Showing posts with label धर्म-संस्कृति. Show all posts
Showing posts with label धर्म-संस्कृति. Show all posts

14 November, 2012

भोदीप बह्मरूप….! - - तिहारको दीपको कुरा !!

तिहार, अर्थात उज्यालो चाड, फूलको चाड र दीपको चाड। हिन्दूहरूको प्राचीनतम र सनातन यस चाडमा दीप वा उज्यालोको विशेष महत्व छ । यम पञ्चकका पाँचै दिन र त्यसमा पनि लक्ष्मी पूजाको रातमा घर-घर दीप प्रज्वलित गरेर माता लक्ष्मीको आह्वान गरिन्छ ।

वैदिक वाङ्मयको एउटा मान्यता अनुसार कार्तिक अमावस्याको दिन समुद्र-मंथन बाट भगवती लक्ष्मी प्रकटहुनु भएको थियो र यो तिथि लक्ष्मी-पूजा को पर्व बन्यो । मान्यता अनुसार यस पर्वमा नित्य दीप दान गर्नेको घरलाई माता लक्ष्मीले कहिल्यै नत्याग्ने र यसरी दीप दान गर्नेलाई अकाल मृत्युको डर पनि नहुने उल्लेख छ ।

शास्त्रमा दीप दान गर्दा पढिने विभिन्न मन्त्रहरूको उल्लेख छ । भिन्न भिन्न अभिप्राय र उपलब्धिको लागि भिन्दा भिन्दै मन्त्र पढिए पनि दीपको महत्व भने सबै अवस्थामा समान छ । मलाई मन पर्ने श्लोक भने यस्तो छ :

भोदीप बह्मरूपस्त्वंह्यन्धकारविनाशक:।
गृहाणमयाकृतांपूजांओजस्तेज:प्रवर्धय॥

अर्थात:

हे दीप! तपाई अन्धकार लाई नाश गरने ब्रह्मस्वरूप हुनुहुन्छ। कृपया मेरो पूजा ग्रहण गर्नुस र मेरो ओज एवं तेज वृद्धि गर्नुस।

यस पटकको तिहार घरमा यसै अनुरूप सामान्य रुपमा मनाईयो। आजको पोस्टमा यसै तिहारका केही दीप र ज्योति :

14 September, 2012

तीज, धर्म र ‘शरीर-धर्म’

Teejअचेल तीज लाग्नु भन्दा अगाडि नै हाम्रा मिडिया र विशेषगरी सामाजिक सञ्जालहरू ‘तीजमय’ हुन्छन् । सामाजिक सञ्जालका महिलाहरू धेरै अगाडि देखि नै शुभकामना आदान-प्रदान गर्छन् र प्रोफाइल फोटो पनि रातो सारी वा रातो लुगा लगाएको हाल्छन् । एक किसिमले तीजको आगमनले पुरै सामाजिक सञ्जाल ‘रातै’ देखिन्छन् ।

एकातिर सामाजिक सञ्जाल रातो हुन्छ भने अर्को तर्फ भने यही तीजको बारेमा दुईथरी एकदमै पृथक र पूर्ण विपरीत आलेखले पत्रिकाका पन्नाहरू पनि भरिन्छन् । तीनमा एक थरी वैदिक मान्यता, परम्परा र धार्मिक आस्थामा विश्वास राख्ने हुन्छन् र यस चाडलाई आदर्श चाडको रूपमा लिन्छन् । अर्को एकथरी आफूलाई ‘सचेत’ र विद्वान सम्झने खेमाका उपबुज्रुक जमात पनि हुन्छन्, जो आफूलाई खाँटी नारीवादी बताउन उत्सुक हुन्छन र समाजको सम्पूर्ण अव्यवस्थाको जड नै यही चाड भएको झै गरी यसमाथि खनिन्छन्। जो दुई अक्षर पढेको भरमा सबै सांस्कृतिक धरोहर र मान्यतामाथि ठाडो प्रहार गर्छन र तीनका मूल्य मान्यता र अन्तर्निहित गुह्य मनोविज्ञानको छेउ-टुप्पो समेत नबुझेर तीनलाई सिधै रूढिवादी भन्न रुचाउँछन् ।

