केही महिना देखि हामी नेपालीले बिना कसुर भोग्नु परेको अभाव र अन्यायको बारेमा हाल कोही अनभिज्ञ छैनन् । यसको चर्चा परिचर्चा विवाद र विरोध पनि त्यत्तिकै चल्दैछ । केही समय अघि देखि मेरा विदेशमा रहने केही फेसबुक-साथीहरूले फेसबुक र केहीले ईमेल मार्फत यस विषयलाई सम्बोधन गरेर ब्लगमा पोस्ट राख्न पनि सल्लाह दिई रहनु भएको थियो ।
दिन दहाडै ग्यासको गाडी ‘कब्जा’, मूलाधारका मानिएका पत्रिकाका विरोध र देशका वुद्धिजीवी वा दिग्गज वर्गको कुरो समेत नसुन्ने सरकारले म जस्तो साधारण व्यक्तिको ब्लगमा आँखा लगाउला वा त्यसमा छापिएको कुरालाई ‘गम्भीरता’का साथ लेला भन्ने सोच्नु म आफैलाई पनि हास्यास्पद लाग्थ्यो । तर फेरि मेरो नागरिक अधिकार वा बाँचन पाउने न्यूनतम मानव अधिकार हनन् हुँदा यसरी चुपचाप बस्नु पनि मेरो नैतिकताले दिएन।
मेरो नागरिक अधिकार भनेको चार वर्षमा आउने चुनावमा एकजना नालायकहरू मध्यका कम नालायकलाई भोट हालेपछि अर्को चार वर्ष चुपचाप बस्नु (वा नेपालको स्थितिमा भन्दा त दशकौँ चुप लगेर बस्नु) मात्रै हो त ? । सुन्नेले सुनेन भन्दैमा बोल्नेले बोल्न पक्कै पनि छाड्नु हुन्न् । जहाँ बोल्ने आफैँ बोल्न धक मान्छन्, त्यहाँ सुन्नु पर्नेले झन् झन् आ-फ्नो कर्तव्य बिर्सन्छन् र समस्याको जटिलता झनै बढ्दै जान्छ । कम्तीमा पनि काम गर्नु पर्नेले काम नगरेको स्थिति वा कर्तव्य निर्वाह गर्नु पर्ने वा जिम्मेवारी बहन गर्नु पर्नेले आफ्नो जिम्मेवारी बहन नगरेको अवस्थामा बोल्नेले आफ्नो विचार सम्प्रेषण गर्न छाड्नै हुन्न् । अनि मलाइ लाग्छ बोल्नेले बोलेपछि कुने न कुनै माध्यमबाट सो ‘वेबलेन्थ’ सुन्नेसम्म अवश्य पुग्छ । अत: आजैका दिन मैले नेपाल सरकारले सुरु गरेको जन गुनासो सुन्ने ‘हेल्लो सरकार’ मा आफ्नो विचार पठाएको छु । सो पत्रलाई जस्ताको त्यस्तै प्रधानमन्त्री बाबुराम भट्टराइको सार्वजनिक इमेल र मेरो ब्लगमा पनि जस्ताको त्यस्तै प्रेषीत गरेको छु । प्रस्तुत छ मैले ‘हेल्लो सरकार’ र प्रम बाबुराम भट्टराइलाई इमेल मार्फत पठाएको पत्र जस्ताको त्यस्तै:



