21 June, 2010

के तपाईँको कम्प्युटरमा Nepali Spell Checker छ ?

Nepali spell checker नेपाली भाषाको हिज्जे वा ह्रस्व दीर्घको शुद्धाशुद्धि गर्ने काम सजिलो छैन । कम्प्युटरमा काम गर्ने र त्यसमाथी पनि नेपाली युनिकोडमा लेख्ने हामीहरू मध्ये धेरैले, अंग्रेजीमा जस्तै नेपाली भाषामा लेखिएका कुराहरूको पनि कम्प्युटर आफैँले शुद्धाशुद्धि गरी दिए कत्ति सजिलो हुन्थ्यो भनेर सोचेका वा खोजेका हुनसक्छौं ।

प्राय: माइक्रोसफ्टका अपरेटिङ् सिस्टम र माइक्रोसफ्टकै अफिस चलाएर पनि हामीहरू मध्ये धेरैलाई सायद यो कुराको जानकारी छैन होला कि माइक्रोसफ्टकै अफिसमा पनि नेपाली भाषाको ह्रस्व दीर्घको शुद्धाशुद्धि गर्ने अनुप्रयोग जडान गर्न र चलाउन सकिन्छ ।

हुन त माइक्रोसफ्ट अफिसका सिडी वा डिभिडीसँगै यो सुरुमै ‘बन्डल’ भएर नआउने भएकोले पनि यस्तो भएको हुनसक्छ । अनि माइक्रोसफ्टले शुद्धाशुद्धि जाँच गर्ने छुट्टै सफ्टवेयर नभै Nepali LIP (Language Interface Pack) मा मात्रै यसलाई समावेश गरेकोले पनि कम्प्युटर क्षेत्रमै कार्यरत रहेका मेरा धेरै ‘कम्प्युटर भेटरान’ साथीहरूलाई समेत यस बारे थाहा नभएको पाएँ ।

अत: आजको यो पोस्टमा नेपाली भाषाको शुद्धाशुद्धि हेर्ने अनुप्रयोगलाई कम्प्युटरमा कसरी जडान गर्ने भन्ने बारेमा सामान्य चर्चा गर्दै छु ।

यो अनुप्रयोगलाई कम्प्युटरमा कसरी जडान गर्ने भन्दा पहिला यस सम्बन्धी केही कुराहरू:

  • हालको लागि यो अफिसका २००३ र २००७ मा मात्रै चल्छ ।
  • यसले युनिकोडमा लेखिएका नेपाली शब्दको मात्रै शुद्धाशुद्धि गर्छ । कान्तिपुर वा प्रीती जस्ता नन-युनिकोड फन्टमा टाइप गर्दा यसले काम गर्दैन ।
  • यो विण्डोज एक्सपि (कम्तीमा पनि सर्भीस प्याक २ भएको) वा त्यसभन्दा पछिका अपरेटिङ सिस्टममा मात्रै चल्छ ।
  • यो अफिसका अनधिकृत वा पाइरेटेड कपिमा नचल्न पनि सक्छ ।
  • हालको अवस्थामा यो आफैँमा पूर्ण छैन र त्यसमा केही कमी कमजोरीहरू छन् नै ।

मैले माथि लेखे जस्तै यो नितान्त शुद्धाशुद्धि मात्रै जाँच गर्ने सफ्टवेयर हैन र यसको सहायताबाट अफिसको स्वरूप वा Interface लाई नै नेपालीकरण पनि गर्न सकिन्छ । वास्तवमा यसको प्रयोगबाट अफिसको पुरै सेटिङलाई नेपाली भाषामा रूपान्तरण गर्नको लागि बनाइएको हो, तलका चित्रहरू हेर्नुहोस् (चित्रहरुलाई ठूलो गरेर हेर्न त्यसैमा क्लिक गर्नुहोला, चित्र आफैं अर्को पेजमा खुल्नेछ)।यो अफिस २००३ को:

Office 2003 Nepali spell checkerर यो अफिस २००७ को:

