15 November, 2009

ब्लग विधालाई ट्याबमा राख्‍नुहोस –Easy CSS Menu

यो पोष्टको कुरा छोटकरीमा राख्दा, यो पोस्ट ब्लगको लेबललाई यस्तो :

Menu blankबाट यस्तो बनाउने तरिकाको बारेमा हो । Menu

करिव १ महिना अघि देखीनै केही नयाँ तथा पुराना ब्लगर साथीहरुले मलाई लेबललाई हेडरमा ट्याब वा CSS Navigation Menus को रुपमा राख्ने तरिकाको बारेमा सोध्दै आउनु भएको थियो । केही साथीहरुलाई ईमेलबाट सामान्य तरिका बताए पनि अरु नयाँ आउनेहरुलाई पनि सहयोग होस भन्ने उद्देश्यले यो पोष्ट लेख्दैछु ।

यो मेनु कसरी बनाउने भन्ने बताउनु भन्दा पहिला, १-२ कुराहरु:

हामीहरु हरेकको टेम्प्लेट फरक-फरक हुने तथा यो मेनु राख्‍ने कुनै तयारी ग्याजेट भने नबनेकोले यसका कोडहरुमा टेम्प्लेट पिछ्चे केही सामान्य हेरफेर गर्नु पर्ने हुन सक्छ । यो पोष्टमा म सो सम्भावित कोडहरुलाई पनि हाईलाईट गरेर यो विधिलाई सम्भव भएसम्म सरल बनाउने कोसिस गर्ने छु ।

यो कोड- कन्टेन्टहरु मैले http://www.blogdoctor.me , http://www.blogbulk.com , http://bloggeruniversity.blogspot.com र अन्य केही साईटबाट लिएको छु र सबैलाई मिसाएर सकेसम्म सरलीकरण गर्ने प्रयास गरेको छु । माथीका साईटहरु मध्य केही साईटहरु हाल अपडेट भैरहेका छैनन, तर ती सबै साईटहरु ब्लगरमा ब्लग चलाउनेको लागि एकदमै जानकारी मूलक र उपयोगी छन, विशेषगरी ब्लगरमा छेड-छाड गर्न रुचाउने सबैलाई म ती साईटहरु हेर्न सल्लाह दिन्छु ।

हुन त यो मेनु बनाउने तरिका ‘सेफ प्रोसेस’मै पर्छ, तैपनि, म सबैलाई आफ्नो लेआउटमा कुनै परिवर्तन गर्नु अगाडि पुरानो लेआउटको व्याकअप राख्‍न सल्लाह दिन्छु ।

अब सुरु गरौं मेनु राख्ने तयारी । यसको लागि सबैभन्दा पहिला आफ्नो टेम्प्लेटमा यो नयाँ मेनु बस्ने ठाउँ बनाउनु जरुरी हुन्छ । त्यसैले सबैभन्दा पहिला ब्लगरको Dashboard मा जानुहोस अनी Design हुँदैं Edit HTML मा।

१) अब “Edit Template” भन्दा मुनी देखीने कोड बक्समा निम्न कोड खोज्नुहोस्:

<b:section class='header' id='header' maxwidgets='1' showaddelement='no'>

(कोड खोज्न किबोर्डमा भएको ‘Ctrl’ र  ‘F’  एकै पटक थीचेर खुल्ने सानो बक्समा यो कोड हाल्दा छिटो र सजिलो हुन्छ)

२) अब सो कोड भेटिए पछि त्यसमा भएको '1' लाई '2' बनाउनुहोस र 'no' लाई 'yes'। अर्थात माथिको कोडलाई निम्न बमोजिम परिवर्तन गर्नुहोस:

<b:section class='header' id='header' maxwidgets='2' showaddelement='yes'>

र "SAVE TEMPLATE" थीच्नुहोस्।

After changse

३) अब Edit HTML भन्दा माथि बायाँ पट्टी रहेको "Design" मा थीच्नु भयो भने तपाईले माथिको चित्रमा जस्तै हेडर भन्दा माथि एउटा "Add a gadget" भन्ने नयाँ लामो बक्स देख्नु हुनेछ। त्यो "Add a Gadget" थीच्नुहोस। र त्यसपछि खुल्ने पेजमा “HTML/JavaScript clip_image001” मा थिच्नुहोस।

४) अब खुल्ने कोड बक्समा “Title” खाली नै राख्नुहोस र Content मा भने तलको कोड कपि गरेर तल बताए जस्तै सामान्य परिवर्तन गरी पेष्ट गर्नुहोस: (कोड लामो छ तर नआत्तिनुहोस, यो अन्तिम चरण हो) । सजिलोको लागि यो कोडलाई पहिला कुनै वर्ड प्रोसेसरमा कपी गरेर तल बताईए जस्तै गरी आ-आफ्नो लेबलको url लिन्क  हालेर पेष्ट गर्दा गल्ती नहुन सक्छ ।

कोड:

घर

कविता

५) अब "SAVE" मा थीच्नुहोस । बस सक्कियो।

ध्यान दिनु पर्ने केही कुराहरु:

माथिको कोडको अन्ततिर रहेको AAAAA को सट्टामा आफ्नो ब्लगको नाम राख्‍नुहोस। त्यस्तै XXXXX को ठाउँमा आफ्नो ब्लगको लेबल ।