सामाजिक सञ्जालमा मात्रै हैन्, देशको राष्ट्रिय दैनिकहरूमा समेत तीनका आख्यान र ‘आर्टिकल’ छापिन्छन् र त्यसमा गरमा-गरम बहस नै हुन्छन् । भनिरहनु नपर्ला आख्यान छपाउनेहरू यस मान्यताको पक्षमा हुन्छन् त ‘आर्टिकल’ वाला(वाली)हरू यसको पूर्ण विरोधमा । एकाथरी यसको पारम्परिक मान्यतामा एक अङ्गुल तलमाथि नगरी यसलाई अक्षरस पालन गर्नेमा विश्वास राख्छन त अर्का थरी यस चाड प्रति यसरी खनिन्छन्, मानौं यही एउटा चाड मनाउन छाड्यो भने नारीहरूको भरपूर उत्थान हुन्छ र देशले विकासको लामो फड्को नै मार्छ ।

20 September, 2009

पश्येम शरदः शतम । जीवेम शरदः शतम ।।

Final

विजया दशमीको सुखद उपलक्षमा हार्दिक मंगलमय शुभकामाना !

07 July, 2009

गुरु महत्ता – एक बोधकथा

एकजना राजा धेरै टाढाबाट आफ्नै धुनमा मस्त रहने एकजना महात्मा कहाँ पुगेछन र उनीसंग सधैंको लागि कल्याणकारी मन्त्र मागेछन । सन्तले उनलाई “ॐ नम: शिवाय:” जप गर्दा कल्याण हुने बताएछन ।

सन्तको कुरा सुने पछि राजाले “म यत्ती टाडाबाट आएको छु, यो सबैले जप्ने मन्त्र दिएर मलाई के काम, कुनै असली गुरुमन्त्र दिनुहोस” भनेछन । उनको कुरा बुझेर मुस्कुराउँदै सन्तले भनेछन “एकदमै कारक मन्त्र दिन त मैले तपाईको दरबारमा आउनु पर्छ, राज सिंहासनमा बसेर मैले तपाईलाई मन्त्र दिएँ भने मात्रै त्यो एकदमै प्रभावकारी हुनेछ”

केहि दिन पछि राजाले सन्तलाई दरबारमा आदर पूर्वक सत्कार गरेर लगेछन र आफ्नो सिंहासन उनलाई छाडेर आफू भुईमा बसेछन ।

सिंहासनमा बस्ने बित्तीक्कै अचानक सन्तले अब आफैं राजा भएको घोषणा गरेछन र सैनिकहरुलाई राजालाई तुरुन्तै बंदी बनाउने आदेश दिएछन । तर राजाका सिपाहीहरु चुपचाप बसेछन । सन्तले पटक-पटक क्रोधीत भएर सिपाहीहरुलाई राजालाई तुरुन्तै समात्न भनेछन, तर उनका सैनिकहरु कसैले पनि राजामाथी हात हालेनन् र मूर्तिवत रहेछन ।

06 February, 2009

अग्निसंस्कार र चिनियाँहरु

Agni Shanskar मानव मृत शरीरको दाहसंस्कार सबैले आ-आफ्नै रितिरिवाज अनुसार विभिन्न तरिकाले गर्ने चलन छ। संसारका विभिन्न हनजातिलाई हेर्ने हो भने मृत शरीरलाई जलाउने, गाड्ने, खोलामा बगाउने वा चील गिद्धलाई खुवाउने प्रचलन पनि भेटिन्छन । ती विभिन्न तरिकामा आ-आफ्नै विशेषताहरु भए तापनि तिनीहरुमा केहि बेफाईदाहरु पनि देखिन्छन् ।

यसै प्रसंगमा चीनमा मृत शरीरलाई जमिनमुनि गाढ्ने प्रचलन भएकोमा केहि बर्षअघि लीईएको आँकडा अनुसार, त्यहा मृत शरीर गाढ्ने प्रक्रियाले प्रत्येक बर्ष तीनवटा काउण्टीको जति जमिन खेर गईरहेको छ । जन्मेपछि हरेक मानिसको मृत्यु हुने र प्रत्येक बर्ष बढ्दै गईरहेको जनसंख्याको चापले गर्दा यो समस्याले गम्भिर रुप लिनेमा कुनै शंका नै रहेन ।

मृत शरीरलाई गाढ्ने प्रक्रियाले जमीनको कमी हुने मात्रै होईन, त्यो शरीर जमीनमुनी गल्ने प्रक्रियाले वातावरण प्रदूषणमा पनि असर पर्ने कुरा सर्ब बिधितै छ । त्यसैले अहिले चीनमा त्यसको विकल्पको खोजी भईरहेको छ। मृत शरीरलाई गाढ्नुको विकल्पको रुपमा सबैभन्दा राम्रो तरिका जलाउने देखिएकोले सम्बन्धित निकायहरु हाल यो अग्निसंस्कारमा जोड दिंदैछन ।

