28 February, 2008

नहालेको चीठ्ठा पर्दैन

फ्नो नाममा कुनै पनि डोमेनको ईमेल ठेगाना भएका हामीहरु प्राय: सबैको 'ईन बक्स' मा धेरै चोटी बिभीन्न उपहारहरु वा सित्तैमा करौडौं नगद, धन, सम्पती र कहिले काहि 'टुर प्याकेज' पुरस्कार परेको चीट्ठिहरु आउने गर्छन ।

कहिले फर्म नै नभरेको अमेरिकि डि भि परेको त कहिले हाल्दै नहालेको कुनै चिठ्ठा परेको अनि कहिले कुनै अपरीचितले कुनै मुलुकको बैकमा रहेको आथाह सम्पति तपाईको खातामा सार्न लागेको । बास्तबमा शुरुमा निक्कै प्रलोभन दिने खालका देखीए पनि अन्नत यी मेलहरु विभीन्न रजिस्ट्रेशन र नोमिनेशनको नाममा उल्टै मेल पाउने व्यक्तिसंग पैसा ठग्नको लागी पठाईएको हुन्छ।

हट मेल याहू, जि मेल वा जति सुकै सुरक्षा सञ्जाल बलियो भएको डोमेन नै किन नहोस, जति सुकै व्यबस्था गरे पनि कुनै न कुनै रुपमा ति मेलहरु हाम्रा 'ईन बक्स' मा घुस्न सफल हुन्छन् ।

बिल गेट्स स्वयंलाई कैयौं पटक "Fire your boss and start a home business" भन्ने 'अनलाईन-जब' प्रस्ताव सहितका ईमेल आउने कुरा केहि समय अगाडी प्रकाशित भएको थियो। यहि यौटै खवरले यो कुरा पुष्टि गर्छ की हालसम्मको लागी यि स्प्यामर हरुको योग्यता हाम्रा कुनै पनि डोमेनका सुरक्षा सञ्जाल भन्दा माथि छ हालको लागी यसलाई पूर्ण बन्द गर्न सम्भब छैन ।

यि त भए स्प्याम र जंक मेलका कुरा, त्यो वाहेक अर्को एक प्रकारका मेलले पनि कहिले काही हामिलाई हैरान गर्छ, त्यो हो 'चेन मेल' । कहिले साईवावाको फोटो २० जनालाई पठाए लाभै लाभ हुने, कहिले गणेशको तस्विरमा १० मिनेट हेरेमा प्रियजन संग भेट हुने त कहिले काहि कुनै यौटा मेल जत्ती बढि मानिसलाई पठायो त्यत्तीकै हिसाबमा आफ्नो बैंक खातामा पैसा जम्मा हुने (यो कुरा भिन्दै छ की बैंक खाताको कतै कुनै सूचना नै नदिईकन पनि त्यसमा पैसा जम्मा हुने आशाले धेरैले त्यो मेल 'फरवार्ड' गर्छन)। जस्ता मेलले पनि कहिलेकाही हैरान गर्छन।

'चेन मेल' को समस्या के हो भने पहिले त यो परिचित व्यक्तिको ठेगानाबाट आउने हुनाले यसलाई 'ब्लक' गर्न सकिन्न फेरि यसमा प्राय: भारी-भरकम एटेचमेण्ट आउने र त्यसभित्र कुनै भाईरस, स्क्रीप्ट वा कोडहरु पनि हुनसक्ने भएकाले ती कम्प्युटरका लागी घातक हुन सक्छन । तर अति अन्ध विश्‍वास र कहिले काही नहालेको चीठ्ठा पनि परि हाल्छ की भन्ने लालसाले गर्दा यो चेन मेल घुम्ने क्रम जारी छ । हुन त मैले आजसम्म कुनै परिचीत व्यक्तिले केवल ईमेल फरवार्ड गरेको वा त्यस्ता चेन मेलमा आउने कुरा अनुशरण गरेको भरमा धनराशि प्राप्त गरेको वा कुनै कार्यमा सफल भएको सुनेको सम्म पनि छैन तर आफ्ना परीचित र विशेषगरी महिला मित्रहरुबाट भने प्रशस्तै यस्ता मेल प्राप्त गरेको छु ।

अर्को उदेक लाग्ने कुरा के भने मेरा प्राय: प्राविधिक मित्रहरुबाट यस्ता मेलका बाढि आउने गर्छन, उच्च शिक्षा हासिल गरेका र त्यसमाथि पनि प्राविधिकहरुबाट यस्ता मेल आएपछि के गर्ने? न त ठेगाना ब्लक गर्न मिल्ने न त मान्छे पिच्छे सम्झाँउदै हिडन सकिने । त्यसैले सबेको सुबिधाको लागि यो ब्लग लेख्दैछु, अब देखी कुनै परिचीत मित्रबाट यस्ता मेल आएमा उत्तरको रुपमा यहि ब्लगको लिन्क पठाईदिन्छु। तपाईलाई पनि यस्ता मेलले हैरान पारेका छन भने यहि बल्गको यो लिन्क जबाफको रुपमा पठाईदिनुहोस र अन्तमा यि हरफहरु पनि:

- नहालेको चीठ्ठा पर्दैन ।

- नकिनेको सामान पाईदैन ।

- नचिनेको आफन्त हुदैनन् ।

- नहराएको चिज भेटिन्नन् ।

अनि यसबाट केहि राहत पाईएला की ?

3 comments:

  1. HO kahile kahi ta sarai tension garauchha yesto phokkad ko email le.

    Nice blog!

    Ujjwal Thapa

    ReplyDelete
  2. यो कुरो चाँहि साँचो हो , अहिले को जमाना मा कसैले आफूसँग भएको पैसा दिन्छ होला र ?? अनि नकाटिकनै चिठ्ठा पर्छ र ??? यो एउटा निकै राम्रो उठान हो , यसको बारेमा चेतना को स्तर बढ्नु आवश्यक छ । अन्यथा यस्तै (नहालेको चिठ्ठाको लोभले)ले गर्दा कैयौँले धेरै कुरा गुमाएकाछन् ।

    ReplyDelete