माथीको कोडमा रहेको title="Home" वा title="Poem" मा भएको "Home" र "Poem" ले माउसको क्रसर कुनै पनि ट्याब माथि लग्दा देखिने ‘टुल टिप्स’ लाई बुझाउँछ भने वा  र  बीचमा रहेका “घर” र “कविता” जस्ता शब्दहरु भने ट्याबमा सधैं देखीने अक्षर समुह हुन ।

यसलाई सजिलो संग बुझ्न मेरै ब्लगको लेबल ट्याबमा माउस क्रसर लगेर हेर्न सक्नु हुन्छ । त्यहाँ “गृहपृष्ठ” मा माउसको क्रसर पुर्‍याउँदा ‘टुल टिप्स’ मा भने "Home" देखिनेछ । तपाई चाहनुहुन्छ भने यी दुबैमा एउटै शब्द पनि राख्‍न सक्नुहुन्छ ।

माथीको कोडमा मैले केवल ‘घर’ र ‘कविता’ भन्ने दुईवटा लेबल मात्रै राखेको छु, तर कोडको अन्तमा भएको

भन्दा माथी आफुलाई थप्न मन लागेको लेबलको अरु लिन्कहरु पनि थप्न सकिन्छ । यसलाई सजिलो गरी बुझ्न:

घर

कविता

मुनि र

भन्दा माथि

कथा

समाचार

जस्तै गरी आफुलाई चाहिने अरु लेबल थप्न सकिन्छ । यहाँ पनि AAAAA को सट्टामा आफ्नो ब्लगको नाम राख्‍नुहोस अनि YYYYYZZZZZ को सट्टामा आफ्नो अरु लेबलको नाम । साथै ‘कथा’ र ‘समाचार’ को सट्टामा आफ्नो विधाको नाम । लेबलको नाम case sensitive हुने भएको र क्यापिटल वा स्मल लेटर मात्रै तलमाथी परे पनि काम नगर्ने भएकोले ध्यान पूर्वक राख्‍नुहोला ।

अन्य थपथाप:

कोडको शुरुमा निलो रंगले लेखिएको width:860px;font-size:90%; ले क्रमश: ट्याबको कुल चौडाई र ट्याबमा देखीने फन्टको साईज निर्धारण गर्छ। त्यसलाई आ-आफ्नो टेम्प्लेटको साईज र ईच्छा अनुसार अंकलाई घटी बढि गरेर मिलाउन सकिन्छ ।

कलेजी रंगले लेखिएको color: #ffffff; लाई परिवर्तन गर्दा ट्याबको फन्टको रंग परिवर्तन हुन्छ।

ट्याबमा रहेका विधालाई बोल्ड गर्न र  बीचमा रहेको अक्षरलाई  र  को बिचमा हाल्नुहोस । उदाहरणको लागि माथीको “घर” लाई बोल्ड गर्नु छ भने घर लाई

घर गर्नुहोस ।

हरियो रंगले लेखिएको कोड background:#2D8930; ट्याबको व्याकग्राउण्ड कलर हो । यसलाई पनि आफ्नो ईच्छा अनुसार फेर्न सकिन्छ

रातो रंगले लेखीएको कोड color:#FFCCFF; परिवर्तन गर्दा माउस क्रसर ट्याबमा लग्दा परिवर्तन हुने रंगलाई देखाउँछ , यो पनि आफ्नो ईच्छा र टेम्प्लेटको रंगको अनुपातमा फेर्न सकिन्छ । कस्तो रंगको कलर कोड के हुन्छ र कुन कोड हाल्दा कस्तो रंग बन्छ हेर्न यहाँ जानुहोस।

ट्याबको व्याक ग्राउण्डमा रंगको सट्टा कुनै ईमेज पनि राख्‍न पनि सकिन्छ । तर यो पोष्ट नै धेरै लामो भएकोले आजलाई यत्ती ।

Happy Blogging !

83 comments:

1. wow !
grt tips...really informative...

ReplyDelete
2. धन्यबाद, उपयोगी टिप्सको लागि

ReplyDelete
3. अहा! अति नै उपयोगी ब्लग्स टिप्स पस्कनु भयो दिलिप जी, हेडर र साइडबार जस्ताको तस्तै राखेर मेन कोलममा लेबल देखाई दिने रहेछ । एकदम मन पर्यो ।

ReplyDelete
4. दिलिप दाइ मैले खोजेको खुराकी त बल्ल पाँए ।

धन्यवाद ।।

ReplyDelete
5. Dilip jee,
thank you so much for your valuable information, it is very helpful for me..and i have seen lot of comments regarding on this topics, i have requested you to help this topic and you have contributed your valuable time for me and others..

Thanks again from my heart..

Gyelbu Sherpa

ReplyDelete
6. धन्यवाद दिलीप दाई यो बहुमूल्य पोष्टका लागि ।

मेरो ब्लगमा जसोतसो यो कोडलाई हाले । लग हेडरको मुनि तपाईको जस्तै सजाएर राखौं भनेको टेम्पलेटले साथ दिएन । कोडको ब्याकग्राउण्ड कलर चेन्ज गर्दा पनि देखाएन । तर ठिकै छ जसोतसो काम चलाउ भएको छ है ।

ReplyDelete
7. राजेश भाई, यो पुरै 'कोड बक्स' वा ट्याब लाईनलाई ड्र्याग गरेर हेडर मुनि राख्‍न सकिन्छ । एकचोटी तल 'तानेर' हेर्नु होला ।

कहीले काही कोडलाई पनि 'जिस्क्याउनु' पर्छ । ड्र्याग गर्दा हेडर मुनि आएन भने एक चोटी साईडबारमा झारेर फेरि त्यसलाई हेडर मुनि तानेर हेर्नुस ।

