25 March, 2013

होली मुक्तक !!!

Fagu

-१-

एकोहोरो हेरीरहेँ,
उनको मुहार लाल भयो ।
बिना लोला, बिना अबिर
मेरो होली कमाल भयो ! ।

-२-

उनी भन्छिन्, उनको प्रेममा
धेरै कवि पागल भए ।
म त सोच्छु, ती कवि भए,
पागल त ती पहिल्यै थिए ।

Fagu Purnima

-३-

कतै हुरी बतास, कतै हिमपात हुन्छन्।
कतै ज्वालामुखी, कतै उल्कापात हुन्छन् ।
दशा त दशा नै हो, रूप भिन्दै भए पनि,
जहाँ यी सब हुन्नन् त्यहाँ, नेताको जामात हुन्छन् ।

 

-४-

रेशम जस्तो, बादल जस्तो,
कालो केश तिम्रा देखेँ ।
पक्का भो त्यो तिम्रै थ्यो ,
जब तीनमा जुम्रा देखेँ ।


  Subha Fagu


यो पनि हेर्नुस:
केही उटपट्याङ मुक्तकहरु
फेरि केही उटपट्याङ मुक्तकहरु

6 comments:

  1. HEHEHE HASNA MAN LAGYO :)

    ReplyDelete
  2. रमाइला मुक्तकहरू । होलीमा हाँस्ने मेसो पनि मिल्यो ।

    ReplyDelete
  3. रमाईला मुक्तकहरु! १ र २ गज्जब छन्, ३ ठिकै लाग्यो। ४ भने अरुको दाँजोमा अलिक बच्काना लाग्यो।

    ReplyDelete
  4. सधै लाग्छ हाम्लाइ ,
    राम्री राम्रीको आस !!
    न राम्री लाइ रंग लगायो ,
    अबिरको मात्र नास !!!

    ReplyDelete
  5. Everybody Must Enjoy the Festival of colors!!!

    ReplyDelete
  6. I like the all 4 Poems about HOLI!!!!

    ReplyDelete