11 February, 2012

हेल्लो सरकार, ग्यास दे !, बिना कसूरको सजायँ न दे !!

                          

केही महिना देखि हामी नेपालीले बिना कसुर भोग्नु परेको अभाव र अन्यायको बारेमा हाल कोही अनभिज्ञ छैनन् । यसको चर्चा परिचर्चा विवाद र विरोध पनि त्यत्तिकै चल्दैछ । केही समय अघि देखि मेरा विदेशमा रहने केही फेसबुक-साथीहरूले फेसबुक र केहीले ईमेल मार्फत यस विषयलाई सम्बोधन गरेर ब्लगमा पोस्ट राख्न पनि सल्लाह दिई रहनु भएको थियो ।

दिन दहाडै ग्यासको गाडी ‘कब्जा’, मूलाधारका मानिएका पत्रिकाका विरोध र देशका वुद्धिजीवी वा दिग्गज वर्गको कुरो समेत नसुन्ने सरकारले म जस्तो साधारण व्यक्तिको ब्लगमा आँखा लगाउला वा त्यसमा छापिएको कुरालाई ‘गम्भीरता’का साथ लेला भन्ने सोच्नु म आफैलाई पनि हास्यास्पद लाग्थ्यो । तर फेरि मेरो नागरिक अधिकार वा बाँचन पाउने न्यूनतम मानव अधिकार हनन् हुँदा यसरी चुपचाप बस्नु पनि मेरो नैतिकताले दिएन।

मेरो नागरिक अधिकार भनेको चार वर्षमा आउने चुनावमा एकजना नालायकहरू मध्यका कम नालायकलाई भोट हालेपछि अर्को चार वर्ष चुपचाप बस्नु (वा नेपालको स्थितिमा भन्दा त दशकौँ चुप लगेर बस्नु) मात्रै हो त ? । सुन्नेले सुनेन भन्दैमा बोल्नेले बोल्न पक्कै पनि छाड्नु हुन्न् । जहाँ बोल्ने आफैँ बोल्न धक मान्छन्, त्यहाँ सुन्नु पर्नेले झन् झन् आ-फ्नो कर्तव्य बिर्सन्छन् र समस्याको जटिलता झनै बढ्दै जान्छ । कम्तीमा पनि काम गर्नु पर्नेले काम नगरेको स्थिति वा कर्तव्य निर्वाह गर्नु पर्ने वा जिम्मेवारी ‍बहन गर्नु पर्नेले आफ्नो जिम्मेवारी बहन नगरेको अवस्थामा बोल्नेले आफ्नो विचार सम्प्रेषण गर्न छाड्नै हुन्न् । अनि मलाइ लाग्छ बोल्नेले बोलेपछि कुने न कुनै माध्यमबाट सो ‘वेबलेन्थ’ सुन्नेसम्म अवश्य पुग्छ । अत: आजैका दिन मैले नेपाल सरकारले सुरु गरेको जन गुनासो सुन्ने ‘हेल्लो सरकार’ मा आफ्नो विचार पठाएको छु । सो पत्रलाई जस्ताको त्यस्तै प्रधानमन्त्री बाबुराम भट्टराइको सार्वजनिक इमेल र मेरो ब्लगमा पनि जस्ताको त्यस्तै प्रेषीत गरेको छु । प्रस्तुत छ मैले ‘हेल्लो सरकार’ र प्रम बाबुराम भट्टराइलाई इमेल मार्फत पठाएको पत्र जस्ताको त्यस्तै:

06 February, 2012

ब्लगरले किन ढिला लेख्छन् ?