ReplyDelete
8. यति मिहिनेत गरेर लामो पोस्ट तयार पार्नुभयो, कतिविघ्न गहकिलो काम !
आफ्नो टेम्प्लेटमा भने लेबल ट्याब राख्ने उपयुक्त 'आँगन' नदेखेकोले अहिलेसम्म सोचेको छुइनँ । तर धेरै सँगीसाथीको निम्ती यसले ब्लगको उपचारमा बुटीकै काम गरेको छ ।

ReplyDelete
9. धन्यवाद दिलिप सरलाइ यस्ताे उत्कृष्ट ब्लग्स टिप्स पस्कनु भयो

ReplyDelete
10. aashish:

dilip dada sarai upayogi post , idea dinu bhayeko ma dhanya baad,
dada yo idea use garera new "add a gadget" rakhna ni mil6 ki mildaina ?

ReplyDelete
11. Aashish bro,

If you mean to say that you want to add these tab on sidebar, you can do it.

The first step, I have described here is just to make 'space' below the header.

If your template is already having that space or if you want to add it on sidebar, you can also do it.

ReplyDelete
12. सारै नै उपयोगी टिप्स पस्कनु भयो त दिलिप जी, धन्यबाद्!

ReplyDelete
13. दाई तपाईले भनेझै ड्रयाग गरेर चारैतिर लगाए तर पनि भएन खयर यस्तै मलाई यस्तै ठिक लाग्यो ।

दाई सो लेबललाई बोल्ड र रातो कलर गरौं भनेको केही भेउ पाउन सकिन । फुर्सदका बेला यही पोष्टको कमेन्ट बक्समा उपाय सिकाई दिनुहोला ।

ReplyDelete
14. राजेश भाई,
यो ब्लगरको कमेण्टबक्समा केही कोडहरु राख्न नमिल्ने भएकोले तपाईको दुबै प्रश्नको उत्तर मैले माथीकै पोस्टमा अपडेट गरिदिएको छु । पोष्टको अन्ततिर भएको अन्य थपथाप: भन्दा मुनि हेर्नु होला ।

ReplyDelete
15. दिलिप सर यो तपाईंको अमुल्य टिप्स को लागि धेरै धेरै धन्यवाद
अनी सर मैले मेनु बार त बनाइ सकेको छु अब तेसमा पोस्ट गर्दा कथा कबिता समाचार पोस्ट गर्दा कसरी पोस्ट गर्ने कुन माध्यम बाट हो मेनु बार को कबिता मा क्लिक गर्दा पोस्ट गरियको कबिता को पेज खुल्ने कसरी बनाउने हो कृपया बताइ दिनु भए आभारी हुने थिए सर

ReplyDelete
16. देवराज जी,

मेनुबारले काम गर्नकोलागि सबैभन्दा पहिला तपाईले आफुले लेखेका रचनाहरुलाई बिधा छुट्टाएर राख्नु पर्ने हुन्छ ।

जस्तै तपाइले कुनै कविता लेख्नु भयो भने शीर्षक राखेर ‘पब्लिस’ गर्नु अगाडि ब्लगरको पोस्ट इडिटर ( अर्थात जुन पेजबाट तपाईले पोस्ट पब्लिस गर्नुहुन्छ) मा तल दायाँ पट्टी भएको Labels: मा सोको बिधा के हो ( कथा, कविता, समाचार आदि ) लेख्नुहोस। त्यसपछि मात्रै तपाईका रचनाहरु निश्चित बिधामा सूचिकृत हुन्छन ।

पुराना लेखिसकेका पोस्टमा पनि तपाई “Edit Posts” को प्रयोग गरी Labels: थप्न सक्नुहुन्छ ।

त्यस्तै नयाँ रचना लेख्दा पनि यहि Labels मा सो को बिधा पनि टाईप गरेर पब्लिस गर्नुहोस तपाईका रचनाहरु आफै, तोकिएको मेनु क्लिक गर्दा खुल्नेछन।

ReplyDelete
17. mero khusiko simana nai rahena ...............sarai upayogi tips....dhanyabad hajurlai...

ReplyDelete
18. दिलिप सर नमस्कार
तपाईं लाई धेरै दु:ख दिए यसको लागि क्षमा माग्न चाहन्छु र तपाईंलाई धेरै धेरै धन्यवाद दिन पनि चाहन्छु किन की तपाईंको यो प्रयास ले म आज आफ्नै मेनु बार मा रमाउन पाय सर तपाईंको यो सहयोग लाई मैले कहीले पनि बिर्सने छैन । धन्यवाद सर फेरी पनि

ReplyDelete
19. sir this post is very useful for a people who interested to blog.
thank u for this post.
but how we can remove blogspot follow, share etc tab.
pliz help.