13 January, 2009

ह्याप्पी पोंगल !!

pongalक्षीण भारत र त्यसमा पनि विशेषगरी तामीलनाडु र आन्ध्र प्रदेशमा अहिले महोत्सबको माहौल छ । हुन त मकर संक्रान्ति, माघी वा माघे संक्रान्तिको रुपमा हामिकहा पनि यो पर्व मनाईन्छ, तर दक्षीण भारतमा भने यो पर्व जसलाई स्थानिय भाषामा ‘पोगंल’ भनिन्छ यति धुमधामका साथ मनाईन्छ कि यसलाई दक्षीण भारतको महापर्व नै भनिन्छ । सौर्य पंचाङ्गका अनुशार यो पर्व महिनाको पहिलो दिन आउँछ र यो पर्वमा विशेषगरी सुर्य देवताको उपासना गरिन्छ ।

तामिल भाषामा ‘पोंगल’ को मतलव उमाल्नु पनि हुन्छ, साथै यो दिनमा सुर्य भगवानलाई प्रसादको रुपमा चढाईने चामल, मुंग, दूध आदिबाट तयार गरीने एक प्रकारको खीर लाई पनि पोगंल नै भनिन्छ ।

संसारभरिकै पारम्पारिक चाडहरु धेरैजसो कृषी वा किसानसंग सम्बन्धित भएको जस्तै यो पनि प्रतक्ष र परोक्ष दुबै रुपमा कृषीसंग सम्बन्धित छ । पारम्पारिक मान्यता अनुशार, यो पोगंल पर्व चार दिन सम्म मनाईन्छ।

26 October, 2008

शुभ दिपावली !

Tihar 3

यसपालीको तिहार, मेरा सम्पुर्ण ब्लगर मित्रहरु, पाठकवर्ग र संसारभरी छरिएर रहेका नेपालीहरुको लागी मंगलमय रहोस !

30 September, 2008

शुभकामना !

Card 20632 blankविजया दशमीको सुखद उपलक्षमा ब्लगर मित्रहरु, पाठकवर्ग र संसारभरी छरिएर रहेका सम्पूर्ण नेपालीहरुमा हार्दिक मंगलमय शुभकामना !!

18 July, 2008

… …तस्मै श्री गुरवे नमः

(आज गुरुपूर्णीमा!, आउनुस आज नसुध्रने भातमारा नेताको बदख्वाई, बिग्रेको देशको चिन्ता र अन्य सबै कुरा छोडि गुरु बन्दना गरौं)

नातन धर्ममा गुरुको यसै पनि अत्यन्तै ठूलो स्थान छ र गुरुलाई गुरुर्बर्ह्मा गुर्रुर्विष्णुः गुर्रुर्देवो महेश्वर भनेर स्वयं ब्रहृमा, विष्णु र महेश्वर को समेत दर्जा दिई देबता तुल्य मानिएको छ । हाम्रा प्राचिन धर्म शास्त्रमा गुरुको महिमा यत्ति छ की जुनसुकै तन्त्र, मन्त्र वा साधनाको अघि र साधना पछाडि पनि गुरुको बन्धना वा स्मरण गर्ने बिधान छ । यत्ति मात्रै नभई कुनै पनि बिधि बिधान, तन्त्र, मन्त्र वा साधना नै नगरे पनि केवल गुरु कृपाले मात्रै पनि ज्ञान प्राप्त हुने समेत चर्चा शास्त्रहरुमा यत्र तत्र पाईन्छन् भने गुरु विना यी कुनै पनि सधाना सफल नहुने पनि बताईन्छ ।

