26 December, 2009

केही नि:शुल्क तर उपयोगी सफ्टवेयरहरु ।

सामान्यतया कुनै पनि चिज जत्ति महंगो भयो उत्ती राम्रो हुन्छ भन्ने मानसिकता प्राय: सबैमा हाबी हुन्छ। तर सफ्टवेयरको कुरा गर्ने हो भने यो सधैं लागु हुँदैंन। नि:शुल्क पाईने धेरै यस्ता सफ्टवेयरहरु छन, जुन पैसा तिरेर पाईने जत्तिकै वा त्यो भन्दा पनि राम्रा पनि हुन सक्छन ।

आजको पोस्टमा म, मैले प्रयोग गर्दै आएको केही यस्ता नि:शुल्क तर अत्यन्तै उपयोगी सफ्टवेयरको बारेमा चर्चा गर्दै छु ।

Team Viewer: (File size 5.69 MB)

यो एउटा रिमोट कन्ट्रोल सफ्टवेयर हो । अर्थात यसको प्रयोगबाट (ईण्टरेनटको सुबिधा छ भने) तपाई आफ्नो घरको कम्प्युटर संसारको कुनै पनि कुनाबाट चलाउन सक्नुहुन्छ वा आफ्नो कम्प्युटर अरु कसैलाई चलाउन दिन पनि सक्नुहुन्छ ।

साधारण भाषामा भन्दा, संसारको कुनै पनि कुनामा इण्टरनेट सञ्जालमा रहेको अर्को कम्प्युटरलाई आफ्नै कम्प्युटर जस्तै गरेर चलाउन सकिने र सो कम्प्युटरको हार्डवेयर, सफ्टवेयरमा पुर्ण नियन्त्रण गर्नुको साथै आफ्नो र अर्को सिस्टममा रहेको फाइल तथा डाटाहरु एक अर्कासंग बाँढन (सेयर गर्न) र आवश्यक परेको बेलामा हजारौं किलोमीटर परबाट पनि अर्को कम्प्युटर मर्मत तथा सुधार गर्न समेत यो काम लाग्छ ।

एकदमै सरल ईनटरफेस रहेको यो सफ्टवेयर वहनिय अर्थात portable software को रुपमा पनि उपलब्ध छ । जसलाई तपाइ पेन ड्राईव वा मोबाईलको मेमोरिकार्डमा समेत राखेर चाहेको बेलामा कुनै पनि कम्प्युटरबाट प्रयोग गर्न सक्नुहुन्छ ।

यस बारेमा बढि जानकारी यहाँ छ र कम्प्युटरमा जडान नगरीकन सिधै चलाउन मिल्ने भर्सन यहाँबाट डाउनलोड गर्न सक्नुहुन्छ ।

एकदमै सरल ईन्टरफेस भएको यो प्रोग्राम सुरु गर्ने बित्तिकै तपाईको मोनिटरमा तलको जस्तो चित्र देखिनेछ :

Team Viewer 1अब यदि तपाई आफ्नो कम्प्युटर कार्यालय, घर वा अन्त कतै रहेका कुनै साथीलाई चलाउन दिन चाहनुहुन्छ भने तपाईले माथी चित्रमा देखाईएजस्तै आफ्नो क्म्प्युटरमा देखिएको ID र Password (चित्रमा “1” र “2” लेखिएको छ) अर्कोतर्फ दिनु पर्छ। यदि तपाई अर्को तर्फको कम्प्युटर चलाउन चाहनुहुन्छ भने सो कम्प्युटरको ID र Password लिनुहोस। अनि चित्रमा  “3” लेखीएको ID को खाली भागमा उताको कम्प्युटरको ID हालेर Connect to Partner मा दबाउनुहोस।

अब खुल्ने विण्डोमा तपाईसंग अर्कोतर्फ रहेको कम्प्युटरको Password मागिनेछ। खाली कोठामा सो हालनुहोस र Log on मा क्लिक गर्नुहोस । तपाईको मोनिटरमा हजारौं किलोमीटर टाडा भएपनि अर्कोतर्फको कम्प्युटरको स्क्रिन देखिनेछ । जसलाई तपाई आफ्नै कम्प्युटर जस्तै गरी किबोर्ड र माउसको सहारले आरामले चलाउन सक्नुहुन्छ  र एक आपसमा फाईल सेरीङ देखि लिएर कम्प्युटर मर्मत, सुधार वा अन्य कुनै पनि काम गर्न सक्नुहुन्छ ।

