Showing posts with label ब्लग टिप्स. Show all posts
Showing posts with label ब्लग टिप्स. Show all posts

13 January, 2012

ब्लगरले सुरु गर्‍यो Threaded Comment !

धेरै ब्लगरहरूले निकै समय अगाडि देखि खोजी रहेको र ब्लगरले सुधार गर्नु नै पर्ने एउटा अनुप्रयोग भर्खरै ब्लगरले सार्वजनिक गरेको छ । हो, ब्लगरले अबबाट थ्रेडेड कमेन्ट वा पाठकले लेखेको कमेन्टमा ब्लग सञ्चालकले सिधै उत्तर दिन मिल्ने सिस्टम सुरु गरेको छ ।

वर्डप्रेस लगाएत अन्य विभिन्न नि:शुल्क ब्लगस्पेस प्रदायककोमा यो सुविधा धेरै अगाडि देखि नै थियो र ब्लगरको सब-डोमेनमा ब्लग चलाउनेहरुले लामो समय देखि यसको पर्खाइमा थिए । ब्लगरले आफ्ना प्रयोगकर्ताहरू सँग विभिन्न समयमा लिने गरेको मत सर्वेक्षणमा पनि यो सुविधा सबैभन्दा बढि ब्लगरहरूले माग गरेको सुवीधामा पर्थ्यो। यसै कारण पनि ब्लगरले ढिला-चाँडो यो कमेन्ट सिस्टम चालु गर्नेमा करिब करिब पक्का नै थियो र मैले यसबारेमा मेरो यो पोस्टमा पनि लेखेको थिएँ।

हुन त Disqus लगाएत अन्य केही वेबवेस्ड सर्विस र ब्लगरको टेम्प्लेटमा केही थर्ड पार्टी स्क्रिप्ट वा कोडहरू थपेर पनि कमेन्ट सिस्टमलाई यस्तो बनाउन मिल्थ्यो। तर ब्लगर आफैँले यो सुविधा थपेपछि अब कुनै पनि तेस्रो ग्याजेट प्रदायक वा कोडको सहारा विना नै ब्लगर ब्लगमा यो थ्रेडेड कमेन्ट सुरु गर्न मिल्ने भएको छ ।

21 November, 2011

कमेन्ट बक्स, Go to Bottom र ब्लगर प्रोफाइल ह्याक !

मैले मेरा अघिल्ला केही पोस्टहरूमा पनि लेखिसकेको छु । कोडहरूको सामान्य सम्पादनबाट ब्लगरको रूप-रेखालाई धेरै हदसम्म परिवर्तन गर्न सकिन्छ र यहि लचकताका कारण म पनि अन्य निःशुल्क प्रदायकको बदला ब्लगरमै ब्लग लेख्ने गर्छु । हुन त पहिला पहिला यसरी कोडहरू परिवर्तन गरेर मात्रै लीन सकिने केही सुविधाहरू हाल ब्लगरले सहज रूपमै उपलब्ध गराइ सकेको छ आज कोडहरू ह्याक गरेर गरिने परिवर्तन पनि भोलिको दिनमा सहज उपलब्ध होलान्। तैपनि आजको पोस्टमा म ब्लगरको रूप-रेखा परिवर्तन गरेर यसलाई अझ सहज बनाउने केही टिप्सहरू राख्दै छु ।

कमेन्ट बक्सको साइज बडाउनुस: हुन त ब्लगरको कमेन्ट सिस्टममै व्यापक परिवर्तनको जरुरत छ र प्रविधिसँग चल्न रुचाउने धेरै साथीहरुले यसको डिफल्ट कमेन्ट सिस्टमको सट्टा अरू बहु उपयोगी कमेन्ट सिस्टम प्रयोग गर्नु भएको छ। तर यो पोस्टमा कमेन्ट सिस्टम हैन् कमेन्ट बक्सको आकार मात्रै परिवर्तन गर्ने जोरजाम गरिदैं छ ।

Comment box width

सामान्यतया ब्लगरको डिफल्ट टेम्प्लेटहरूमा कमेन्टको साइज निकै सानो हुने गर्छन् र त्यसमा केही लामो कुरा लेख्ने हो भने सफासँग हेर्न असजिलो हुन्छ वा स्क्रोल गरिरहनु पर्छ । तर एउटा सानो कोडको परिवर्तन गरेर तपाई ब्लगरको कमेन्ट बक्सलाई चौडा र सफा बनाउन सक्नुहुन्छ । अतः यदि तपाईँ ब्लगरको कमेन्ट बक्सलाई चौडा बनाउन चाहनुहुन्छ भने यसो गर्नुस:

15 July, 2011

केही ब्लग टिप्स
-नयाँ ब्लगरहरूका लागि- ।

नयाँ ब्लग सुरु गर्ने धेरै ब्लगरहरूले प्राय: सोधी रहने एउटा विषयको बारेमा केही कुरा लेख्ने तरखर गर्दै छु आज । अर्थात् ब्लग कसरी लेख्ने, ब्लगरले के गर्ने, के नगर्ने र कसरी ब्लग भिजीटर बढाउने भन्ने बारेमा नै यो पोस्ट केन्द्रित छ। त्यसो त यही वा यस्तै विषयमा अरू सहयात्री ब्लगरहरूले पनि कुनै न कुनै रूपमा लेख्नु भएको छ र विशेषगरी मित्र वसन्त गौतमले पनि संभावित ब्लगरहरूसँग भन्ने पोस्टमा यस बारेमा केही कुरा लेख्नु भएको छ।