Office 2010 Nepali spell checker

अब लागौं यसलाई आफ्नो कम्प्युटरमा स्थापना गर्न तर्फ:

सबैभन्दा पहिला, यदि तपाईँ माइक्रोसफ्ट अफिस २००३ चलाउँदै हुनुहुन्छ भने यो पेजमा जानुहोस् र पृष्ठको अन्ततिर भएको “LIP.EXE” डाउनलोड गर्नुहोस् ।

यदि तपाईँ अफिस २००७ चलाउनुहुन्छ भने यो पृष्ठमा गएर पृष्ठको अन्ततिर भएको “LanguageInterfacePack.exe” डाउनलोड गर्नुहोस् ।

अब आफ्नो कम्प्युटरमा रहेको अफिसको भर्सनका आधारमा तीनलाई कम्प्युटरमा स्थापना गर्नुहोस् । स्थापना पश्चात यदि तपाई अफिस २००७ चलाउनुहुन्छ र पुरै अफिसलाई नै नेपालीकरण गर्न चाहनुहुन्छ भने अफिस २००७ मा:

वर्ड खोल्नुहोस, “Home” सँगै रहेको “Office Button” दबाउनुहोस र Word Options>> Popular>> Personalize your copy of Microsoft Office>>Language Settings... हुँदै Display Language मा जानुहोस् ।अब Display Microsoft Office menus and dialog boxes in: भन्ने ड्रप डाउन मेनुमा क्लिक गरेर English लाई नेपाली बनाउनुहोस् । “OK” मा क्लिक गरेर वर्ड बन्द गरी पुनः खोल्नुहोस् । तपाईको वर्ड अब पुरै नेपाली हुनेछ ।Office 2007 Nepali Language Setting

यस्तै गरी यदि तपाईँ अफिस २००३ चलाउनुहुन्छ भने Start>>All Programs>>Microsoft Office>>Microsoft Office Tools>>Microsoft Office 2003 Language Settings मा जानुहोस् र User Interface and Help भन्दा मुनि DIsplay Office 2003 in: मा English लाई “नेपाली” बनाएर "OK" मा क्लिक गर्नुहोस् । (खुला रहेको अफिसका सबै एप्लिकेशन बन्द गरेर पुनः: खोलेपछि मात्रै यो Interface परिवर्तन हुन्छ)

Office 03

तर, यदि अफिसलाई नेपालीकरण नगरी केवल हिज्जे वा Nepali Spell checker को सुविधा मात्रै लीन चाहनुहुन्छ भने त्यसको लागि User Interface परिवर्तन गर्नु जरुरी छैन ।

कम्प्युटरमा नेपाली भाषाको ह्रस्व दीर्घ वा Nepali spelling checker को मद्दतबाट नेपाली भाषामा टाइप गरिएका शब्दहरूको जाँच र त्रुटि भएका शब्दमा सम्भाव्य सही शब्दको सुझाव मात्रै लीन चाहनुहुन्छ भने अफिसका सेटिङमा “Check spelling as you type” मात्रै चयन गर्दा पुग्छ (जुन प्राय: डिफल्ट सेटिङमै चयन भएको हुन्छ)


अनलाइन एप्लिकेशनको प्रयोग:

Online Nepali spell checker यदि तपाईँ, आफ्नो कम्प्युटरमा कुनैपनि नयाँ संसाधन वा अनुप्रयोग जडान नगरी सिधैं अनलाइन एप्लिकेशन प्रयोग गरेर नेपाली भाषाको हिज्जे जाँच गर्न वा Spelling check  गर्न चाहनुहुन्छ भने तपाईँ  अनलाइन एप्लिकेशनको प्रयोग पनि गर्नसक्नुहुन्छ ।