PicPick Tools: ( File size 1.44 MB)

picpicतपाइ अध्ययन, कार्यालयको काम वा अन्य कुनै प्रयोजनको लागि कम्प्युटरमा काम गर्नु हुन्छ भने तपाईलाई कुनै बेला आफ्नो मोनिटरमा भएका चित्र वा अन्य कुनै चिजको प्रतिलिपि वा स्क्रिनशट लिनु परेको हुनसक्छ ।

कहिलेकाही कुनै तस्बिर वा वेबपेजको कलर कोड ठ्याक्कै नभेटेर अल्मल्लिनु भएको पनि हुन सक्छ ।

अनि ग्राफिक डिजाईन वा ब्लगिङ गर्ने क्रममा मोनिटरमा देखिएका कुनै पेज वा चित्रहरुको लम्बाई, चौडाई वा छोटकरीमा भन्दा पेजको ले-आउटको ठिक (वा ठ्याक्कै) साईज पत्ता लगाउन मुश्किल परेको पनि हुनसक्छ ।

त्यस बाहेक डेस्कटपमै कुनै चिन्ह वा सामान्य संकेत प्रयोग गरेर स्क्रिनशट लिन सके कुनै काम कत्ती सरल हुन्थ्यो भनेर पनि सोच्नु भएको हुनसक्छ ।

यदि तपाइ यि सबै कार्यका लागि भिन्दा भिन्दै सफ्टवेयर प्रयोग गर्दै हुनुहुन्छ भने यि सबै काम होलसेलमा एउटै सफ्टवेयरले गर्ने सफ्टवेयर नै हो PicPick Tools। एउटै सफ्टवेय जसमा:

Image Editor, Screen Capture, Color picker, Pixel Rulrer, Cross Hair, Whiteboard र अन्य केहि प्रयोगात्मक सुबिधाहरु छन र त्यो पनि नि:शुल्क !। यसको प्रयोगबाट ठाडो र तेर्सो रुपमा स्केलको प्रयोग गरेर Pixel साईज लिन देखि मोनिटरमा देखिएका कुनै पनि रंगको कलरकोड लिन र आफुलाई चाहिएजस्तो गरि स्क्रिनशट लिएर त्यसलाई एकदमै सजिलोसंग सम्पादन गर्ने सुबिधा समेत छ। यदि तपाई यो बहुउपयोगी सफ्टवेयरको बारेमा बढी जान्न चाहनुहुन्छ भने यहाँ जान सक्नुहुन्छ । सिधै डाउनलोडको लागि यहाँ वा यहाँ क्लिक गर्नुहोला । तलका स्क्रिनशट हेर्नुहोस:

pic pic 2

(याद गर्नुस यो सफ्टवेयरलाई पनि पेन ड्राईव, एक्सटर्नल हार्ड डिस्क वा अन्य कुनै मेमोरी कार्डमा हालेर विना ईन्स्टल वहनिय रुपमा पनि प्रयोग गर्न सकिन्छ।)

अफिस सर्टकर्ट बारको विकल्प: (File size 1.75 MB)

Freebar . हामीहरु प्राय: कामकाजको लागि माईक्रोसफ्ट अफिस प्रोग्राम चलाउँछौं । माईक्रोसफ्टका अफिसका पुराना भर्सनमा डेस्कटपको माथि एउटा वर्ड, एक्सेल वा अन्य कुनै पनि सफ्टवेयरको द्रुत-सेतु (सर्टकट) बनाउन मिल्थ्यो। तर अफिस २००३ संगै सो अनुप्रयोग बन्द भयो । तर यदि तपाइ त्यस्को विकल्पको खोजीमा हुनुहुन्छ भने FreeBar तपाईकोलागि उपयोगी हुन सक्छ। यो पनि कानुनन नि:शुल्क र ओपनसोर्स सफ्टवेयर हो। यसको बारेमा अरु जानकारी यहाँ छ र सिधै डाउनलोड यहाँबाट गर्न सक्नुहुन्छ । Freebarडाउनलोड पश्चात यसलाई कम्पयुटरमा ईन्स्टल गर्नुहोस र ईन्स्टलेसनको अन्ततिर देखीने स्क्रिनमा “Load Freebar on Startup” अनि Launch Freebar मा चेकमार्क लगाउन नभुल्नुहोला ।

