10 June, 2008

ढोंग, भक्ति र पैसाको शक्ति

केहि समय अगाडी भारतीय मिडिया र विशेष गरी केहि टेलीभिनज च्यानलहरुमा यौटा हंगामा-समाचारले निकै स्थान पायो ।

समाचार थियो एकजना दक्षीण भारतिय व्यापारीले (जसको नाम म जानी जानी यहा उल्लेख गरि रहेको छैन) शिरडीको साईबाबालाई ९४ के. जि. सुनबाट बनेको यौटा आसन (वा सिंहासन भन्दा पनि होला) चढाए ।

यो आसनको लागत मूल्य मात्रै करिब १० करोड भा. रु. वा नेपाली रुपैयामा गन्दा १६ करोड परेको जानकारिमा आएको छ ।

म नास्तिक होईन (त्यसो त आस्तिक पनि बन्न सकेको छैन र आफूलाई आध्यात्मिकतातर्फ अलिकता आकर्षण रहेको पाउँछु ) तर आस्तिकताको नाममा हुने यस्ता ढोंग र पाखण्डको कुनै मुल्य देख्दिन म ।

दक्षीण भारतियहरु त्यसै पनि अन्ध-भक्ति र यस्ता ‘चढावा’ वा मेरो भाषामा भन्दा ‘दिखावा’ मा प्रतिस्पर्धात्मक रुपमै लागि पर्नेहरुमा गनिन्छ्न र भारतका बिभिन्न मन्दिर र मठहरु विश्‍वकै ‘सबैभन्दा धनि’मन्दिर र मठहरुको लहरमा आउँछन। यसै सम्बन्धमा यौटा साधारण आकडा यहा प्रस्तुत गर्दै छु : यहि शिरडी मन्दिरमा सन २००७ भित्र करिव भा रु ६० करोड नगद, १४ के जि सुन र २३५ के जि चाँदी ‘चढावा’ आएको थियो ।



 

 

 

 

 

 

 

 (जिवनकालमा ढुंगामा बसेका बाबा र हाल स्वर्ण आसनमा राखिएको मुर्ती)

अब फेरी लागौ स्वर्ण आसन तर्फ। १६ करोड भनेको सानो तिनो रकम होईन र यो रकमको उचित प्रयोग भएको भए निक्कै राम्रो काममा लाग्न सक्थ्यो । गरिवलाई लगेर पैसा बाँडने पक्षमा म पनि छैन तर कुनै उद्योगमा नै लगाएको भए पनि २-४ सय जनाले रोजगारि पाउन सक्थे वा कुनै मानव सेवा मै लगाएको भएपनि त्यसले धेरैको भलो गर्थ्यो होला तर अब यो रकम एक हिसाबले कुनै उपयोगिताबिहिन भई ‘फ्रीज’ भएको छ ।

शिरडीका साईबाबा कुनै पौराणिक पात्र, मिथक वा कोरा काल्पनिक व्यक्तित्व होईनन्। मेरो व्यक्तिगत अध्ययन ले देखाए अनुशार उनि एकजना ऐतिहासिक ‘फकिर’ हुन । उनको जन्मको बारेमा बिबाद अझै कायम रहे पनि देहत्याग को समय भने सन १९१८ बताईन्छ । आफ्नो सम्पूर्ण जिन्दगि नै परोपकारमा लगाएका यि सन्तले,  देहत्याग समेत कसैलाई बचाउनको लागि गरेको भन्ने आख्यान पाईन्छ । अब यस्ता कुनै भौतिक सुख त के, शरिरमा समेत कुनै आशक्त नभएका फकिरलाई स्वर्ण आसन चढाउनु बाबामाथि नै व्यङ्य गरेझै लाग्छ मलाई ।

यसै पनि ईश्‍वर प्रसादका हैन प्रेमका भोका छन भन्ने त युक्ति नै चलेको छ, त्यसमाथि पनि यि ‘फकिर’ त झन आफ्नो अत्यन्त सादा जिवनका कारण प्रसिद्ध नै छन। जे होस भक्तिमा पनि होड र प्रतिस्पर्धा कायम छ अहिले । ईश्‍वरको भक्ति, सेवा वा समर्पणले होईन धनले तौलिन्छन् । त्यसैले भोलिका दिनमा अर्को कुनै अझ ठूलो भक्तले अझ ठूलो धनराशि खर्चेर यो भन्दा बहुमूल्य चिज कतै ‘चढावा’ गरि ‘दिखावा’ गरे अचम्म नमान्नु होला ।

6 comments:

  1. प्रतिक्षा10/6/08 4:25 PM

    त्यो पैसा कुनै दीन दु:खी लाई दान गरेको भए पूण्य कमाइन्थयो होला। यो त "दिखावा" नै हो। यहा कति मान्छेहरु सडकमा रात काट्छन्न् मूर्तीलाई बस्न सुनको आसन!

    ReplyDelete
  2. के गर्नु ! जुन देशमा यस्तो धार्मिक मानिसहरु हुन्छन् त्यहि देशमा सबैभन्दा धेरै मानिसले सडकमा रात काटछन् ।

    ReplyDelete
  3. लाखौं मानिसहरु भोकै नांगै आँखा अगाडी मरिरहेको देख्दा पनि तिनीहरुकै लासमा टेकेर आफु पार तर्ने धर्मभिरु पाखण्डीहरु रहुञ्जेल रोकिएला र यो क्रम ?

    ReplyDelete
  4. यस्तै छ यहाँ को चलन !

    ReplyDelete
  5. btw... "तपाई को विचार" भन्ने section ले त काम गरिरहेको छैन त, दिलिप दाइ ।

    ReplyDelete
  6. maagneharu maagi rahechhan andhhahrau aankha nadekhi kanta bijoga maa chhan bhagawanko naam chadhaaune sun paaune le ti garibaharu ko sewa gare kasto shaanti milchha sale dhotti haru dimag gaand ma matra chha sale chor haru

    ReplyDelete