13 March, 2008

गिरिजा कोईरालको 'ग्रया्ण्ड डिजाईन' र 'ग्रेट- ग्रया्ण्ड डिजाईन'

                          

धेरै समय भएको छैन, हाम्रा हालका प्रधानमन्त्री त्यतिबेला नेपालमा घटेका र घट्दै गरेका हरेक घटनालाई यौटै नाम दिदैं बर्बराउँथे "ग्रया्ण्ड डिजाईन"

रत्‍नपार्कमा बस ठोक्कियोस की ग्यासको आपुर्ति रोकियोस, बैंकको सेफ फोरियोस की टेलीफोनको तार चोरियोस उनि यौटै नारा घन्काउँथे ".......यो सबै ग्रया्ण्ड डिजाईन हो ......."

राजा बिरेन्द्रको बंश नास भएको घटना देखि लिएर त्यतिबेलाका यावद कुरालाई उनि त्यहि सजिलो र 'लोकप्रिय' नाम दिन्थे। जे सुकै होस न! "ग्रया्ण्ड डिजाईन" भनिदिए पछि न त कुनै कुराको बारेमा पूर्ण जानकारि लिनु पर्ने, न त आफुले बोलेको कुराको बारेमा जिम्मा नै लिनु पर्ने। त्यसैले उनले बर्षौं सम्म ग्र‍याण्ड डिजाईनको भाँडो बजाए । कहिले ठुलो टुलो कुरामा ग्र‍याण्ड डिजाईनको डम्फु बजाएर रहस्यमय बनाए भने कहिले स-साना कुरालाई पनि त्यहि संज्ञा दिएर पत्रकार हसाँए ।

समष्टीमा ग्रया्ण्ड डिजाईनको डम्फूले गिरिजा कोईरालाले पूर्ण राजनैतीक फाईदा उठाए। पछि कतै पत्रकारहरुले सो ग्रया्ण्ड डिजाईनको बारेमा प्रकाश पार्न अनुरोध गर्दा उनले सधै 'पछि थाहा हुने' बताउँदै आएका थिए ।

समयले कोल्टे फेर्दा हाल उनी पून: देशको प्रधानमन्त्री र राष्ट्राध्यक्ष समेत बनेका छन्, तर अब कमजोर स्मरणशक्ति भएका जनता र पत्रकारले एकातर्फ त्यो कुरा सोध्न बिर्सेका छन भने अर्कोतर्फ उनलाई त्यो ग्रया्ण्ड डिजाईनको बारेमा बताउने फुर्सद पनि छैन । उनले आफू चर्चामा बनिरहन र राजनैतीक बृत्तमा छाईरहन त्यसको भरमार प्रयोग गरे भने जनता र पत्रकारले पनि कहिले गमेर त कहिले हाँसेर त्यसलाई उडाए । अहिलेको स्थितिमा आफू करिव करिव नेपालको सर्बशक्तिमान व्यक्ति हुँदा सम्म त्यस तथाकथित ग्रया्ण्ड डिजाईनको पर्दा नखोलिनुले त्यो 'पिटारा' केवल आफ्नो निहित स्वार्थ सिद्द गर्न मात्र निर्माण गरिएको कुराको भने पर्दा खोलीएको छ।

यो त भयो गिरिजा कोइरालाको ग्रया्ण्ड डिजाईनको कुरो, तर वास्तबमै हेर्दा नेपालमाथी कूदृष्टि राख्‍ने केहि तत्व साँच्चै यौटा विशाल ग्र‍याण्ड डिजाईन बनाएर लागि परेको कुरा हालसम्मका बस्तुस्थितिले उदाङ्गो पारेको छ । नेपालमा घटने प्रत्यक साना तिना घटना देखी लीएर ठुला परिवर्तन र हालैका दिनमा भएका तराई आन्दोलनलाई नजिकबाट हेर्ने सबैले सजिलै अनुमान गर्न सक्ने कुरा हो त्यो ।

आफू कुनै बेला 'divide and rule" को शिकार भएको यौटा तत्व हाल त्यहि नीति नेपालमाथी प्रयोग गर्ने कुचेष्टा गर्दै छ र त्यो ग्रया्ण्ड डिजाईन भित्र हाम्रा सबै 'मै हुँ' भन्ने नेताहरु पनि नराम्ररी गाँजिएका छन् । पहिला पहिला ग्र‍याण्ड डिजाईनको हौवा फैलाउँदै हिड्ने धेरैलाई अहिलेको स्थितिसम्म आईपुग्दा आफू स्वयं पनि अर्कै कुनै 'ग्रेट- ग्रया्ण्ड डिजाईन' को यौटा कठपुतली मात्रै भएको ज्ञान प्राप्त भैसकेको छ भने कति जनाले या त अझै मुर्छीत र गहन सम्मोहित निन्द्रामा परेर यथार्थलाई बुझ्न सकेका छैनन् वा केहि गुलीयो चाटन पाउने लालसामा देशकै अस्मिताको व्यापार गर्न पनि तयार छन ।

नेपाल साँच्चै यौटा 'ग्रेट- ग्रया्ण्ड डिजाईन' को भूमरीमा रुमल्लिने स्थितिमा छ र अबका दिनहरुमा दिवा-स्वप्न बाँडने र गँजडि गफले देश बनाउँछु भनेर मात्रै केहि हुनेवाला छैन । आफ्नो हैसियत भन्दा बाहिरको भ्रम बाँडने र आफ्नो योग्यता भन्दा बढता कुरा गर्ने सबै यहि 'ग्रेट- ग्रया्ण्ड डिजाईन' का कठपुतली मात्रै हुन ।

अन्तमा, गिरिजा कोईरालाको 'ग्रया्ण्ड डिजाईन' त केवल यौटा हौवा मत्रै थियो र त्यसको अहिले कुनै औचित्य छैन तर अहिलेको 'ग्रेट- ग्रया्ण्ड डिजाईन' को भने सबै नेपालीले एकजुट भई मुकावला गर्नु पर्छ । होईन भने त्यो दिन धेरै टाडा छैन जुन दिन हामिले हाम्रा 'महान' र 'हक्की' मानिने धेरै नेतालाई पनि त्यहि 'ग्रेट- ग्रया्ण्ड डिजाईन' को यौटा 'मोहरा' मात्रै भएको थाहा पाउने छौं र केवल पश्चातापको लागि मात्र हामिसंग प्रशस्त समय हुनेछन् ।

4 Comments:

aAkaR said...▼

साँच्चै ग्रायण्ड डिजाइन को कुरा कता हरायो होला ? अनि अहिले आफै 'ग्रेट- ग्रया्ण्ड डिजाईन' को भूमरी मा फसेको जस्तो लाग्छ । पार पाउने एउटै बाटो चुनाव छ तर चुनाव,चुनाव को लागि मात्र होला जस्तो छ । हाम्रो बिडम्बना हामी जनता कुनै grand design गर्न सक्दैनौँ ।

Anonymous said...▼

Baph re!! grand design bhaneko nai k ho open bha chhaina aba pheri yo great grand design!!

But I think i did understand what you wnated to describe.

nepalean said...▼

purano kura birseko thiyo tapai le khotali dinu bhayo. yesta purana rajniti astra kati chhan kati.

basanta said...▼

Yes Dilip dai. It is such an unfortunate condition.

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्‍नुहोला...▼
Please leave your Comments here...▼