त्यसपछि तपाईको मोनिटरको दायाँतर्फको माथिल्लो  भागमा वायाँतर्फको चित्रमा जस्तो "C" लेखिएको एउटा आईकोन देखिनेछ । अब यो "C" मा क्लिक गरेर Customize... मा क्लिक गर्नुहोस।

अब तपाईको मोनिटरमा एउटा तलको चित्रमा जस्तै नयाँ बक्स विण्डो खुल्ने छ:

 Freebar detail

अब माथी चित्रमा देखाईए जस्तै गरि Toolbars मा क्लिक गर्नुहोस अनि Add Toolbar हुँदैं
Create a new, blank toolbar called: लेखिएको ठाउँको खाली भागमा Office, My Toolbar वा आफुलाई मन पर्ने कुनै नाम लेख्नुहोस र  “OK”  मा क्लिक गर्नुहोस । अब तपाईको टुलबार तयार भयो ।

Freebar buttons

अब माथिको चित्रमा देखाए जस्तै “Buttons” मा क्लिक गर्नुहोस र  “Add File...”, “Add Folder...” वा “Add Special Shortcut...” आदिमा दबाएर आफुले बराबर प्रयोग गर्ने सबै प्रोग्रामहरुलाई एउटै टुलबारमा राख्नुहोस। साथै तपाइ आफुलाई चाहिने कुनै पनि प्रोग्राम वा फाइल-फोल्डरलाई सिधै ड्रयाग गरेर पनि यसमा जोड्न सक्नुहुन्छ ।

यो सफ्टवेयर पूर्ण रुपमा customizable वा हेरफेर गर्न सकिने भएकोले टुलबारमा देखिने आईकोनका साईजहरु यो सफ्टवेयरको View>>Button Size>>Custom Size>>Custom size.. मा गएर मिलाउन सक्नुहुन्छ भने अन्य धेरै कुराको पनि फेरबदल गर्न सक्नुहुन्छ ।

Happy New Year !

यो पनि हेर्नुहोस: अन्य केही नि:शुल्क तर उपयोगी सफ्टवेयरहरु ।

27 comments:

  1. निकै उपयोगी छन् यी सफ्टवयरहरु। मैले तपाईकै सहयोगले प्रयोग गर्दै आईरहेको छु। निकै चाखलाग्दा पनि छन्। TEAM VIEWER ले त निकै काम पनि गरेको छ। तर अफिस सर्टकर्टले भने काम गरिरहेको छैन। एक पटक राख्यो ठीक हुन्छ तर कम्प्युटर रिस्टार्ट गर्‍यो भने देखानै पर्दैन।

    तपाईलाई धेरै धेरै धन्यवाद यो सबैको लागि।

    ReplyDelete
  2. For web people "measure it" addon for firefox is verygood for getting the dimension of picture and page to get perfect sense of dimensions.

    No doubt, picpick is better desktop tool!

    ReplyDelete
  3. धेरै उपयोगी सप्टवेरहरू, अनि सर टोरेन्टको जडान नगरीकन सिधै चलाउन मिल्ने भर्सन को लिङ्क के होला ??

    ReplyDelete
  4. Nice information.

    Yes, team viewer is a great tool - I had been using it. PickPick tool also sounds great.
    I am going to try it.

    By the way, you have a nice compilation of stuffs here. Would love to see more of them :) Thanks.

    ReplyDelete
  5. सधैँझैँ यसपाली पनि निकै काम लाग्ने कुरा सिकाउनु भयो दिलीप दाईले । मलाई त यो पोष्ट वरदान नै साबित भयो । यस्तै सफ्टवेयरहरुको खोजीमा थिए । अबका पोष्टहरुमा पनि यस्तै जानकारीमूलक बहुमुल्य टाँसोको आश राख्छु ।

    ReplyDelete
  6. Ya Nice Info Thanks... Bro

    ReplyDelete
  7. एकदम उपयोगी सफ्टवेयरहरु रहेछन , यो पिकपिक त ढुंगा खोज्दा देउता नै भेटे जस्तो भयो ... हार्दिक धन्यवाद .. अनि यहाँ लाइ पनि नया बर्षको शुभकामना ।

    ReplyDelete
  8. thanks to Dilip ji for your useful information.