ReplyDelete
20. माथी "नयाँ बर्ष २०६६...." को नाममा कमेण्ट लेख्‍नुहुने मित्र,

यदि तपाईले ब्लगरको सबैभन्दा माथी (हेडर भन्दा माथी)हुने Navbar हटाउन खोज्नु भएको हो भने सबैभन्दा पहिला ब्लगरको Dashboard मा जानुहोस अनी Layout हुँदैं Edit HTML मा।

अब “Edit Template” भन्दा मुनी देखीने कोड बक्समा निम्न कोड खोज्नुहोस्:
b:skin>

(याद गर्नुस करिब करिब यस्तै अर्थात /b:skin> भन्ने कोड पनि त्यहाँ हुन्छ तर हामीलाई चाहिने भनेको b:skin> हो ।

अब सो कोडभन्दा पछाडि तलका कोडहरु थप्नुस:

div.navbar {
opacity:0.0;
display:none;

र "SAVE TEMPLATE" थीच्नुहोस्। तपाईको Navbar हराउने छ ।

ReplyDelete
21. दिलिप सर, ब्लगका पोस्टहरुलाई फेसबूकमा बाडने बटम राख्न के गर्नु पर्ला
www.hamrogaighat.blogspot.com

ReplyDelete
22. भुवन भाइ,

ब्लगपोस्ट लाई फेसबुकमा बाँडने धेरै किसिमका ग्याजेटहरु छन । यदि तपाई काउन्टर समेत भएको ग्याजेट चाहनुहुन्छ भने यो पेजमा जानुहोस।

त्यस बाहेक यहाँ यहाँ पनि यस बारेमा जानकारी पाउन सक्नुहुन्छ ।

मेरो ब्लगमा भएको ग्याजेट भने म आफैंले बनाएको हो । यदि ठ्याक्कै यस्तै सेयर अप्सन चाहनुहुन्छ भने मलाई लेख्नु होला ।

ReplyDelete
23. mitra mani baral28/12/09 7:58 PM

thank u
sir.
im very happy for u.
because your tips is very useful and importanat for my blog.

ReplyDelete
24. मैले हजुरले भनेका ब्लगबाट मैले कोड त हाले तर तेसलाई edit गरेर नेपालीमा फेसबूकमा बाडनुस् चाँही भएन केही उपाय छ कि दाई ??

ReplyDelete
25. भुवन भाइ,

मैले माथी भने जस्तै मेरो बल्गमा भएको नेपालीमा लेखिएको ईमेज-कोड मैले आफैंले बनाएको हो ।

तपाइ कम्प्युटरमा कत्ति दख्खल राख्‍नुहुन्छ थाहा भएन, तर यदि तपाई ईमेजमा नेपालीमा केही राख्‍न चाहनुहुन्छ भने कुनै सानो ईमेज आफैं बनाएर अपलोड गर्न सक्नुहुन्छ । यसको लागि तपईले हाल प्रयोग गर्नु भएको कोडमा भएको :
http://i15.photobucket.com/albums/a398/syilpid/share_on_facebook_2.png

को सट्टामा आफ्नो इमेजको कोड राख्नुहोस ।

ReplyDelete
26. dilip dai,
na computer ra blog ko lagi sikaru manchhe ho tapai le dekhayako magdarsan ko lagi dhanyabad...... kritagya chhu ma .

ReplyDelete
27. दिलिप जी, अाभारी छु तपाइको यो सहयोगी पूर्ण जानकारीका लागी । यो निके नै Informative छ । मैले पनि तपाइले दिनु भएकै कोडहरू प्रयोग गरी सफल त भएँ तर केही अप्ठ्याराहरूको अनुभव भयो । शायद यो क्षेत्रमा पहिलो पटक गरेको प्रयास कै कारण पनि हुन सक्छ ।
अब म मेरो दुइ कोलम मात्र भएको ब्लगलाइ तीन कोलममा राख्न चाहन्छु । यसको लागी केही सहयोगको अपेक्षा गरेको छु तपाइबाट । मेरो हालकै Template मा तीन कोलम बनाउन के कसो गर्नु पर्ला ? कृपया बताइ दिनु हुन्छ कि ? अाभारी हुने थिएँ । साथै तपाइ संग अनलाइन कुरा गर्ने मोका दिनु भए अझ मेरो समस्या खुलस्त राख्न पाउने थिएँ ।
धन्यवाद
विष्णु प्याकुरेल, साउदी

ReplyDelete
28. दाई फेसबूक तस्विरको लागि धन्यवाद, मैले share on facebook प्रयोग त गरे तर एउटा समस्या आयो मेरो read more छोपियो केही समाधान को उपाय छ कि ??
http://hamrogaighat.blogspot.com

ReplyDelete
29. मैले http://hamrogaighat.blogspot.com/search/label/%E0%A4%A1%E0%A4%BE%E0%A4%89%E0%A4%A8%E0%A4%B2%E0%A5%8B%E0%A4%A1 को "नेपाली फन्ट डाउनलोड गर्नुहोस्" post मा प्रयोग गरेको थिय ।

ReplyDelete
30. भुवन भाइ, "Read More", फेसबुक सेयरको इमेजले छोपीएको हो भने फेसबुक सेयरको ईमेजलाई ट्यागहरु प्रयोग गरेर 'सेन्टर' वा 'लेफ्ट' मा सार्न सक्नुहुन्छ ।

वा Read More लाई पनि लेफ्ट वा राईट एलाईन गर्दा पनि हुन्छ ।

यो ब्लगरको कमेण्टबक्समा ट्यागहरु राख्‍न मिल्दैन त्यसैले आवश्यक भएमा ईमेल सम्पर्क गर्नुहोला ।

ReplyDelete
31. Dada, maile bhanna khojeko kura k bhane ?
ma euta add a gadget top ma banauna chahan6u, jun mero template ma aafnai 6ena, aafai rakhna sakin6 ki sakinna bhaneko ....
plz.... reply dinuhun6 bhanna aasha chha..