पश्चिमी संसारमा अंग्रेजिमा यौटा भनाई प्रचलित छः- “खराब गुरुले बताउँछन, साधारण गुरुले पढाउँछन, राम्रा गुरुले सिकाउँछन र महान गुरुले परिबतर्न गराउँछन” । यौ नै पश्चिममा महान गुरुको पहिचान बनेको छ । तर हाम्रो संस्कृतिमा हाम्रा गुरुहरु भौतिक शरिरधारी मानवलाई चेतनाको सर्बोच्च शिखरको अनूभूति दिलाई परमात्मा संग एकाकार गराउने सामर्थ्य राख्नेमा गनिन्छन् त्यसैले पश्चिमी अबधारणाको उक्त "महान" र "परिवर्तन" जस्ता शब्दहरु पूर्विय गुरुको महत्ता दर्शाउन पर्याप्त हुदैंनन् । त्यसैकारण गुरु बन्दनाको अन्तिम पङ्गतिमा गुरु साक्षात परंब्रह्म तस्मै श्री गुरवे नमः भनेर पूर्विय गुरुलाई देवता भन्दा माथि राखेर स्वंय परब्रहृम परमात्मा भएको बताईएको छ । किनकी भौतिक तल देखि चेतनाको शिखरसम्मको यात्रा परिवर्तन मात्रै होईन र यो पूनर्जिवन वा पूनर्जन्म नै हो ।

17 September, 2007

चिनियाँ भाषा भित्रका संस्कृत शव्द

चिनियाँ भाषा गाह्रो छ र चिनियाँ भाषामा हजारौको संख्यामा अक्षरहरु छन् भन्ने कुरा हामीहरु प्रायः सबैले सुनेका हुन्छौं, तर त्यो बुझी नसक्नुको चिनियाँ भाषामा सैयौंको संख्यामा संस्कृत र पाली भाषाका शव्दहरु पनि छन् भन्नेकुरा हामीहरु मध्य धेरैलाई थाहा नहुन सक्छ । अझ संस्कृतका उखान र विभीन्न युक्तीहरु पनि त्यो भाषामा प्रचलीत छन् भन्यौ भने त्यो विश्वासै गर्न नसकीने हुनसक्छ । तर बास्तवीकता त्यही हो । चिनियाँ भाषामा साच्चै नै सैयौंको संख्यामा संस्कृत र पाली भाषाका शव्दहरुको प्रवेश भएको छ र इतिहास पर्यन्त हालसम्म पनि बोलीचालीमा प्रयोग पनि भईरहेका छन् ।

भिन्न परिवेश, फरक संस्कृति र लामो समयको अन्तरालले अपभ्रंश भैसकेकाले आजभोली चिनियाँहरुले ती शव्दको उच्चारण गर्दा ती शव्दहरुका उच्चारण वास्तवीक संस्कृत भाषाका शव्दहरुका उच्चारण भन्दा धेरैनै फरक पर्छन् तर पनि चिनियाँ भाषामा यती धेरै संख्यामा संस्कृत शव्दहरुको प्रवेश भएको छ की चिनियाँ भाषाको इतिहासमा यसलाई "विदेशी शव्दको पहिलो बाढी" को संज्ञा दिईएको छ ।

वास्तवमा बुद्ध धर्मको प्रवेश संगै बुद्ध धर्म मार्फत यी शव्दहरुले चिनियाँ भाषा र चिनियाँ जनजिभ्रोमा प्रवेश गरेको हो, त्यसैले चिनियाँ भाषाको इतिहासमा यी शव्दहरुलाई "बुद्ध धर्म शव्द" पनि भनिन्छ ।

16 September, 2007

浅谈汉语里的梵语词语

尼泊尔是佛教的发源地。佛教的创始人姓乔答摩,名叫悉达多,是出生在尼泊尔的蓝比的。根据中国历史他的生卒年约为 公元前的565-485, 相当于中国的中秋时期。这样来看佛教已经有两千五百多年的历史了。

可是佛教进入中国的时间却晚一些,而佛教又不是直从尼泊尔接流传到中国的,是由印度通过西域各国传到中国的。公元的1-2世纪时(释迦牟尼去世已500 年后)佛教出现了一个比较大的分裂。分成为达乘和小乘两个主要教派。传入到中国的就是大乘佛教。

上面已经讲过,是由印度通过西域各国传到中国的。这样西汉末年佛教就进入了中国。当时,一方面封建统治者希望借助宗教这付"精神麻醉剂" 诱使人们安于现状,顺从其统治。另一方面广大人民也把解脱自己的痛苦寄托在宗教的虚幻许诺上。(希望在那里获得精神安慰)这就为佛教的发展提供了更为有利的社会环境。总之,佛教开始传入到中国各个地方。

这样,随着佛教的流传和发展,大量的梵语词语(一般称佛教词语)进入了汉语里。 语言是随着社会的发展而发展的,所以当一种新的概念产生了后自然会产生一些新的词语。同样,佛教作为一种新的概念进入了中国后汉语就是自然的借了一些梵语词语。因为表达一种从外民族来的思想不得不用一些"外民族的词语" 这是绝对的。