12 January, 2013

त्यसै भा छ लोडसेडिङ्ग !!!

 

लोडसेडिङ्ग, लोडसेडिङ्ग मात्रै नभइ हाम्रो जीवन शैलीको एक अभिन्न अङ्ग पनि भइ सकेको छ । हरेक कार्यकलाप गर्नु अगाडि साइत भन्दा पहिला लोडसेडिङ्गको तालिका हेर्नुपर्ने बाध्यतामा बाँचेको नेपाली  समाजलाई कुनै पनि हालतमा लोडसेडिङ्गको अभिशाप बाट मुक्त गरेर वा भिन्न राखेर हेर्न वा सोच्नै पनि मुस्किल छ। यसले हाम्रो सामाजिक र वैचारिक धरातलमा समेत प्रतक्ष् असर गरेको छ। पोहोर साल यहि विख्यात लोडसेडिङ्गले मलाइ पनि कवि बनाएको थियो भने यसपाला फेरि अर्का ब्लगर साथी रमेश वान्तबा यसैको असरले कवि हुनु भएको छ। आजको अतिथि कलममा प्रस्तुत छ वहाँकै कविता:

त्यसै भा छ लोडसेडिङ्ग 

                                         लेखक: रमेश वान्तबा


प्राधिकरण  भन्छ  मुहान सुकेर ।
बुद्धिजीवी भन्छन् बढी खपत भर ।
तर म भन्छु त्यसो हैन साथी हो ,
देश विकाश गर्ने यो नया उपाय हो ।

कुनै जमानामा  विदेशमा नि यस्तै बिजुली गा थ्यो रे ।
एकै वर्षमा त्यहाँको जनसङ्ख्या दोब्बर भा थ्यो रे ।
अनि धेरै मान्छे, धेरै काम,
भो रे विकाश धमाधम ।

त्यै भर त यो कुरा मुख्य समाचारमा आको रे ।     
यसैलाई मूल मन्त्र मानेर
एउटा उत्तम उपाय ठानेर,
लौ जनसंख्या बढाउ भनेर ।
यो त   गरेकै  हो कुरा जानेर ।

अनि पो भो हुन्छ देशको अप-ग्रेडिंग 
नेपालीलाई उपहार १८ घन्टे लोडसेडिङ्ग
त्यसै भा छ लोडसेडिङ्ग ।

जलसम्पदामा धनि देश हाम्रो ।
दुनियालाई  यो कुरा   थाहा छ  ।
तर उपाए कस्तो राम्रो,
१८ घण्टा दिनको लोडसेडिङ्ग भाछ  ।

सुनामी आए’नि  साइक्लोन  आए नि 
जन युद्धका  नाममा
दशौ हजार मरे नि
जस्तो रोग लागे नि
जसले जति लगे’नि
के समस्या भो र अब
जनसङ्ख्या  वृद्धि भाकै छ

हाम्रा अग्रजले  बुद्धि  पुर्‍या भए
जल सम्पदाको सदुपयोग  गर्‍या भए
बिजुली बेच्या  पैसाले जनता कति धनि हुन्थे
साउदिका अरबीले जस्तै सुति सुति खान्थे
जे काम गर्नु परेनी नोकर चाकर राख्थे
विदेशबाट गुलाम सरह कामदार हरु डाक्थे 
 
म नि छक्क परे, यी सब कुरा जानेर ।
पूजा गर्न मन लाग्छ नेताका फोटो टाँगेर ।
ब्रम्हा ,विष्णु महामानव तिन्लाई ठानेर ।
यसरी पो भो त देशको अप -ग्रेडिंग ।
त्यसै भा छ लोडसेडिङ्ग  ।

रमेश बान्तवा, ज्ञानेश्वर


यो पनि हेर्नुस: लोडसेडिङ एक - फाइदा अनेक !

2 comments:

  1. मन पर्यो , राम्रो लाग्यो कबि जी लाइ उत्तरोत्तर प्रगतीको कामना।

    ReplyDelete
  2. दिलिप जी को अनुग्रह भई रहे यस्ता थुप्रै टुक्रा टुक्री हरुले यहाको मनोरंजन गर्दै रहने प्रतिबद्दता सहित कमेन्टको लागि र प्रोत्साहनको लागि पनि धन्यवाद छ लक्ष्मण जी लाई |

    ReplyDelete