साधारण अनलाइन शब्दकोषमा जस्तो एक‍-एक शब्द नभै पुरै अनुच्छेद वा पाठको शुद्धाशुद्धि एकै पटक कपि पेस्ट गरेर जाँच्न मिल्ने अनलाइन एप्लिकेशन यहाँ छ। यो पेजमा गएर ठूलो खाली भागमा आफूले लेख्नु भएको पुरै अनुच्छेद वा पाठ पेस्ट गर्नुहोस र त्यसको तल भएको "Spell check" दबाउनुस । अब नेपाली बृहत् शब्दकोषको डाटासंग तपाईको लीखत जाँचिन्छ र त्रुटिहरुको सम्भाव्य सुझाव तपाईको स्क्रिनमा देखिन थाल्नेछन् । यहाँ तपाई सामन्य वर्डमा जस्तै कुनै सुझावलाई लागु गर्न, बेवास्ता गर्न वा “सबैलाई बेवास्ता गर्न” पनि सक्नुहुन्छ । अफलाइन एप्लिकेशन भन्दा केही कम गतिको भए पनि विण्डोज वा अफिसका पुराना अवतार प्रयोग गर्ने सबैको लागि यो उपयोगी छ ।

Happy Computing !!!

27 comments:

  1. धन्यबाद ! दिलिप दाइ ... उपयोगी जानकारीको लागि ! मलाइ नि यो थाहा रहेन'छ !

    ReplyDelete
  2. बडो उपयोगी होला भनेर इन्स्टल गर्न लागेँ , धन्यवाद ।

    ReplyDelete
  3. really so much useful artical 4 us. thanx dilip dada

    ReplyDelete
  4. मेरा लागि त यो निन्तान्तै उपयोगी हुने छ। म आजे र अहिले नै राख्ने छु। धन्यवाद है दिलिपजी जानकारीको लागि।।

    ReplyDelete
  5. लौ दिलिपजी यो त गजबकै रहेछ नि हो।।। साह्रै उपयोगी पो रहेछ त। निकै खुसी लाग्यो.। मुरी मुरी धन्यवाद है।।।

    ReplyDelete
  6. इन्टरफेस चाँहि नेपाली भन्दा अंग्रेजी नै राखेको राम्रो, अन्यथा डकुमेन्ट मा धेरै गढबढ हुन सक्छ !

    नेपाली स्पेल चेकर राख्दा, फाइदा त पक्कै हुन्छ नै,नेपाली धेरै हदसम्म सुध्रिन्छ !

    अनि अनलाइन चेकर को लागि प्रत्येकपटक साइट मा जानु झन्झटिलो हुन्छ । तर फायरफक्स को लागि, नेपाली चेक गर्ने एडवन पाइन्छ । अत: नेपाली स्पेल चेकर को लागि मदन पुरस्कार पुस्तकालय को रेखदेख मा ज्वलन्त श्रेष्ठ ले निर्माण गर्नुभएको, नेपाली डिक्सनरी नामक एडवान फायरफक्स मा राख्न सल्लाह दिन्छु ! यो एडवान फायरफक्स मा राख्न यो सँगै को लिंक मा जानुहोस् । http://goo.gl/KhdH

    ReplyDelete
  7. जानकारीको लागि धेरै धेरै धन्यवाद!
    म भने Ubuntu प्रयोगकर्ता परेँ, त्यसैले मलाई भने अनलाईन एप्लिकेशन नै बेस हुन्छ।
    र Firefox चलाउने भएकोले Aakarजीले भन्नु भएको Add On प्रयोग गर्नु पर्‍यो। त्यसको लागि पनि धन्यवाद!

    ReplyDelete
  8. धेरै धन्यबाद दिलिप दादा,तपाइका धेरै कुराहरू म अनुसरण गरीरहेको छु । मैले पनि ब्लग बनाउने कोषिष गरेको छु,एकपल्ट हेरीदिनुस है । http://marojiban.blogspot.com

    ReplyDelete
  9. निकै उपयोगी जानकारी रहेछ ! धन्यवाद दिलीप सर !!