ब्लग सुरू गर्ने अन्य कारणहरू भएपनि एउटा समान उदेश्य वा सोच भने सबैको यही हुन्छ कि बढीभन्दा बढि पाठकहरूद्वारा सो ब्लग हेरियोस् । त्यसो त ब्लगमा भिजिटर बढाउन केही प्राविधिक पक्षको सहयोग र प्रयोग पनि सहयोगी हुनसक्छ र Search engine optimization का विभिन्न प्रक्रियाबाट पनि आफ्नो साइटलाइ केही हदसम्म ‘हाइलटइट’ गर्न सकिन्छ (समय मिलेको कुनै बेला यस बारेमा पनि लेख्ने कोसिस गर्ने छु) । तर मेरो अनुभवको कुरा गर्ने हो भने, प्राय: नयाँ ब्लगमा भिजीटर बढ्न नसक्नुमा Search engine optimization को प्रक्रिया भन्दा पनि ब्लगर आफ्नै केही सामान्य गल्तीहरू जिम्मेवार हुन्छन् । यो मेरो नितान्त व्यक्तिगत अनुभव वा अध्ययन हो र म गलत पनि हुन सक्छु तर नयाँ ब्लगरहरूलाई निम्न सुझाव दिन चाहन्छु:

पहिला आफैँ पढ्नुस: Samuel Johnson ले कतै भनेका छन् : "What is written without effort is in general read without pleasure." । हुन त लेख्नको लागि पढ्न जरुरी छ कि छैन भन्नेमा नै विवाद गर्न सकिएला तर एउटा कुरा भने हामीले मान्नै पर्छ कि हामी कोहीपनि सिपालु वा आफैंमा ‘पूर्ण’ छैनौँ। अध्ययन जति बढ्छ त्यति नै लेखाइमा निखार आउँछ नै । त्यसैले मैले देखेको, ब्लगर सुरुमा आफैँ एउटा असल पाठक हुनुपर्छ ।

21 April, 2011

फेरि केही ब्लग टिप्सहरू !

धेरै भएछ ब्लग टिप्स विधामा केही नलेखेको । खासमा म आफैँलाई ब्लगलाई झिलिमिली पार्ने वा अनावश्यक कोड र स्क्रिप्टहरूको भारी बोकाएर उल्टै बल्गलाई कुरूप पार्ने प्रक्रिया मन पर्दैन । त्यसैले छिटो छरितो खुल्ने ब्लगलाई सामान्य अवस्थामा कसैले प्रयोग नगर्ने ग्याजेटको भार बोकाउने तरिकालाई “ब्लग टिप्स” भनेर पस्कन पनि रुचाउँदिन । फेरि कतिपय कुराहरूको बारेमा भने “यो त सबैलाई थाहा होला !” वा “ यस्तो सजिलो कुराको बारेमा के लेख्नु पर्ला र ?” भन्ने लागेर पनि केही उपयोगी कुरालाई ब्लगमा राखिएन पनि ।

बीचमा केही समय देखी केही नयाँ साथीहरूले ब्लगमा केही उपयोगिता थप्ने वारेमा सोध्नु भएकोले च्याटबक्समा लेखेर नमिल्ने केही सामान्य अनुप्रयोगको बारेमा आजको पोस्टमा लेख्दै छु:

कोडडहरू सँग खेल्नुभन्दा पहिला भन्नै पर्ने केही कुराहरू: ब्लग टेम्प्लेट सम्पादन गर्नु भन्दा पहिला पुरानो टेम्प्लेटको व्याकअप राख्नुहोस । ब्लग टेम्प्लेटको व्याकअप कसरी राख्ने भन्ने वारेमा मेरो यो पोस्ट  मा भएको  “पुरानो टेम्प्लेटको बचत:” भन्ने खण्ड हेर्नुहोला ।

Back to Top वा माथी जानुहोस: ब्लगमा पोस्टहरूको सङ्ख्या बढेपछि वा ब्लगमा सामाग्री धेरै भएपछि पाठकले पोस्टहरू पढ्दै ब्लगको पुछारमा आएपछि फेरि ब्लको माथी जानु पर्‍यो भने पुरै पेज स्क्रोल गर्नु झन्झटीलो हुन्छ । यस्तो वेलामा पाठकको सजिलोको लागि ब्लगको पुछारतिर Back to Top को बटन वा लिन्क राख्न सकिन्छ ।

14 October, 2010

ब्लगरमा के सुधार चाहनुहुन्छ ?--भन्नुस वा भोट हाल्नुस--

1अघिल्लो महिनाको २३ तारीखका दिन ब्लगर ११ वर्षको भएको छ। ११ बर्ष अगाडि Pyra Labs को नाममा दर्ता भएको ब्लगर, सन १९९९ को अगष्ट २३ का दिन देखि सञ्चालनमा आएको थियो । पछि सन २००३ मा Pyra Labs गुगलले लिएपछि भने यसको रूप-रंगमा वृहत् सुधार र प्रयोगमा नाटकीय रूपमा वृद्धि भयो ।

यसो त ब्लगरमा केही समयको अन्तरालमा नयाँ-नयाँ अनुप्रयोगहरू जोडिने र साजसज्जा देखि प्रयोगात्मक हिसाबमा अझै उपयोगी र झन् नवीनता थपिने क्रम जारी नै छ र यही विकास क्रमका कारण विगतमा HTML edit गरेर वा थर्ड पार्टि JavaScript वा कोडहरू राखेर मात्रै गर्न मिल्ने धेरै कामहरू अहिले केवल केही क्लिकको भरमा गर्न सकिन्छ । विगतमा टेम्प्लेट वा त्यसका कोलमका साइज र रंगहरु परिवर्तन गर्न समेत निकै जटिल प्रक्रिया बाट जानु पर्ने क्रम अब करिब करिब रोकिएको छ र सुरु-सुरुमा हामीले विभिन्न थर्ड पार्टिको कोड राखेर मात्रै लीन मिल्ने धेरै सुविधाका लागि ब्लगरकै आफ्नै ग्यारेजहरू बनीसकेका छन् ।