ReplyDelete
32. अाइ टि काे कलेजमा पढेकाे जस्तै गरी बलग बनाउन सक्ने भए धन्यवाद सर तपाइलाइ ।

ReplyDelete
33. Dilip sir mero blog ma template change gareko aphule use gareko bowser bata ta ramrai sanga show huntyo tara cyber ma ayer hereko ta post pura show nahunew rahe6, sathile pani yestai complain gareko thiyo yo sammasya bat par pauna k garnu parla ? ekchoti http://merasirjanharu.blogspot.com/ tapaiko blog khlolda janhabat pani purai khulchha ra purai show pani hunchha tara mero kina nabhayeko hoal?

ReplyDelete
34. अधिकारी जि,

मेरो बाट पनि तपाईको ब्लग ठिकै देखिन्छ । कहिले काही पुराना मोनिटरहरुमा 'वाइड टेम्प्लेट' पुरै नदेखिने हुनसक्छ । पुराना screen resolution 800 x 600 भएका मोनिटरमा मात्रै यस्तो देखिएको हो कि अरुबाट पनि हो एक पटक हेर्नुहोला ।

ReplyDelete
35. Dilip sir,
ब्लगलाई तपाईको जस्तो टेबमा राख्न सकिएन । माथिको हैडर र तलको टैब अलग अलग बसेको छ ।यसलाई कसरी मिलाउने कृपया सुझावको लागि लेख्दैछु । साथै फूल स्क्रिनमा बाँया समेत साइडवार राख्नको लागि सुत्रहरू दिनुहोस न त । धन्यवाद ।

ReplyDelete
36. रूक्मागत जी,

यो पुरै 'कोड बक्स' वा ट्याब लाईनलाई ड्र्याग गरेर हेडर मुनि राख्‍न सकिन्छ । एकचोटी तल-माथी 'तानेर' हेर्नु होला ।

कहीले काही कोडलाई पनि 'जिस्क्याउनु' पर्छ । ड्र्याग गर्दा हेडर मुनि आएन भने एक चोटी साईडबारमा झारेर फेरि त्यसलाई हेडर मुनि तानेर हेर्नुस ।

त्यसो गर्दा भएन भने एक पटक । यो ट्याब हाल्न सुरुमा परिवर्तन गरिएको कोड अर्थात:

मा भएको '2' लाई '3' बनाएर पनि सो ट्याब लाईन र हेडरलाई तल-माथी गर्न ट्राई गर्नुहोला ।

वायाँतर्फ साईडबार राख्ने प्रोसेस टेम्प्लेट पिच्छे फरक-फरक छ र सबैमा एउटै प्रोसेस लागु हुँदैन। सजिलोको लागि कुनै थर्ड पार्टी टेम्प्लेट अर्थात सुरुमै ३ कोलम भएका टेम्लेट राख्दा पनि हुन्छ ।

भ्याएँ भने यस बारेमा एउटा सानो पोस्ट लेख्ने बिचार गर्दै छु ।

ReplyDelete
37. sir mero site www.kyaramro.blogspot.com ma audio mp3 pani rakhana chahan6u?
kasari garne pliz help me.
and sir mero poll ko question ko font ghatauna chahan6u?

ReplyDelete
38. तपाईले MP3 Blogger को server मा हैन अन्त कतै अपलोड गरेर त्यसको कोड मात्रै ब्लगमा Embed गर्ने हो। त्यसको लागि http://www.archive.org/ वा http://www.upload-mp3.com/ जस्ता कुनै सर्भरमा MP3 अपलोड गरेर त्यसको कोड आफ्नो ब्लगमा हाल्न सक्नुहुन्छ ।

तपाईको poll को question font घटाउन त्यसको कोडमा भएको :

< h2 class="title"> वर्तमान समयमा सुचना प्रविधिको कुन माध्यम प्रभाकारी हो ? < /h2>

भन्ने लाईनलाई
< h5 class="title"> वर्तमान समयमा सुचना प्रविधिको कुन माध्यम प्रभाकारी हो ? < /h5>

वा h2 लाई h4 वा h3 आदिमा मा परिवर्तन गरेर ट्राई गर्नुस !

ReplyDelete
39. sir namaskar
mero blog www.kyaramro.blogspot ko templete ma 2 wata colunm 6a tara 2 wata ko gap badhi bhayo kasari ghataune ?
pliz help me.

ReplyDelete
40. मित्र मणी बराल जी,
तपाईको टेम्प्लेटको डिफल्ट कोडहरु ईडिट गरेर पेजलाई धेरै चौंडा बनाएकोले यस्तो भएको हो ।
यसलाई पून: डिफल्ट साईजमा ल्याउन आफ्नो ब्लगरको Dashboard मा जानुहोस अनी Layout हुँदैं Edit HTML मा।

अब “Edit Template” भन्दा मुनी देखीने कोड बक्समा निम्न कोड खोज्नुहोस्:

#outer-wrapper {
margin: 0 auto;
border: 0;
width: 950px;

यसमा भएको 950 लाई 692 वा 700 बनाएर Preview हेर्नुहोस । आफूलाई चित्त बुझ्ने साईजमा आएपछि ‘सेभ’ गर्नुहोस ।

ReplyDelete
41. sir maile you tube ko video ko code blog ma post gare. tara mero templete size 2 column ko bhayeko le aadha matra video dekhiyo. k garda thik hola. mero blog www.kyaramro.blogspot.com

ReplyDelete
42. मित्र जी,

मैले यो भन्दा माथी तपाईँकै प्रश्नको जबाफमा दिएको तरिका अपनाएर तपाईँ आफ्नो पोस्ट सेक्सनलाई चौँडा गर्न सक्नुहुन्छ । (त्यसमा लेखिएको 'Layout' को सट्टा अहिले भने 'Design' भन्ने शब्द प्रयोग हुन्छ, त्यो भने ख्याल गर्नुहोला)