    ReplyDelete
  9. धेरै उपयोगी सप्टवेरहरू रहेछन दाई, जानकारीको लागि धन्यवाद।

    ReplyDelete
  10. D Dus Ji

    तपाइले भन्न खोज्नु भएको कुरा मैले राम्ररी बुझीन जस्तो लाग्यो ।

    यदि तपाईले टोरेन्ट क्लाईन्टको पोर्टेबल भर्सन खोज्नु भएको भए Portable uTorrent यहाँ छ।

    Portable BitTorrent यहाँ छ ।

    ReplyDelete
  11. उपयोगी जानकारीको लागि धन्यवाद।

    ReplyDelete
  12. nice info dai...i am trying some of these.

    ReplyDelete
  13. Thank you sir for you information.

    ReplyDelete
  14. यति उपयोगी जानाकरीको लागि दाइलाई धन्यबाद! र नयाँ वर्षको शुभकामना!

    ReplyDelete
  15. पख्नुस दिलिप ब्रो अब म तपाई को कम्प्युटर मा भएको इन्फो चोर्छु

    ReplyDelete
  16. नि:शुल्क र उपयोगी जानकारीको लागि धन्यबाद दिलीप दाई ! यो अवसरको अवस्य उपयोग गर्नेछु।

    ReplyDelete
  17. उपयोगी जानाकरीको लागि दाइलाई धन्यबाद!

    ReplyDelete
  18. Thanks Dilip ji for an informative write! And best wishes for a happy and prosperous new year to you and all the readers of this blog.

    ReplyDelete
  19. लौ दिलिप दाई हार खाइयो । यो picpick tool को बारेमा कसरी चलाउने भनेर एउटा अर्को article राख्नु पर्यो ।

    ReplyDelete
  20. अमेत्य भाइ,

    बिस्तारै चलाउँदै जानुहोला सबै कुरा सिकीन्छ। भ्याएँ भने म पनि कुनै बेला लेख्ने छु । मेरो बिचारमा ब्लगर वा अझ सिधै भन्दा टेम्प्लेटहरु संग खेल्ने वा छुकछुक गर्नेलाई त यो अत्यावश्यक नै छ जस्तो लाग्छ :)

    ReplyDelete
  21. Waw.... wonderful info. Thanx for sharing...its very useful for me. I am toooo mch pleased with u. Really really very nice.
    http://patriotnepali.blohpot.com/

    ReplyDelete
  22. hai da.............gud to see ur info........its gr8..da i wann som help frm u..how to creat blog..could u help me.......it would be gr8 for me...n which is gud antivirous software for virous protection........could u berief me...long way frm usa,charlotte..

    ReplyDelete
  23. Lovermix Bro!

    If you want to create a blog, I advise you to go through this post:
    के तपाई पनि ब्लग चलाउन चाहनुहुन्छ ?

    and for your second query, if you are looking for good and free anti-virus you can try AVG Free

    ReplyDelete
  24. dai yo team viewer ma 3 no.otha ma kun id rakhne ho ra?aauta ko computer ko id kasari pauna sakin chha ra dai.?thai bhaye na

    ReplyDelete
  25. याम जी, Team Viewer खोल्ने बित्तिकै त्यसमा माथि चित्रमा देखाएजस्तै गरि 1 र 2 नं कोठामा ID र Password आफैं देखिन्छ । माथि लेखेजस्तै यदि तपाईँ आफ्नो कम्प्युटर कसैलाई चलाउन दिन चाहनुहुन्छ भने तपाईँले सो ID र Password अर्को पक्षलाई दिनु पर्छ। र उसले सो ID र Password लाई क्रमैसँग आफ्नो स्र्किनमा देखिएको नं 3 र 4 मा हाल्नुपर्छ ।

    यदि तपाईँ अर्कोतर्फको कम्प्युटर चलाउन चाहनुहुन्छ भने तपाईँले अर्कोतर्फ 1 र 2 नं कोठामा देखिएको ID र Password लिएर त्यसलाई आफ्नो स्क्रिनको 3 र 4 मा हाल्नुपर्छ ।

    अर्को कम्प्युटरको आइडि कसरी पाउने भन्ने बारेमा, यो कम्प्युटर ह्याक गर्ने सफ्टवेयर नभइ 'सपोर्ट' को लागि बनाइएकोले अर्को तर्फको व्यक्तिले च्याट,ईमेल, फोन वा अन्य कुनै माध्यमबाट आफ्नो कम्प्युटरमा 1 र 2 नं कोठामा देखिएको ID र Password दिनु पर्छ ।

    ReplyDelete
  26. Dai yo softwar ko madhem bata arko computer ko software haru sidhai copy hunchha ta

    ReplyDelete