17 September, 2010

केही ब्लग ह्याकहरु
--Some Old Blogger Tricks--

नि:शुल्क ब्लग चलाउन अरू धेरै प्लेटफार्महरु उपलब्ध भएपनि, इच्छा भए र जानेको खण्डमा उपलब्ध टेम्प्लेटलाई जे-जस्तो आकार प्रकारमा पनि ढाल्न सकिने र अन्य विभिन्न संसाधनको प्रयोग गरेर ब्लग भित्तालाई रंगाउन, आकर्षक र बहुउपयोगी बनाउन सकिने हुनाले ब्लगर वा blogspot.com प्राय: ब्लगरहरुको पहिलो चयन हुने गरेको छ ।

नेपाली भाषामा ब्लग चलाउनेहरुको सङ्ख्या हेर्दा पनि वर्डप्रेस वा अन्यमा भन्दा ब्लगरमै नेपाली भाषाका ब्लगहरु बढी चलेका देखिन्छन् । यस्तै ब्लगरमा नेपाली ब्लग चलाउने केही नयाँ ब्लगर भाइहरूले केही दिन देखि ब्लगलाई ‘छेड-छाड’ गर्ने केही यस्तै कुराहरु बारे जिज्ञासा राखेकाले आजको पोस्टमा ब्लग पेजलाई आफ्नो अनुकूल बनाउने केही टिप्सहरु राख्दै छु ।

आफ्नो ब्लगमा Favicon राख्नुहोस: Favicon वा favorites icon, जसलाई website icon, bookmark icon, र यदाकदा shortcut icon पनि भनिन्छ । यो एउटा सानो इमेज हो, जसले कुनैपनि ब्लगलाई ब्लगरले चाहे अनुसारको पहिचान दिन्छ । तलको चित्र हेर्नुहोस:

Favicons
आफूलाई मन पर्ने वा आफ्नो ब्लगको पहिचान झल्काउने कुनै पनि चित्रलाई हामीले आफ्नो ब्लगको Favicon बनाउन सक्छौँ । हुन त ब्लगरमा Favicon राख्ने धेरै तरिकाहरू छन, ती मध्ये सबैभन्दा सजिलो एउटा तरिका म यहाँ राख्दै छु ।

17 August, 2010

लौ तयार भयो नेपाली ब्लग सर्च इन्जिन !

Search Nepali Blogपृष्ठभूमि:

नेपाली ब्लगको मात्रै खोजी गर्ने एउटा सर्च साइटको आवश्यक्ता रहेको कुरा केही समय अगाडि देखि नै महसुस भएको हो । गुगलले खुला गरेका गुगलकै खोजी संयन्त्र वा प्लेटफार्म प्रयोग गरेर आफ्नो छुट्टै वा आफूले चाहेजस्तो सर्च साईट बनाउन मिल्ने भए पनि बनाउने तालमेल भने मिलेको थिएन। माथि भनेजस्तै गुगलकै नि:शुल्क प्लेटफार्ममा आफूले चाहेको मात्रै साइट खोज्न मिल्ने र भनेको जस्तै रंगरुपमा साइट तयार गर्न मिल्ने र यसको लागि खासै प्राविधिक ज्ञान नचाहिने भए पनि धेरैदिन देखि समयाभावका कारण यो काम गर्न भ्याइरहेको थिइँन ।

नेपाली ब्लग सञ्जाल

इन्टरनेटको सुलभता र नेपाली युनिकोडको विकासका कारण नेपाली ब्लगहरुको सङ्ख्या पनि दिनदिनै बढ्ने क्रममा छन् । सङ्ख्यात्मक वृद्धि मात्रै खासै उल्लेख्य उपलब्धि हैन र नेपाली ब्लगको प्रमुख समस्या अर्थात् सक्रिय पाठकको अभाव अझै यथावत नै छ। तर पनि हेरक क्षेत्रमा सङ्ख्यात्मक वृद्धि सँगै प्रतिस्पर्धा र प्रतिस्पर्धा सँगै गुणात्मक सुधार आउने नियम अनुसार नेपाली ब्लगको गुणस्तरमा पनि यो सङ्ख्यात्मक वृद्धिले पक्कै पनि सकारात्मक भूमिका खेल्ने नै छ भन्नेमा व्यक्तिगत रूपमा भने म विश्वस्त छु।  

नेपाली ब्लगरहरुको मूल घर अर्थात् http://bloggers.com.np मा करिब ११०० जत्ति ब्लग सूचिकृत भएका छन्, भने हाम्रो सर्कल मा विगत ६ महिनाको अवधि सम्ममा अद्यावधिक भएका ब्लग करिब ५०-५५ जत्ति छन् । नेपाली ब्लगहरुको फिड अपडेट हुने अर्को साइट नेपाली भाषाका ब्लगहरु  र http://bloggerofnepal.blogspot.com/मा सूचीकृत भएका र विगतका ६ महिना भित्र अपडेट भएका ब्लगलाई सक्रिय ब्लग मान्ने हो भने करिब ८०-९० ओटा ब्लग यस “सक्रिय ब्लग”को दायरामा पर्छन् ।

11 July, 2010

के तपाईँको ब्लग खुल्न धेरै समय लाग्छ ?