    ReplyDelete
  10. राम्रो जानकारिका लागि धन्यबाद दिलीप जी

    ReplyDelete
  11. आकार जी,
    हाम्रो सीमित नेपाली शब्द ज्ञानका कारण वा बानी परकेो कारण इन्टरफेस त अङ्ग्रेजी नै सजिलो लाग्छ :) । फारफक्सको एडअन भने साँच्चै उपयोगी छ र म फायरफक्स चलाउने सबै साथीहरूलाई सो प्रयोग गर्न सल्लाह दिन्छु ।

    कलमबीर जी,
    Ubuntu प्रयोग गर्नुहुन्छ भने पक्कै पनि ओपन अफिस प्रयोग गर्नुहुन्छ होला । म अहिले त चलाउँदिन तर मेरो विचारमा ओपन अफिसका भर्सन ३ भन्दा अगाडिका अवतारमा नेपाली स्पेल चेकर हुने गर्थे । हालै रिलीज भएको नयाँ भर्सनमा पनि मिल्छ कि :)।

    कमेण्टका लागि सबैमा धन्यवाद ।

    ReplyDelete
  12. निकै उपयोगी जानकारी !!!

    ReplyDelete
  13. धेरै उपयोगी जानकारीको लागि धेरै धेरै धन्यवाद!

    ReplyDelete
  14. निकै उपयोगी जानकारी! फायरफक्स चलाउने भएकोले मलाई चाहिँ त्यसकै एडअनले काम देलाजस्तो छ।

    ReplyDelete
  15. निकै लाभदायक पोस्ट, धन्यबाद दिलीप दाई

    ReplyDelete
  16. wow, majja lagyo dada, i will try it. Thanks...

    ReplyDelete
  17. दिलिप सर ! अति नै उपयोगी सामाग्रीहरु प्रस्तुत गरेर अनि त्यसबारे जानकारी दिएर साच्चै हामीलाई ऋणी बनाउनु भएको छ । सलाम छ हजुरको ज्ञान्,बिचार अनि अरुलाई पनि बाढ्ने शैलीप्रती ।

    ReplyDelete
  18. Load garna lageko ta hudai vayena 10son vayo ni
    YOur frn : http://www.duniyasagar.blogspot.com

    ReplyDelete
  19. oh, dilip sir, namaskar, maile pani blog create garna lako thiya but khasai janena so pls. how can i create this tell me. my blogspot is http://www.lbkshetri.blogspot.com

    ReplyDelete
  20. L.B. Kshetri जि, ब्लग कसरी खोल्ने भन्ने बारेमा मैले धेरै अगाडि एउटा के तपाई पनि ब्लग चलाउन चाहनुहुन्छ ? भन्ने पोस्ट लेखेको थिएँ । फुर्सदमा हेर्नुहोला । सो बाहेक मेरो ब्लगको ब्लग टिप्स मा पनि केही जानकारीहरु छन, हेर्दै गर्नु होला :)

    ReplyDelete
  21. दिलिप जी नमस्कार !!
    यो नेपाली स्पेल चेकरको जानकारी मेरा लागि पनि धरै नै उपयोगी भयो । मैले तपाईँले दिएकै लिङ्कबाट वर्ड ७ को language interface pack प्राप्‍त गर्न र install गर्न सफल भएँ र यसले मज्जाले काम गर्‍यो । अब मेरो जिज्ञासा के छ भने त्यो डिक्सनरी कहाँ रहन्छ (जुन डिक्सनरीमा रहेका शब्दहरूको सहायताले स्पेल चेकिङको काम गर्छ) र त्यसमा नयाँ नयाँ शब्दहरू कसरी थप्‍न सकिन्छ ? मानौँ मसँग युनिकोडमा हानेका .xml format का करिव ३०,००० शब्द छन् र म तीनलाई उक्त शब्दकोशमा राखेर अझै प्रभावकारी प्रयोग गर्न चाहन्छु । अर्को जिज्ञासा:- युनिकोडमा नै टाइप गरेको पुरानो फाइलको टेक्समा यसले काम गरेन । कुनै नयाँ खोलेर अहिले टाइप गर्दा मात्र यसले काम गर्यो । पेस्ट गरेको टेक्समा पनि काम गरेन । यसको कुनै समाधान छ ? तपाईँको सीघ्र उत्तरको प्रतिक्षारत छु ।
    - BINNYAS

