10 March, 2009

केही उटपट्याङ मुक्तकहरु

छट्टु प्रेमी Holiko Pichkari

दिदी पनि बहिनी पनि,
दुबै च्वाँक च्वाँक देख्‍छु । 
कार्वन राखी एउटै चिठ्ठि
दुबै मोरीलाई लेख्छु ।

डिस्को प्रेम

डिस्को हलमा माया बस्यो
हेर्न लागें यता उता ।
नाच्दा नाच्दै वियरले छाड्यो
तिमी कता, म कता कता !  

Faguko Chir

  लमी

तिमी काली छ्यौ त के भयो?
‘ऊ’ मात्रै कहाँ गोरो छ ।
तिम्रो दोस्रो बिबाह भएर के भो?
उसको पनि पहिलेको छोरो छ ।

मन्दीको होली

मन्दिको मारमा,
अबिर, रंग दुर्लभ भए
आउ प्रिय, म तिम्रै गालाको लालीले
तिमिलाई नै रंगाईदिन्छु ।
तिमी आफ्नो प्रेमले मलाई भिजाईदिनु
यसपालाको फागु मीतव्ययी बनाऔं ।

 

जेनेरेशन ग्याप

बुढा बाजेले सम्झाउँदैं थिए: Subha Phagu Purnima
सबैले एक दिन मर्नै पर्छ …’ 
बिचैमा नातिले कुरा काट्यो
‘…त्यसैले त प्रेम गर्नै पर्छ’

ब्लफ कल

‘हेलो !, …’
‘को तिमी?’
‘हैन म ‘तिमी’ को बाऊ”
‘सरी, रङ नम्बर!’

अन्य केही उटपट्याङ मुक्तकहरु

20 comments:

  1. हा हा हा !!! साह्रै दामी गयो ल!

    ReplyDelete
  2. दाईको रंगीन ब्लगले मनै रंगीन बनायो....

    एउटै लबको डबल चिट्ठीले
    खतरा काम गरेछ
    कार्बनले अरु ठीकै गर्यो
    नाम पो एउटै परेछ

    ह्याप्पी होली...

    ReplyDelete
  3. ज्यादै पो मन रमायो है ! होलीको रङ्गीन उल्लासमा यस भन्दा गतिलो सौगात के पो हुन सक्थ्यो र ? तपाईँलाई यतिको रसिलो जोरजामको लागि सादर धन्यवाद र फागुको शुभ कामना । साथै सबै साथीहरूलाई समेत ।

    ReplyDelete
  4. साँच्चै गजब रमाईलो लाग्यो मुक्तकहरु । फागुको शुभकामना !

    ReplyDelete
  5. म त हाँसेको हाँसेकै छु, कमेन्ट मा धेरै लेख्नै आएन !

    ReplyDelete
  6. Haha ...khub ramaailo ...
    Happy holi ...Dilip ji.

    ReplyDelete
  7. दिलिप जी मैले त तिन पटक पो पढेछु । होली संगै रंगियो है मेरो मन पनि । धन्यबाद ।
    सम्पुर्ण ब्लगर मित्रहरुमा यही बाट होलीको शुभकामना फैलाउन चाहन्छु ।

    ReplyDelete
  8. धेरै रमाईला मुक्तक !! मज्जाले हाँसियो बिहान बिहानै !!!

    ReplyDelete
  9. Excellent! :-)
    Really enjoyed reading this post! so humorous. Happy Holi!

    ReplyDelete
  10. मन्दीको होली दामी लाग्यो है, साहित्यिक पनि र समसामयिक पनि।

    ReplyDelete
  11. delip dai all posts are really nice... first one is mind blowing. aani tyo lami vanni ha ha ha i cannot hold me laugh really nice ....

    ReplyDelete
  12. दिलिप जी यसरी एक जनाले दिदी बहिनी दुबै जनालाई ताक्न पाइन्दैन नि ! बहु-बिबाहमा परिएला ? बट, अती गजब छ । मज्जाले एक पटक त पेट मिची-मिची हा हा हा हा हा हाँस उठ्यो ....

    ReplyDelete
  13. Greetings from Italy,good luck

    hello,Marlow

    ReplyDelete
  14. सार्है रमाइलो लाग्यो दिलिप जी , फागु मा यस्तो मुक्तक गएपछी गाईजात्रामा के राख्नु हुन्छ फेरि ?

    ReplyDelete
  15. दिनेशजी,
    सर्ब प्रथमा त मेरो ब्लगमा स्वागत गर्छु ।
    अब गाईजात्रा आउन निकै समय बाँकि छ, त्यतिबेलासम्ममा अरु केहि फूर्ला नी दिमागमा ।

    ReplyDelete
  16. सारै रमाइलो लाग्यो यो पदेर...
    तपाइको यी लेखहरु पदेर विचार गर्दा तपाई एकद रोमान्टिक हुनुहुन्छ जस्तो लग्यो मलाई !

    ReplyDelete
  17. मुक्तक त यस्तो लेख्ने

    ReplyDelete