Dilip Acharya speed“मेरो ब्लग लोड हुन धेरै समय लाग्छ, के गर्ने ?”, “मेरो ब्लग एकदमै ‘स्लो’ भयो कसरी ठीक गर्ने?” । मेरो ब्लगको च्याटबक्स र ईमेलमा प्राय: दोहरीरहने प्रश्नहरु हुन यी।

केही समय अगाडि लिइएको एउटा अनौपचारिक सर्वेक्षणका अनुसार, सामान्यतया १५ सेकेन्ड भित्रमा खुल्ने पेजका पाठकहरु पेज लोडको यो गतिबाट सन्तुष्ट हुने, ३० सेकेण्डसम्म लोड भएमा त्यसलाई सामान्य मान्ने, पुरै पेज खुल्न ४५ सेकेण्ड जत्ति लागेमा उदेक मान्ने र कुनै ब्लग वा पेज लोड हुन १ मिनेट भन्दा बढी लागेमा पाठकहरु सो पेजबाट ‘तर्सने’ कुरा उल्लेख गरिएको थियो । पेजको विषय वस्तु जतिसुकै राम्रो भएपनि पेज एकदमै ढिला लोड भएमा पाठकहरु अधीर भएर अर्कै पेजतर्फ हिँडेन कुरा समेत सो सर्वेक्षणमा उल्लेख भएको थियो । अत: सामान्य हिसाबमा हेर्दा, ब्लगको विषयवस्तु राम्रो भएर मात्रै हुँदैन, तपाइँको पेज पनि निश्चित समयावधिमा पुरै खुली सक्नुपर्छ । त्यसैले ब्लगर वा कुनैपनि साइटका सञ्चालकले आफ्नो पेजको गतिमा ध्यान दिनै पर्छ । पुराना पाठक टिकाउन र नयाँ पाठकलाई आकर्षण गर्न यसको पनि प्रमुख भूमिका रहन्छ ।

त्यसो त म आफैँ पनि यस बारेमा जानकार हैन र ब्लग वा कुनै पेज ढिला लोड हुनुमा विभिन्न कारणहरू हुन सक्छन् । तैपनि ब्लग लोड ढिला गर्ने केही प्रतक्ष कारणहरू र त्यसका सम्भाव्य समाधानहरूको बारेमा सामान्य चर्चा गर्दैछु यो पोस्टमा ।

वेब २ को विकासँगै ईन्टरनेटका पेजहरु स्टाटिक डाटाका संग्रह मात्रै हैन, डाईनामिक कन्टेन्टका स्रोत बन्न थाले । यस अबस्थामा Javascript, Iframe, CSS, Flash आदिजस्ता धेरैकुराको प्रयोग बढ्न थाले। यी नयाँ अनुप्रयोगरुले पेजमा नयाँ नयाँ विकल्प र आकर्षण थप्न सकिने भएपनि तीनकै अधिक प्रयोगबाट नकारात्मक प्रभाव पनि पर्न थाल्छन् । नितान्त प्राविधिक रुपमा नगै सामान्य तरिकाले बुझ्दा पेज लोड ढिला हुने समस्यलाई निम्न तरिकाबाट कम गर्न सकिन्छ :

24 May, 2010

आफ्नो ब्लगमा अदृश्य कन्ट्रोल प्यानल बनाउनुहोस !

BLogger hidden control panel हामीहरु प्राय: ब्लगरको Navbar लाई आफ्नो टेम्प्लेटबाट हटाउँछौं । ब्लगको सबैभन्दा माथी रहेको र खासै उपयोग पनि नहुनाले सो Navbar हटाएपछि ब्लगपेज केहि छरितो र सफा पनि देखिन्छ । तर यो हटाउने बित्तिकै आफ्नो ड्यासबोर्डमा जान, नयाँ पोस्ट लेख्न वा ले-आउट आदि परिवर्तन गर्न पर्‍यो भने फेरि अर्को पेज वा ट्याब खोलेर ब्लगरको लगईन पेजमा जानु पर्ने हुन्छ ।

यसको विकल्पको रुपमा ब्लगरको साईडबारमा वर्डप्रसको जस्तै "Meta Widget" पनि राख्न मिल्छ र सो वारेमा मैले धेरै पहिला यो पोस्टमा लेखेको थिएँ । तर सो "Meta Widget" ले पनि साइडबारको "ठाउँ खान्छ" र ब्लगका आगन्तुक सबैले देख्छन पनि ।अत: आजको यो पोस्टमा ब्लगको एडमिन वा ब्लग चलाउनेले मात्रै देख्ने तर ब्लगका आगन्तुकले नदेख्ने अदृश्य कन्ट्रोल प्यानल कसरी बनाउने बारेमा लेख्दैछु ।

यो अदृश्य कन्ट्रोल प्यानल बनाउने तरिका एकदमै सरल छ र यसलाई तपाई आवश्यक्ता अनुसार आफ्नो ब्लगको कुनै पनि कुनामा (साइडबार, हेडर वा फुटर) राख्न सक्नुहुन्छ । ब्लग एडमिन गुगलमा लगईन भएपछी मात्रै देखिने तर अरु आगन्तुकले नदेख्ने भएकोले यसको प्रयोग गर्दा ब्लगको "ठाँउ खेर" नजाने मात्रै हैन ब्लगर आफैंलाई भने कुनै पनि सेटिङ वा पेजमा एकै क्लिकमा पुग्न एकदमै सजिलो हुन्छ ।

29 April, 2010

ब्लग टेम्प्लेट फेर्ने हो ? (नयाँ ब्लगरका लागि)

