22 September, 2012

बाटो त चाइनाको …..♫ ♪ ♪ Ԓ ԓ ♪ ♪ ♫

अघिल्लो २ हप्ता केही व्यस्त रहेँ । ब्लगमा ‘सेड्युल’ मा राखेका पोस्टहरू स्वतः: पोस्टिङ्ग भइ नै रहे तर लेख्ने विषयहरू धेरै हुँदा-हुँदै पनि नयाँ कुरा भने लेख्न भ्याइएन।

कामको सिलसिलामा अघिल्लो २ हप्ता चिनका केही शहरहरूमा थिएँ । सायद पहिलेको कुनै अरू पोस्टमा पनि लेखिसकेको छु, केही महिनाको फरकमा चिनमा पुग्दा पनि ‘यता’ केही वर्षमा समेत नदेखिने विकास, निर्माण र सुधारका झलकहरू देखिन्छन् । त्यसमध्धे पनि बाटोको निर्माणमा चिनले निक्कै धन र ध्यान खर्चेको छ । ‘धनी हुन बाटो बन्नै पर्छ’ भन्ने चिनियाँ मान्यता अनुसार अहिले पनि शहर-शहर र गाउँ-गाउँमा नयाँ नयाँ ‘हाइवे’, सडक र पुलहरू बन्ने क्रम जारी छ । लाग्छ चिन साँच्चै बाटोकै कारण विकसित भएको छ र आउने दिनमा आज बन्दै गरेका बाटोका कारण अझ विकासको उचाइमा पुग्छ ।

आजको पोस्टमा चिनका बाटोका केही झलकहरू । प्राय: तस्बिरहरू चलिरहेको गाडि भित्रबाट र त्यो पनि मोबाईल फोनको क्यामेराबाट खिचिएकाले ‘क्वालिटी’ का छैनन् तर चिनको बाटोको क्वालिटी दर्शाउन भने पक्कै पनि काफी छन् होला। (तस्विर ठूलो पारेर हेर्न कुनै पनि तस्विरमै क्लिक गर्नुहोला - - सो तस्विर स्वतः: ठूलो आकारमा अर्को पेजमा खुल्नेछ)

China Road (6)

(आकाश खुलेर सेतो बादलले झनै सुन्दर बनाएको Beijing को बाटो)

China Road (7)

(‘आकाश’ बाट देखिएको Hubei  प्रान्तको Shiyan को बाटो)

China Road (3)

(Xi’ An को बाटो रातको समयमा – त्यसो त यहाँ कहिले रात हुन्छ थाहा नै हुँदैन)

China Road (5)

(Beijing –Tianjin बिचको हाइवे)

China Road (1)

(Chengdu – Xi’ An बाटोमा पर्ने एउटा सुरूङ मार्ग नजिकको दृश्य – यहाँ २० किलोमिटर लामो सुरूङ छ)

China Road (2)

(Tianjin कै अर्को कुना)

IMG_0298

(फेरि पनि Beijing - - घाम-छायाँको ‘दोभान’ मा)

9 comments:

  1. हेर्नु मात्रै त छ, यता कहिले हुने हो? :)

    ReplyDelete
  2. गज्जब चीनका गज्जब चिनियाँले बनाएका गज्जबका बाटाहरु!

    ReplyDelete
  3. जिरो प्रदूषण जस्तो देखिन्छ । के हो सर ?

    ReplyDelete
  4. धन्यबाद सुन्दर तस्बिरहरुका लागी

    ReplyDelete
  5. @ Paresh,

    'जिरो प्रदूषण' त हैन तर प्रदूषण एकदमै न्यून भने हो । हामी धुलो र धूवाँ भएको बाटो मात्रै देख्न अभ्यस्त भएकोले बाटोमा छारो उडेको र कालो मुस्लो नदेख्दा अचम्म भने लाग्छ :)

    ReplyDelete
  6. के र....अर्काको देश देखेर आरिसै मात्र त गर्नु हो हाम्ले!!!!

    ReplyDelete
  7. गज्जब पो रहेछ ।

    ReplyDelete
  8. त्यो २० किमी को सुरुङ भएर जादा उकुस मुकुस हुन्छ होला कि?

    ReplyDelete