ताभुङ पारिदियो ।:( एड्मिनको कमेन्ट बक्स रिडरहरुको भन्दा बेग्लै बनाउनको लागि धेरै नै गुगल गरियो । कोडहरुसँग खेल्न त्यति नै साह्रो बल्ल बल्ल सफल भए । :)

    ReplyDelete