ब्लग सुरु गर्ने बित्तीकै धेरैजनालाई ब्लगको साजसज्जा वा टेम्प्लेट फेर्ने धुन चल्छ । यसमा मुख्य त दुईवटा कारणहरु छन। पहिलो, ब्लगरको डिफल्ट टेम्प्लेटहरु थर्ड पार्टी ले-आउटका तुलनमा कम आकर्षक देखिन्छन भने दोस्रो कारण भने ब्लगको टेम्प्लेटले नै पाठकलाई आफ्नो ब्लगमा तान्छ कि भन्ने भावना पनि सुरु सुरुमा रहन्छ । भर्खर ब्लग सुरु गर्दाका बेलामा यो भावना झनै प्रवल हुन्छ (मेरो पनि थियो Open-mouthed ) ।

मेरो ब्लगको च्याट बक्स र ईमेलमा यो टेम्प्लेट फेर्ने वा २ कोलम वाला टेम्प्लेटलाई तिन कोलम कसरी बनाउने भन्ने बारेमा धेरै प्रश्नहरु आए। हुन त मेरो व्यक्तिगत बिचारको कुरा गर्ने हो भने ब्लग भनेको टेम्प्लेट वा ग्याजेट डिस्प्ले पेज हैन ट्यालेण्ट डिस्प्ले पेज हो । तर ब्लगमा बढि भन्दा बढी जानकारी वा सूचनाहरु राख्ने क्रममा ब्लगरका डिफल्ट टेम्प्लेटहरुमा केही कमी भएको वा ति ले-आउटमा ‘स्पेस’ कम भएको महशुस हुनु पनि सामान्य नै हो । अत: आजको पोस्टमा ब्लगरको टेम्प्लेट कसरी फेर्ने वा नि:शुल्क टेम्प्लेटहरु कहाँ बाट र कसरी डाउनलोड गरेर आफ्नो ब्लगको रुपरंग फेर्न सकिन्छ भन्ने वारेमा सामान्य चर्चा गर्दैछु ।

15 November, 2009

ब्लग विधालाई ट्याबमा राख्‍नुहोस –Easy CSS Menu

यो पोष्टको कुरा छोटकरीमा राख्दा, यो पोस्ट ब्लगको लेबललाई यस्तो :

Menu blankबाट यस्तो बनाउने तरिकाको बारेमा हो । Menu

करिव १ महिना अघि देखीनै केही नयाँ तथा पुराना ब्लगर साथीहरुले मलाई लेबललाई हेडरमा ट्याब वा CSS Navigation Menus को रुपमा राख्ने तरिकाको बारेमा सोध्दै आउनु भएको थियो । केही साथीहरुलाई ईमेलबाट सामान्य तरिका बताए पनि अरु नयाँ आउनेहरुलाई पनि सहयोग होस भन्ने उद्देश्यले यो पोष्ट लेख्दैछु ।

यो मेनु कसरी बनाउने भन्ने बताउनु भन्दा पहिला, १-२ कुराहरु:

हामीहरु हरेकको टेम्प्लेट फरक-फरक हुने तथा यो मेनु राख्‍ने कुनै तयारी ग्याजेट भने नबनेकोले यसका कोडहरुमा टेम्प्लेट पिछ्चे केही सामान्य हेरफेर गर्नु पर्ने हुन सक्छ । यो पोष्टमा म सो सम्भावित कोडहरुलाई पनि हाईलाईट गरेर यो विधिलाई सम्भव भएसम्म सरल बनाउने कोसिस गर्ने छु ।

यो कोड- कन्टेन्टहरु मैले http://www.blogdoctor.me , http://www.blogbulk.com , http://bloggeruniversity.blogspot.com र अन्य केही साईटबाट लिएको छु र सबैलाई मिसाएर सकेसम्म सरलीकरण गर्ने प्रयास गरेको छु । माथीका साईटहरु मध्य केही साईटहरु हाल अपडेट भैरहेका छैनन, तर ती सबै साईटहरु ब्लगरमा ब्लग चलाउनेको लागि एकदमै जानकारी मूलक र उपयोगी छन, विशेषगरी ब्लगरमा छेड-छाड गर्न रुचाउने सबैलाई म ती साईटहरु हेर्न सल्लाह दिन्छु ।

10 September, 2009

अब ब्लगरको आफ्नै “Read More”

अक्टोबर महिनाको २३ देखि ब्लगर दस बर्षमा प्रवेश गरेको छ र ब्लगरले आफ् दस बर्ष पुगेको अबसरमा केहि नयाँ कुराहरु थप्ने जानाकरी दिएको थियो र केही भने प्रयोगमा आईसकेका पनि छन । यस बारेमा मैले पहिला यो पोष्टमा पनि केही लेखी सकेको छु। मैले सो पोष्टमा अनुमान गरे जस्तै आज ब्लगरले ‘रिड मोर’ वा ब्लगको मुख्‍य पृष्ठमा केही वाक्यहरु देखाएर बाँकी पेज भने ‘रिड मोर’ मा क्लिक गरेपछि खुल्‍ने अनुप्रयोगको सुरुवात गरेको छ ।

हुन त यसभन्दा अघि पनि हामीमध्य धेरैले गुगल वा ब्लगर बाहेकका अन्य प्रदायकका कोड वा ग्याजेट प्रयोग गरेर वा आफ्ना कोडहरुलाई ‘छेड-छाड’ गरेर आफ्नो पोष्टमा ‘रिड मोर’ अप्सन हालेका छौं । तर अब तपाई चाहनुहुन्छ भने गुगलकै आफ्नै ‘रिड मोर’ अप्सन प्रयोग गर्न सक्नुहुन्छ। यसको तरिका यस प्रकार छ:

26 August, 2009

ब्लगरको जन्मोत्सव र ब्लगरका नयाँ ग्याजेटहरु !