    ReplyDelete
  22. मिरमिरे (विन्यास) जी,

    लामो प्रश्नको सकेसम्म छोटो र सरल जबाफ यसरी दिन्छु है:

    फरक फरक परेटिङ्ग सिस्टममा फरक फरक डाइरेक्ट्रीमा यो बसेको हुन्छ । मेरोमा विण्डोज ७ रहेकोले यसमा भने %UserProfile%\AppData\Roaming\Microsoft\UProof भित्र रहेको CUSTOM.DIC मा मैले आफ्नो शब्दहरू थप्ने गरेको छु ।

    तपाई लाई थाहा नै छ नयाँ कुनै शब्द टाइप गर्दा स्पेलिङ मिलेन भने रातो धर्काले शब्द अन्डलाईन हुन्छ त्यस्ता शब्दलाई राईट क्लिक गरेर Add to Dictionary मा क्लिक गरेर सो शब्दलाई डिस्कनेरीमा समावेश गर्न सकिन्छ ।

    तर तपाईँले भने जस्तो ३०००० शब्द छन् भने यसो गर्नुस:
    १) नोटप्याड खोल्नुस र एक लाईनमा एक शब्द मात्रै रहने गरी आफ्ना शब्दहरुलाई त्यसमा टाइप गर्नुस (वा पेस्ट गर्नुस)
    २) अब Save As... थीच्नुस र Save as type: मा All Files चेक गर्नुस।
    ३) फाइलको नाम जे राखे पनि अन्तमा .dic extension राखेर सो फाइललाई माथि लेखे जस्तै UProof folder मा सेभ गर्नुस ।
    ४) अब वर्ड खोलेर Word Options हुँदै Proofing मा क्लिक गर्नुस।
    ५) Custom Dictionaries मा थीच्नुस र Add क्लिक गरी माथि बनाएको .dic फाइल add गर्नुस ।
    ६) OK >> OK गर्नुस र वर्डलाई रिस्टार्ट गर्नुस ।(.xml format यसको लागि जरूरी छैन)

    युनिकोडमा नै टाइप गरेको पुरानो फाइलको औषधी यसरी गर्नुस:
    १) पुरानो फाईलको टेक्स्ट कपि गर्नुस र त्यसलाई एकचोटी नोड प्याडमा पेस्ट गर्नुस।
    २) अब नोट प्याडबाट त्यो टेक्स्ट फेरि कपि गरेर वर्डमा पेस्ट गर्नुस .....ल सजिलो छैन त ?

    ReplyDelete
  23. ramro 6 bhai

    ReplyDelete
  24. मैले नेपाली Unicode Instal चलाउदै छु । Ms Word मा मैले Type गरेको Text मा नेपाली Spelling को शुद्धाशुद्धिको list display भएन । कृपया मलाई यसको लागी पुरै Steps बताएर सहयोग गरिदिनु भए आभारी हुने थिए ।

    ReplyDelete
  25. DILIP JI Oho Thanks too much.... I have found u as a Prophet because I was seeking such PGM since many years. I am Nepali Professor of Nepal SANSKRIT University, so many documents have to type me in the same day I think now it will make my work faster. I was seeking NEPALINUX which is made by MADAN PURUSKAR PUSTAKALAYA but not available in these days just now am feeling your Idea will help me. Can you know about Devanagari OCR or Devanagari PDF converter too ? Thanks again a lot.

    ReplyDelete
    Replies
    1. there are lots of programme nowa days. nepali spell checker online, offline, linux, windows, windows office, libre office. no problem. so far optical character reading is concerned , they are not upto the mark but they are there.to operate computer in nepali you can install nepali language pack from the microsoft and there is really good linux, ubuntu. that works greatly. now office 2013 can convert pdf in words easily. try it.

      Delete