वा मेरो यो पोस्टको अन्ततिर भएको ब्लगरको आफ्नै टेम्प्लेट ईडिटर: मा बताईए अनुसार ब्लगरको कुनै नयाँ टेम्लेट छानेर आफूले चाहेजस्तो र चाहे जत्रो साईजको बनाउन सक्नुहुन्छ । एकचोटी यो पोस्ट हेर्नुहोला ।

ReplyDelete
43. दिलिप सर नमस्कार
तपाईं लाई धेरै दु:ख दिए यसको लागि क्षमा माग्न चाहन्छु र तपाईंलाई धेरै धेरै धन्यवाद दिन पनि चाहन्छु : ra sur tapaile bhane jhee maile afno blog ma ब्लग–Easy CSS Menu- banaune pura kosis gare tar 2 hi ban paye ra tapaile bhane jhee aru thapne kosis gare tar kahile tab tal aauchha kahile mathi hunchha ra ma pura safl hun saken sir kin hola yesto hune ra yesko koi uapaye bhaye plz bataune kosis garidinu hola ..

ReplyDelete
44. गोकुल भाइ,
यो नेपाली रोमनमा लेखिएको कुरा बुझ्न साह्रै गाह्रो लाग्छ मलाई :)। तैपनि तपाईँको दुइटा भन्दा बढि लेबल नआएको हो भने हाल भएको कोड:

गृहपृष्ठ

फोटा हरु

मा अरु लेबलको लिन्क थप्दै जान सकिन्छ। जस्तै माथिको कोड लाई यस्तो:

गृहपृष्ठ

फोटा हरु

कविता

चुटकीला

बनाउनु भयो भने तपाईँको 'कविता' र 'जोक' भन्ने लेबल पनि आउने छ । केही कुराहरु माथिको पोस्ट र कमेन्टमा पनि लेखिइसकेको छ । क्रमैसँग हेरेर गर्नु होला बन्छ ।

ReplyDelete
45. dilip sir
mero ma pani tehai problem... maile tyo CSS menu jastai banaye n banyo pani but pa6i click garda not register van6 n tya vitra post chai kasari garne ni...

ReplyDelete
46. रोशन जी, तपाईँको प्रश्नको उत्तरको लागि, यही पोस्टमाथी मैले देवराज जी को कमेन्टमा लेखेको उत्तर हेर्नुहोला ।

ReplyDelete
47. Thank you Dilip ji for the information. I have started blogging in health related topic few months back and ur article is really helpful. I appreciate ur effort in this. It is helping me to change the presentation of my blog. Looking forward to get more informative articles like this from you.
my blog - स्वस्थ नेपाल Healthy Nepal
URL - http://myhealthynepal.blogspot.com/

ReplyDelete
48. @ Dr. Samir !

It's nice to note that my blog has somehow been helpful to you. I'm also happy to find your blog which is totally dedicated to health related topics.

Happy Blogging !!

ReplyDelete
49. Bairagi kaiela1/6/11 1:46 AM

dilip ji yo css menu mallai sarrai ramro lagyo ra yesle kam pani garyo yesko width ta badhyo tara hight chai kasari badhune hola yeso bataidinuhunthyo ki?

ReplyDelete
50. वैरागी जी, पहिला सजिलो उपाएबाट ट्राइ गरेर हेर्नुस। यो कोडको सुरुवातमा भएको font-size:90%; लाइ बढाएर
font-size:100%; वा त्यो भन्दा बढि गरेर हेर्नुस त :)

ReplyDelete
51. Bairagi kaiela2/6/11 6:22 AM

dilip ji yo idea ta maile pahilai nai use gari sake tara mero blog anusar enugh bhayena aru kunnai idea chha bhane bataidinuhosna?

ReplyDelete
52. वैरागी जी,
सबैभन्दा सजिलो र 'पक्का' तरिका त्यहि नै हो । तपाईँले आफ्नो ब्लगको लिन्क नदिनु भएकोले अरु कुरा भने त्यसै भन्न सकिन्न । माथिको तरिकाले १०० % काम गर्छ :)

ReplyDelete
53. दिलिप जी,
तपाईंलाई फेरी पनि दुःख दिन खोज्दै छु,बरु फुर्सदमा सल्लाह दिनुभए पनि हुन्छ यसको लागि तपाईंलाई धेरै धेरै धन्यवाद दिन पनि चाहन्छु,कूरो चाहिँ के भनेनी- तपाईको माथिको पोष्ट अनुसार ब्लग विधालाई ट्याबमा राख्न त सकियो तर त्यहाँका 9 ओटा ट्याब मध्ये दायाँतिरका अन्तिम 2 ओटा ट्याबमा करसर राखदा हाइलाइट हूँदैनन् र क्लिक पनि हुदैनन् तर बाँयातिरका 7 ओटा भने सजिलै हाइलाइट र क्लिक पनि हुन्छन्,अर्को कूरो Labels ले पनि काम गरिराख्या छैन,जुन तपाईकै माथिको comment को answer अनुसार नै गरेको हुँ,एकपटक उक्त ब्लग हेर्ने कि http://ishwaree.blogspot.com/.....