यहि महिनाको २३ का दिन ब्लगर दश बर्ष पुगेको छ । आजभन्दा १० बर्ष अगाडि Pyra Labs को नाममा दर्ता भएको ब्लगर, सन August 23, 1999 को दिन देखि सञ्चालनमा आएको थियो । पछि सन २००३ मा Pyra Labs संग गुगलले लिएपछि भने यसका प्रयोगकर्तामा नाटकीय रुपमा बृद्धि भयो । अनि २००४ मा गुगले आफ्नै फोटो शेयर गर्ने साईट Picasa लाई ब्लगरसंग जोडेर फोटो अपलोड गर्ने र अन्य विभिन्न विकल्पहरु थपेपछि भने ब्लगरका उपयोगीतामा धेरै परिवर्तन आएका छन ।

यसै सन्दर्भमा गुगलले केही महिना अगाडि बल्गरमा के कस्तो सुधार गर्न सकिन्छ भनेर यसका प्रयोग कर्ताहरुसंग सुझाव पनि संकलन गरको थियो ( १-२ वटा सुझाव मैले पनि दिएको थिएँ :)

१० बर्ष बीचमा आएको ईण्टरनेट प्रविधिको सुधार र परिवर्तन अनि यसका प्रतिस्पर्धीसंगको दौडमा अगि बढ्न, गुगल ब्लगरमा सधैं नयाँ नयाँ उपयोगी ग्याजेट र विकल्पहरु थप्न लागी परेको छ ।
यसै सन्दर्भमा गुगले थपी सकेका केहि नयाँ अनुप्रयोगहरु र निकट भविष्यमा थपिन सक्ने केही विकल्पको बारेमा यहा सामान्य चर्चा गर्दै छु:

छपाई र सम्पादन:
केही समय अगाडी आफ्नो साबिक ब्लग पोष्ट र ईडिट गर्ने पेजलाई ब्लगरले पहिला भन्दा निक्कै सजिलो र बहुउपयोगी बनाएको छ । यदि तपाई आफ्ना पोष्टहरु सिधै ब्लगरको वेबपेज वा ‘पोष्ट ईडिटर पेज’मा गएर लेख्‍ने वा सम्पादन गर्ने गर्नुहुन्छ भने तपाईले यो नयाँ विकल्पको फाईदा लिन सक्नुहुन्छ:

16 August, 2009

के तपाई पनि ब्लग चलाउन चाहनुहुन्छ ?

विगत एक महिनामा मलाई नेपाल र खाडी मुलुकमा रहेका केही नेपाली भाईहरुको ईमेल प्राप्त भए । सबैजना केही लेख्‍न वा भनौं मनको भाव ब्लगको माध्यमबाट बिसाउन चाहन्थे । तर ब्लग कसरी खोल्ने र ब्लग खोल्न के-के गर्नु पर्छ भन्नेमा अलमल परेका थिए ।

केहीले त लेख्‍न मन भएको तर “वेबपेज डिजाईन” गर्न नजानेकोले सो कार्य गर्न नसकेको र केहीले भने क्रेडीट कार्डका माध्यमले पैसा तिरेर मात्रै ब्लग खोल्न सकिने समेतका गलत धारणा बनाएको पाएँ । अत: नब आगन्तुक ब्लगरहरु वा केही लेख्‍न खोज्ने नया सर्जकहरुलाई ब्लग खोल्न सहयोग होस भनेर यो टाँसो लेख्दैछु । (पुराना ब्लगरहरुलाई यो टाँसोको कुनै अर्थ नहोला है !, तर कसैले ब्लग कसरी खोल्ने भनेर सोधेमा यो लिन्क दिन भने सकिन्छ :)

सुरुमा म आफैं पनि यो बिषयमा जानकार नभएकोले कसरी र के लेख्‍ने भन्नेमा अलमल परिरहेको थिएँ । त्यत्तिकैमा एकदिन दूर्जेय चेतनाका ‘दूर्जेय’ जी ले पनि नयाँ ब्लगरलाइ सहयोग हुने गरि नेपाली भाषामा एउटा टाँसो लेख्‍न अनुरोध गर्नु भएकोले यो लेख्‍ने दु:स्साहस गर्दैछु ।

सबैभन्दा पहिला केही गलत धारणा र तथ्यहरु, प्रश्‍न र उत्तरको रुपमा:

प्रश्‍न: के ब्लग खोल्न र चलाउन कम्प्युटरमा पोख्त हुनु र HTML, JavaScript आदिको बारेमा जानकार हुनु जरुरी छ ?

20 July, 2009

केही ब्लग ह्याक र उपयोगी ग्याजेटहरु

हुनत वर्डप्रेस र अरु केही नामवाला नि:शुल्क र गुणस्तरीय ब्लग प्रदायकहरु नभएका होईनन्, तर चाहे र ‘सके’ पुरै नाप-नक्शा र सम्पूर्ण अवयबहरु सम्पादन, परिवर्तन र थप-घट गर्न मिल्ने हदैसम्मको लचकता भएका कारण ब्लगरमा ब्लग बनाउनेहरुको संख्या दिनादिन बढ्दै गएको छ । यो पोष्टमा म ब्लगरका केही सामान्य तर उपयोगी ह्याक र केही नयाँ ग्याजेटहरु --जुन उपलब्ध भएर पनि प्राय: धेरैलाई थाहा छैन-- को चर्चा गर्दैछु ।