                          

ब्लग लेख्न थालेको चार वर्ष पुरा भइसकेको छ र मेरो आफ्नो ब्लग पाँचौं वर्षमा हिँड्दै छ । यस बीचमा कहिले हप्तामा ३-४ वटा त कहिले ३-४ हप्तामा एउटा पोस्ट समेत लेखियो । लेख्न थाले पछि विषय वा सामाग्रीको अभाव भने प्राय: खट्किएको छैन । तर पनि विविध कारणवश बेला बेलामा ब्लग लेख्न ढिला हुने गर्छ ।

मेरो मात्रै हैन्, मैले देखेको नेपाली ब्लग जगतमा रहेका मेरा सहयात्री पुराना ब्लगरहरू र नयाँ ब्लगरहरूमा समेत यो ‘नियम’ लागु हुन्छ । नियमित लेख्ने ब्लगरहरू पनि कहिलेकाहीँ ‘अनियमित’ हुन्छन् र ढिला लेख्छन् । त्यसैले आज म ब्लगरहरू किन ढिला लेख्छन् भन्ने बारेमा नै ब्लग लेख्दैछु । केही आफ्नै अनुभव, केही सहयात्री ब्लगरहरूको सोच अनि केही ठट्टा ... मेरो विचारमा ब्लगरहरूले ढिला लेख्नुमा यीनै कारणहरू नै प्रमुख छन् । केही छुटेको वा नपुग भएको भए तपाइहरू पनि थप्नुस है !

यो लेखौं कि त्यो लेखौँ: कहिलेकाहीँ ब्लगरसँग यत्ति विषय वा सर्जाम हुन्छन् कि ऊ ‘यो लेखौं कि त्यो लेखौँ ‘ भन्नेमा नै निधो गर्न सक्दैन् । कम्प्युटरमा रहेका आधा-अधुरा गजल पुरा गर्ने कि, देशको जल्दो बल्दो विषयमा आलेख तयार गर्ने । आउँदै गरेको कुनै चाडको वारेमा लेख्ने कि दिमागमा रहेको नयाँ कथालाई उतार्ने । उ सोचमा नै व्यस्त हुन्छ र कुनै निधो गर्न सक्दैन् । त्यत्तिकैमा समय बित्छ यता उसको गजल पनि पुरा हुँदैन भने उता जल्दो बल्दो विषय पनि बासी भइसक्छ । सोच्दा सोच्दै आउँदै गरेको चाड बिति सक्छ र दिमागमा तयार कथाको प्लट पनि दिमागमै पुरानो हुन्छ । अनि ब्लगर ब्लग लेख्न ढिला हुन्छ ।

28 January, 2012

ओझेल परेका समाचार र खबर बनेका गँजडी गफ !

                          

नेताहरू बोल्छन्, बोली नै रहन्छन्, तिनको काम नै त्यही भा’छ । अनि आफैँले बोलेको कुरा पनि दोहर्‍याने, तेहर्‍याने वा समय र स्थिति हेरेर बङ्गाउने वा बिलकुल उल्टा वक्तव्य दिन पनि तिनिहरू पछि पर्दैनन् । तर के तीनले जति चोटि बोल्छन्, त्यति पटक नै त्यही पुरानो, बासी र नितान्त बोल्नको लागि मात्रै बोलिएका अर्थ हीन वक्तव्यहरू दोहर्‍याएर, तेहर्‍याएर छाप्दैजानु वा देखाउँदै जानु नै मिडियाको काम हो त ? । मलाई लाग्छ जहाँसम्म तीनका बोलाइमा समेत कुनै नवीनता हुँदैनन्, त्यति बेलासम्म तिनका बोली र वक्तव्यलाई मिडियामा स्थान दिनुको कुनै महत्व हुँदैन् ।

कुरो सानो जस्तो लाग्न सक्छ, तर म प्राय: सोच्ने गर्छु यसरी खबर नबन्नु पर्ने चर्चाले मिडिया भरिदाँ, समाचार बन्न सक्ने कत्ति घटना ओझेल परे होलान् ।

· सरकार असफल भइसक्यो,

· सहमतिय सरकार विना शान्ति र संविधान असंभव,

· सहमतिको सरकार बनाउन शीर्ष नेता सहमत,

· बाबुराम कै नेतृत्वमा सहमतिय सरकार बन्छ,

21 January, 2012

के तपाईँको इन्टरनेटको गति कम छ?