ReplyDelete
54. दिलिप जी,
मैंले फेरी पनि माथिकै कुरा कोट्याउन चाहेँ, माथिको पोष्ट अनुसार ब्लग विधालाई ट्याबमा राखियो, त्यसले केही हदसम्म काम पनि गरिराखेको छ तर मैंले माथि पनि भनिसकेको छु त्यहाँका 9 ओटा ट्याब मध्ये दायाँतिरको अन्तिम ट्याबमा करसर राखदा हाइलाइट हूँदैन र क्लिक पनि हुदैन तर बाँयातिरका 7 ओटा भने सजिलै हाइलाइट र क्लिक पनि हुन्छन्, एउटा (दायाँतिरबाट दोस्रो)चाहीँ निकै मुस्किलले मात्रै हाइलाइट र क्लिक हुन्छ, किनकि त्यसको लागि करसर दायाँतिरबाट दोस्रो र तेस्रो ट्यावको लगभग बिचमा राखेजस्तो गर्नुपर्छ, तर अर्को कूरो तपाईले माथि comment मा भने जस्तै कोडलाई जिस्क्यार पुरै 'कोड बक्स' वा ट्याब लाईनलाई ड्र्याग गरेर कहिले हेडर मुनि त कहिले माथि र साईडबारमा झारेर राख्दा त्यसले पुरै काम गर्‍यो तर हेडर मुनि राख्दा काम गरेन, अनि २ लाई ३ बनाउँदा पनि भएन । बरु कोडको सिरानमा रहेको margin कम गर्दा हाइलाइट र क्लिक दुबै हुन्छ, तर यसमा पनि पुरै बक्स बाँयातिर र्सर्दै आउने हुनाले यसबाट पनि समस्या समाधान भएन ......अब के गर्दा उपयुक्त होला ????????

ReplyDelete
55. इश्वरी जी,

भर्खर तपाईँको ‘पेज सोर्स’ हेरेथेँ । मेरो कम्प्युटरबाट हेर्दा अगाडिका ८ वटै ट्याबहरू देखिन्छन् र क्लिक गर्न पनि मिल्छ । अन्तिम ट्याब भने देखिन्न । मैले हेर्दा यो नेभिगेसन मेनुको चौडाइ कम भएको र अगाडि पछाडिको मार्जिनको कारण यस्तो देखिएको हो । यसलाई दुई तरिकाले समाधान गर्न सकिन्छ ।

पहिलो: तपाईको ट्याबमा भएको फन्टको साइज घटाएर हेर्नुस। हाल तपाईँको टेम्प्लेटमा भएको यो कोडको सुरुकै भागमा हेर्नु भयो भने:
#tabsI {
width:900px;
margin:0px 20px 0;
background:#2D8930;
font-size:80%;
भन्ने कोड ग्रुप देखिन्छ । त्यसमा भएको font-size:80%; लाई font-size:70%; वा केही घटबढ गरेर हेर्नुस ।

दोस्रो तरिका: तपाईले Watermark टेम्प्लेट प्रयोग गरेको र त्यसमा पेजको min-width: र max-width: दुबै 1000px; भएकोले यदि फन्टको साइज नघटाइ सबै ट्याब देखिने बनाउने हो भने माथिकै कोडको width:900px; लाई width:950px; वा width:975px; वा घटबढ गरेर पनि हेर्न सक्नुहुन्छ ।

लेख्दै जाँदा भविष्यमा “विधा” को सङ्ख्या बढ्दै जाने भएकोले माथिका दुबै तरिका अपनाउँदा पनि राम्रो हुन्छ ( किनकी तुलनात्मक रूपमा हाल ट्याबमा भएको फन्टको साइज केही ठुलै छन् )

ReplyDelete
56. This comment has been removed by the author.

ReplyDelete
57. दिलिप दाजु यहाँको यो पेज निकै नै राम्रो लाग्यो । यसबाट धेरै कुराहरु सिक्न पाइरहेको छ । दाजु Label कसरी बनाउने हो ? मेरो ब्लगमा Label देखाउदैन यसलाई कसरी एक्टिभ गर्न कृपया यसको बारेमा जानकारी पाए धन्य हुने थिए । www.newsoftokha.blogspot.com

ReplyDelete
58. सुबि श्रेष्ठ भाइ,
Label आफैँले बनाउने वा कुनै पोस्ट लेखेपछी हरेक पोस्टलाई कुनै लेबलमा राखेर छुट्टाउने प्रक्रिया हो ।

जस्तै तपाइले कुनै कविता लेख्नु भयो भने शीर्षक राखेर ‘पब्लिस’ गर्नु अगाडि ब्लगरको पोस्ट इडिटर ( अर्थात जुन पेजबाट तपाईले पोस्ट पब्लिस गर्नुहुन्छ) मा तल दायाँ पट्टी भएको Labels: मा सोको बिधा के हो ( कथा, कविता, समाचार आदि ) लेख्नुहोस। त्यसपछि मात्रै तपाईका रचनाहरु निश्चित बिधामा सूचिकृत हुन्छन ।

पुराना लेखिसकेका पोस्टमा पनि तपाई “Edit Posts” को प्रयोग गरी Labels: थप्न वा सम्पादन गर्न सक्नुहुन्छ ।

ReplyDelete
59. दिलिप दाई सबैभन्दा पहिले तपाईंलाई शुभ बिजया दशमी २०६८ को हार्दिक मंगलमय शुभकामना छ। म तपाईंका सकेसम्म हरेक पोस्ट हेर्छु र तेसै अनुसार आफ्नो ब्लग पनि improve गर्छु। तपाईंको "ब्लग विधालाई ट्याबमा राख्‍नुहोस –Easy CSS menu " साह्रै राम्रो लाग्यो, मैले पनि यहाँको सुझाब र दियेएका code हरु use गरे तर मैले बनाएको हरेक labels मा पोस्ट गर्दा home र labels both मा पोस्ट हुन्छ। र home बाट पोस्ट हटाएमा both ठाउँ बाट हट्छ एस्तो किन भएको होला। यहाँको सुझाव को प्रतिक्ष्यामा छु। pramod pokhrel
www.apexavast.blogspot.com