पोष्ट जस्टिफाई गर्न: ब्लगमा राखिएका सामग्रीहरु कुनै लामो, कुनै छोटो लाईनमा देखीँदा भन्दा सबै हरफहरु समान चौडाईका हुँदा सुन्दर देखीन्छन्। हुनत, बल्ग कम्पोज गर्ने बेलामा लाईनलाई जस्टीफाई गर्ने सुविधा कम्पोज पेजमा पनि हुन्छ। तर हरेक पटक ब्लग लेख्दा, हरेक लाईन र प्याराग्राफलाई एक एक गरी जस्टीफाई नगरी, लेख्दा जे-जसो गरी लेखे पनि छापिने बेलामा आफैं जस्टिफाई हुने गर्न सकिन्छ । यदि तपाई यसरी टाँसोमा लेखीएका कुराहरुलाई आफै जस्टिफाई हुने बनाउन चाहनुहुन्छ भने पहिला आफ्नो ब्लगरको Dashboard मा जानुहोस अनि Layout हुँदैं Edit HTML मा। अब त्यहा निम्न वा यस्तैखाले कोडहरु खोज्नुहोस:

22 June, 2009

ब्लगरहरुको अनिवार्य शस्त्र -Windows Live Writer-

Blogger, Wordpress, Typepad, LiveJurnal, Moveable Type वा आफ्नै डोमेन भएका ब्लगका लागि पनि उपयुक्त ।

हुनत यो कुनै नौलो कुरा होईन । तर विगतका केहि हप्तामा केहि नयाँ ब्लगर साथी-भाइहरुले मसंग ब्लग पोष्ट गर्ने, ब्लगमा तस्विरहरु राख्‍ने, तस्विरमा ‘वाटरमार्क’ राख्‍ने, ब्गल पोष्टमा कोडहरु राख्‍ने आदि बारेमा जानकरी माग्नु भएकोले छुट्टा छुट्टै जबाफ दिनु भन्दा सबैलाई कामलाग्ने गरी यस बिषयलाई एउटा टाँसो नै बनाउने बिचार गरेर यो पोष्ट लेख्‍दैछु ।

यदी तपाई ब्लगमा लेखीने टाँसोहरु सिधै ब्लगर, वर्डप्रेस वा अन्य कुनै प्रदायकको वेब पेजमै गएर लेख्‍ने गर्नु हुन्छ र सो भन्दा सजिलो उपाए अबलम्बन गर्न चाहनुहुन्छ भने यो सफ्टवेयर तपाईको लागि लाभदायक हुनेछ ।

यसले ब्लगर, वर्डप्रेस, वा अन्य कुनै पनि डोमेनमा ब्लग पोष्ट गर्न मिल्ने भएकोले यो सबै ब्लगरलाई उपयोगी हुन्छ ।

शुरुमा यसका केहि उपयोगीताहरुको बारेमा चर्चा गरौं । अर्थात तपाईले आफ्नो कम्प्युटरमा Windows Live Writer राख्‍नु भएपछि:

  • अफ लाईनमा बसेर ब्लग लेख्‍न र यसको साज-सज्जा निर्धारण गर्न सक्नुहुन्छ (पोष्ट गर्ने बेलामा मात्रै अनलाईन जाँदा पनि हुन्छ)

16 May, 2009

ब्लग खोजीको नयाँ विकल्प- झन सरल ! अझ छिटो !!

“आफ्नै घरबाट छिमेकीको चियो गर्नुस् ।”

ब्लग पोष्टका संख्या कम हुँदा त सायद समस्या नपर्ला, तर ब्लगमा टाँसोको संख्याले ५०-१०० वा त्यो भन्दा बढीको आँकडा नाघीसकेको छ भने चाहीँ, कहिलेकाहि आफ्नै ब्लगमा कुनै समयमा लेखिएको कुनै लाईन वाक्यांश वा शब्द खोज्नु पर्‍यो भने आफैंलाई पनि गाह्रो हुन सक्छ ।

आजको यो पोष्टमा म, आफ्नो ब्लग वा आफ्नो ब्लगरोलमा भएका साथीहरुको ब्लगको कुनै पनि पोष्टमा रहेका कुनै पनि हरफ, वाक्य वा शब्द समेत एकैछिनमा खोज्न मिल्ने ग्याजेटको बारेमा चर्चा गर्दै छु । त्यसो त ब्लगमा राख्न मिल्ने खोजीको सुबिधा भएका वाईजेटहरु कुनै नौलो कुरा होईनन, तर आफ्नो ब्लगको पाना नछोडिकन वा आफ्नै ब्लग भित्रबाटै मित्रहरुको ब्लगको अन्तर-कुन्तर समेत छान मार्न मिल्ने नयाँ ग्याजेट भने भर्खरै उपलब्ध भएको छ ।

मानौं, कुनै समयमा तपाईको ब्लगरोलमा भएका कुनै मित्रले ‘यति’ को बारेमा कुनै पोष्ट लेखेका थिए र तपाईलाई अचानक सो सुचना चाहियो । तपाईको साथीको ब्लगमा खोजीका कुनै अनुप्रयोग वा विकल्पहरु पनि छैनन भने अब सर्च ईन्जिनको सहारा लिनु बाहेक अरु विकल्प नहुन सक्छ । अनी अहिलेको समयमा गुगल वा याहु जस्ता सर्च ईन्जीनमा तपाईले कुनै सुचना खोज्नु भयो भने २१ पुस्ताले पढेर नसकिने पन्नाहरु भेटिनेछन ।