                          

Speedtest 1सामान्यतया यो प्रश्नको जबाफ ‘हो’ वा ‘छ’ मा नै आउँछ । किनकी इन्टरनेटको महासागर र आजकलको इन्टरनेटमय जीवन शैलीमा जत्ति नै स्पिड भए पनि त्यो कम नै जस्तो लाग्छ। मेरो आफ्नै अनुभवको कुरा गर्ने हो भने पनि 56 kbps देखि 2 MBps सम्मको गतिमा इन्टरनेट चलाउँछु ... तर कामको प्रकृति वा उपयोगको आधारमा हेर्दा अझै अलिकता फास्ट भए’नि हुन्थ्यो भन्ने मनस्थिति सधैँ रहन्छ । त्यसैले आजको पोस्टमा उपलब्ध इन्टरनेटको गतिलाई कसरी अधिकतम उपयोग गर्ने भन्नेमा यो पोस्ट केन्द्रित गरेको छु ।

यथार्थको स्विकार

पहिलो कुरा पहिलै भन्दा सही हुन्छ । कुरा के भने तपाईले जुन गतिको इन्टरनेट सेवा उपयोग गरिरहनु भएको छ त्यसलाई तोकिएको गति भन्दा बढाउने कुनै उपाए छैन् । यदि तपाईँ इन्टरनेटको ‘स्पिड’ बढाउने कुनै सफ्टवेयरको खोजीमा हुनुहुन्छ वा त्यस्ता नारा दिने कुनै सफ्टवेयरको प्रयोग गर्नुहुन्छ भने त्यो ९९% हौवा मात्र हुन्छ। त्यसैले सबैभन्दा पहिला कुनै सफ्टवेयर प्रयोग गरेर इन्टरनेटको गति बढाउने कल्पनालाई छाड्नुस् । कुरा सामान्य छ, १५-२० हजार पर्ने एउटा अपरेटिङ्ग सिस्टम बनाउने कम्पनीले आफ्नो अपरेटिङ्ग सिस्टमा २०-२५ डलरमा बजारमा पाईने सफ्टवेरयले दावा गर्ने जस्तो ‘स्पिड बुस्टर’ बनाउन नसकेर नहाल्ने पक्कै पनि होइन ।

13 January, 2012

ब्लगरले सुरु गर्‍यो Threaded Comment !

                          

धेरै ब्लगरहरूले निकै समय अगाडि देखि खोजी रहेको र ब्लगरले सुधार गर्नु नै पर्ने एउटा अनुप्रयोग भर्खरै ब्लगरले सार्वजनिक गरेको छ । हो, ब्लगरले अबबाट थ्रेडेड कमेन्ट वा पाठकले लेखेको कमेन्टमा ब्लग सञ्चालकले सिधै उत्तर दिन मिल्ने सिस्टम सुरु गरेको छ ।

वर्डप्रेस लगाएत अन्य विभिन्न नि:शुल्क ब्लगस्पेस प्रदायककोमा यो सुविधा धेरै अगाडि देखि नै थियो र ब्लगरको सब-डोमेनमा ब्लग चलाउनेहरुले लामो समय देखि यसको पर्खाइमा थिए । ब्लगरले आफ्ना प्रयोगकर्ताहरू सँग विभिन्न समयमा लिने गरेको मत सर्वेक्षणमा पनि यो सुविधा सबैभन्दा बढि ब्लगरहरूले माग गरेको सुवीधामा पर्थ्यो। यसै कारण पनि ब्लगरले ढिला-चाँडो यो कमेन्ट सिस्टम चालु गर्नेमा करिब करिब पक्का नै थियो र मैले यसबारेमा मेरो यो पोस्टमा पनि लेखेको थिएँ।

हुन त Disqus लगाएत अन्य केही वेबवेस्ड सर्विस र ब्लगरको टेम्प्लेटमा केही थर्ड पार्टी स्क्रिप्ट वा कोडहरू थपेर पनि कमेन्ट सिस्टमलाई यस्तो बनाउन मिल्थ्यो। तर ब्लगर आफैँले यो सुविधा थपेपछि अब कुनै पनि तेस्रो ग्याजेट प्रदायक वा कोडको सहारा विना नै ब्लगर ब्लगमा यो थ्रेडेड कमेन्ट सुरु गर्न मिल्ने भएको छ ।