ReplyDelete
60. दिलिप sir, नमस्कार
जतिवेला तपाइको ब्लग देखे मलाइ ब्लग सम्वन्धि समस्या हरु वाट धेरै राहात मिले जस्तो हुन थाल्यो, यति धेरै उपयोगी टिप्सहरु पोस्ट गर्नु भयकोमा धेरै धेरै धन्यवाद,साथै मइले तपाइले भनेजस्तै लेवल बनाइ पोस्ट गर्ने ट्राइ गरेको थिय जस्मा पोस्ट गर्दा होमपेज र थपेको नया ट्याव मा पनी दुबैठाउमा पोस्ट हुन्छ समाधान के होला? मलाइ लाग्छ वक्सको कोडहरु मिलेनकी,,,
यहाँको सुझाव को प्रतिक्ष्यामा छु।
haminapun.blogspot.com

ReplyDelete
61. प्रमोद जी र हम बहादुर जी,
'होम' मा तपाईँहरुले पोस्ट गर्नु भएका अन्तिम केही रचनाहरू देखिन्छन् नै । पछि पोस्टहरू थपिदैँ जाँदा, नयाँ पोस्टहरु होममा बस्छन् र पुराना पोस्टहरू भने पछाडिका पेजहरुमा पुग्छन । जसमा labels को माध्यमबाट छीटो पुग्न सकिन्छ ।

त्यसैले ब्लगमा पोस्टको सङ्ख्या कम हुँदासम्म निश्चित labels मा राखेका पोस्टहरू पनि 'होम'मा देखिन्छन् । यो सामान्य कुरा हो । नयाँ पोस्टहरू थप्दै जानुस त्यसपछि पुराना पोस्टहरू आ-आफ्ना labels मा बस्छन् । यदि होम पेजमा पोस्टको सङ्ख्या घटाउने हो भने ब्लगरको Dashboard बाट Settings>>Formatting मा गएर "Show at most" भन्दा पछाडि १ व २ "Posts" चयन गर्न सक्नुहुन्छ :)

ReplyDelete
62. दिलिप दाई तपाईको सल्लाह अनुसार यस्तोृ प्रकारको पेज वनाएको छु तर त्यती राम्रो हुन सकेन । एकपटक भिजिट गरेर प्रतिक्रियाको अपेक्षा गर्छछु ।
arghakhanchipaper.blogspot.com

ReplyDelete
63. dai maile tapaile bhane anurup nai gare tara bhaye kina hola http://krisalapuri.blogspot.ro/

ReplyDelete
64. दिलिप दाई. हजुरले भन्नुभयजस्तै  लाई  बनायर सेभ टेम्प्लेट थिच्दा Revert widget templates to default भनेर आऊंछ ।ट्रिक नं ३ मा भनेजस्तो हुन्न त क्रपाा झर्को नमानी बताईदिनुभय आभारी हुने थिंए ।

ReplyDelete
65. दिलिप दाई. हजुरले भन्नुभयजस्त १ लाई दुई र नो लाई यस बनायर सेभ टेम्प्लेट थिच्दा Revert widget templates to default भनेर आऊंछ ।ट्रिक नं ३ मा भनेजस्तो हुन्न त क्रपाा झर्को नमानी बताईदिनुभय आभारी हुने थिंए ।

ReplyDelete
66. http://k24g25kothi.blogspot.com/ यसमा के मि म्जरी छ एकचोटी फुर्सद भए हेरेर सुझाब दिनुस ।

ReplyDelete
67. Dlip dai
dai yo code () le ta header ko matra khulchha tara footer ko kholnu paryo vane kasari kholne ho batai dinu hunchha ki kai.

ReplyDelete
68. सर जानकारी को लागि धन्यवाद! दिलीप सर ब्लग मा vide राख्न जाने तर you tube बाट राखेको video राखेको दुई दिन पछि डेखायन किन होला?

ReplyDelete
69. This comment has been removed by the author.

ReplyDelete
70. Dilip Sir
Maile pani blog ma tab menu rekhna khojeko tara sakina . Detail plz.

ReplyDelete
71. This comment has been removed by the author.

ReplyDelete
72. Thanks for the great Tips sir.

ReplyDelete
73. Dai i have been visiting your blog and i have been getting lots of ideas from your blog. I tried to put css tab on blog page and am able to put it but on the top of banner. I like to put it below banner, Is there anyway i can make it happen?

ReplyDelete
Replies
1. Dhruba Bhai,

Can you give me your blog address, so that I can see and suggest, what exactly can we do !

Delete
74. thank you sir... but mero blog ma malai read more rakhna aayana plz help garnuhosh na....... http://coolsurkheti.blogspot.com/

ReplyDelete
75. धेरै उपयोगी सामाग्रीको लागी धन्यवाद सर, ब्लगमा लेखिएका पोस्टहरु शिर्शक सग सबै पूर्णअंस न देखाइ शिर्शक मुनी लेखको केही अंश अनी बाँकी पढ्न यहाँ थिच्नुहोस् भन्ने फर्मेटमा देखाउन के गर्नु पर्छ?

ReplyDelete