16 March, 2009

ब्लगपेज लाई छरीतो र सर्च ईन्जिनमा भेटिने बनाउनुहोस ।

पाई Blogger (blogger.com) मा ब्लग चलाउनुहुन्छ र ब्लगरको मूल टेम्पलेटमै, कोडहरु हेरफेर नगरी ब्लगीङ गर्नुहुन्छ भने, यौटा कुरा याद गर्नु भएको हुनसक्छ । तपाईका हरेक पोष्टहरु ईण्टरनेट एक्सप्लोरर, फाएरफक्स वा अन्य कुनै ब्राउजरबाट हेर्दा, पोष्टको शीर्षक मात्रै नदेखीकन तपाईको ब्लगको नाम अनी पोष्टको शीर्षक दुबै जोडीएर देखिनेछ (हेर्नुहोस चित्र नं१)। यो पोष्टमा म कसरी सो लामो नामबाट छुटकारा पाउने र हरेक टाँसोलाई छुट्टै पहिचान दिने भन्नेमा केन्द्रित रहने छु । कुरालाई छोटो गर्दा यो सामान्य ह्याकको प्रयोग गरेपछि तपाईको पेजहरु तल दिएका चित्रमा जस्तै परिवर्तन हुनेछन ।(चित्रलाई ठुलो पारेर हेर्न चित्रमै क्लिक गर्नुहोला)

b4 and aftr

(तर यसको फाईदा भने यो सामान्य देखावटी परिवर्तन मात्रै पक्कै हैन, पुरै टाँसो पढनुहोला)

सामान्य अबस्थामा तपाईको ब्लगको हरेक टाँसो वा पेजमा ‘पेज टाईटल’ भन्दा पहिला ब्लगको नाम पनि आफैं झुण्डीन्छ नै । जसले गर्दा तपाईको पेजको टाईटल भद्दा देखीनुको साथै गुगल, याहु वा अन्य कुनै सर्च ईन्जिनमा कसैले तपाईको कुनै लेख-रचना खोजेमा पनि, त्यो समेत ब्लगको नामसंग जोडिएर आउने हुँदा सर्च ईन्जिनमा तपाईको लेख-रचना राम्ररी भेटिदैंनन।

16 February, 2009

वर्डप्रेसमा नि:शुल्क ब्लग खोल्नुहोस !

नयाँ ब्लगरहरुको लागि सजिलो होस भनि लेखिएको यो बल्गको सुरुको भाग यहाँ छ । यदि तपाई ब्लगर (blogger.com) मा नि:शुल्क बल्ग खोल्ने तरिकाको खोजीमा हुनुहुन्छ भने त्यो यहाँ छ।

यो भागमा वर्डप्रेस (wordpress.com) मा नि:शुल्क बल्ग खोल्ने तरिका क्रमैसंग दिईएको छ ।  यदि तपाई वर्डप्रेस (wordpress.com) मा ब्लग खोल्न चाहनुहुन्छ भने:

1 १) पहिला http://wordpress.com/ मा जानुहोस र दायाँपट्टी भएको "Sign up now" मा क्लिक गर्नुहोस ।

२) अब तपाई "Get your own WordPress.com account in seconds" लेखिएको नयाँ पेजमा पुग्नु हुनेछ । त्यो पेजमा रहेको फर्ममा तल देखाईएका सूचनाहरु भर्नुहोस।

16 January, 2009

blogger.com मा नि:शुल्क ब्लग खोल्नुहोस !

नयाँ ब्लगरहरुको लागि सजिलो होस भनि लेखिएको यो बल्गको सुरुको भाग यहाँ छ । यदि तपाई वर्डप्रेस (wordpress.com) मा नि:शुल्क बल्ग खोल्ने तरिकाको खोजीमा हुनुहुन्छ भने त्यो यहाँ छ .

यो भागमा blogger.com  (ब्लगर) मा नि:शुल्क बल्ग खोल्ने तरिका क्रमैसंग दिईएको छ ।

सबैभन्दा पहिला blogspot.com को बारेमा साधारण जानकारी । यदि तपाईले blogspot.com मा ब्लग खोल्नु भयो भने तपाईको ब्लग ठेगाना abcd. blogspot.com को प्रारुप वा blogspot.com मा अन्त हुने हुन्छ । यदि तपाईको नाम कुमार छ भने तपाईले kumar.blogspot.com वा यस्तै खालको ठेगाना लिन सक्नुहुन्छ । यसमा kumar भन्ने ठेगाना कसैले लिई सकेको छ भने तपाईले kumarsharma, kumarshrestha वा अन्य कुनै खाली रहेका नाम राखेर ब्लग खोल्न सक्नुहुन्छ ( यो उदाहरण मात्रै हो, तपाईको ब्लगमा तपाईको नाम आउनै पर्ने कुनै जरुरत छैन र तपाईको नाम कुमार भए पनि तपाईले meromankokura.blogspot.com वा अन्य आफुलाई मन पर्ने तर कसैले दर्ता नगराईसकेको जुनसुकै नाम राख्न सक्नुहुन्छ ।

अगाडिको पोष्टमा भने जस्तै blogspot.com मा ब्लग दर्ता गर्न एउटा ईमेल एड्रेस चाहीन्छ। हुन त आजकल कुनै पनि ईमेलले काम गर्छ तर यदि blogspot.com मै ब्लग खोल्ने हो भने जिमेल आईडि वा जिमेल लिनु भयो भने पछी अन्य कामको लागी पनि सहायक हुन सक्छन । यदि तपाईसंग जिमेल छैन भने तपाईले यहाँ बाट नि: शुल्क जिमेल लिनुहोस र त्यसपछि ब्लग खोल्न तलका तरिका अपनाउनुहोस :